Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

अनूदित कथा : एउटा अत्यन्तै पुरानो चिनीयाँ कथा

संकलक :- बिजु सुवेदी “विजय” एक फकिर कहाँ , एक सिद्ध पुरुष कहाँ तीन युवक आए । उनीहरु तीनैजना सत्य खोजिरहेका थिए । उनीहरु तीनैजनाले चरणमा शीर राखे र भने कि म सत्यको खोजक हुँ । म टाढा-टाढा भट्किएर आएको … Continue reading →

Posted in अनूदित कथा | Tagged | Leave a comment

संस्मरण : सम्झनामा साइकल

~सि.पी. अर्याल~ “ट्रिङ ! ट्रिङ ! ट्रिङ” दस बज्न दस मिनट बाँकि हुन्थ्यो । घरको ‘एवन’ साइकलको घण्टी तीनफेर बजाइदिन्थेँ, दाहिने हातको बुढी औँलाले । अनि खुरुरुरु साइकल कुदाएर भाग्न कस्सिन्थेँ म । “हरे ! आज नि केटोले साइकिल लेर … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

बाल कथा : जूनटिकी

~सबिना सिन्धु~ मेरो जन्म जूनेली रातमा भएको थियो । त्यसैले वैज्ञानिकहरूले मेरो नाम जूनटिकी राखे । मलाई पनि आफ्नो नाम खुब राम्रो लाग्छ । सर्वप्रथम मलाई वैज्ञानिकहरूले खेलौनाको रूपमा जन्माए । म भित्र एउटा साउन्डबक्स राखिएको थियो । मेरो ढाडको … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : ब्रेन बल

~सबिना सिन्धु~ अपरेसन फेल्ड ! डा जोन्सन् एक्कासि चिच्याए । शैलीको अचेतन मन अत्तालियो । उनको मस्तिष्कलाई डाक्टरहरुले झिके र फुटबल जस्तो आकारको गोलो वस्तुमा प्वाल पारेर त्यस भित्र शैलीको मस्तिष्क गिदी र टाउकामा भएका नशाहरुलाई हाले । त्यसपछि त्यसको … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : अनुष्काले नबुझेको कुरा

~सबिना सिन्धु~ अनुष्का हिजो देखि स्कुल जान थालेकी छ । बुवाले उसलाई Nursery क्लासमा भर्ना गरिदिनुभएको छ । बिहानै खाना खाएपछि आमाले उसलाई स्कुल dress लगाईदिनुभयो । नीलो सर्ट खैरो स्कर्ट कालो जुत्ता अनि टाई र बेल्ट पनि । अनुष्काले … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : हजुरआमा र बाह्रखरी

~सबिना सिन्धु~ हजुरआमाले आकृतिलाई धेरै माया गर्नुहुन्थ्यो । उहाँ धेरै कुराहरू सिकाउनु हुन्थ्यो । खाना खानु अघि हात धुनु पर्छ आफ्नो कोठा सफा राख्नु पर्छ । सामानहरू व्यवस्थित रूपमा मिलाएर राख्नु पर्छ आदि इत्यादि । केही कुरा बुझिन भने ऊ … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : अन्ततः तिमी मेरो कथाको पात्र

~निलम कार्की ‘निहारिका’~ म कथा लेख्थे । कहिलेकाही उसलाई सुनाउथे, उ भन्थि – कसरी लेख्छेस् कथा ? म यसो हेर्छु, देख्छु, जुन कुराले मलाई बढी हुन्छ, त्यही लेख्छु, कथा बनिदिन्छ । उसले भन्थि – कतै हामीलाई हेरेर पनि कथा लेख्लिस् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : भूत

~पदम भण्डारी~ मेरो बाल्यकालको साथी धेरै वर्षपछि गाउँ फर्क्यो । एसएलसी पास गरेपछि कलेज पढ्ने, जागीर खाने बहानामा उ शहरबाट गाउँ फर्केको थिएन । धेरै वर्षपछि बाल्यकालमा खेल्ने गरेको भवानी पुज्ने डाँडातिर (केटाकेटी हुँदा हामी त्यसलाई भानपुन्नेको डाँडो भन्थ्यौं) हामीहरू … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

वाल कथा : स्याल र मृग

~भागीरथी श्रेष्ठ~ एउटा रमणीय घना जङ्गल थियो । जहाँ स्याल, मृग, सिंह, भालु, बाघ, चितुवा, जरायो आदि इत्यादि जनावरहरू बस्थे । एकपटक चार-पाँचजना मृगहरू मिलेर जङ्गली फलफूल टिपी जङ्गलको खुला ठाउँमा बसेर बाँडीचुँडी खान लागेका थिए । त्यही बेला एउटा … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : जाल

~हरिश कल्पित~ तिनी अचम्म पर्छिन् मेल बक्समा आएको नयाँ इमेलको नाउँ देखेर, एकैछिन, घोरिन्छिन्, अनि उक्त नामको इमेल किल्क गर्छिन् । इमेल पढेर झनै छक्क पर्छिन् । मन एकतमासले धड्किरहेको हुन्छ । एक एक शब्दमा घोरिन्छिन् । ‘डियर अनु धेरै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिहे

~हरिश कल्पित~ “अमिनाको त कुरो छिनिने भयो नि थाहा पाउनु भो तपाईले -“असिमा खुशीले प्रफुल्ल हुँदै भन्छे । ए हो र ! कहिले – आर्श्चर्यको भाव ब्यक्त गर्दे रन्जन भन्छ- “कसले भनेको – तिमीले थाहा पायौ त – “स्वास्नीको मुखमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो घुम्ती

~ सुन्दर जोशी~ त्यो घुम्ती आएपछि उ मरी मरी हाँस्न थाली। घुम्ती त थुप्रै छन् काठमाण्डौ शहरमा तर उनलाई त्यहिँ आई पुगेपछि मात्रै कुतकुती लाग्नुको रहश्य फुत्काउन ऋतेनलाई कम्ता गाहारो परेन। एकदिन उनले अर्थात भनेसाले अफिसमै भनिन् “आज गोथे इन्स्टीच्चुटमा एउटा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिमल दा

~सुषमा मानन्धर~ ऊ बेला हामी साना सानै थियौं, त्यस्तै छ सात क्लास पढ्ने, वहाँ कलेज पढ्नु हुन्थ्यो । अग्लो, गोरो वर्ण, कालो घुम्रिएको कपाल र जुंगाको मसिनो रेखी , वहाँको चित्ताकर्ष व्यक्तित्वभित्र पर्ने केही कुराहरु थिए । वहाँ मेरो संगै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी दुर्गीका कुरा

~रवि भट्ट रोषी~ चुरो नपसेको छोरो शूरो पल्ट्यो भने भरिभन्न गर्छ । “बैदारबूढाले बुढेसकालमा बल्ल-बल्ल कनी-कनी पाएको एक्लो छोरो भनेर मत्याएर राखे, आखिरमा टाउकोमा टेकेर कसैले पनि भनेको नमान्ने अटेरी भएर पो निस्क्यो ।बाँटुली माइलीको छोरी हिजो साँझ घट्टमाथिको समीको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सहर, स्वास्नी र सुलसुले

~मानसी~ घाँटी हेरेर हाड निल्नुपर्छ । अरू घोडा चढे भनेर आफू धुरी चढेर हुन्छ ?” कराइरहन्छे स्वास्नी । ऊ स्वास्नी हो, त्यसैले पनि कराइरहन्छे । अर्थात्, कराउँछे त्यसैले ऊ स्वास्नी हो । “होइन, किन यसरी कानमा तेल हालेर बसेको होला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुप

~प्रकाश अविनाश~ श्रीमान्, विगत दुई महिनादेखि फोन सम्पर्क र मेल पनि नगरी बसेपछि आज अचानक मेरो यो पत्र पाउँदा आश्चर्यमा अवश्य पर्नुभयो होला। के गर्ने ? अवस्था त्यस्तै भएर हो। कुरालाई धेरै नलम्ब्याइकन भन्नुपर्दा म जोसँग यहाँ आएकी थिएँ, उसको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अपराधबोध

~ललिता दोषी~ सधैँझैँ राम चौधरीका आँखामा आज निद्रादेवीले बास गर्न सक्दिनन् । ऊ बगरमा फ्याँकिएको माछोझैँ छटपटाइरहन्छ । उफ् ! लामो सास फेर्छ चौधरी । सधैँ श्रीमतीलाई अङ्कमाल गर्ने उसका हातहरू आज थरथराउँछन् । एउटै ओछ्यानमा सुतेकी श्रीमती पनि उसलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तर्क

~प्रकाश आङ्‍देम्बे~ “मलाई पुरूष मान्छे भन्नासाथ भित्रैदेखि वाक्क लागेर आउँछ। घिन र घृणा त झन कति लाग्छ-लाग्छ” यो कुरा एउटा विचार गोष्ठी समाप्त भएर दमक नगरपालिकाको हल बाहिर निस्केपछि पिंकीले मलाई अलग्गै लगेर भनेकी थिइन्। “यही कुरा फेरि किन पुरुषलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वेश्यासँग बिताएको एक साँझ

~प्रकाश आङ्‍देम्बे~ होटल प्याराडाइजको रूम नं. १५मा छु एक्लै…..। यो होटल बुटवलको हो । बुटवलमा कहाँनिर पर्छ भनिरहन आवश्यक छैन यो कथाको लागि । साथीहरू रेयुकाई १८ औं शाखाको सेमिनारमा गएका छन् । म भने अलि बिसञ्चो भएको कारण गइनँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : साला पहाडमे क्या है

~नारायण श्रेष्ठ~ ‘राष्ट्रियता खतरामा परेको’ भन्ने बहस अहिले चर्चामा छ । राजनीति अप्ठ्यारोमा परेका बेला यो विषयले मानिसको ध्यान सजिलै तान्छ भन्ने नेताहरूलाई थाहा हुन्छ । त्यसैले ‘चलाख’ नेताहरू अप्ठ्यारो पर्दा ‘राष्ट्रियता’को तुरूप फाल्छन् । र यो विषयले जोशिलो रगत … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

लेख : आँधीखोले रोइला – एक परिचय

~भीमनारायण रेग्मी~ १ पृष्ठभूमि नेपाल अर्थात् पश्चिमाञ्चल विकासक्षेत्रस्थित स्याङ्जा जिल्ला लोकगीतका लागि प्रसिद्ध ठाउँहरूमध्ये एक हो। आँधीखोला यस जिल्लाको मुख्य खोलो हो। नेपाली लोकगीतको एउटा भेद रोइला यस क्षेत्रको सांस्कृतिक सम्पदा हो। यस क्षेत्रमा सडक यातायात सुरु हुनुअघि अर्थात् सिद्धार्थ … Continue reading →

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

जीवन–गुरु जो गुलाब रोपिरहन्छ

~मिनु श्रेष्ठ~ ‘जब यी फूलहरू फुल्लान् तब मलाई सम्झिनू र केटाकेटीहरूलाई सुनाइदिनू कि फूल जीवनको प्रतीक हो । भनिदिनू जीवन फूलजस्तै हुनुपर्छ । यसका लागि लागूपदार्थबाट टाढै बस ।’ नारायणम्ले लेखेका यी हरफ पढिरहँदा बाहिर सिमसिम पानी पर्दै थियो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आशा दिदी

~रजित ओझा~ म पात्रमा नायकत्व कति जरुरी छ ? मेरो कलमले अघि बढ्दाबढ्दै गहिरो प्रश्न राखेको थियो। म सोच्न बाध्य भएँ, किनकि यदि जरुरी छ भने जे म लेख्दैछु त्यो कथा होइन। ममा नायकत्व छैन।

Posted in नेपाली कथा | Tagged | Leave a comment

माफ गर, मैलै तिमीलाई बोलाउन सकिनँ

~रोहित खतिवडा~ उसलाई सताउँदा मलाई आनन्द आउँथ्यो । अहिलेजस्तै– प्रत्येक साँझ चराहरु गुँड फर्किन्थे । घामको पारिलो हटाएर अँध्यारोले बिस्तारै लुकाउँथ्यो काठमाडौँ उपत्यकालाई । बिहान पूर्वबाट आएको घाम चन्द्रागिरीको डाँडा हुदैँ पश्चिमी जगत्सम्म पुगिसक्थ्यो । कीर्तिपुरको डाँडामा चन्द्रागिरीको छायाँ हुन्थ्यो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

यत्रो वर्ष बन्दुक बोकियो, अहिले क्यै न क्यै

~दीपेन्द्र ठकुरी~ ‘दाजु तमी पनि! त्यो मु** को घर हेरी मलाई क्या निको हुन्या हो र?’ ‘उ हेर सन्तोषको घर,’ नेपालगन्ज न्युरोडको आधाआधी पुगेपछि सेतु बिकचोकको छेउपट्टीको तीनतले घर मैले वीरेलाई देखाउनुअघि नै उ आक्रोशमा आइहाल्यो। म मौन रहेँ, म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पत्रकार, प्रेमिका र डिसहोम

~योगेश ढकाल~ ‘तपाई सोच्नेमात्रै हो, केही गर्नुहुन्न’ ठ्याक्कै ६ महिना बितेछ । उनले यसो भन्दै आ’को । ‘अंग्रेजी पढ ।’ ‘फ्रेञ्च भाषा सिक ।’ ‘पीएचडी इन्रोलको तयारी गर । ‘भावना, कल्पना, आशा, क्षणिक आनन्द र उत्तेजनाका पांग्राले थोरै माइलेज दिन्छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मान्छेको नयाँ मोडल र प्रविधि

~अनुपम रोशी~ ‘एप्पलको नयाँ मोडल आइसक्यो, के यो पुरानो मोवाइल चलाइरा’को ! मैले त हिजैदेखि घरमा फ्यालीदिए पुरानो आइफोन ।’ ‘४५ हजार रे ! हिजै नेटमा हेरेको । क्या खतरा मोडल छ । डाइरेक्ट यूटुब, गुगल । इन्टरनेटको मात्रै ९ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उजेली

~भवानी क्षेत्री~ “उजेलीले बच्चा जन्माई ?” “कसको रहेछ?” “छि ! छी ! छी” “त्यस पातरलाई गाउँबाट निकाल्नुपर्छ !”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अधुरो पदक

~मिलन संग्रौला “अकृत”~ रङ खुइलिइसकेको लामो सोफामाथि जीऊ ढल्काएर सुतेको छ ऊ । दाहिने खुट्टो खुम्चिएको छ । सोचाइका तरङ्गसँगै खुट्टो हल्लाइरहेको छ । तर देब्रे खुट्टो भने पुरै लम्पसार पारेको छ उसले । कुनै तरङ्ग छैन त्यो खुट्टामा । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : मोराले सजिलै झुक्यायो

~लक्ष्मण गाम्नागे~ एक  सिस्नुपानी नेपालका हामीहरू हरेक पटक देउसी तयारी गर्ने क्रममा ‘आउँदो वर्ष चाहिँ बेलैमा देउसी तयार गर्ने है’ भन्ने गर्छौ । प्रत्येक आउँदो दसैंमा भने उही पारा दोहोर्‍याइरहन्छौँ । तिहारको मुखमुख आए पछि अत्तालिँदै जुट्न थाल्छौं । जुट्न … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : प्रेम अन्तर

~सन्तोष खतिवडा~ कोठाका अरु प्रत्येक सदस्यहरु मौन छन् । मात्र टेबुलबाट काठेकिरा मन्द रुपमा चुइँ चुइँ….कराइरहेको छ । म यतिखेर पनि उत्तानो पल्टेर सुतिरहेको छु । भर्खरसम्म भान्छा कोठाबाट आएको भाँडाको आवाज पनि हराउन थालिसक्यो । कोठाको सुनसान वातावरणलाई ढोका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हेम सुब्बाले पान खाए

~डा. ध्रुवचन्द्र गौतम~ हेम सुब्बा त्यस सहरमा नौलो आएका थिए । पुड्के काँटीका हेम सुब्बा पिचरोडमा जुत्ता बजाई जब हिड्थे, तर नगरका धेरै महाजनहरु दोबि्रएर नमस्कार गर्थे । यीनी पनि भलादमी थिए, मन राख्नलाई सबैको नमस्तेको जवाफ दिन्थे । वास्तवमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment