Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कविता : हिंसाको मौनता

~पद्मावती सिंह~ चकमन्न छ रात चकमन्नताले भयको ओढनी ओढोको छ भय, संत्रास तथा दुश्चिन्तताले आक्रान्त निरमाया सम्झिरहेकी छिन् आफ्नो पतिलाई राखी हृदयमा

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : यसरी सकुशल घर आइपुग्यौं

~पद्मावती सिंह~ हो, कहिल्यै नबिर्सिने भो गोरखाको त्यो बृहत कवि गोष्ठी जुन भानुजयन्तीको उपलक्ष्यमा गोरखामा आयोजना भएको थियो । यस वर्षको शुरुमै द्रव्यशाह‌‍‍‍‍‌ क्याम्पसप्रमुख मोहननारायण श्रेष्ठले भानु जयन्तीमा काठमाडौंबाट कविहरूको सहभागिता जुटाउने अभिभारा मलाई सुम्पिनु भएको थियो । पोहरसाल पनिमैले … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : डाँडा, भञ्ज्यांग, चौतारा अनि आरूघाट

~पद्मावती सिंह~ कार्यवश गोरखा जिल्लाको आरूचनौटे पंचायतको मुख्य बजार आरूघाट जानु पर्यो । आवश्यक तयारी सकेपछि फागुन २१ गतेका दिन आरूघाटतर्फ प्रस्थान गर्ने कार्यक्रम अनुसार एक महिमा सहयोगीका साथ त्यसतर्फ प्रस्थान गरें । गोरखा बजारबाट करीब आधा घण्टाको उकालो चढी … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : आकाशदीप

~सरुभक्त~ जीवन अटोप्सी त्रासद समयका गाथाहरु प्रत्येक दिन प्रत्येक रात विग ब्याङ घोषणाहरुको देशमा बोक्सी घोषित आमाहरु छोराहरुबाट गु-मुत ख्वाइएका छन् ब्लेकहोलका आलोक बिचरी श्रीषाहरु हराए साता गुरुत्वाकर्षणका साना पृथ्वीहरुझैं हेर! एड्सग्रस्त सूर्यहरु सेता/काला ड्वार्फहरुमा परिवर्तित हुँदैछन् हाइपोथर्मिया: जीवनका गीतहरु … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : पाठक

~म्याक्सिम गोर्की~ रात छिप्पिँदै थियो जतिखेर म त्यस घरवाट विदावारी भएँ जहाँ साथीहरुको एक गोष्ठीमा आफ्नो प्रकासित कथासंग्रहमा समेटिएको एउटा कथा वाचन गरेको थिएँ र साथीहरुले प्रशंसाको पुल वाँध्न कुनै कसर बाँकी छाडेका थिएनन्। म मग्न भावमा शनैः शनैः पाइला … Continue reading →

Posted in अनूदित कथा | Tagged | Leave a comment

अनूदित कथा : कोल्यूशा

~ म्याक्सिम गोर्की~ उनको छेउमै उभिएर मैले उनलाई नियालीरहेंको थिएँ तर उनी भने पूर्णतः मौन वसिरहिन्। आफूमाथिको यो वेवास्ता कुल्चँदै म उनको झनै नजिक पुगें तथापि मलाई एक झल्को हेर्नु सिवाए उनमा कुनै हलचल पैदा भएन। मेरो सान्निध्यताले उनमा जुन उत्सुकता … Continue reading →

Posted in अनूदित कथा | Tagged | Leave a comment

अनूदित कथा : छेपारो

~एन्टोन चेखब~ नयाँ ओभरकोटमा ठाँटिएको प्रहरी नीरिक्षक ओचुमेलोभ हातमा एउटा पोको बोकी बजारस्थित चोक पार गर्दै थियो। जफत गरिएको अमलाले भरिपूर्ण टोकरी बोकेको रातो कपालवाला एउटा सहयोगी प्रहरी उसको पछिपछि हिँड्दैथ्यो। चारैतिर सन्नटा अनि चोकमा मानवीय उपस्थिति शुन्य… भोका मानिसहरुलेझैं … Continue reading →

Posted in अनूदित कथा | Tagged | Leave a comment

कथा : कथा

~विश्वेश्वरप्रसाद कोइराला ~ धेरै पुरानो कथा हो। त्यस युगको कथा हो जब यो पृथ्वीका मानिस देवलोकका देवतासँग प्रतिद्वन्द्विता गर्थे। देवताहरु पनि दानवसँग युद्धमा पराजित हुने भयले पृथ्वीमा अवतरण गर्थे र कहिले दधीचिको हाड मागी औ कहिले दशरथसँग सहायताको प्रार्थना गरी विजयन्मुख … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : स्वामी १००८

~सिन्धु गौतम~ गेरु वस्त्रधारी १००८ स्वामीको प्रवचन सुन्न धेरै मानिसहरूको भीड लागेको छ । ठूलो खुला मैदान पनि खचाखच छ । कोही १००८ स्वामीको दर्शन गर्न, कोही प्रवचन सुन्न, कोही भीड हेर्न, कोही भीडभित्र भीड हेर्न अनि कोही स्वामी नभएकाहरू … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

इन्द्रसुर बेल्टारेका पाँच ताङ्का

~इन्द्रसुर बेल्टारे~ (१) साल्पा पोखरी मनमा सल्बलायो निर्मल पानी प्रकृति धरोहर स्वर्गको अनुभूति ।।।

Posted in ताङ्का | Tagged , | Leave a comment

ट्राफिक जाम !

~साधना प्रतीक्षा~ पात्र-एक गाडीभित्र एक हातले डण्डी समाउँदै अर्को हातले फाइल च्यापेर ऊ असिनापसिना भइरहेछ । पलपल आफ्नो नजर हातको घडीतर्फ फाल्दै हैरानीका साथ लामो सुस्केरा निकाल्छ ‘उफ् । यो गाडी कतिबेला गुड्ला ?’ उसको मनले प्रायः गर्ने मौन प्रश्न हो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

टुहुरो केटो र पशु बोली

~तेजप्रकाश श्रेष्ठ~ एउटा गाउँमा एक जना जिम्दारको घर थियो । त्यहाँ एक विधवा गरिब आइमाई काम गर्न बसेकी थिई । उसको एउटा सानो छोरा पनि त्यहीँ बस्थ्यो । आमा चाहिँ मालिकको घरमा गाईगोरूको मल सोर्ने, भाँडाकुँडा मोल्ने काम गर्थी । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर ९

~परशु प्रधान~ जीवनभरको पीडादायी र दुःखान्त भयो- मेरो पहिलो रात अर्थात् हनिमुन । म कुनै कवि वा लेखक होइन, न कुनै दार्शनिक । मेरा सारा सपनाहरू एकै रातमा खरानी भएका थिए, मेरा सारा इच्छा, आकाङ्क्षाहरू पानीपानी भएका थिए । कुनै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पराजित

~दिनमान गुर्मछान~ ऊ आफ्नै ओछ्यानमा छटपटिरहेको छ। छटपटिनु उसको पीडा हो। उसले बुझेको छ। यो छटपटाहट उसको अनुभवमा धेरै दिनदेखिको हो। ओछ्यानमा ऊ सुतिरहेको त थियो तर उसका आँखा आधा खुलेकै थिए। ऊ सिलिङ्मा झुन्डिरहेको पंखालाई ताकिरहेको थियो। पंखा स्थिर थियो, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजेको बाँसुरी

~बुद्धमणि ढकाल~  गजे दिनभर गाई-वस्तु चराउन जङ्गल जाने गर्थ्यो र बेलुका ती वस्तुको लामो ताँती अघि लगाएर घर   फर्कन्थ्यो । तल राते र सेती खोलाको दोभानमा गजेको बाँसुरी सुनेपछि डाँडामा गाई रुङ्ग्न बसेका गोठालाहरु कान र आँखा उतैतिर लान्थे । गजेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शताब्दी

~ध्रुवसत्य परियार~ ‘अहिले पो बजारिया ऐना पाइन्छ । उहिले त जमेको पानीमा बै“स  हेर्नुपथ्र्यो । मेरो बै“स ढल्यो । बल ढल्यो । आँट ढलेको छैन । अझै पनि बेला–बखत, म देउराली पुग्छु । लामो सुस्केरा हाल्छु । त्यहाँ पुगेर सुसेल्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धुनी

~ध्रुवसत्य परियार~ सामान्य पुरुषलाई लोभ्याउन उसको व्यक्तित्व काफी थियो। पातलो शरीर। छिनेको कम्मर। बाटुलो अनुहार। ठूला आँखा। मीठो बोली। मादक मुस्कान। अहो! सामान्य क्याफेभित्र हामी वारिपारि थियौँ। वेटरले मिल्क-कफी राखेर गएछ, थाहै पाइनँ। सायद म उसको सुन्दरतामै हराइरहेको थिएँ। ‘मैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जात बिर्सने रोग

~ध्रुवसत्य परियार~ तीन कक्षामा पढ्दा साथीले घरमा लग्यो, बास बस्ने गरी । म निदाएको थिइनँ । साथीकी आमा छिमेकीसँग कुरा गर्दै हुनुहुन्थ्यो- यो छोराले पनि पढेर ठूलो मान्छे बन्ने छाँट देखाएको छैन । अहिलेदेखि नै डुल्दै हिँड्छ, घरमा कामी-दमैलाई ल्याउँछ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नान्दी

~ध्रुवसत्य परियार~ उसले भयानक सपना देखेछ।र, एक रातका लागि मलाई किन्यो, २५ हजार रुपैयाँतिरेर। हेर्दा सामान्य लाग्थ्यो। आधा तोला सुन बराबर रकम एक रातमा खर्च ! किन गरोस्। कसरी गरोस्। यस्तै सामान्य लाग्थ्यो।खाटमा बसिरहेकी मलाई यसरी उठायो। जस्तो, विवाह मण्डपमा बेहुलाले बेहुली उठाएको होस्। ‘तिमी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ब्राह्मी

~ध्रुवसत्य परियार~ ब्राह्मीको हीराको औँठी चोरी भयो । शिव ब्राह्मण र गोमा ब्राह्मणीको एक मात्र सन्तान ब्राह्मी, बिछट्टै सुन्दरी थिइन् । उनको सुन्दरतासँग जून, तारा, सूर्यले हार मान्थे, लजाउँथे । एकपटक शिव ब्राह्मणले उदाउँदो सूर्यलाई अघ्र्य दिँदै थिए । पहाडको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सिद्धहस्त म

~फिरन्ते काइलो~ एकाबिहानै दाढी सफाचट् पारेपछि मैले आफ्नो अनुहार ऐनामा नियालेँ । कता कता वीपी कोइराला हुँ कि जस्तो लाग्यो । दोषी चश्मा लेख्न बसेका कोइराला जस्ता । आँखामा कालो बिँड भएको चश्मा र गोलो टाउकोमा भादगाउँले टोपी लगाएर हेरेँ … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : अप्ठेरो चोर

~लक्ष्मण देवकोटा~ रिन तिर्ने पीरलोमा बार्दलीमा बसेर चुरोट तानिरहेका अर्जेल माइला मध्यरातमा आफ्नो घरबाट बलेनीतिर हाम्फाल्दै गरेको आकृति देखेर चिच्याए ए चोर आयो । चोर ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रजातन्त्र

~घनश्याम ढकाल~ घनश्याम ढकाल, मध्यरातमा अस्पतालमा सातजना माओवादीहरुको लास ल्याइएको छ भन्ने कुरा बिहान भइसक्दा सदरमुकामभरि फैलिइसकेको थियो । लास हेर्न मानिसहरुको घुइँचो लाग्यो । सबै सन्न र स्तब्ध थिए । चारैतिर भय र क्षोभ मडारिएका थिए । मृतकहरु कहाँबाट … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मेच

~विश्वम्भर चन्चल~ अफिसमा निकै गाइँगुइँ चल्न थालेको छ आफु आफुमा र सबै आश्चर्यचकित छन् वातावरणदेखि । “के हुन लाग्यो यो अचम्म !” सबैको मुखबाट यही सुनिन्छ । बूढो कारिन्दा रामशरण आएर भन्छ, “होइन हजूर, कतैको भूतसुत पो आएर बसेको छ कि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : ब्रहृमनालबाट प्रत्यक्ष प्रसारण

~डा. सुमन राज ताम्राकार~ म अहिले ब्रहृमनालमा लम्पसार छु । मलाई कात्रो र रामराम लेखेको पिताम्बरले छोपिएको छ । म मरेको धेरै बेर भा’छैन किनकि म अझै तात्तातै छु । म मरेको खबरले मलाई अन्तिम पटक दर्शन गर्न एकपछि अर्को … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : आज कति सस्तो भएँ

~गौतम “उदय”~ आज कति सस्तो भएँ! हुरी आयो उडाई लग्यो बाढी आयो बगाई लग्यो अनमोल जीवन मेरो आज धेरै सस्तो लाग्यो, दुइ मुटु एउटै थियो निस्ठुरिले चुडाई गयो खुसी सारा संगै लग्यो मेरो भन्नु पीडा रह्यो छाडी जाने छाडी गयो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : क्रूर मान्छे

~विना तामाङ ‘सुनगाभा’~ अन्तत उसले त्यो क्रुर मान्छेलाई घरमा ल्यायो । पछिल्लो केही दिनदेखिको मेरो आग्रहलाई आज उसले स्वीकारेको छ । अनि म बडो सतर्कताका साथ क्रुर मान्छेको हातभरि पिपलका दाना पाकेभैंm पाकेका घाउहरु सफा गर्दैछु । यति सावधानीका साथ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निरु अभागीका २ रुबाईहरु

~निरु अभागी~ मेरो हत्केलामा फूल्ने फूल बसाइँ सरेपछि जँघार बीचै छाडी खोली तार्ने एक्लै तरेपछि सम्झी बस्नु के अर्थ भो ? उही फूल दिनरात पराई हातमा सुवास छर्न फूल आफैं झरेपछि ।

Posted in रुबाई | Tagged | Leave a comment

कथा : बाध्यता र परिणाम

~नगेन्द्र इङगनम ‘आठराइली’~ एउटा सुखी परिवारको शान्त वातावरणमा पढाइ । हर सफलताका खुड्किलाहरु चढ्दै पवन दशौं कक्षामा पुगेको थियो । दैवको रचना या भाग्यको भनौं– पोखराबाट दार्जिलिङसम्मको यात्रामा रहेका उसका बुबाआमा अचानक दुर्घटनामा परेर बुबाको देहावसान भयो भने आमा सख्त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एम्बुसमा जाकिएको सपना

~खगेन्द्र पन्धाक लिम्बू~ यो अफगानिस्तानको रिफ्युजी क्याम्प । खाना छैन । पैसा छैन । पासपोर्ट पनि छैन । आफन्त त हुने कुरै भएन । छ त केवल मानसिकतामा युद्ध भैरहेछ । उसैगरी अहिले यहाँ युद्ध चकिर्एको छ । जीवनको चारैतिर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हराएको सानो साथी

~खगेन्द्र पन्धाक लिम्बू~ बैंककको विश्वस्तरीय सुपर मार्केट अघिको आकाशेपुलमा बिहान–साँझ हिंड्दा देखिने विरक्तलाग्दो करिब चार वर्षको बालमगन्ते बच्चाको रुवाइले हत्तु बनेको छु । त्यै बच्चाको रुवाइले अफिस जाँदा मूड बिग्रिने र घर फर्किंदा झन् थकित हुने समस्या बढेर गएको छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बिदा

~जनार्दन दाहाल~ बुद्ध धर्मावलम्बीहरुलाई बुद्ध जयन्तीमा बिदा भयो, क्रिसमसमा क्रिश्चियनहरुलाई बिदा भयो । शिवरात्रिमा हिन्दूहरुलाई बिदा भयो, इदमा  मुसलमानहरुलाई । विद्यार्थी, शिक्षक, डाक्टर, इन्जिनियर, वकिल, कर्मचारी सबैले बिदा पाए । यतिमात्र होइन, बिदाका स्वरुपअनुसार दसैँ–तिहार, हिउँदे, वर्षे, तलबी–बेतलबी सबैले बिदा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment