Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

लघुकथा : मसला

~लक्ष्मी गाइजू~ मोहनको आफ्नो लाठे बैँस आफ्नै अगाडि लम्पसार थियो । १६ वर्षे अल्लारे बैँसले छुँदै थियो उसलाई । तर, उसको बाबु मनोहरलाई भने ऊ कामै नआएको एउटा चिसो मुढाजस्तो थियो । न कुनै आकारमा ढाल्न मिल्छ, न त बालेर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मज्जा

~धनराज गिरी~ एउटै लाम्टो चुस्न पर्ने रहेनछ दाइ र भाइ हुन । एउटै बुटामा फल्नु पर्ने रहेनछ दुवैको स्वाद एउटै हुन । अलग–अलग डालीमा फुलेका फूलहरु हुन्, गौरव र गम्भीर । गौरव नामै गौरव, कामै गौरव । गम्भीरको परिचय पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नोस्टालजिक इमेल

~सुमन घिमिरे~ ‘ज्या, नामै बिग्रेछ कार्डमा’ भन्दै रानी हस्याङफस्याङ गर्दै आई सुयोग भएको ठाउँमा । ‘कता बिगे्रको ? भित्र कि बाहिर ?’– सुयोगले सोध्यो । ‘बाहिरै हो, तिम्रो नाममा । सुयोग संगीत हुनुपर्नेमा संगीता भएछ ।’ ‘ठिकै छ, निम्तो पाएँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित लोक कथा : इनारको भ्यागुतो

~चिनी लोककथा~ छिपछिपे पानी समेत नभएको एउटा इनारमा एउटा भ्यागुतो बस्दथ्यो। त्यो भ्यागुतो सधैं खुशी रहन्थ्यो। एक दिनको कुरो थियोः त्यस भ्यागुताले पूर्वी सागरबाट आएको एक स्थुलकाय कछुवालाई भन्योः “मलाई अतिशय खुशी लागेको छ, बाहिर घुमफिर गरेपछि इनारको छेउमा राखिएको … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : याउ र सन् बीचको कथा

~चिनीयाँ लोककथा~  चीनको लामो सामन्ती समाजमा सम्राट मरेपछि उसको छोरो फेरि सम्राट बन्दथ्यो। तर चीनको पौराणिक कथाअनुसार, शुरुका तीनजना सम्राट याउ, सन् र यु बीच त्यस्तो कुनै सम्बन्ध थिएन— यिनीहरु बीच कुनै नि हिसाबले पारीवारिक सम्बन्ध थिएन।

Posted in अनूदित कथा, पौराणिक कथा | Tagged | Leave a comment

कथा : अधुरो

~किशोर सापकोटा ~ तिम्रो साथ मलाई प्रिय लाग्छ – मैले वन्दनालाई  एसएमएस पठाएँ – मिठो सपनाको कामना सहितको शुभरात्री । तत्कालै उनको शुभरात्रीको शुभकामना एसएमएस आयो । शुभरात्रीको शुभकामना एसएमएस प्राप्त नगरी हामी ननिदाउने भइसकेका थियौ । किन ?

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : छोटा किस्सा

~लक्ष्मीप्रसाद देवकोटा~ छोटो किस्सा एउटा सानो झ्याल हो, जहाँबाट एउटा सानो संसारमा चियाइन्छ । ठूलोभन्दा सानो झन् ठूलो छ, अनन्त पनि संकेत र मूर्तिमा प्रतिविम्बित हुन्छ । आजकल लन्डनमा सेन्ट पालको सुई मुसाभन्दा छिटो दगुर्दछ, आधुनिक जीवनको संकीर्णताको सबब र … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : ध्रुवेको डायरी

~वसन्त बस्नेत~ सबभन्दा चर्को मानवअधिकार (पशुअधिकार) को कुरा गर्नेहरू अहिले कहाँ गए कुन्नि। काठमाडौंमा भुस्याहा कुकुर मार्नखोज्दा विरोध गर्नेहरू मेराबारे किन चुँ बोल्दैनन्। न्युज पढ्या थें- फ्रान्समा सर्कस देखाउन नेपालबाट लगिएका दुई हात्तीलाई टिबी भएपछि सुइ दिएर मार्न खोजिँदैछ। त्यसविरुद्ध … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

बिर्खेको लोडसेडिङ्ग डायरी

बिर्खे। न्वारानको नाम। अहिले विक्रम। पढाई मध्यम। कक्षा ४ देखि कमल इज अ शप्किपरबाट अंग्रेजी पढ्न थाल्यो। गाउँको प्राथमिक विद्यालय सक्यो। मट्टीतेल हुँदा बेलुका पढ्न पायो। कहिले दियालो बाल्यो। दिनभरको चकचक। के पढ्नु टुकी र दियालोको धिपधिप उज्यालोमा। निधार खुम्चाएर … Continue reading →

Posted in नेपाली कथा | Leave a comment

संस्मरण : जापान कतिपल्ट आएका छौ ?

~भीष्म उप्रेती~ विमान परिचारिकाले ‘अब हामी नारिता विमानस्थलमा अवतरण गर्दैछौँ’ भन्ने सन्देश प्रसारण गर्दा मेरो मनभित्र एक किसिमको चिसो पस्यो । एउटा विपन्न देशको मान्छे अति सम्पन्न मुलुक जापानको राजधानी टोकियो अवतरण गर्न लाग्दा एकदम रोमान्चित, उत्साहित र उत्सुक हुनुपर्ने … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : प्यारा छोराहरू, ढिँडाका काल मोराहरू !

~लक्ष्मण गाम्नागे~ प्रिय केटा हो ! धेरै धेरै माया छ । घरमा दशैंको छायाँ छ । इज्जोत आब्रुक बायाँ छ, अभाव र मुहुँगी दायाँ छ । यो बूढो काया मर्दै बाँच्तै जसरी तसरी घिस्रिदैछ । एक पछि अर्को रोग जिऊभित्र … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : लोग्ने मान्छे

~भवानी क्षेत्री~ अब बिदेस जाइन्छ, मन पर्दा लुगा लाइन्छ, पाइन्ट लगाउन पाइन्छ, साच्चै बिदेश जाइन्छ, जाइन्छ, जाइन्छ । यसरी मनमा फुरौला पाकिरहेछन् । भिजा लागेको दिन हो आज । यति बेला म औधि खुसि छु । मन तेसै-तेसै चरा जस्तै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मायाको लाइन

~मणि लोहनी~ यहीनेर उनीसंग भेट भयो । मायाको लाइनमा । लाइनमा महिलाहरु छन् र आफ्नो पालो पर्खिरहेछन् । उनी पनि पालो पर्खिरहेकी थिइन् । २६ वर्षकी उनले तीन वर्ष अघि लोग्ने गुमाएकी हुन् । आंतककारी विस्फोटमा परी उनका लोग्ने मारिएका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भैंसी चोर

~महेशविक्रम शाह~ हवाईजहाजको ढोकाबाट निस्केर सिंढी ओर्लदैं गर्दा उसको चालमा विजेताको आभाष पाईन्थ्यो । सिढीबाट भुँइमा खुट्टा राख्ने वित्तिकै उसले झुकेर दुवै हातले भुँई स्पर्श गर्‍यो र फेरि त्यही हातले शीरमा, छातिमा र ओठमा स्पर्श गर्दै आकाशमा हात फैलायो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भाग्यमानी

~निलम कार्की ‘निहारिका’~ ’हेर कति भाग्यमानी ? जन्मँदा जन्मँदै सिटिजन ! अब यो अमेरिकाको सिटजन भई, होइन ? ओह, भाग्य हेर…’ न्वारानमा जम्मा भएका नेपाली दाजुभाइ, दिदीबहिनीहरूका कुरा हुन् यी । सबैको एउटै कुरा- ‘ल सिटिजन… । कति भाग्यमानी !’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झिम्केको झोला

~युवराज नयाँघरे~ एयरपोर्टको मुखैमा छ झिम्के ! दिउँसोको दुईबजे झिम्के उड्दैछ कतार । वरिपरि साथी छन् । अलि-अलि जुँगा उम्रेका केटाहरुको हुलमा छ ऊ । काँचा केटाहरुको बगालमा छ झिम्के । एयरपोर्टको मुखैमा ठूलो गेट छ । गेटको उत्तरपूर्व ठूलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अम्मल

~डा.रवीन्द्र समीर~ ‘­बा ढोग छ !’ यूरोपबाट फोन गरेको छोरोले फोनैबाट ढोगूँला झैँ गरेर भन्यो । – आर्शिवाद छ बाबु तलाई !’ बाबुको छाती नाङ्लोजत्रो भयो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : साइनबोर्ड

~डा.रवीन्द्र समीर~ – ‘हैन ए बूढा ! नाति जन्मिने बेलामा म दुई जीउकी भएजस्तो लाग्यो ! नाकै काटिने भो नि समाजाँ ! -’नदेखिने ठामको काटिने भए त केही हुने थिएन । देखिने ठाममै पर्‍यो । नाक त जोगाउनै पर्‍यो नि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अपथ्य

~डा.रवीन्द्र समीर~ राजमार्गमा एउटा मात्र होटल भएको ठाउँमा ड्राइभरले बस रोकेर भन्यो – ‘ल खाजा खान ओर्लिनुस् । बीस मिनेट मात्र ।’ बसबाट ओर्लिएर बूढाले होटलतिर हेरे । होटलमा भद्दा किसिमले सजाएर राखिएको खानेकुरालाई भोका आँखाले हेरे । बूढाको मुख … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अयोग्य

~राजेन्द्र पराजुली~ गोधुलि साँझले त्रिशुलीको पानी सुनजस्तै टल्किरहेको थियो । हिउँदको याम, त्रिशुली शान्त भएकाले पनि पानीले टल्कने मौका पाएको थियो । तर, मेरा आँखाले भने आकाश धुम्म देख्दै थिए । त्रिशुलीका वारीपारीका सालका बोटमा झुण्डिरहेका हरिया पातहरुलाई म कालो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेरणा

~हरिमाया भेटवाल~ प्रेरणा ……. । म कहिल्यै पनि भुल्न सक्दिन उसलाई । यो नामलाई र नामरुपी अनुहारलाई । मेरा जिन्दगीका ती दिनहरु जो उसको सामिप्यतामा विते । ती अतीतहरु जो आज पनि वर्तमान झक्झाउँछन् प्रेरणा …….. । मप्रति उसको धारणा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : आमबाग

~विमल निभा~ एक ग्याङका सदस्य-बसेसर, नवल, बसिर, बीरवल, जुमाद्दीन र जोगीलाई केही परै राखेर होचो-होचो र मोटो-मोटो डिलडालको जोगिन्दर छायादार नीमको रुखनिर आएर ठिङ्ग उभिन्छ । यही बाटो भएर दुलिचन्द आउने खबर भरताले पठाएको थियो । ऊ नाडी घडीतिर हेर्छ … Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

झुल

~तारिणीप्रसाद कोइराला~ मजस्तो गरिबलाई दुई पैसा खर्च गर्दा त कपालबाट पसिना चुहुन्छ भने एक रुपियाँ एक आना त कुरै के ! त्यसो त मसँग ६ रुपियाँ थियो, तर यस ६ लाई दस, दसलाई बीस र यसै गरी सयसम्मन् पुर्‍याई एउटा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धर्मबिम्ब

~भुवन ढुङ्गाना~ उसले केटाकेटीमा मन्दिरमा बज्ने घण्टको स्वर सुनेकी थिई । यद्यपि त्यस बखत त्यो घण्ट मन्दिरमा बजेको हुँदैनथ्यो । उसकी आमाले भान्साघरनजिकै थापेको एउटा सानो देउताथान थियो, मन्दिरको सानो रुप । घरधन्दामा लाग्नुभन्दा अगाडि आमाले गर्ने नित्यपूजा पनि पथ्र्यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कुटिरो

~दिलीप शाह~ ‘छोरा ! मेरो अन्तिम समय आएजस्तो छ । वर्षौदेखि जप गर्दै आएको दुर्गा कवच पनि आज बिहान जति गर्दा पनि सम्झिनै सकिन । नाडी अति मन्द गतिमा चल्दैछन् । दृष्टि एकदमै धमिलो छ ।’ बूढाले ठस्ठस्ती कन्दै तर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : संवेदना

~श्रीओम श्रेष्ठ ‘रोदन ‘~ वेवारिस अवस्थामा फेला परेको मृत युवकको लास अस्पतालमा पुयाइयो । केही दिनसम्म पनि लासको सनाखत गर्न कोही पनि आएनन् । त्यसपछि प्रहरीले युवकको लासको हुलियासहित प्रचारप्रसार भयो । समाचार पढ्ने र सुन्नेहरुको अस्पतालमा भीड लाग्न थाल्यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : सङ्घर्षमय सफल जीवन

~मदनमणि दीक्षित~ घटना हो संवत २०३३ को फागुन । पूणिर्माको दिन । काठमाडौँस्थित भारतीय राजदूतावासले त्यो दिन काठमाडौँका उच्च राजनीतिक नेतृत्वको ठूलो अंशलाई दूतावासमा रमाइलो भेटघाटका निम्ति बोलाएको थियो । मलाई पनि निम्ता थियो । त्यो अपराहृनकालमा मैले डा. केशरजंघ … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : एक्ला एक्ला लाशहरु

~सन्तोष खतिवडा~ म कक्षा ९ मा पढ्दै थिएँ करिब १५ वर्षकी हुँदो हुँ । ग्रामीण परिवेशमा हुर्किएकी म, मध्यम वर्गीय परिवारकी जेठी छोरी, साह्रै सरल थियो मेरो जीवन, बिहान आमालाई खाना बनाउन सघाउने, घर नजिकैको ईनारबाट पानी ल्याउने अनि दिउँसो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चोर

~श्याम साह~ मध्यरातमा वादल जोडले गर्जन थाल्यो । झिलिक्क उज्यालो हुने गरी विजुली पनि चम्के । लगत्तै आकाश नै खस्ने गरी पानी पनि पर्न थाल्यो । बखतबहादुरको त्यो फुसको घरले त्यत्रो पानी थेग्न सकेन । पानीका थोपाहरु ओछ्यानमा पनि चुहिन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शासन

~नयनराज पाण्डे~ हाम्रो घर ठूलो थियो । एकदमै ठूलो । दरबार जत्रो । दरबारजस्तो । सेतो । निख्खर सेतो । बलियाबलिया खम्बाहरू । बलियो छत । ठूल्ठूला पर्खालहरू । कसैले बाहिरबाट चियाउने कुनै सम्भावना नै नभएको । त्यति ठूलो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : लीला, मुँआ र आँपको बोट

~सीता पाण्डे~ सानै थिएँ, त्यस बेला सायद आठ-दश वर्षजतिकी ! हाम्रो घर सडकको छेउमा थियो । त्यसभन्दा केही तल बाटैमा आँपको ठूलो बोट थियो । आँपको सिजनमा आँप त खाइन्थ्यो नै त्यसबाहेक करिब-करिब दिनको सम्पूर्ण समय त्यो ठाउँ, गाउँका केटाकेटीका … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : मालती ! मलाई माफ नगर

~श्रीरामसिंह बस्नेत~ अचानक आज मालतीसँग जम्काभेट भयो- नेपालगन्ज अस्पतालमा । तीस वर्षअघि बर्दियाको कोठियाघाटमा उसलाई पहिलो पटक भेट्दा म जति उत्तेजित थिएँ, आज त्यसको ठीक विपरीत उसलाई भेट्दा म शिथिल भएको छु, मेरो सम्पूर्ण शरीर गलेको छ । तीन दशकअघि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment