आखै सामु खस्यो लौन मन परेको तारो
मर्न पनि सकिएन बाच्न झनै गारो।
दिनको कथा लेखु भने साझ झरीदिन्छ
जूनको कथा लेखु भने औसी परीदिन्छ
मनभरी चोट बोकी हास्न रैछ सारो
मर्न पनि सकिएन बाच्न झनै गारो ।
जब साझ ढल्दै जान्छ मन जान्छ गल्दै
चाहनाको र कल्पनाको महल जान्छ ढल्दै
तिमीसंग जिन्दगी यो बिताउन भो गारो
मर्न पनि सकिएन बाच्न झनै गारो ।
दुबई
(स्रोत : साहित्य संग्रहालय )

