Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

गीत : भयौँ डाँडावारि डाँडापारी

~केदार श्रेष्ठ’गगन’~ कस्तो भाग्य रहेछ,भयौँ डाँडावारि डाँडापारी बिधाताले झेल गरे’नि,हाम्रो माया अजम्वरी । मन मेरो सँगै छ,शरीर टाढा भए पनि निष्ठूरी चाहिँ नभन्दिनू,डाँडै काटि गएपनि नसोचेको हुँदो रहेछ,भयौँ टाढा कसो गरी ?

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : कहिले पूरा होला थाहा छैन

~कृष्ण वस्ती~ जहाँ गएँ त्यहाँ उनी, ‘नभेटिएर’ फर्किएँ। म प्यास चित्तभित्रको, ‘नमेटिएर’ फर्किएँ।। म गीत गुन्गुनाउँदै पुगें समीपमा जसै सितार-तार धूनमा ‘नरेटिएर’ फर्किएँ।।

Posted in गजल | Tagged | Leave a comment

कथा : कमाण्डरकी जीवन साथी

~लाहाङ चेम्जोङ लिम्बू~ एक्दमै डराइरहेको थियो ऊ । सायद, म मर्दैछु, मलाई मार्दैछन् सोच्यो होला । अत्तालिएको स्पष्ट देखिन्थ्यो । उसको अनुहारमा पश्चातापको ग्लानी पनि देखिन्थ्यो । भित्ताको कुनामा अडेस लागेर यताउत्ति हेर्थ्यो । कोही आयो भने सशङ्कित हुन्थ्यो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रूथ – फूलझैँ राम्री केटी

~राजेश नतांश~ “म जस्तीलाई कसले पो बिहे गर्ला र सम्पादकज्यू ?” “तिमी फूलझैँ राम्री छौ, गरिहाल्छन् नि !” रूथ सोफामा लडिरहेकी थिइन् । उनको हातमा मेटासिडको बोतल थियो जसमा ‘प्वाइजन’ लेखिएको थियो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : बाच्न झनै गारो

~प्रेम निशानी मगर~ आखै सामु खस्यो लौन मन परेको तारो मर्न पनि सकिएन बाच्न झनै गारो। दिनको कथा लेखु भने साझ झरीदिन्छ जूनको कथा लेखु भने औसी परीदिन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सौन्दर्य–चिन्ता

~शशी लुमुम्बू~ यस पृथिवीमा— कहाँबाट आयौ तिमी ? कहाँबाट आएँ हूँला म ? …. पहिला— तिमी आयौ कि म ? कुन नदी पछ्याउँदै कुन बतासको वेग समातेर आयौँ होला हामी ? …. आएपछि पृथिवीमा सबभन्दा पहिले—

Posted in कविता | Tagged | Leave a comment

Story : The Blockade

~Sushma Joshi~ The blockade started quietly enough, on a rainy day in mid-March. It was the first rain of the year. People breathed in the smell of wet earth as if it was a long-forgotten blessing. In the bushes, the … Continue reading →

Posted in Story | Tagged | Leave a comment

बाल कथा : भो मलाई साइकल चाहिँदैन !

~बिजय चालिसे~ “आमा, मलाई नया साइकल नभै हुँदैन । राजिबसँग कस्तो राम्रो साइकल छ, खेलौना छन् आफ्नो भने केही छैन । साइकल नल्याइदिए म त स्कुलै जान्न के !” जय जिद्दी गर्दैथियो । “होइन, कहाँ पाउने साइकल किन्ने पैसा ?

Posted in बाल कथा | Tagged | Leave a comment

गजल : लौन लाफा

~तिब्वत दर्लामी~ कस्तो हुन्छ मारुनीमा कम्मर भाँच्न सिकाईदेउन । लौन लाफा मलाई पनि हुर्रा नाँच्न सिकाईदेउन । रातैभरी रोधीघरमा सालैजोको भाका टिपी दोहोरीमा पिरतीको नाता गाँस्न सिकाईदेउन ।

Posted in गजल | Tagged | Leave a comment

कविता : भैगो म कविता लेख्तिन

~भिम प्रसाद घिमिरे~ कर नगर्नुस् कविज्यु भाषा खेलाउनु विरह चलाउनु हँसाउनु अनि शब्दजालले रुवाउनु त्यो कला पटक्कै जान्दिन मलाइ क्यामेरा भए पुग्छ अलि बढि फोटा अटाउने मेमोरी कार्ड र, अलि परका विषय टिप्ने लेन्स भए पुग्छ कसरी भ्याउला कवितामा बर्कत … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गुनगुन

~स्वप्निल नीरव~ कति हुँ हुँ गर्छस हँ ? अगेनुमा हात सेक न हैन अझै कति हुँ हुँ गर्छस ? तेरा बा कम्बल लिन गा’का छन् पुसको छानोले यस पालिको शीत लहर छेक्ला नछेक्ला तँ सानै छस तेरा निलिएका ओंठ कठ्याँग्रिएका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : अती हिम्स्रक बाघ पनि हुनु नराम्रो

~श्याम लामा~ अती हिम्स्रक बाघ पनि हुनु नराम्रो कुहिरो भित्र काग पनि हुनु नराम्रो हिंड्ने बाटो पुग्ने लक्ष्य निस्चित छैन सबलाई पिर्ने नाग पनि हुनु नराम्रो

Posted in गजल | Tagged | Leave a comment

गीत : मेरी उनी

~प्रेम प्रकाश मल्ल “महेन्द मधुकर”~ मेरी उनी म भित्रै छिन मेरी उनी अन्त कतै गएकी छैनिन नि मेरी उनी मेरी आसा अभिलासा विश्वास भरोसा रुग्न जीवनकी संजिवनी मेरी उनी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : निरङ्कश आँधीहुरी कथा

~बलिराज खम्बू~ हजारौं बर्षदेखि नै संघीयताको कथा बाकेर त्यो अरुण नदी बग्थ्यो रे छोरा ढाकार चौतारोमाथि बिसाउँदै काहानीको पोका खोलेर केलाउनु थाल्नुहुन्छ- मेरो बा कोपाको कथालाई । यो क्षितिज अनि उ परऽऽऽपर चारैतिर देखिने ठाउँसम्म निलो आकासमा पूर्णिमाको मधुर मुस्कान … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : बधाई

~मौलश्री लिम्बु~ उनको वाग्दान भईसकेपछि मलाई भनिन्- ‘तिम्ले मलाई माया गर्दैनौ रहेछौ,त्यसैले मसंग विवाह गर्न चाहेनौ ।’ जवाफमा मैले भने- ‘आफुलाई भन्दा ज्यादा तिम्लाई माया गर्छु तर आफ्नो स्वार्थका खातिर परिवारको खिलाफमा विवाह गर्दा कोही खुशी रहन सक्दैनौ ।कसैको दोष … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : कस्तो बिडम्बना!

~भगवती कंडेल~ दुखी दुखी हास्नु पर्ने कस्तो बिडम्बना! झुकी झुकी बाच्नु पर्ने कस्तो बिडम्बना! भुवा सरि उड्न खोज्ने मनलाई पनि रुकी रुकी बाध्नु पर्ने कस्तो बिडम्बना!!

Posted in गजल | Tagged | Leave a comment

कविता : पृथकता र प्रेमरेमिलता

~गिरिराज बाँस्कोटा~ मेरी आमा तिमि भन्दा राम्रि हुनुहुन्छ तर उहालाई तिम्रो जस्तो सिगारिने फुर्सद छैन उहालाई रमितेमा घाँस काट्न जानु छ चुलो रङगाउनु छ अनि बेला बेला मलाई सम्झिएर बिरत्तिनु छ तिमि जस्तो मेरी आमालाई फुर्सद छैन दिन भर काममा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : धतुरेहरु र मेरो स्वकीय अडान

~गणेश खड्का~ मेरो समाजका सबै खाले स्वघोषित वरिष्ठहरु र मेरो दैलो-जस्केलो वरिपरी रोप्तै नरोपी उम्रेको उम्रेयै गरेर हैरान पार्ने धतुराहरु उस्तै-उस्तै लाग्न थालेकोछ मलाई अचेल धतुरे अस्तित्वहरु हुर्के भने तुलसी पवित्रता जिङ्लाउँदोरहेछ करेसामा मनहरु सकरात्मक मौलाएको जाती मान्छु म नकरात्मक … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : युद्धबाट चिट्ठी‏

~उदय दर्पण~ युनिका, मैले चिट्ठी कोर्न छोडेको धेरै भयो। झन् यो विद्युतीय संसारको मार्गले आफ्नो सन्जाल फैलाएपछि त हामीले कोर्ने चिट्ठीलाई धेरै अर्थमा अपाङ्ग नै बनाइदियो। जेहोस् मेरो अतितको प्रिय साथी चिट्ठीलाई आज तिमीसामु पेश गर्न खोजिरहेछु। आशा छ, यसले … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कथा : सहिदकि आमा

~रबि खडका ‘एटम’~ ‘धिक्कार गरीबलाई त मासेरै छाड्ने भो ! असार माशमा पनि के को जुन लागेर बसेको हो ?रोपेको कोदो पनि सोरे भो अब । पोहोर साल पनि यस्तै भो मेला जान पाईएन । पछि सामालको जो हुन नसक्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चाहना

~समा श्री~ र पनि यो कस्तो शून्यता ! कतै कुनै कुनामा चुपचाप आफैमा खुम्चिएर तिम्रा यादहरू बसेका छन् हावाको मन्द वेगसँगै तिम्रा पाइलाका ध्वनी गुञ्जित हुन्छन् तिम्रो शरीरबाट बहने मन्द सुवास छरिएका छन् र पनि यो कस्तो शून्यता !

Posted in कविता | Tagged | Leave a comment

गजल : दुबै मिली

~इन्दिरा प्रयास~ दुबै मिली पिरतीको,डोरी बाटौं न एकअर्कामा भावनाको,चाह साटौं न दुबै जना मिलेपछि,बाटो खुलाएर् शहर मै बस्ने भए,डाँडै काटौं न

Posted in गजल | Tagged | Leave a comment

गीत : निदरीमै बर्बराउने

~अमर ‘सरोवर’~ त्यो मनले यो मनमा के बैमानी गर्‍यो निदरीमै बर्बराउने नौलो बानी पर्‍यो । चन्द्ररुपी मुहार तिम्रो बोली मिठो लाग्छ लजाएर मुस्कुरा’को झनै निको लाग्छ नशालु ती हेराइले लौन के-के गर्‍यो ?

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आधा भोगाइः आधा बगाइ

~तारा पराजुली~ तिमी बगेपछि म अनायास जम्न थालेको छु। यो निस्पट्ट तलाउ निर्वेग प्रवाह सिसाजस्तै चर्किएको मन अनि अपमानको हिउँले छोपिएर म अनायास जम्न थालेको छु तिमी बगेपछि

Posted in कविता | Tagged | Leave a comment

कविता : अब म आँशुको कविता लेख्दिन

~हेमन्त परदेशी~ जीवनका अनेक मोडहरुमा अक्षरको खेती गर्दै जाँदा मैले थुप्रै मृत्युका कथाहरु लेखिसकेको छु भोको पेट र नाङ्गो आङ्गको पीडाबोधमा दन्दनी आक्रोशका ज्वालाहरु ओकलिसकेको छु र, प्रतिफलमा असङ्ख्य बधाई तथा शुभकामनाका परि परिका दोसल्लाहरु पनि ओढिसकेको छु । हो, … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Essay : Uniqueness in the Modernist Nepali Literary Discourse

~Abhi Subedi~ Introduction This paper focuses on one important aspect of Nepali literature noticed in the writings of the sixties and seventies. The writings under review can be called modernist by using the occidental nomenclature for writings that satisfy certain … Continue reading →

Posted in Essay | Tagged | Leave a comment

गजल : तिमी मुस्कुरायौ

~आवाज शर्मा~ जहाँ चस्स दुख्थ्यो उहीँ मुस्कुरायौ । छ कस्तो रहस्यऽ मसङ्गै लुकायौ ।। सक्यौ थाम्न भाला हजारौँ थरीका । दुख्यौ किऽ त भन्दै यता सुम्सुम्यायौ ।।

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : भन बुढी

~दीपक आचार्य ‘जलन’~ भोकै छन् केटाकेटी भन बुढी के गर्ने हो खानसम्म छैन रोटी भन बुढी के गर्ने हो । आँखाका यी जुन अनी फुलजस्ता छोराछोरी

Posted in मुक्तक | Tagged | Leave a comment

अनूदित कथा : पोस्टमास्टर

~रवीन्द्रनाथ ठाकुर~ अनुवाद : कुमुद अधिकारी जागिरको पहिलो हाजिरी दिन नै पोस्टमास्टरलाई इलापुर गाउँमा आउनुपर्यो । यो गाउँ साह्रै सामान्य थियो । छेउमै एउटा नीलो कोठी थियो र सोही कोठीका साहेबले धेरै प्रयासपछि नयाँ हुलाक (पोस्ट-अफिस) स्थापना गराएका थिए । … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

बाल कथा : अनीताको अठोट

~बिजय चालिसे~ अनीतालाई चित्र बनाउन असाध्यै शोख रहर थियो । छिमेकी काकाले बनाउनुभएका चित्र हेरेर आफू पनि त्यस्तै बनाउन चाहन्थी । काका कलाकार भएकोले सधैं चित्र बनाइरहनुहुनथ्यो । उहाँलाइृ भेट्न भनी टाढा टाढाबाट मानिसहरू आउँथे । त्यो देख्दा त झनै … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

निबन्ध : मृत्यु एक कला हो ।

~सीमा आभास~ सिल्भिया ! बौद्धिकता अस्तित्वबोध युगबोध काब्यिक चिन्तन दर्शन र एक घनघोर बिद्रोह हो तिम्रो मृत्यु । मृत्यु मित्रु हो । अवसरसँगै अस्वीकृत सत्य जिवन अनि गहिरो निद्रा त्यसपछि एक सपना हो मृत्यु । ओ आत्मदाहकी देवी ! तिम्रा … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य-कविता : आउ हामी सबै मिलेर बन्द गरौँ

~बादल सुरेश~ जब उदांग भएर खुल्छ विदेशी हस्तक्षेपमा देशको निरिहता, जब सर्वांग नांगिन्छ बलात्कार र हत्यामा मानवीयता, जब छ्यांगै खुलिदिन्छ लाजको पर्दा शासकहरूको, तब लाग्छ कसैले बन्द गरिदेओस् मेरो समाजको आवरणलाई, कसैले छोपिदेओस् हाम्रो हिन मुहारलाई।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment