Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

गजल : तँ आउने चाइँ कैले बाबु

~निष्प्रभ सजी~ गयो दशै आयो तिहार तँ आउने चाइँ कैले बाबु तँ नै छैनस् खै कसरी तिहार मनाउँ मैले बाबु

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो गाँउ

~इश्वर चाम्लीङ्ग~ जूनले पनि सोध्यो मलाई बतासले सोध्यो मलाई ए परदेशी यतिन्जेल कहाँ थियौ किन माया मारयौ यो गाँउलाई साथी भाई सँगि सबै गाँउ छाडेर भागिसकेछन् दिनहुँ नै गोली चल्ने संयौ गाँउले मारिएछन् कुलले पनि भुल्यो की मलाई फूलले पनि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मेरी मनकी रश्मी

~सुवास~ मेरा भन्ने कुरा सदा झैं सकिए एकैचोटी। कारण- उस्ले नारी ब्रम्हास्त्र प्रहार गरी, आँशु झारेरै रोइ। अनि याद आयो, सात वर्ष भएछ, ऊ झ्याम्मिएर मलाइ अँगालो हाल्दै रोएको एयरपोर्टमा। सँगै अमेरिका आउने धेरै प्रयास गरे पनि खैरेले खै किन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : नेपालीले भोगेका र भोग्नु पर्ने पिडा

~जयदेश श्रेष्ठ~ असारको बर्षा सुरु भएर पनि गाँउघरमा रोपाईको रमझम र चटारो छैन । युवाहरु पलाएन भएर , पानी भएर पनि खेतका ग–ह्राहरु हिलाम्मे छैनन् । गोरु भएर पनि जोत्ने हलीहरु छैनन् । धान रोप्ने महिलाहरुका चुरा बजेका छैनन् खेतमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : भोट दिउँ गधालाई !

~चट्याङ मास्टर~ कसैले मेरो ढोका ढकढकायो खोल्दा घरमा नेता आयो भैंसी जस्तो शरीर उसको, गलामा फूलको माला अघिपछि डन उसका कोही भतिजा कोही साला

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : मेड इन नेपाल

~सुरेश नेपाली ~ हातमा पाउरोटीको टुक्रा लिई हरेराम सधै कम्पनीको काममा जाने गर्थ्यो। साच्चै नै, कामको बोझले हरेराम थिचिएको थियो, उसले आनन्दको श्वास लिनसकेकै थिएन। जब ऊ कामको लागि खाडी मुलुक छिर्याे उसको निद, चैन सबै चैत बैशाखको खडेरीसरी उराठ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्झौता

~सुमन बगाले~ सबै सम्बन्ध विवाह मा नै समाप्त हुनुपर्छ भन्ने छैन। के एक नारी र एक पुरुष साथी हुदैमा विवाह नै हुनुपर्छ र? विगतमा तिम्रो मेरो सम्बन्ध जे जस्तो भयपनि त्यो सबै वितिसके। त्यसलाइ भुल्न नसकेतापनि जीवनको एक अविस्मरणिय क्षणको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य : सिस्नुपानी देउसी २०७०

~सिस्नुपानी~ १.भन भन नेपाली – निर्वाचन मधेश पहाड हिमाली – निर्वाचन थारु बाहुन थकाली – निर्वाचन हामी सबै नेपाली – निर्वाचन दलैदलको दलदल – निर्वाचन उम्मेद्वारको दलबल – निर्वाचन ढुंगा र मूढा – निर्वाचन फुक्लिँदैछन् घुँडा – निर्वाचन बैद्यका गोला … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य : सिस्नुपानी देउसी २०६८

~सिस्नुपानी~ भन भन भाइ हो – राम राम भन भन बैनी हो- राम राम स्वर मिलाईकन – राम राम राम राम्ररी भन – रामै राम जोडले भने – जय जय राम देशै भरी- रामै राम प्रधानमन्त्री – बाबुराम राष्ट्रपति – … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : आमा

~निशा खनाल अर्याल~ प्राणी मात्रको सबभन्दा जनिक र प्रिय आमा नै हुन् ! गर्वअवस्था देखि आजीवन अविरल र निश्वार्थ हित चाहनाले आमालाई मायाकी खानी पनि भनिन्छ ! शृष्टि, पालन,संरक्षण,शिक्षा तथा सांस्कृति प्रदान गर्ने आमा नै वास्तविक जिउदो देवता हुन् ! … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Poem : A Day of Defeat

~Bairagi Kainla~ Translation : Dr. Govinda Raj Bhattarai We have merely heard of love like folk tales some of us have even read in short stories or novels or have seen on those old tattered papers glued to the small … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : भूतप्रेत र मसानहरु

~मनु याक्थुङ्बा~ एकदिन मलाई मेरो बाउले थेबाले भन्नुभएको खेदा सुनाउनु भयो- यो मानव बस्तीमा यो हाङ् बस्तीमा मानवको रुप धारण गरेर भूतप्रेत सेसन्तर र मसानहरु पसेछन् र त्यसबेलादेखि अशुभ साइत परेर मेरो पुर्खाको यकको बिरासतमाथि नाहेन् लागेछ र यकका मालिक … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तर जापान जिवितै छ

~प्रदीप चापागाइँ~ कालो प्रहर ती जूनले धोएका रातहरु झिसमिसेमै मर्छन् हिमाल सुनको लुगा लगाउँछ अनी यी आँखाहरु अखबारमा ओछ्याउँछु आज पत्रीका नै भिन्न छ धुँवा गनाउँछ रगत बगेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी गएको बिहान

~सौरभ आचार्य~ हुस्सुले डम्म ढाकेको छ तिमी गएको बिहान म देख्दिन डाँडामा बटारिदै गएको झिनो बाटो जहाँ तिम्रो गाडी गुड्दै सानो हुँदैछ यो हुस्सु आँखाभरि अल्झेर म झन् निसास्सिएको छु । ढोका पनि खुल्लै छ सडकमा हिडेका मानिस वा हावाका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बाध्यता

~रविन जिरेल~ हिउँदकालिन चिसो समय जिजिबिषा लिएर बिहानिको मिर्मिरे देखि पेट पाल्नका लागि एक अँध्यारो ठाउँ ढिकी कुटेको मधुर आवाज बिहानी छायो, काम निरन्तर घामको झुल्का त्यो ठाउँमा पनि मधुर प्रकाश फिँजियो । म एक्लो दर्शक दृश्य नबिराई हेरिरहेछु चिया … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लेख : आवाजविहिनहरुको आवाज : मिडियाको नारामात्रै कि व्यवहार ?

~कला अनुरगी~ बिषय प्रवेश ‘आवाजविहिनहरुको आवाज’ ! मिडियाहरुले आफूलाई गर्वका साथ यो नाराले चिनाउन चाहन्छन् । यस क्रममा कतिपय मिडियाहरुले यसलाई आफ्नो नारा नै बनाएका छन् । तर यो नारा जति आकर्षक छ, कार्यान्वायनको स्थिति हेर्ने हो भने त्यत्ति नै … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

व्यङ्ग्य कविता : आउनोस्, भ्रष्टाचार गरौँ

~चट्याङ मास्टर~ भ्रष्टाचार त यस्तरी फैलिए छ, मानिसको यो कामको सिको अब कुकुरले पनि गर्न थालेछ। तीन महिनाजति भएको थियो खडेरी परेको, कुकुरले त खुट्टो उचालेर रूखको फेदसँग घुस माग्न थालेछ। रूख भन्ने– फलफूल छ दिन्छु, पैसा छैन।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : शिर अडाई तिम्रो काखमा

~दीपक जडितजी~ शिर अडाई तिम्रो काखमा मायाका कुरा गरुँ लाखमा टल्के बिन्दुली झल्के त्यो फुली तिम्रो माथमा तिम्रो नाकमा

Posted in गजल | Tagged | Leave a comment

कथा : गफी

~कृष्ण थापा ‘कृष्णपक्ष’~ मेरो अंगालोमा बाँधिएर ऊ धेरै बेर रोइ । शायद पहिलोपटक हुनुपर्छ, नत्र यो चंचल हँसमुख र गफी केटीका आँखाहरूमा अनायास यस्तरी आँसु भरिएको मैले कहिल्यै देखेको थिइनँ । रबिन स्क्वायरको फराकिलो आँगन होस् या साँझ ढलेपछिको सामुद्रिक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हे बरै

~सरुभक्त~ म अग्निपर्खाल चढेर संसदीय चोरबाटासम्म आइपुगेको छु वायोनिक – यान्त्रिक माछाहरु रोयल डिस्कोका भिडन्तहरु आउ, मुखमा सुइरो रोपी हिडौं सांघातिक आक्रमणहरु सामान्य छन् वेरुजुमा परेको देशः कथित वन्दहरु खुल्ला छन् हामी मिशनरीहरुका मिशनहरु देशमा के–के अफापसिद्ध भएको छ फापसिद्धहरु … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मुटु धडकिने ढुंगाहरुको गाउं

~सरुभक्त~ भुगोलमा नहराएको एउटा देश र देशमा नहराएको एउटा गाउं जब गाउंलेहरुका मन भित्र हराउंछ उत्तरीय क्षितिजको पर्दा खुलेर कहिले हिउंका चिसा चिसा फूलहरु रुन्छन् धुरु धुरु नरोउ भन्दै छोंगों डांडांमा

Posted in कविता | Tagged | Leave a comment

कविता : कठघराको मृत्‍युदण्ड

~सरुभक्त~ गौंडा कुरेर धनधान्याञ्जल महायज्ञ यात्राहरुमा स्याल आक्रमण हुँदा केही सुराकीहरु इहलौकिक सब वेहसमा वेचिरहेछन् स्वास्थ्यवर्धक च्यवनप्रासहरु शिलालेख हेर अभिलेख हेर विज्ञप्तिकालीन कैफियत प्रतिवेदनमा मात्र कुद्दैनन् गाजापट्टीतिर

Posted in कविता | Tagged | Leave a comment

गीत : हाँगा बाट झरेको फूल

~“जीवन्त” रुकु~ बतासले हागाबाट एउटा फुल झारिदियो एक्लो भै छट्पटायो हुरीले बिचल्ली पारिदियो मुटु भित्र बस्ने फूल सडकको बास आखा भित्र हास्ने फूल भयो आज लास बोटलाई के भयो र दुख पनि लागेन

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य गजल : हेपेकै हो, तँ के गर्छस् ?

~चट्याङ मास्टर~ एक वर्षमा संविधान म दिन्न, ल जा तँ के गर्छस् ? हो हो, मैले भनेको मै मान्दिन जा तँ के गर्छस् ? तेरो भोट मैले पाएँ पच भो, अब तँ के गर्छस् ? जे जे माग्नु मागिराख, दिन्न … Continue reading →

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

स्थान परिचय : धादिङ जिल्लाः संक्षिप्त परिचय

धादिङ नामाकरणः धादिङ जिल्ला नेपालका दूर्लभ जातीहरुमध्येको एक जाती चेपाङ प्रजा को बसोबास रहेको जिल्ला हो । चेपाङहरुले ज्वालामुखीलाई देवता मान्ने गर्दछन् । चेपाङको भाषामा “धा” भनेको देवता र “दिङ” भनेको

Posted in स्थान परिचय | Tagged | Leave a comment

कथा : नटुङ्गिएको पत्र

~कृष्ण के.सी.~ समयको बहाव संगै म कति बहन सके वा सकिन त्यो नीलीमालाइ सोध्न पाए हुन्थ्यो तर निलिमा छैनन् आज l बिबाहमा दुबोको माला लगाएर औठी साटासाट गर्दा खिचिएको अष्पस्ट फोटो फ्रेममा कैद भएर घरको भित्तामा झुण्डीएको छ l धुलै-धुलो,माकुराको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : राहत

~कृष्ण बजगाईं~ भ्रमणको विषय अव मन्त्रीजीको ईच्छा मात्र नभई प्रतिष्ठाको विषय बन्यो । उहाँले यसलाई कर्मचारीले आफ्नो आदेशको पालना नगरेको ठान्नु भयो । नियम विपरितको मन्त्रीको आदेशलाई भने कर्मचारीले पछि आफूमाथि झुण्डिने बेरुजु अख्तियार दुरुपपयोग भ्रष्ट्रचार आदिको तरवार सम्झिएर डराए … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : शोषण

~कृष्ण बजगाईं~ बजारको सानो चोकमा ठूलै भीड जम्मा भएको थियो । भीडबाट बेलाबेलामा थपडी र हाँसोको आवाज आइरहेको थियो । चटकेले हाउ-भाउ र केही सस्ता संवादले भीडलाई लड्याईरहेको रहेछ । भीडको प्रमुख आकर्षण कागजलाई पैसा बनाउनेमा नै केन्द्रित थियो । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : साङ्केतिक भाषा

~कृष्ण बजगाईं~ पहिलेका मानिसहरु आफ्ना एक कुरा आपसमा बुझाउन इशाराले काम चलाउँदथे । आफ्ना कुरा हरसम्भव विभिन्न उपाय निकालेर सम्झाउँदथे । नबुझे लाठी भाला खुँडा खुर्पा तरवार आदि प्रयोग गर्दथे । अर्को पक्षले बुझे नभनेसम्म ती सामाग्री सक्रियरुपमा संचालित हुन्थे … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : पुरानो सत्ताको अस्थिपंजर

~नाकिमा~ सरुङबाट झिकेर कोक्पाको धनुकाँड ताकिरहेछु म यतिखेर पुरानो सत्ताको अस्थिपंजर । सक्दिन म नाच्नरङ्गीन इतिहास बोकी बेरङ्गीन पात्र भई अन्यायको रङ्गमाचमा

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : बायोडाटा

~नाकिमा~ नामथर अनाम अज्ञात जन्ममिति १८ माघ ०६१ माता-पिता पन्जायत लिङ्ग लथालिङ्ग नागरिकता

Posted in कविता | Tagged | Leave a comment

कथा : म थोत्रो कोट हुँ

~रोशन भुयंजु~ मेरो मालिक खरदार हो । म उसको थोत्रो कोट हुँ । मेरो मालिकको उमेर पैत्तिस , मेरो दश । दश बर्ष अगाडी जन्मदानी म यत्रै थिए अहिले पनि बढेको हुइन । बरु घटे हुँला । उतीबेला म सुन्दर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment