Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

गीत : आफ्नो नाम तिमीसँग

~साधना शर्मा~ आफ्नो नाम तिमीसँग जोडिदिएँ मैले मनको ढोका तिम्रैलागि खोलिदिएँ मैले आमाबाबा छाडी कहिल्यै कतै जान्न भन्थें कसैसँग साथ जिउने कसम खान्न भन्थें आज आफ्नै विरुद्धमा बोलिदिएँ मैले

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : हेङ्गओभर

~वासुदेव पुलामी~ मैले पनि कस्सेर दुई झापट दिएँ। उपाय केही थिएन मसित। जस्तो भएपनि बोल्नुको भाँति हुनपर्छ मान्छेको। अहिले सामान्य भएको छु- तथापि कन्सिरी तात्तिएर आउँछ उसलाई सम्झँदा। * * * बसोस् माइतीको घरमा। मैले मात्रै रिस पिउनु ? उसले … Continue reading →

Posted in लघुकथा | Tagged | 2 Comments

गजल : नेता ज्यु लाई झटारो !

~रतन चन्द~ रात भरी लाम्खुट्टेले झ्याउरे गीत गाए, फाकाई फाकाई खुशी साथ मेरै खून खाए ! कहिल्यै सुख नपाउने पाटिको भो बास, गरीबको दिन यस्तै हो नि,के गर्नु खै आस !

Posted in गजल | Tagged | Leave a comment

Story : WAYWARD BAHUN (Bigrayko Bahun)

~Rupnarayan Sinha~ That day, in order to attend to an urgent work, I had to reach Rameychap at any cost. It was the month of Shrawan and the rivers and rivulets were in spate. However, I had no alternative to … Continue reading →

Posted in Story | Tagged | Leave a comment

कथा : हेलिकप्टर

~रजित ओझा~ उसलाई आजकल यो शहर प्रत्येक दिन नौलो लाग्न थालेको छ। कति धेरै काम भएको ! प्रत्येक दिन भित्तामा सार्कको छाप देखिन्छ। अनि आउन लागेका मोदिको आधिपत्य पनि।विचरा कलिलो उ कसरी वुझोस् यि कुरा, मात्र कुदिरहेको गाडीको ढोकावाट हेर्छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : साइला बाहुन

~मनोज बोगटी~ साइला बाहुनले बाजेलाई पछ्याएनन्‌ बाबुलाई पछ्याएनन्‌। उसले भने- म म भएर बॉंच्छु म आफै बनाउँछु बाटो। धेरै दाजुभाईबीच कुन्नि किन साइला मिल्नै सकेनन्‌ भने- बरू कोइलाखानी जान्छु पढ़्न जॉंदिनँ।

Posted in कविता | Tagged | Leave a comment

मैथिली कविता : जागुऊ मधेश।।

~गजेन्द्र गजुर~ निकाइल सबटा गौहमन कऽ बिख, किए क त शोणित मे दिए मधेश लिख, बान्हल हाथ कऽ टुट्ल न राइस, पैर भाइज तौँ कि फेरो त गेलु फाइस॥

Posted in मैथिली कविता | Tagged | 1 Comment

गज़ल : सुका मानु घिउ खाएँ,भन्नु हुन्थ्यो बाले

~कोमल भट्ट~ सुका मानु घिउ खाएँ,भन्नु हुन्थ्यो बाले अठन्नीमा लुगा लाएँ,भन्नु हुन्थ्यो बाले ईमान्दारी थिए धेरै,जाली फटाहा भन्दा शान्ति सँग बाँच्न पाएँ,भन्नु हुन्थ्यो बाले

Posted in गजल | Tagged | Leave a comment

कविता : रोष,अभिब्यक्ती !!!

~नवीन लामा `सुरेश`~ यस्तो लाग्छ उँधो बग्ने खोलाहरु उँभो बग्दैछ, जूनकिरीको शहरमा पनि अन्धकारले घेरा हालिसकेछ, अँधेरोमा लम्किएको आफ्नै पाइलाहरु पनि उजेलीको साथ नपाउँदै थाकेको महसुस हुन्छ, किन किन यस्तो लाग्दैछ अचेल समय आफुलाई ठग्दैछ !!

Posted in कविता | Tagged | Leave a comment

Story : Unmaking

~Prawin Adhikari~ Binod couldn’t think straight anymore. He couldn’t decide if it was his negligence or an occult power that kept him from finishing Smriti’s portrait. He could paint fine; there was nothing lacking in the thought and skill he … Continue reading →

Posted in Story | Tagged | Leave a comment

हास्य गजल : तिम्रो चूम्बनको कसम

~सिम्पल केटा~ अरुको आलिँगनमा बाँधिएको छुईन – मलाई तिम्रो चूम्बनको कसम अरुको चूम्बकमा टाँसिएको छुईन – मलाई तिम्रो चूम्बनको कसम । कुरैकुरामा साथि-भाई भेट्दा अलि कत्ति बढी पिएको छू मेरो खुट्टा मात्रै मात्तेको छ आज – मलाई तिम्रो चूम्बनको कसम … Continue reading →

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : जुनेली रात बित्यो

~पुरु लम्साल~ तिमीलाई सम्झेर जूनेली रात बित्यो ! अनि छाती चर्केर जूनेली रात बित्यो !! गयो जाने देखाई सपना थरी थरी ! बिना अर्थ कल्पेर जूनेली रात बित्यो !!

Posted in गजल | Tagged | Leave a comment

कविता : धराप

~सरुभक्त~ कुमारी घर तलेजुका रक्तिम अनुष्ठानहरुमा सर्वकालीन नम्छरा राष्ट्रगानहरु घटस्थापित छन् ज्याम्वुरी हामी परापूर्वकालदेखि खड्गजात्रा मनाइरहेछौ भीर भूगोलमा

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाली हेड् न्युज

~ओम अज्ञानी~ अस्ति, बालिका ‘अपहरण’ भाथ्यो, हिजो सामुहिक ‘बलत्कार’ भएछ, आज मिर्मिरेमै निर्मम ‘हत्या’ भो रे, भोलि, अपराधी ‘फरार’ हैन, हत्कडीको शीर्षक बनाउ । अस्ति, सम्सदमा बिपक्षिको ‘बिरोध’ भो, हिजो देशै ‘बन्द’को ‘आन्दोलन’ भएछ , आज सरकारसित रिसोर्ट्मा ‘बार्ता’ छ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : एउटै सपना एउटै बाटो

~हेल्लेन सोल्टी~ उत्साहित भएर सोधेकी थिएँ; खाहुनको भाषण कस्तो थियो ? सुनैनाको छोटो जवाफ थियो- ”आउनु भा’ थिएन” । दमकको विशाल कार्यक्रममा म जान पाएकी थिइन र पनि चासोको विषय त हुन्थ्यो नै । थप म जिज्ञासु बन्न थालेकी थिएँ- … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अलिअलि सुभकामना दिनु है

~गिरिराज बाँस्कोटा~ छोएर रक्त मस्त धमिनी चुमेर आखाँका नानी भौहरु मखमलि ,सयपत्रि यादहरु फुलाउछन् त्यहि भएर सायद तिम्रा तस्विरे आँखाहरुमा छल्किरहेका अञ्जुलीमा प्यारका निशानी देख्न थालेको छु छोएर के हुन्छ ? डामेर के हुन्छ ? आखिर मायात मनवाट हुन्छ आँखावाट … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : नयनकान्ता

~शिव प्रकाश ~ उसको निष्कर्ष छ – समयले सबैलाई एक पटक समय दिन्छ । उ अहिले सोचिरहन्छ – त्यस दिन नयनकान्ताले हुन्छ भनेकी भए के हुन्थ्यो ? अहिलेको साइनो भन्दा कति फरक हुन्थ्यो होला, नयनकान्तासँगको साइनो र सम्बन्ध ? अनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : देश मृत्यु

~सुनिता राई सुब्बा~ बर्षौं भैसक्यो देशलाई निमोनिया भएको मृत्यु घोषित सैयामा कहिले पुर्याउछौं ? (सुन ए असफल अस्थिपन्जर हो !)२ तिमीहरुले नै असफल बनाएको देशको मृत्यु अब कुनैपनि बेला हुनेछ चेतनाहरु जगाई राख, तिमीहरुकै (सग्ला)२ करङ्ग बालि दहन हुनेछ अनि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~सुन्दर अल्पभाषी~ जन्डिसले खाएको पहेँलो घाम तिनजुरे देउरालीमा आत्महत्या गरेपछि कति खुशी गुम्यो होला कति दु:ख लुक्यो होला कति हर्ष मौलायो होला त्यो अन्धकारमा

Posted in कविता | Tagged | Leave a comment

कविता : काठमाडौं

~बिरेन्द्र नेपाल~ मन्दिरको भण्डारण भनेर चिनिने काठमाडौं फोहोरको डङ्गुर बनिसकेको छ, सभ्यताको केन्द्र भनेर मानिने काठमाडौं अश्लीलताको प्रदर्शन गर्ने थलो बनिसकेको छ । संस्कृतिको धरोहर मानिने काठमाडौं विदेशीहरुको ट्वाइलेट बनेको छ,

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कथा : आलुको नाक

~विमल निभा~ एकाबिहानै टुथब्रस गर्दागर्दै संविधानसभाका छ सय एक सभासद मध्येका एक माननीयको आँखा ऐनामा गयो । उनी एकाएक झस्किए । किनभने माननीयको लामो एवं चुच्चो नाक यथास्थानमा थिएन । त्यहाँ एक प्रकारको खोपिल्टो थियो । उनी एउटा हातले अनुहार … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : नसामा माया पो थाल्यो बग्न

~राकेश कार्की~ नसामा माया पो थाल्यो बग्न क्यार छोप्दा छोप्दै भयो सब नग्न क्यार मुटु मुटु जुध्दा पिरति भो झिलिक्क गति भुली संसार थाल्यो डग्न क्यार

Posted in गजल | Tagged | Leave a comment

कविता : माटो फुल्यो

~हर्क राज गुरुङ ‘भुटानि’~ पढेको थिएँ इतिहास। सुनेको थिएँ किंवदन्ती। रचेका अनेक कथाहरू, जाहाँ माटो जोडेर, गोडेर अनि सिन्चेर साम्राज्य स्थापित गरेका थिए। हो त्यही साम्राज्य बनेको माटो फूल्यो। पुर्खाको नासो हो त्यो पश्चिम फाँटहरू। कुनै इतिहासमा समेट्नु अगावै टुक्रेका … Continue reading →

Posted in कविता, मुक्तक | Tagged | Leave a comment

लघुकथा : पागलपुरमा प्रेमकुमार

~नेत्र ज्योति~ बुढेसकालमा प्रेमकुमार र प्रेमकुमारीलाई ब्लड प्रेसर हाई र सुगर हाईले सताउनु सतायो । प्रेमकुमारलाई पहिलो र प्रेमकुमारीलाई दोस्रो समस्याले अठ्याएको छ । जोइपोइको यो समस्याले खुब अस्पताल घुमायो । मेडिकल बिल तिरायो । तर ओखती छोड्नसाथ रोगले उसै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : साँल्दीज्यू ! एक ट्वाँक चढाऊँ कि

~उपेन्द्र सुब्बा~ कसो बाटो भुलेर म फेरि यहाँ, भट्टीछेउ आइपुगेँ । अब, सिधा वा बाङ्गो गरी जसो-जस्तो गरी भएर यहाँ आइपुगेपछि नआउनुथ्यो, आइसकेर भित्रै आइसकेपछि साँल्दीज्यू ! एक ट्वाँक चढाऊँ कि ? अस्ति पोरैदेखिन् छोडूँ त भनेको खोई परार पनि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य छन्द कविता : ज्ञानुको बिलाप

~डा. सन्देश राज आचार्य~ (शिखरिणी छन्दमा) नेपालीको झंटा, तन बिच परेथ्यो जब अनि। ज्ञानु बोल्यो क्वाँ क्वाँ ,गरिकन कठै ब्याकुल बनि ॥ म मर्ने बेला भो, तर मेरो पुतर अधम ता । कता भाग्यो तेस्को, भर सक बुझे है तिमी … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : कहाँ छ

~आयुष चौधरी ‘सम्मोहन’~ दूरदराजका गाँउघरमा विकास कहाँ छ ? भाषण हडताल वार्ता तर निकास कहाँ छ ? भन्न त भन्छौ नी शान्ति र संविधान एक आपसमा मेलमिलापको आभाष कहाँ छ ?

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : मेरो स्याङजा: मेरो सम्झना

~डा. सन्देश राज आचार्य~ (शिखरिणी छन्दमा) छुदै माताजीका, चरणतलमा, जान्छु म भनी रुदै आज्ञा दिन्छिन्, दुखित मनले, पुज्य जननी । म आएँ पाताल्मा, तर मन उतै, बाल्-हठ गरी सयर् मै स्याङ्जाका, एक एक गरी, स्वर्ग नगरी॥ (१) कुभिण्डे, नौडाँडा, सकल … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : पर्ल किनारको रतिराग

~रामशरण बजगाई~ ‘यो उज्यालो दिउँसोको भन्दा सेक्सी छैन !’ समुद्री जहाजभित्र भान्सातिरबाट निस्कदै गर्दा विन्नाले सोधी । पर्ल किनारमा ग्वान्झाउ शहरतिरवाट आएको उज्यालो बनावटी भएपनि सूर्यले आफैं छोडेझैं लाग्थ्यो । किनारमा छरिएको प्रकाशको रंग वेलावेला फेरिंदो रंगसँगै त्यो पुड्की चिनियाँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : माटोको सम्झना

~मनु लोहोरुङ राई~ बुकी फूलेका ढिस्का र गुराँसे जंगलहरु स्मृतिबाट कसरी टाढा हुन्छन् र…? आधाउधी रहरका उच्छ्वांसहरु- जिन्दगी बाच्ने बहानामा सिमाना काटेर समुन्द्र छिचोलिंदैमा- सिमाना नाघ्नुभित्र अनेकमा एक र एकमा अनेक जीवन कथाहरु गाँसिदो छन् |

Posted in कविता | Tagged | Leave a comment

कथा : नयाँ मेम साहब !

~सुजन मादेन~ भरखर झरी परेर रहेको हो क्यार बलेँसीमा तप्क्यानीहरू अल्छी लागी लागी तप्किँदै थिए। पल्लोपट्टि घरको भाले एकपल्ट पखेटा ठोकेर बास्यो। पारि स्याल पनि करायो एकपल्ट। त्यसपछि लगातार भुस्या कुकुरहरूको अल्छे भुकाइहरूको क्रम निकैबेरसम्म चलिरह्यो। उसलाई पटक्क निद्रा परेन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

इन्दिरा प्रयासका तिन मुक्तकहरु

~इन्दिरा प्रयास~ गर्न जाने फूल्छ फूल यहि धर्तीमा प्रयास गरी फूटाऊ मूल यहि धर्तीमा वल्लो पल्लो गाउँ जोड्ने लक्ष भएमा समानताको हाल पूल यहि धर्तीमा ।।

Posted in मुक्तक | Tagged | Leave a comment