Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

गजल : नसोध मलाई कस्तो छौ भनि

~किरण टि लिम्बू~ नसोध मलाई कस्तो छौ भनि भन्नु नै बेकार छ, तिरष्कृत जीवन बाँचेको भन्दा मर्नु नै स्वीकार छ || खुसीको रंगिन सपना भित्र बाँचेको संसारमा, आँसुको तिक्त रोदन भित्र पीडाको झंकार छ ||

Posted in गजल | Tagged | Leave a comment

कविता : पहाड

~तेजविक्रम कार्की~ म भन्दा पहिले उसैले छुन्छ अग्लिएर जुन र घाम फेरि पनि किन अझै उदास छ पहाड? नापेर जिवनको गहिराई उसैको आङ्मा परेको खोल्सि भित्र चन्द्रमा कैद गरेर पानीमा बनेकै हो ऊ एक जिवन्त प्रेमी फेरी पनि किन ऊ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : टुटी झरेको कित्ली

~सन्तोष गोयल~ अनुवाद : कुमुद अधिकारी आज बिहान नास्ताको टेबलमा नै उनी कुरा गर्न चाहन्थिन् यद्यपि उनका मनमा रातभरि सैयौँ काँढाहरू बिझिरहे। अनेक लामालामा ठूला क्याक्टसहरू सरसराइरहे। उनले कोल्टे फेरिरहिन्। वास्तवमा हिजो पूरै दिन साह्रै थकाउने साबित भएको थियो। हिजो … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

गीत : तिम्लाई केही हुनै हुन्न

~रमेश पौडेल~ तिम्लाई केही हुनै हुन्न, मलाई हुन्छ के के आफ्नो पीडा लुकाएर, मलाई टाढा देखे तिम्लाई उता दुख्दा खेरी, मुच्र्छा पर्छु यता

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सहयात्रा…

~रहन राई~ मेरो सहगामी! थाहा छ…….? यो कठिन यात्रामा हामी हुनुले स्वच्छन्दता चुम्ने कुरामा म ढुक्क छु, बसन्तसंगै हिमपात अनी खडेरी त छदैछ, साथमा शारदी फल नभुल्नु है। आए…अवसादपूर्ण पलहरु खैर, नरोकी यी वेगवान पाइला,

Posted in कविता | Tagged | Leave a comment

गजल : आधा मुटु त्यतै तिर सरे सरे जस्तो लाग्यो

~गिरिराज बाँस्कोटा~ आधा मुटु त्यतै तिर सरे सरे जस्तो लाग्यो उनिलेनि मलाई माया गरे गरे जस्तो लाग्यो अनायासै आ“खा जुध्यो, मुटु भित्र झस्का पर्यो उत्पातमा बग्न थाले अरे अरे जस्तो लाग्यो

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : ढिलो भएपनी उनी एक दिन आउंछन

~पुरुशोत्तम सुबेदी~ दुरान फर्कायर हो गएको । एघार बर्ष भए । काआत बनाएर आउछु भनेका छन । लोग्ने बिनाकी बुहारी- कसै संग हांसे पनि बोले पनि घरमा रिस गर्छन् । दाजुले फोन नगरे, पैसा नपठाए पनि नन्द मै माथि जाइ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अवरुद्ध आवाजहरु

~गीता त्रिपाठी~ ” ……… हेर न ! दिन बितेको पनि पत्तै हुँदोरहेनछ । हामीले तिमीहरुलाई छाडेको पनि डेढसाल बितिसकेछ । यहाँ त साल महिनामा बित्छ, अनि महिना दिनमा बित्छ । हप्ता बितेको पत्तै हुँदैन ।” चिठीका केही अंश पढिसक्दा मेरा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली भजन : योगसन्देश

~बिक्रम श्रेष्ठ “सागर”~ विना योग, सत्सङ्ग र ध्यानले, जीवन भयो बिरानो । सब रङ्ग गयो अब भङ्ग भयो, जीवन भयो पुरानो ।। शाश्वत सत्य मृत्युवरणको, भुलेर जीवन बितायो । योग र ध्यान बिसेर्र जनले, आफू आफैमा बिलायो ।।

Posted in नेपाली भजन | Tagged | Leave a comment

कविता : क्रान्तिकारी

~सत्य नारायण रावत~ तिमि पनि क्रान्तिकारी म पनि क्रान्तिकारी तिमि विचार को क्रान्तिकारी म मन को क्रान्तिकारी तिमि तडक को क्रान्तिकारी म सदा को क्रान्तिकारी तिमि सडक म उत्रिनु लाई क्रान्ति भन्छौ म घर मै बस्नु पनि क्रान्ति भन्छु तिमि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म को हुँ ?

~नविन लोचन मगर~ कसलाई सोधुँ ? चुड्कीको भरमा हिड्नु पर्ने इशारामा चल्नु पर्ने आदेश अर्कैको÷काम अर्कैको आफ्नो बैस अर्कैको÷दिनरात अर्कैको माम पाउन हात थाप्नुपर्ने चेत अचेत नाम आए ढल्नैपर्ने साँच्ची, म को हुँ ?

Posted in कविता | Tagged | Leave a comment

गीत : फूलको हासो तिमी राख्नु

~घायलश्री~ फूलको हासो तिमी राख्नु काडा दिनु मलाइ। कागज रैछ मेरो जीवन कोरीदिनु सलाइ।। फूलसगै तिमी हाँस्नु बगैचाको माझ

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : बिटुलो

~राजु दाहाल~ उनी अनी म हामी निकै नजीकका साथी । म उनलाई सघाउन पाउँदा एकदम खुशी हुन्थेँ । हामी घन्टौँ एकान्तमा बसेर कुरा गथ्र्यौ भबिष्य र बर्तमानको अनि

Posted in लघुकथा | Tagged | Leave a comment

अनूदित कविता : लाखौँ मानिसहरूलाई सडकमा उत्रन आह्वान

~माया एन्जेलु~ अनुवाद : कुमार लिङदेन ‘मिराक’ रात अझ लम्बिँदै गइरहेको छ अन्यायको पीडाहरू झन दुख्दै गइरहेका छन् खाडलहरू झन कालो हुँदै गहिरिँदै गएको छ असमानताको पर्खालहरू अझ अग्लिइरहेका छन् पर नीलो आकाश टुङ्गिने क्षितिजमा कुनै साधारण मानिस पुग्न नसक्ने … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : क्रान्तिको पाठशाला

~चंकी श्रेष्ठ ‘अभय’~ त्यो युवतीलाई भेटेपछि मलाई बोध भयो – धोकापूर्ण राजनीतिविरूद्ध वेश्यावृत्ति पनि यो देशमा सशक्त कारबाही हो । जोन हब्सको पुस्तकभित्र अलंकार पहिरेर सजिएको छ संविधानको आदर्श भाषाको सुन्दर जलप लगाएर संविधानको पुस्तकभित्र थुनिएको छ मौलिक हक प्रजातन्त्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विदेश बस्ने छोरालाई चिट्ठी

~बुद्धि प्रसाद उपाध्याय~ पहिले तिमि थियेउ शान थियो छोरी चेली बुढा पाका सबको ठुलो मान थियो गाउँको धे………रै नाम थियो साथि संगी सबै जुटथेउ चाड-पर्ब रसिला हुन्थे सबका मुहार हँसिला हुन्थे जिउ डाल कसिला हुन्थे हात्ती बोक्ने बल जुटथ्यो बाँसका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : उनी र म

~मदन मुस्कान खत्री~ के गन्थी अब बिबाहित भएपछि नांगिएर बजारमा चर्चित भएपछि इज्जत त देखिने मलाइ के देख्ती, बिचरी योबनमा समर्पित भएपछि!

Posted in गजल | Tagged | Leave a comment

गीत : देशको आवाज

~सर्वजीत थापामगर~ यो देशको आवाज जनताहरुको आवाज बोलीरहेका छन् हिमाल तराई पहाड लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद राप्ती भेरी सुनकोशीले गीत गाए गणतन्त्रको डाँफे मुनाल मयुरहरु तालमा नाचे गणतन्त्रको

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : राम थापा

~गोपी मैनाली~ ‘चिनारी हाम्रो धेरै पुरानो ….’ गुनगुनाउँदै कसैले ढोका ढकढक्यायो । अपिरिचत मङ्गोलियन कदको हृष्ठपुष्ट जवान व्यक्तिले मलाई परिचितले भैmँ हात समाउँदै कोठाबाट बाहिर निकाल्यो । ‘जिल्लामा हाकिम भएर आउने, कोठामा गुम्सेर बस्ने ? फेरि अविवाहित पनि रहेछौ, हा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल गीत : हिउँ खोलाको पानी

~रामेश श्रेष्ठ~ हिउँ खोलाको पानी छुनै नहुने लेकको भिरालो बाटो हिंड्नै नहुने याकको गलामा लाएको घण्टी बज्छ टिङटिङ

Posted in बाल गीत | Tagged | Leave a comment

कविता : आँशुहरु त त्यसै-त्यसै झर्छन

~सन्तोष स्पन्दन~ आँशुहरु त त्यसै-त्यसै झर्छन बोलाउननै पर्दैन दु:ख परेपनि झर्छन , सुख परेपनि झर्छन नझरिकन बस्न सक्दैनन् आँशुहरु आफु रित्तिने पिर गर्दैनन् कसैले पुछोस नपुछोस बस्ता गर्दैनन् कसैलाई रुवाउन वा हसाउन झर्दैनन मृत्युको शोकमा झरोस या हर्षको आनन्दमा

Posted in कविता | Tagged | Leave a comment

गजल : सारङ्गी तार बजाउँदै

~नविन लोचन मगर~ सारङ्गी तार बजाउँदै, गाउने दलित हुँ म दुःखको पल बिसाउँदै, आउने दलित हुँ म मुख बोल्दैन त्यो कुकुर, तर बस्छ चुलो छेउ कुकुर भन्दा अपमान, पाउने दलित हुँ म

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरा अतृप्त सपनाहरु

~अतृप्त कमल~ खै! कसरी पुरा गरुँ?मेरा अतृप्त सपनाहरु । उठाउँ कि अझै छरुँ !मेरा अतृप्त सपनाहरु । न आँखैमा रमाउँछन् न मनैमा शान्त बस्छन् जम्मा गरि केमा भरुँ!मेरा अतृप्त सपनाहरु ।

Posted in गजल | Tagged | Leave a comment

कथा : चर्किएको घर

~विष्णु भण्डारी~ ऊ जाग्दा घाम निकैमाथि आइसकेको थियो। उसले बार्दलीबाट सुदूरपूर्वको आकाश हेर्योक। वैशाख महिनाको आकाश धुम्म थियो। सबैतिर सन्नाटा फैलिएको थियो। ‘वसन्तको बिहान पनि कस्तो उदेक लाग्दो!’ उसले मनमनै सोच्दै चुरोट सल्कायो। चुरोटको धुवाँ गोलो आकारमा लहरिँदै आकासियो। उसले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बेहोशिमा सम्हाल्लिने काम तिम्रो होइन भने

~प्रशान्त खरेल~ बेहोशिमा सम्हाल्लिने काम तिम्रो होइन भने प्रतिक्षामा रूमल्लिने काम तिम्रो होइन भने स्वार्थ लिप्सा मनमा पालि, निस्वार्थी छु भन्ने किन त्याग थोप्पै गर्नुपर्ने काम तिम्रो होइन भने

Posted in गजल | Tagged | Leave a comment

कथा : कुलतको जाल

~हरिप्रसाद भण्डारी~ आफन्तहरूको दिनदिनैको कचकच सुनेपछि उसले रक्सी नपिउने निधो गर्‍यो । “भोलिदेखि खाइन्न क्यारे, ले माइली अझै एउटा थप ।” लरबरिएको स्वरमा भन्यो र रित्तो गिलास उठाएर एकपटक टेबुलमा ठोक्यो । “यी पाजी नेताहरूले माक्र्सवाद बुझेकै छैनन्, काँग्रेसीहरू पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भनभनाउने यक्षप्रश्न ।

~भक्ति प्रसाद पौडेल~ हिउँदको पहारिलो घाममा लामखुट्टेको भनभनले झै घेरिएको छु म एउटा जिज्ञाषाले नजिकै वनस्पतिको अनिकाल देख्छु टाढा एकदुई ठुटा देख्छु वनस्पतिका गमलाको बोनसाई उदास देख्दै छु उसले सकिनसकी बच्चा जन्माएको छ खिनौटे तिम्रो अनुहारमा चमक छ वर्णनमा उल्लास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो युद्ध आफ्नै ईश्वरको विरुद्धमा

~उपेन्द्र सुब्बा~ १. आऊ साथी सुरुवाल सुर्केर घुँडामाथि घुङ्रिङ् बनाऔं र बाँधौं चार किल्ला यसरी कि. टेकेर दह्रो चार पाइला -धर्ती. आकाश. हावा. पानी…. बस्. नूनको ढिक्का चाट्दै मिथक उगाई साँढेको त्यागेर होङ्ग्रायोको भोक पालेर चेतनामा युद्धघोष गरौं- बुडुङ्…बुडुङ्… रक्तिले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो छोरो पनि ठूलो मान्छे भएछ

~किशोर पहाडी~ वर्ष चौबीसको, गहुँ गोरो, च्यूँडोमा सानो खत भएको, दुब्लो दुब्लो, चुरोट नखाने, रक्सी नखाने, अविवाहित, घण्टाघर नजिकैको कलेजमा आई.ए. बी. ए. कुन्नि के जाति पढ्ने अग्लो अग्लो एक जना मेरो छोरो — धेरै बाठो, यो काठमाडौंमा कहाँ बस्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मानव मेरो संझनामा !

~रमा गौतम ‘आश्मा’~ मानव, उस्तै अभिवादन जस्तो तिमी चाहान्थ्यौ! आज धेरै पछि तिम्रो संझनामा मैले मेरो मनको कुना बाट तिमीलाई जबर्जस्ती यो पाना मा छर्ने साहस गर्दै छु कहाँबाट शुरु गरु लेख्न ? जब तिमी मेरो अगाडी छैनौ- न कुनै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आकाशमाथिको देवता

~भोजराज न्यौपाने~ घरिघरि आकाशमा हेर्दा हेर्दै मैले सोचें मेरो देवता शुन्यमा बिलाएको छ चिसो सिरेटोसंगै अविरल बर्षासंगै र, अनगिन्ती हिउँका थुप्रासंगै झर्दै झर्दै

Posted in कविता | Tagged | Leave a comment

गीत : तिम्रो यादमा जल्यो मुटु

~सुरेन्द्र बि.क.~ तिम्रो यादमा जल्यो मुटु सल्बलाउँछ हृदय पनि बियोगमा बाँचरिहेकै छु एक्लै तड्पिएर पनि तिमी संगै हुन्छु भन्यौ हजार जुनी सम्म पनि

Posted in नेपाली गीत | Tagged | Leave a comment