Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कथा : डढेलो

~विवश पोखरेल~ समयले यसरी घात गर्ला र आफूले गरेको सङ्घर्ष र प्राप्ति यति दुखद होला भन्ने सह-प्राध्यापक शिशिर शर्माले कहिल्यै सोचेकासम्म थिएनन् । आफूले तीस वर्ष बिताएको गाउँ छोड्न लाग्दा स्वाभाविक रूपमा नमिठो लागेको छ उनलाई । आज उनी गाउँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नजन्माएकी छोरी

~गीता केशरी~ मेरो हातमा विवाहको निम्ताको कार्ड परेको छ । नौलो र अनौठो प्रकारको भाखामा लेखिएको त्यो निम्तामा बेहुलीको आमाबाबुको नामसँग जोडिएको थर र बेहुलीको थर बेग्लाबेग्लै छन् । जुन साथीको मार्फत् मैले निम्ता पाएकी छु उनको नाम प्रार्थीमा छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक्ली स्यारोन

~होमशंकर बास्तोला~ हिजोअस्तिझैँ कम्प्युटरमा च्याट गर्दा अचानक एक परिचित मान्छेले च्याट गरेजस्तो लाग्यो । तर के परिचय हुनु, ऊ समुन्द्रपारिकी थिई, म हिमालवारिको थिएँ । उसले यति नम्र र शालीन शब्दहरु प्रयोग गरेर म्यासेज गर्थी । म भने भर्खरै–भर्खरै नेटको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुपबजारकी नोरा

~सरोज शार्दूल~ “भो बुझनु प¥या छैन तिमीलाई । यसभन्दा अगाडि जान हामीलाई अनुमति छैन ।” पूर्णिमाले भनी । कुराकानी त्यत्तिकै सकिएको केही महिनासम्म दुई जनाको भेटघाट भएन । सिद्धार्थ सधैँ पूर्णिमाको पसलअगाडि चक्कर लगाउँथ्यो । “क्या हो बाबु ! हाम्रो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साइबर प्रेम

~पद्मावती सिंह~ जीवनमै पहिलोचोटि कुनै युवकले मलाई कतै गएर केही समय साथमा बिताउने प्रस्ताव राख्दै छ । यता केही महिनादेखि केटी सम्झी च्याट गर्दै आएको र मित्रता कायम भइसकेकोले मलाई खासै अप्ठेरो लागेन । उनी हिजोसम्म च्याट गर्दा केटी साथी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अघोरीहरू

~भाउपन्थी~ राति कतिबेला हो, त्यो थाहा भएन। तर, त्यो एउटा मुसो पानीको बाल्टीमा खसेर मरेछ। छप्ल्यांग आवाज आएको पनि सुनिएन। सायद पानी ‘साइलेन्ट किलर’ बनिदिएछ। पानीले भरएिको बाल्टी ढाक्नुपर्ने थियो। प्रचार पनि यही गरन्िछ अर्थात् स्वास्थ्यका लागि पानी ढाकेर राख्नुपर्छ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Story : The Yellow Rose

~Prema Shah~ Translated by : Kumar Nagarkoti I’ve been unable to write for two months. As I turn the empty pages of this diary, I feel a great emptiness growing inside of me. What sort of emptiness this is, I … Continue reading →

Posted in Translated Story | Tagged , | Leave a comment

कथा : गोबर्द्धनले बुझेको राष्ट्रवाद

~इस्माली ~ तालीको परर्र आवाजले एकसुरले पेटीमा हिँडिरहेको गोबर्द्धन यादव हठात् झस्क्यो र फर्केर हेर्‍यो । सडकमा किशोर र युवाहरूको हूल माहुरीको गोलो बनेर खनिइसकेको थियो र ब्योममा कानै खानेगरी साइँसाइँसुइँसुइँ सिटीको आवाज घन्कन थालेको थियो । ऊ झस्केझैँ सायद … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भाग्य

~दिल साहनी~ पत्रपत्रिकामा आलिसान महल बनाउने व्यक्तिको सूचीमा कमरेड किशोरको नाम पनि थियो । कमरेड मोहनले यसलाई अचम्भको घटनाको रूपमा लिएका थिए र स्वाभाविक घटनाको रूपमा पनि । अचम्भको घटना यस अर्थमा कि उनले कहिले सपनामा पनि सोचेका थिएनन् कमरेड … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रूपान्तरण

~भागीरथी श्रेष्ठ~ अचानक राति फोनको घण्टी बज्यो । त्यो आवाजले मेरो मुटु र कानलाई छेडेर गयो । अशुभ समाचार हो कि भन्ने डरले निकैबेर फोनको रिङ बज्दा पनि झ्वाट्टै फोन उठाउने आँट आएन । लाग्यो मानौं स्वयं फोनसेट नै आतङ्ककारी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऐंजेरु

~डा. राजेन्द्र विमल~ शुभ्र हिमखण्डले निर्मित बाल-प्रतिभा सेतो परेवाजस्ती, स्वच्छ जलराशिमा फुलेको श्वेतकमल जस्ती, दुग्ध-धवल स्फटिकले बनेको बाल-आकृति जस्ती, अथवा भनुँ, पावस ऋतुको अविरल वर्षामा नुहाएको कुनै हरितिमामय निभृत कानुनमा बुर्कुसी मार्दै खेल्ने-रमाउने सानो, सेतो खरायो जस्ती-कल्पिता ! ऊ आँगनमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काल्पनिक

~डा. ध्रुवचन्द्र गौतम~ यो कथामा केही पनि छैन । केवल एउटा पात्र छ । पात्र काल्पनिक हुनाले पात्रले के गर्छ त्यो पनि थाहा नभएकाले केही भएन । थालनी गर्दा कसरी गर्ने ? यतिका वर्ष लेखेपछि म लेखक जसले कयौं प्रमुख … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खजूर

~इद्रिस सायल~ म कमाउन अरब गएको छ महिना भइसकेको थियो । साउदी अरेबियाको एउटा कम्पनीले मोजरा (खजूरको बगैँचा) मा काम दिएको थियो । मैले खजूर टिप्ने काम गर्नुपथ्र्यो थुप्रै कामदारहरूसँगै । मेरो तलब ५०० साउदी रियाल थियो । अस्ति मात्र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डेथ मिर्‍याकल

~रोशन थापा ‘नीरव’~ बीभत्सरूपबाट प्रारम्भ अर्थात् एउटा मायिक यथार्थ त्यो मान्छे मेचमा बसेको थियो । बसेको पनि के भन्नु किनभने बसेको भन्नु बसाइँको सौन्दर्यशास्त्रीय अर्थमा आघात पुग्न सक्थ्यो । यसैले बरु सोध्न सकिन्थ्यो-किन बसेको थियो ? यद्यपि यो प्रश्न गर्नु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक दिनको सामान्यता

~इन्द्रबहादुर राई~ “मूलाको बीउ तिमीले पातलो छरेछौ, माया,” मैले भनेँ। कुटेमा टासिँएको माटो सुकेको बाँस सिन्काले कोट्याउँदै थिएँ मैले। “अस्तिको झर्को पानीले हुन त सबै भररर उम्रेछ।”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : संयुक्त आन्दोलनको सोच

~नरेन्द्र पराशर~ कमरेड रसकमल नरम कम्युनिस्ट मानिन्थे । उनी शालीन र भद्र मिजासका मध्यम वर्गीय शहरिया कम्युनिस्ट नेता थिए । उनीजस्तै वर्ग श्रोतबाट आएका क. विन्ध्याचल पनि सोहीअनुरूप नरम नै मानिन्थे तर उनी भने सशस्त्र सङ्घर्ष र वर्ग सङ्घर्षको नारा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : थियौ साह्रै सोझी कलेज पढ्न !!!

~ज्ञानु पन्त~ थियौ साह्रै सोझी कलेज पढ्न काठमाडौंमा आकी तिमी राम्री थियौ साह्रै लामो-लामो कुर्ता सुरुवाल लाकी तिमी! कती छिटो बितिसकेछन दिनहरु आजकाल कती ठुलि भाकी तिमी बिर्सिएछौ आतितहरु लत्याएर गाउघरलाई रेस्टुरांमा धाकी तिमी

Posted in गजल | Tagged | Leave a comment

कथा : निरावृत्त

~भाउपन्थी~ ऊ मर्निङ वाकमा निस्केको छ र एक्लै छ । ऊ एक्लै मर्निङ वाकमा निस्केको छ भने पनि हुन्थ्यो । तर भनाइको यो एउटा छोटो शैली हुने थियो र त्यसले उसको मानसिक द्वन्द्वलाई प्रतिनिधित्व गर्ने थिएन । कारण थियो, आज … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दिग्भ्रम

~माधव सयपत्री~ नीरकलाले औँला भाँचेर लोग्ने भेट्ने दिन गनी। आफ्नै मनलाई भनी, “आज शनिबार। आइतबार एक, सोमबार दुई, मंगलबार तीन, बुधबार चार। आजसमेत चार रात। जाबो चार रात ! चा-चार वर्ष त बिताएँ। अब चारचोटिमा घाम उदाएर अस्ताए भने म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : दिग्भ्रम

~डा. रवीन्द्र समीर~ ऊ आफ्नो निद्रा सुत्दैन । स्लिपिङ ट्याबलेटमा निद्रा किनेर सुत्दछ अनि अलार्मको आदेश बमोजिम ब्यूँझिन्छ । उसले आहार मात्र होइन, खाना रुच्ने औषधिको नाममा भोक किन्छ र पाचक खाएर खाना पचाउँछ । उसले पालिस लगाएको चामल, रासायनिक … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मौन वियोगान्त

~सुबिसुधा आचार्य~ न्यूरोट गेटबाट भित्र पस्दैको ओम मेडिकल हलको छेवैमा उनी ढुङ्गाको मुर्तीझै उभिएकी थिइन् । परैबाट हाम्रो नजर एकैपटक हाम फालेर जुधे बिचैमा । उनी फिस्स अल्छीलाग्दो हाँसो हुत्याउँछिन् मतिर, म पनि के कम त्यस्तै बैरागलाग्दो मुस्कान बडो कन्जुसका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म पागल होइन डक्टर

~गोबिनद बराल~ “पेटिकोटमाथि साडी लाउ न हो मम । के पेटिकोट देखाको हो त्यसरी । लुगा लाउन पनि आउँदैन ।” रश्मीले भनी । दुई वर्ष सहरमा बसी बी. एड्. गरेर घर आएकी छोरीले यस्तो टिप्पणी गर्दा बूढा बुबा चन्द्रकान्त हलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उज्यालो खस्नुअघि

~सीमा आभास~ विगत तीन महिनादेखि ऊ यो खाटमा सुतेकी थिई । ऊ यो कोठामा एक्लै भएको झण्डै चार महिना भयो । यस घरमा भित्रिएको दिन ऊ र उसको लोग्नेले पहिलोपल्ट यही खाटमा सिरानी बाँडेका थिए, सपना साटेका थिए । उनीहरू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वप्न भङ्ग

~लक्ष्मी उप्रेती~ स्वप्न भङ्ग भएपछि जीवनमा देखिएका ससाना खुसीका कणहरू अनायासै मेटि“दा रहेछन् । विश्वास र भरोसाका पुञ्ज मेरा जीवन साथी विभाजित हुनाले, आस्थाका धरोहर मेरा मुटुका टुक्रा विचलित भएकाले यसबेला दुःख सहेर शून्य जीवन बा“च्नु सिवाय कुनै विकल्प रहेन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर

~लक्ष्मी उप्रेती~ “दिदी, हेर्नु त घर बनाई नसकी तपाइर्ँको घरमा गौंथलीले गुँड लगाएछ । यो घर त लछिनको पो रछ त दिदी !” घरको दलानमा लगाउँदै गरेको गौंथलीको गुँड देखाउँदै शान्ताले भनी । हो, गौँथलीको जोडी घरमा भित्रिनु शुभ हो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छायाँसँग एकरात

~सुबिसुधा आचार्य~ निस्पट्ट अँध्यारो हावासँग साउती मार्दैछ भने तमोर नदीको चिसो पानी आवाजसँग सम्झौता गरी बग्दैछ कलकल बगरलाई चुनौती दिएर । आकाशमा ताराहरू चम्केकै छन् तर प्रकाशले धर्ती अंगाल्न सकेको छैन र त राज जमाउँदै छ अँध्यारो जूनकीरीको मिलिकमिलिकसँग पौठेजोरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बर्दी

~जगदीश घिमिरे~ बाह्रौँ बलात्कारी भित्र पस्ता उसले हलचल गर्न छोडिसकेकी थिई । बलात्कारीलाई यो ज्यादै मन परयो, किनभने पहिले पहिलेका बलात्कारीहरूले जस्तो उसले बलात्कृतको लात सहनुपर्ने भएन । (हुनत ऊ दूध दिने गाईको लात सहन राजी थियो ।) उसले पहिलेपहिलेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुपान्तरण

~स्नेहा सयामी~ सहकारीको अर्थ सहकार्य, आर्थिक-सामाजिक रूपान्तरणको आधार। थोरै-थोरै रकम नियमित रूपमा जम्मा गरेर सामूहिक कार्य गर्ने थलो। यस सहकारीमा तपाइर्ं-हामी सबैले सदस्यता लिनुपर्छ र हामी आफैँले आफ्नो रूपान्तरण गर्ने जग बसाल्नुपर्छ।” जीवन सरले हामी सबैलाई नियाली-नियाली मधुर

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लाइफ इज ब्युटीफुल !

~भाउपन्थी~ नत्र हामी, म र मेरी श्रीमती राधा अझै निकै बेरसम्म सुत्ने थियौँ । धेरै सुत्ने र कम खाने अभ्यासमा हामी लागेका छौँ । जागिरको तलबले पूरै महिना धान्न धौधौ मात्र होइन पुग्दै नपुग्ने भइरहन्छ । त्यसैले धेरै सुत र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पार्कमा एक घण्टा

~आन्बिका गिरी~ केटोले केटीको ओठमा ओठ राख्न लाग्दा सम्म मैले हेरीरहे । केटीका आँखा बन्द थिए । जब उसले राख्यो नै तब मलाई अचानक खोकी आयो । मैले खोके, दुबै झस्किए । केटी लजाई, केटो रिसायो । यस्तो लाग्थ्यो उसले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मोडल

~चंकी श्रेष्ठ ‘अभय’~ आमा सिकिस्त छिन् । तर, ऊ अत्यन्तै व्यस्त छे । बाबुले फोनमा भनेको छ, ‘अन्तिम अवस्थामा आमाले भेट्न चाहेकी छन्, तुरुन्तै आउनू ।’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जेब्राक्रसमा उभिएर

~अनमोल मणी~ म जेब्राक्रसमा उभिएको थिएँ । ऊ पारिपट्टि थिई । लमतन्न सडकले हामीलाई छुट्याएको थियो । ऊसँगको मेरो यो दोस्रो भेट थियो । यसअघि पहिलो पल्ट मैले उसलाई सायद विश्वविद्यालयको चौर, गेट वा कक्षातिर कतै देखेको थिएँ । ठ्याक्कै ठाउँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment