Author Archives: Editor

समीक्षा : समालोचकका रूपमा डा. लक्खीदेवी सुन्दास

~नवीन पौड्याल~ १. विषय प्रवेश : नेपाली साहित्यमा डा लक्खीदेवी सुन्दास एउटा आदरनीय नाम हो। उनी एक प्रखर साहित्य समालोचक, कवयित्री, कथाकार, साहित्यकी गहन अध्येता हुन्। उनका व्यक्तित्वका अनेक पाटाहरू छन्। उनी एक आदर्श शिक्षिका, एक कुशल प्रशासक र एक … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : गराको चपरीमा

~इश्वरवल्लभ~ धरती रजस्वला हुन्छ अलि पर आकाशदेखि टाढीएर बस्छ; किन यो धरती असमय रजस्वला हुन्छ? वर्षमा कहिले तीन फेरा हुन्छ कहिले हुँदै-हुँदैन कहिले दिनमा निकै फेर चुहिन्छ आकाशले हार खाइसक्यो

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : प्रतिबद्धता

~मधुश्री~ अंजुली भरी यो माटो लिई कसम खानुछ सन्तान थरी-थरिका मिली संघर्ष गर्नुछ खराब बृक्ष रोपेछौँ अब उखेली फाल्नुछ विरुवा नयाँ सारेर गल्ति सुधारी जाग्नुछ बिज्ञान ज्ञान खोज्नुछ बृद्धि उब्जनि कृषिमा श्रमको पूजा गर्नुछ सुन फुलौँन धर्तीमा

Posted in गीति कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : किरा नलागेको बन्दाकोभी पल्पसा क्याफे

~आहुति~ १. डा. ऋषिराज बराल झोँकमा भन्थे, नेपालमा राम्रा पाठक नै छैनन् । त्यतिबेला असहमति राख्न सकिएन, अहिले पाइएन किनभने उनी भूखण्डमा कतै गुप्त छन् । धेरैजना राम्रा पाठक मध्येका एक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ पढ्ने इच्छाले मनपरी राइँदाइँ … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

बाल कथा : गाउँ पो राम्रो

~भोला दुलाल~ राजुको आमाले हिउँदको छुट्टीमा मामाघर लाने वाचा गर्नुभयो। पाँच-सात वर्ष गाउँ र शहरको भेद छुट्याउन नसक्ने बेलामा राजुलाई मामाघर लगेको रे। तर राजुलाई धेरै सानो भएकोले होला गाउँको बारेमा उतिसारो थाहा भएन। कक्षामा म्यामले मामाघर गएका छौ भनेर … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

लघुकथा : मोतीप्रसाद

~गोरखबहादुर सिंह~ सडकवारि मोतीप्रसाद छटपटाइरहेको थियो । सडकपारि दुईजनामा भकुराभकुर चलिरहेको थियो । त्यसलाई भकुराभकुरभन्दा पनि बलियोको कमजोरमाथिको जबरजस्तीभन्दा बढी यथार्थ हुन्थ्यो । विचरा निर्धो रक्ताम्मे भएर भाग्न खोज्दा भाग्नसम्म पनि पाइरहेको थिएन । बलियोले निर्धालाई एकतर्फी हिसाबले निर्दयतापूर्वक भकुरिरहेको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

मैथिली गजल : सएह जनु अदालत छै

~धीरेन्द्र प्रेमर्षि~ चण्ठ-अदा लत करै, सएह जनु अदालत छै लण्ठ मोहब्बत करै, सएह जनु अदालत छै गीताकेर गञ्जनलए सप्पतटा खुआ-खुआ झूठकेँ जे सत करै, सएह जनु अदालत छै

Posted in मैथिली गजल | Tagged | Leave a comment

Translated Poem : Words of Felicitation to Prithvi Narayan Shah, the Supreme Leader of Unity

~Nirmala Mani Adhikary ‘Ayoddhaumya’~ Translation : Shashi Bhandary 1. That was a dream of a mother – A day comes once in one era, that day had come in the form of your mother’s dream, to that mother who swallowed … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

तामाङ भाषी लघुकथा : दु:ख

~भिम दोंग तामाङ~ आले सिका ङ्हि भाउले । ग्यालाम ला कुनिसे खाबा ल्हेङ्मोसे ङाला गोङ्मा ल्हेआखम्जी । म्राङ्जी नाइपाला खेप्पा ह्रीबा म्हि ग्याम कुनिरी । ङ्योइजी ङै “धिम खालाङरि आखेला ?”

Posted in तामाङ लघुकथा | Tagged , | Leave a comment

कविता : आमा

~दीपक कुमार ज्ञवाली~ देउरालीमा बस्दा बस्दै आमाको दर्शन पाएँ साक्षात् देवि आमा तिमी कुन लोकमा तिमी थियौ अनाथ बनाई बालकलाई

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : रोकिन्छ, टुक्रिन्न रे ।

~डा.मेघराज ढकाल~ छन्द: शार्दुलविक्रीडित पैलेका दिनमा अखण्ड मन भो ऐले विखण्डन् भयो बोल्नै खप्पिस छन् त काम अहिले सारै वितण्डा भयो शास्त्रै छैन यहाँ सुदृष्टि अहिले जाने कता हो कता ? मान्छे छन् रनभुल्ल रे ! अझ यहाँ माटो हरायो … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : आईमाई फूल हो ?

~यकिना अगाध~ जसरी लोग्नेमान्छेलाई दाजिन्न केहीसित आईमाई किन आईमाई भएर बाँच्न पाउँदैन आईमाई किन मान्छे बनेर बाँच्न पाउँदैन ? जसरी लोग्नेमान्छेलाई बनाईन्छ बहादुर आईमाईलाई किन फूल बनाईन्छ

Posted in कविता | Tagged | Leave a comment

गद्य कविता : गाउँ कै यादमा

~आनन्द पौड्याल~ धरती र मातासँग स्पर्ष भए पश्चात्, हिँजो, आज र भोलिलाई आत्मसात् गर्दै, माया, ममता जस्ता शब्दको सम्झना गर्दा, गाउँ कै यादले चिथोरिरहन्छ आज मलाई, गाउँ र शहरबीच समीक्षा गर्दै जाँदा, अत्यन्तै गहिराइमा डुवी कल्पना मै घोत्लिँदै, सधैँभरि आत्मीय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म जन्मेको दिन

~शोभा गुरुङ्ग~ त्यो प्रशव बेदनाको, त्यो जीवन मरणको संघर्ष गर्दै गर्दा, म जन्मेको दिन । हारेर पनि हांसेकी मेरि आमा म जन्मेको दिन । पढ्न स्कुल हिडेकी मेरि आमा

Posted in कविता | Tagged | Leave a comment

गजल : रहरहरु बढेर आयो

~शीतल शर्मा~ तिमी आयोै भेट भयो रहरहरु बढेर आयो थाहा थिएन माया भन्ने आज गढेर आयो । मरुभूमि जस्तै थियो मन सबै सुक्खा सिंचाइ तिम्ले गरिदियोै हरियाली बढेर आयो ।

Posted in गजल | Tagged | Leave a comment

Translated Poem : An Ode to God

~Gopal Bhandari~ Translation : Raja Puniani You jolted the consciousness In the dawn of civilization. You started rising with the sun. You started shining from within The lightning. You started soaring in the pitchblende cloud

Posted in Translated Poem | Tagged , | Leave a comment

गजल : नेपालकै माटो बनोस्

~भोला धरातल~ जहाँ टेकूँ यी पाइलाले, नेपालकै माटो बनोस् कोदालीको पातो पनि समृद्धिको बाटो बनोस् जब जब देशमाथि, अशान्तिको बज्र पर्छ त्यहीबेला मेरो लास, बचाउको साटो बनोस्

Posted in गजल | Tagged | Leave a comment

कथा : अस्थायी सम्झौता

~शर्मिला खड्का दाहाल~ दिनभरिको व्यस्ततापछि प्रकृतिले दिएको फुर्सदिलो समयको भरमग्दुर सदुपयोग गर्दैछन् सिर्जन र सिर्जना बिछ्यौनामा । साँच्चिकै भगवानले जुराइदिएका छन् उनीहरू लोग्नेस्वास्नीको एउटै नाम । सिर्जन मायालु भावले बोलाउँछ पत्नी सिर्जनालाई – यता आऊ न ! “हजुरलाई खालि यस्तै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेनेजर र म

~लक्ष्मी शर्मा~ एउटी आइमाइ मान्छेले जथाभावी नबुझी बोलिदिंदा, त्यै बोलेकै भरमा पत्र पत्रिकाले प्रचार प्रसार गरिदिंदा कुमारीमै गर्भ फालेको आरोपले प्रताडित भएकी मलाई उसले सहजै स्वीकार गर्‍यो । ऊ मेरो बैंकको मेनेजर थियो, म उसको स्टाफ कर्मचारी थिएँ । मेरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : पानी दर्किएर गयो

~सबिना सिन्धु~ आगो बल्दा पो पानी दर्किएर गयो तिम्रो याद फेरि पनि चर्किएर गयो माटोले उमारिदिएको बैंसको बीज रोपेको लहरा कता लर्किएर गयो

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : इतिहासको साक्षी

~राप्रउ पोखरेल~ अरविन्द रिमालद्वारा लिखित ५६८ पृष्ठको ‘१९९७ देखि २०१७ साल एक अवलोकन’ पुस्तक अहिले मेरो अगाडि छ । प्रख्यात भारतीय अरविन्दो घोषको सम्झना भयो मलाई । यहाँ श्री अरविन्दोको उचाईसित नेपाली अरविन्दलाई जोर्न खोजेको होइन । त्यो धृष्टता म … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

एकादेशको कथा : बूढा बाबु र बिनायक राम

~कञ्चन पुडासैनी~ उसका बाबुको विवाह केटीका बाबुहरूले उनको दुब्लै बान्कीको मुख र सानो घर हेर्दै फर्कंदै गर्ने गरेका हुनाले छब्बीस वर्षको उमेर पुगेपछि एउटा दुःखी परिवारकी एघार वर्षी छोरीसित बल्ल भएको थियो । पहिले उनको जरज्यथा थोरै देखेर केटी दिन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : ठेलेर कतिञ्जेल बाँच्नु !

~रासा~ दुःखको ठेला ठेलेर कतिञ्जेल बाँच्नु ! रोगको तोरी पेलेर कतिञ्जेल बाँच्नु ! जिन्दगी यौटा पाएको समस्याकै भारी मृत्युको खेल खेलेर कतिञ्जेल बाँच्नु !

Posted in गजल | Tagged | Leave a comment

कथा : सफलता

~पद्म देवकोटा~ वामदेवले विश्वविद्यालयको जागिर खाएको पन्ध्र वर्ष र स्थायी भएको बार्‍ह वर्ष भइसकेको थियो । ऊ आफ्नो विद्यार्थीकालमा पार्टीको सदस्यता लिएर नेताहरूको इशारा अनुसार चल्न रुचाउने भएकोले गर्दा उसको समय कितावसँग भन्दा मान्छेसँग बढी बित्थ्यो । तर उसलाई यस … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : घोटे फलामलाई

~रुद्र ज्ञवाली~ इस्पात बन्छ सेतो घोटे फलामलाई क्यै हुन्न दानभेटी अर्पेर रामलाई खाई कसम यो देश निर्माणको निमित्त चल्नु छ आज ठूलो ठानेर कामलाई

Posted in गजल | Tagged | Leave a comment

गजल : कतै समवेदना छर्दैछु

~विभोर बराल~ कतै शुभकामना कतै समवेदना छर्दैछु जिउने नाममा औपचारिकता पूरा गर्दैछु ‘नमस्ते’, ‘धन्यवाद’ र ‘माफगर्नुस् है !’ को सहरमा आत्मीयताविहीन सम्बन्धको जालोमा पर्दैछु

Posted in गजल | Tagged | Leave a comment

मनोवाद / स्वगत : साढे सातदेखि अढैयाको शनिसम्म

~कृष्ण प्रधान~ १. वास्तवमा सन् २००५ लागेदेखि वर्षभरि नै कहिले अढैया त कहिले साढेसातले छोइ नै रह्यो । आफूलाई (मीन राशीलाई) अढैया रहेछ, मार्च महिना अर्थात् २०६१ साल चैत ८ गते रातीको १२ बजे छोरा अर्पण (जेठो छोरा) बैंगलोरमा दुःखदायी … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कविता : शहीद र पातहरू

~चन्द्र गुरुङ्ग~ जब जब जन्मभूमिका अङ्ग-प्रत्यङ्गलाई नोच्न थाल्छन् क्रूर नङ्ग्राहरूले र आमाको निर्दोष शरीरमाथि ताण्डव नृत्य गर्छन् अन्धा पाइतालाहरूले तब तब असंख्य सपूतहरू अन्धकारको विरोधमा राँको बनेर बल्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : रक्त क्यानभासको सम्मुखमा

~साम्ब ढकाल~ पृष्ठभूमिमा अहम्को छाती बोकेका धवल हिमाल लहरै छन् छेउछाउमै जीवनलाई गति बुझाउने झरना छङ्छङ खसिरहेछ केही तल घमण्ड तेजोबध भएका अग्ला/होचा शृङ्खलाबद्ध/ शृङ्खलाहीन पहाडहरू छन् तलतल फराकिला मन जत्तिकै समथर भूमि लम्पसार छन्,

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : नेपाली साहित्य र व्यवसायिकताको खाँचो

~बिपिन शर्मा~ वर्तमान विश्वमा हरेक विषयवस्तुले आफ्नो अस्तित्व रक्षागर्न र आफ्नो वर्चस्व कायम राख्न ब्यावसायिक बन्न जरुरी छ। हामीकहाँ ब्यावसयिक शब्दलाई यसको वास्तविक अर्थभन्दा भिन्नैगरी बुझ्नेगरेको पाइन्छ। अर्थात ब्यावसायिक भन्नासाथ नाफा आर्जनका लागि मात्र गरिने कार्य भन्ने भ्रम पर्नेगर्छ। ब्यावसायिकता … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

लघुकथा : मगर्नीको खुट्टामा मार्क्सवादको स्टील

~दिल थापा~ कमरेड योजकको भाषणले मेरो निन्द्रा हराम गरिदिएको थियो । त्यो दिनदेखि म पनि माओवादीमा हिड्छु भन्ने निर्णय गरे। स्कूल पोशाकमा नै भूमिगत भएँ । भूमिगत जीवनलाई त्यागेर सामान्य जीवनमा फर्केको यति लामो समयपछि मेरो जिन्दगीले मेरै जिन्दगीको निन्द्रा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

छन्द कविता : जस्तै रमाए पनि

~डा.मेघराज ढकाल~ छन्द: शार्दुलविक्रीडित मेरो आँगन, बाग, कौसी घरको आयो कि माली यतै भन्दै हेर्छ सदा त भीर, छहरा, छागाँ सुसेली अझै केरा,बाँस झुले अति कहरिलो बाला–बुढयौली भयो हुकार्यो जब मल्कियो त उसको यात्रा कतै बाङ्गियो । १ अम्बा फल्छ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment