Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कविता : राजाको छोरो

~राकेश कार्की~ राजाको छोरो राजकुमार नेताको छोरो भविष्यको कर्णधार जनताको छोरो न घर न वार । दार्जिलिड० देहरादून बेलायतमा नेताका छोरा पढ्ने सामथ्र्यहीन जनताका छोरा नेताकै निम्ति लड्ने ।।

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : दुइ रात अस्पतालमा बास

~गोविन्द गिरी प्रेरणा~ विरामी हुनु र अस्पताल पुग्नु कुनै अनौठो, अस्वाभाविक र आश्चर्यजनक कुरा पक्कै होइन । तर यस्तो अप्रत्यासित रुपमा हुने हुँदा अनौठो, अस्वाभाविक र आश्चर्यजनक झैं देखिन पुग्छ । सेप्टेम्वर २६,२०१२ का दिन म अप्रत्यासित रुपमा अस्पताल पुग्नु … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : जाडो

~सरुभक्त~ देश परिवेशः पुरातनपन्थी थकाइमा मस्त निदाइरहेको बेला एकथरी देशहरु कालापहाड तर्फ लागेका छन् मुटू कलेजो हराएर बूढा सुब्बाका जोखनाहरु मूच्छित छन् सर्वत्र विद्रोही र छापामारका कुरा भूकम्पीय क्षतिका भविष्यवाणीसहित आह ! पालतिर हामीले थुप्रै ट्रमा सेन्टर खोलेका छौं

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : कविताको बगरमा अक्षरहरुका बालुवा चालिहिँड्ने कवि प्रतीक

~अल्पज्ञानी~ धेरै पटक भेटिएर पनि भेटिन बाँकी, बुझेर पनि बुझ्न बाँकी एउटा अति नै मन परेको सुन्दर कविताजस्तो एउटा मान्छेको प्रतीक्षामा प्रतीक्षारत रहँदा सेती किनारबाट बालुवा बोक्दै गरेका मानिसहरुको लाम मतिर आइरहेको थियो, गइरहेको थियो । ‘नारायणथान’को त्यति ठूलो मन्दिरभित्रबाट … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | 1 Comment

कविता : मानव प्रकृित

~सुबेश घिमिरे~ मेरो गाउको माझमा एउटा पुरानो मन्दिर थियो मन्दिरभित्र गारुउलेको आस्थाको एक भगवान थियो …।१॥ एक बैरागी आरुनै धूनमा गारुउथ्यो हरदम एउटै राग रुजल्ले हान्यो तेल्ले जान्यो बारुकी सब हुन फिजूल बात॥रु॥२॥

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हामी त्यो देशका बासी हौं

~ध्रुव कुमार सापकोटा~ हामी त्यो देशका बासी हौं जहाँ भ्यागुत्ताहरु सर्पहरु निल्छन् , मूसाहरु बिराला चपाउँछन् । हो हामी त्यो देशका बासी हौं जहाँ न्याउली, कोइली चुपचाप – चुपचाप छन् ,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

लघुकथा : डर

~दीपक समीप~ फरक–फरक जीव, जीवात्माहरू एक दिन एउटा रुखमुनि बसेर सबैले पालैपालो आफ्ना कुराहरू राख्दै थिए ….. । गुलाबले भन्यो– म काँडाहरूको बीचमा पनि बाँचिरहेको छु । आजभोलि मलाई काँडाप्रति आस्था छ । परेवाले भन्यो– म बाजहरूको बीचमा पनि बाँचिरहेको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

छन्द कविता : विश्वास छैन

~डा. लेख निरौला~ छाया तिम्रो अब त किन हो हेर्न नै छैन चासो माया तिम्रो कति सतहको बुझ्न नै छैन चासो बोली सुन्दा कति दिन बिते काम कैलै भएन तिम्रो शैली अलि फरकको रै’छ विश्वास छैन ।। मिथ्या आशा मनभरि … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा: अनौठो मितेरी साइनो

~केतुश खतिवडा~ यो निरन्तर बगिरहने अरुण नदी आज पनि एकनासले वगिरहेको छ, जसरी त्यो दिन बगेको थियो । यस अरुणमा कति पानी बगी सक्योहाला तर पनि त्यो सुसाहटमा अलिकति पनि कमि आएको छैन, त्यसको बहावको गतिमा कमी आएको छैन । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मरेँ म, त सास खै कहाँ छ

~सन्देश आचार्य “भउते”~ मरेँ म, त सास खै कहाँ छ? बाँचेँ सही सास खै कहाँ छ? निल्न क्यै, नभिजाई आँशुले मुट्ठि भर गास कै कहाँ छ? नदेखी मुर्दा शन्तिले सुत्न एकै रात बास खे कहाँ छ?

Posted in गजल | Tagged | Leave a comment

छोक : दुरी भ्रम

~नवराज खतिवडा~ तिमी होइनौ कसरी भनौँ भावनाहरु तिम्रै हुन् पराइ हुन सक्छौ किन नसोचौँ नेपथ्यमा छौ । टाढा छौ कसरी भनौँ मेरै सामुन्नेमा छौ नजिक छौ कसरी भनौँ अदृश्य छौ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दौरा सुरुवाल कोट

~वसन्त कुमार गौतम~ पटक पटक आफैंलाई लिलाम बढाबढमा राखेर कमाएको मूल्यसूचि छातीभरि टाँगेर भत्ताको हड्डी चुस्दै आजपनि भुक्न निस्केको छ- इतिहासले पाखा लगाइसकेको अनुहारवीहिन सफेदपोश दौरा सुरुवाल कोट;

Posted in कविता | Tagged | Leave a comment

कविता : बोर भो !

~बद्रि भिखारी~ नया बनेका भगवानले आज राती बोर गरे भगवान बनाउने मान्छेले भगवानलाइ बोर गरे ! आएर शब्द-शब्दहरु हुल बाँधेर एक झप्को

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : ग्रेटवाल नचढेको व्यक्ति बहादुर भनिदैन

~कृष्ण बजगाईं~ संसार प्रसिद्ध ग्रेटवालमा जब म पाईला टेक्दै थिएँ मेरा चिनियाँ मित्र यू फूङले सुनाए – “चिनमा ग्रेटवाल नचढेको व्यक्तिलाई वहादुर भनिदैन ।” त्यसबेला म साँच्चै रोमािचत भएँ र आफूलाई भाग्यमानी एवं बहादुर ठान्दै पहाडैपहाड भएर ग्रेटवाल उक्लनथालें । … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

व्यङ्ग्य : नयाँ पार्टी – “नेपाल धम्की दल”

~कृष्ण गुरागाईं~ आजकल जताततै धम्क्याउने, थर्काउनेहरुकै बोलवाला छ । हिजो मात्र चितवन नारायणगढको व्यापारीहरुले आफुलाई जानकारी नदिई राजस्व अनुसन्धान विभागका कर्मचारी छापा मार्न आए भनेर प्रहरी र सरकारलाई राम्रैसँग धम्क्याए, बाटो अवरोध गरे, जीप, प्रहरी पोष्ट जलाए ।

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : बहकिने मनको पनि बह फरक भएपछी

~सूर्य मरहट्टा~ बहकिने मनको पनि बह फरक भएपछी, बराबर हुन्न आँसु गह फरक भएपछी । देख्दिन म कोही पनि पुर्णिमाको चकोर झैँ, कस्ले हेर्छ ? जुनेलीलाई चह फरक भएपछी ।

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : विमलको कथा

~सौरभकिरण श्रेष्ठ~ सुनकेस्रा पत्रिकाको नयाँ अंक बजारमा आयो । विमल हतारिदै पत्रिका पसल पुग्यो । “दिदी ! मलाई सुनकेस्रा दिनुहोस न ।” उसले खल्तिबाट रुपैया झिक्दै भन्यो । ऊ सुनकेस्रा मासिकको नियमित पाठक थियो । उसलाई अरु पनि बालपत्रिकाहरु पढ्न … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य : महादेवलाई भक्तको पत्र

~युवराज लम्साल~ श्रीमान महादेव महोदय, कैलाश पर्वत। बाउरे बाब्राम, चाउरे शुशील, झ्याउरे झल्लु, दाउरे दाहाल, गोलिबोली ओली, कच्चा बैद्य, छेरे शेरे, टपरे पौडेल, कच्छेगच्छे, सकुनि माकुने, नहरा महरा लौ हेर्नुस यस्ता त छन् हाम्रा सहारा ! बिन्ति महादेव हाम्लाई यो … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

नियात्रा : रानीमहलमा भेट्न नपाइएका भूतहरू

~धीरकुमार श्रेष्ठ~ “रानीमहल जाने बाटो कता होला ?” पाल्पा बसपार्कमा भेटिएका एक जना अपरिचितसँगकोे जिज्ञासा थियो मेरो । “था’ छैन” ती अपरिचितको जवाफ थियो । “आगराको ताजमहलजस्तै नेपाली ताजमहल भनेर पत्रपत्रिकामा खुब समाचार आउँछ नि …” कतै समाधान निस्किहाल्छ कि

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : चंगा

~दिल सिजाली ‘दिवाना’~ बाले साँझबिहान गाँसेर बिरामी लयहरू भाका हालीहाली सिलोक बाच्ने धर्मग्रन्थका पन्नाहरू उक्काइरहेछ उसले धमाधम दशैँको छाला जसरी । एउटा सुकिलो घाम लघारेर हाम्रो घरको आङबाट र, उखेलेर करङका डाँडाभाटाहरू चिरिरहेछ उसले मसिनु सिन्काजसरी ।

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : डर

~तसलिमा नसरिन~ अनु. : अनिल श्रेष्ठ मलाई कसैले पार गर्न दिएनन् त्यो मैदान जति पटक म दौडेर गएँ त्यो आधी दूरीसम्म अचानक पछाडिबाट कपडा समातेर ताने ती मान्छेहरूले डर देखाए

Posted in अनूदित कविता | Tagged , | Leave a comment

लेख : नेपाली कविताको आधुनिक कालको निर्धारण

~डा. माधवप्रसाद सापकोटा~ नेपाली साहित्य लेखन परम्परा त्यति लामो छैन र यसको इतिहास लेखन परम्परा त भर्खरको बबुरो छ। साहित्यका चार विधा– कविता, आख्यान, नाटक र निबन्धको इतिहासलाई भिन्नाभिन्नै तरिकाले इतिहास लेख्ने कार्य भएको छ। समग्र साहित्यलाई आधार मानी लेखिएका … Continue reading

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

पौराणिक कथा : अभिशप्त सौन्दर्य

~केशव अधिकारी~ महाभारत युद्धका नायक पात्र पाँच पाण्डवहरूकी साझा धर्मपत्नी द्रौपदी त्यसभन्दा अगाडि अर्थात् पूर्वजन्ममा अत्य न्तै सुन्दरी नारीको रूपमा दक्षप्रजापतिकी छोरी केतकीको नामले चिनिन्थिन्। उनको आफ्नो अपूर्व सौन्दर्य र सच्चरित्रताका सामु स्वर्ग, मत्र्य, पाताल तीनै लोकमा आफूजत्तिकै सुन्दर र … Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

व्यङ्ग्य : विज्ञापन – महात्म्य

~धीरकुमार श्रेष्ठ~ वर्तमान समय विज्ञापनमय छ । विज्ञापन नभए मूल्यवान् मणि पनि कौडीका भाउमा मिल्किन्छ । बोल्नेको पीठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्तैन, ले अहिले शतप्रतिशत र्सार्थकता ग्रहण गरेको छ । यही भएर विज्ञापनको बजार नै सिर्जना भएको छ … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छन्द बाल कविता : गाउँले जीवन – ७

~डा. लेख निरौला~ मुखमा पानी रसायो आहा ! देखेर ऐँसेलु ती झाडीभित्र पाकेका हेरूँ झपक्कै ऐँसेलु । झन् भित्रभित्र टलक्क राम्रा पोटिला झुप्पा छन् कसरी खाऊँ काँडाले घोच्ला नखाऊँ कहाँ झन् ।।

Posted in छन्द कविता, बाल कविता | Tagged | Leave a comment

लघुकथा : समय सङ्ग्रालय

~यादव खरेल~ पिपल चौतारीमा एक जना वृद्ध मानिस एक्लै धुम्धुम्तिी बसिरहेको छ, दिउँसैदेखि। बाटोमा आबतजाबत गर्ने कोही छैन। धैरै बेरपछि एउटा भुस्याहा कुकुर दौडदै बच्चुरामको छेउँबाटै जान्छ। बच्चुराम खल्तीबाट चुरोट झकेर सल्काउँछ। बाटोमा हतारहतार हिडिरहेका हरिकृष्ण देखा पर्दछन्। बाटैबाट कराउँछन्, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : फलफूल

~डा. रवीन्द्र समीर~ सहरमा रोग पनि छ, औषधि पनि । सहरमा पैसा फल्ने बोट छैन तर पैसा छ, जुन थोरैले मात्र टिप्न सक्छन् । सहरमा फलफूलका बोट कतै छैनन् तर फलफूल प्रशस्त पाइन्छ । – ‘तपाईंकी श्रीमतीलाई रगतको कमी छ, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जाडोको लुगा

~डा. रविन्द्र समिर~ ‘….पोहोर सालको जाडोमा दमले झण्डै खतम पारेको…….यसपालि त एउटा न्यानो ज्याकेट किन्नुपर्žयो…..।’ रिठ्ठेले पटुकाको फेरोमा बाधेको पैसा छाम्दै -छाम्दै बजारतिर लाग्यो । ….यसको मूल्य अठार सय, यसको बाह्र सय, यो पातलोचाहिँको आठ सय, यो स्वीटरको सात सय…..। … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : नयाँ बिहानको कोलाज

~सुधीर छेत्री~ पूर्वेली आकाशको कुनाबाट घामले रातो रुमाल हल्लाएर एकदिवसीय म्यारेथनको घोषणा गऱ्यो। फुच्चे दुबोहरू शितमा खुट्टा चोप्दै उफ्रिए। हावाले घाँटी फुलाएर सुसेली बजायो।

Posted in कविता | Tagged | Leave a comment

कविता : जनताका नाराहरु षणयन्त्रको म्युजियममा

~रुसाहाङ चेम्जोङ~ रेटिहेरे राजतन्त्रलाई कटन भने सकेनन् साट्न खोजे भरत सङ्ग लोकतन्त्र भित्रियेनान् एघार बर्ष ग्रिह युद्द जन इच्छा पुर्‍यनन् मओवादले कुर्चि रोज्यो जनमत चाहिएन

Posted in कविता | Tagged | Leave a comment

कविता : हाँसो

~स्व.स्वप्नील स्मृति~ त्यसो त हाँस्न कहाँ पाइन्छ र – आइन्दा दाँत नदेखाउनू ! चुप रहनू !! क्षितिजजस्ता ओठहरु नखुलाउनू !!! बहुराष्ट्रिय कम्पनीको ‘टुथपेस्ट’ सरकार निकम्मा ‘बु्रस’ः अध्यादेशले गीजा घोटेर फिंज काडी-काडी हाँस्दछ- खित्का प्रोपोगाण्डा ।

Posted in कविता | Tagged | Leave a comment

गजल : सक्छौ भने सजाएर राख

~श्रीजना लिम्बु~ सक्छौ भने सजाएर राख मलाइ आँखा भरी गाउँछौ भने गीत सँगै गुन्गुनाउ भाका भरी चाहान्छौ की हाँसिरहुँ झुमिरहुँ तिमी सँगै उसोभए फुलाउ मलाई गुराँस जस्तै पाखा भरी

Posted in गजल | Tagged | Leave a comment