Author Archives: Editor

संस्मरण : त्यो भित्ते लेखन

~जनकराज सापकोटा~ स्कुलको उत्तरपश्चिम कुनामा माहुरीको गोलोझैं विद्यार्थीको झुन्ड थियो । आकाश ताकेर उडिरहेको हवाइजहाज हेर्न एक टकले आँखा सोझाएझंै सबैका आँखा स्कुलको भित्तामा सोहोरिएको थिए । हेडमास्टर र अरू शिक्षक पनि त्यही भीडमा मिसिएका थिए । सबैको अनुहारमा अनौठो … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

छोक : बाध्यता

~ज्ञानेन्द्र स्थापित~ बाध्यता ले भरिएको यो जिन्दगिमा बाँच्नु पनि एक बाध्यता अनि दुइ मुखे र दुइ जिब्रेहरु लाई बिश्वास गर्नु पर्ने बाध्यता

Posted in कविता | Tagged | Leave a comment

गीत : बिहान नभै बतासले

~नगेन्द्र थापा~ बिहान नभै बतासले शीत किन सुकाई दिन्छ २ जस्तै मेरा पिरहरुले गीत सबै लुकाई दिन्छ २ छायाँ परे परे जस्तो, चेहराको ऐना भित्र २ कहिलेकाहीं बिर्सी दिन्छु, बितेका अनेक चित्र कसैले हारी सके, जिती सके जिन्दगिमा २

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : रिट

~नयनराज पाण्डे~ मेरो निर्माणधीन चलचित्रको कथा यस्तो थियो– ‘सहरमा प्रभात र अजय नामका दुई आत्मीय मित्रहरू छन् । सँगै कलेज पढ्छन् । एउटै कक्षामा एउटै विषय पढ्छन् । प्रभातकी आमा शान्तिदेवी र अजयका पिता दलबहादुर दुई भिन्न आदर्श र चिन्तन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चिसो वर्तमान

~आजाद अजनवी~ फेसबुक एक डबका जाँड र लोडसेडिङ उस्तै नै छन् दिनहरू छैन केही फरक उस्तै नै छ बाटो नेताहरूको भाषण महँगी र र्सर्टिफिकेटको फोटोकपी पछाडि सक्कलबमोजिम नक्कल ठीक छ सबै ठीकै देखिरहेछु ममाथिको सिङ्गै आकाश उडिरहेका चराहरू अनि पल्लो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तर्व्यथाको तूफान

~युद्धप्रसाद मिश्र~ र्घर्के दर्शन सब पुरातन भई झुल्के उज्याला दिन ताता खून उठी सजीव बदला आए हिजोका लिन जित्नुको परिपाटितातिर युवा जाँदै गए गर्जिदै आए केश खुला भएर युवती हातमा हँसिया लिदै पीडाका अनुभूतिबाट उठने तूफान प्रत्यक्ष भो शोषणको प्रक्रिया … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सोनु मैन बत्ती निभ्ला है

~आभास~ आकाशले भरखर घुम्टो खोलेको छ क्षितिजबाट भरखर बास्ना ओर्लेको छ म गोधूलिको यात्रामा निस्कँदै छु सोनु कोठाको मैनबत्ती निभ्ला है मैले मैन नजिकै सपनाको फाइल राखेको छु

Posted in कविता | Tagged | Leave a comment

कथा : लिभिङ टुगेदर

~राजेन्द्र थापा~ सरिताले कति सोच्ने ? सोच्दासोच्दै १५ दिन बितिसक्यो । सोचेको सोच्यै छे । पैले रोई उसले । दिनभरि रोई, रातभरि रोई । भोकै रोई, प्यासै रोई । पैले पवनलाई सम्झेर रोई । पछि आफूलाई सम्झेर रोई । आफ्नो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सपना

~नारायण योगी~ एक दिन म सानै छँदा बुबाले गैह्री खेत जोत्दै भन्नु भयो– बाबु यो धरतीभन्दा ठूलो केही छैन मैले उहाँको कुरा त केही बुझिनँ तर घाँटीमा भिरेको सानो मादल खुशीले ट्याङ्ग पारेँ म अलि अलि बुझ्ने भएपछि बाँसको कलमले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नोस्टाल्जियाको उकुसमुकुसबाट उद्बोधित एउटा अन्तर्वेदना

~अमर नेम्बाङ लिम्बू~ द्वन्दकालको एक भयानक रातमा सन्त्रासपूर्ण नङ्ग्राहरू गाडेर व्यक्तिको बाँच्नुपर्ने स्वतन्त्रतालाई अतिक्रमण गर्दै सर्वस्वसहित अस्मिता लुटिएको थियो हाम्रो प्यारो घरको। जुन घटनाको छाल-उपछालमा हुत्तिएर जिउनपुगेका छौँ आज हामी, टाढो भूगोलको एक कुनामा

Posted in कविता | Tagged | Leave a comment

कविता : जागृति आयो

~युद्धप्रसाद मिश्र~ भोका नांगा पीडितहरूको पीडाको अब आयो आँधी महल अटारी हल्लिन लागे हिमगिरिको पनि टुट्यो समाधी विलासितामा हुन गो हलचल श्री सम्पत्तिकन लाग्यो ब्याधी

Posted in कविता | Tagged | Leave a comment

कविता : फागु

~“जीवन्त ” रुकु~ रातै रङमा रगिएर म लालिगुरास झै फुलु कि? सेतै रङमा लतपत बनी म पारीजात झै झुलु कि ? पहेलै रङमा बनी गोदावरी घर आगनिमा फुलु कि ? हरियो रङमा मग मग तुलसी बनेर पो भुलु कि ? … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : उन्माद

~अरुण खत्री~ राजु र भरत एउटै गाउँमा बस्थे । उनीहरू सानैदेखि मिल्थे । राजु धनी परिवारमा जन्मेको थियो । भरत गरिब परिवारमा जन्मेको थियो । उनीहरू एउटै स्कुलमा पढ्थे । दवैजना कक्षामा एउटै बेन्चमा बस्थे । राजुकी आमालाई छोरा गरिब … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : सबलाई रिझाउँ भन्दा

~गोपाल योन्जन~ सबलाई रिझाउँ भन्दा पसलमा बेचिएछु मेरो कोहि भएनन्, सबैको म भएछु भत्केको गोरेटोमा लाखौँ अभागी हिंडछन् सबैलाई बाटो दिंदा म भीरमा खसेछु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सागर भरी छाती चिरी

~महाकवि लक्ष्मी प्रसाद देवकोटा~ सागर भरी छाती चिरी पहाडबाट आएँ तिन तारे सारंगी लिई क्षण भर गीत गाएँ २ लहरसंग मितेरी लाइ मैले छंद पाएँ कानबात हृदयमा आज गुँड लाएँ २ अघिको म तुना गाउँछु आजको म बाला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आज भोलि हरेक साँझ

~भीम विराग~ आज भोलि हरेक साँझ मात्तिन थालेछ२ जिन्दगि देखि जिन्दगि आत्तिन थालेछ२ आज भोलि हरेक साँझ …… रहरै रहरमा पिएँ बिबस भएर पिएँ२ दु:खमा पिएँ सुखमा पिएँ२ पिउंदिन पिउंदिन भन्दै पिएँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : शौर्य

~बिपुल सिजापति~ हाइवे छेउको एउटा घर नजिक पुगेपछि मेजर सौरभले सवारीको गति झार्दै लगभग दश कि.मि. को रफ्तारमा लगे । गति कम भएको कारणले कर्णेल सागरले मेजरलाई हेरे । मेजरको शिर दायाँ पट्टि सडक पारिको घर तिर मोडिएको थियो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : देउरालीमा पर्खी बस्छु

~जे.बी. शेर्पा ~ एकै नजरमा मन दिएँ ! पत्तै छैन यो मन , अचानकै दिएँ ! फूल जस्तै सुन्दर ठानीँ , कल्पनामै जिएँ ! इच्छा हरु धेरै थिए , मनमै कुँदि दिएँ , सपना को बगैँचा मा तिमी संगै थिएँ … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

तामाङ गजल : भोट पिन्बा तिल्दा ?

~च्याङबा तामाङ~ तामाङ म्हेम्हेला थेमेसे स्यान्दान भोट पिन्बा तिल्दा ? म्हारम्हेन छानला तामाङसे ह्राङदान चोट पिन्बा तिल्दा ? भोट भोट भोट, गण्डु ह्राङनोन सस्तो ताजीम ह्राङसे ह्राङला थोपथाङ चुङसि नोट किन्बा तिल्दा ?

Posted in तामाङ गजल | Tagged | Leave a comment

लघुकथा : विसंगति

~लाल श्रेष्ठ~ बसको यात्रा आरामदायी भै’राख्या थियो। बसको ढोकामा कण्डक्टर र खलाँसी उभिरहेका थिए। अरू यात्रीहरू आ-आफ्ना सिटमा आरामले बसेका थिए। म पनि एउटा सिटमा त्यसरी नै बसेको थिएँ। दुईजना केटाहरू अमलेखगञ्जबाट गाडीमा चढे। उनीहरू गाडीभित्र के घुसेका मात्र थिए, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : म्हाबरको कार्साङले धोका खाँदैन

~मुक्तान थेबा~ तिमी लक्ष्मी मानेर दौलतको भिख माग या माता मानेर ढोग त्यो तिम्रो मनुले अह्राएको गरे हुन्छ म मेरो आख्खेले सुम्पेको रिति समात्छु आख्खेले त लुकिलुकि ढाल्नु भो म ढाल्छु- खुल्ला चौरिमा तिमी मलाई पापी भन्छौ होला भन राक्षस … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमीलाई हाँसेर

~चाँदनी शाह~ तिमीलाई हाँसेर बिदा मात्र दिइसकेथें आशु झरिसकेछन् (म तिनलाई पुछ्न थालें) २ तिमी मलाई छोडी गैसकेको मात्र के थियौ तिमी फर्कने दिन (म हतारिदै गन्न लागें) २ (यो दुई दिनको विछोड पनि कति नमीठो के बिर्सिए जस्तो हराए … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मानव अस्तीत्व

~तीर्थ संगम राई~ मेरो शीर माथिको सुन्यता मेरो पैतला मुनिको भू-गर्भ मैले टेकेको यो सुन्दर धर्ति मानव सभ्यता सगै जीवन उत्पतिका क्रमहरु राम पिथेकसका सन्तानहरु यो धर्ति भरी छरीएका अस्तीत्व मेरो लागि सोच्ने बिषय बनेको छ । मेरो लागि अनुसन्धानको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : प्याज: भूमिका-अभूमिका

~शङ्कर लामिछाने~ भूमिका यस सङ्कलनमा परेका रचनाहरूको सिर्जनकाल मेरो जीवनको साह्रै नै अव्यवस्थित काल थियो । व्यवसायको असामयिक र अचिन्तनीय परिवर्तन, रूप लिन खोजिरहेका जीवनका अर्जित दर्शनको आकस्मिक विष्फोट तथा उमेरको प्रौढता – यी सबले एकै पटक मउपर प्रहार गरे … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : मुख्याइँ त गर्छन् नै

~पुष्कल श्रेष्ठ~ मुर्खहरूले मुख्याइँ त गर्छन् नै लोभीहरूले आँखा त तर्छन् नै पापीहरूको जगजगी चलेपछि सञ्जनहरू जालमा पर्छन् नै

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : कवि भूपि शेरचनको जीवनीको छोटो झलक

~सुकुम शर्मा~ भूपि शेरचनको जन्म विक्रम सम्बत् १९९२ पुस १२÷१० गते धवलागिरि अञ्चलको, मुस्ताङ जिल्लाअन्तर्गत टुकुचे भन्ने गाउँमा भएको हो (परिवर्तन, २०१० भूमिका, कुँवर २०२३ र सुवेदी, २०३७) । सुब्बा हितमान शेरचन र पदमकुमारी शेरचनका कान्छा छोरा भूपि शेरचनको खास … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : साथीलाई सघाउने प्रण

~आर. आर. चौलागाईं~ तिमी सङ्घर्षका गीतहरू लेख्दै जाऊ म पालैसित सङ्गीत भर्दै जान्छु तिमी हतियारमा साँध लगाउँदै जाऊ म ब्वाँसाहरूका गर्धन रेट्दै जान्छु । तिमी खाँटी मटितेल खन्याउँदै जाऊ म सलाईका काँटीहरू कोर्दै जान्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : भद्रगोल स्थिति

~विनिता स्वधर्मी~ भद्रगोल छ अहिले यहाँको स्थिति हाटहुट लाटलुट चाटचुटले बिगारिरहेझैँ लाग्छ मति ऊभन्दा ऊ जान्ने हुँदा भोगिरहेछन् जनता दुर्गति । जो पनि शोषणै गर्न खोज्ने जो पनि घोषणै गर्न रोज्ने

Posted in कविता | Tagged | Leave a comment

कथा : नादिया र परेवाहरु

~मणि लोहनी~ ‘उनी मलाई आत्मघाती बमवर्ष भएको देख्न चाहन्थे ।’ आङ्खना पतिका बारेमा उनले मलाई बताएको कुरा यही थियो । उनका पति अमेरिकी सेनाको सिकार बने । आङ्खनो भूमिमा भएको अमेरिकी हस्तक्षेपको विरोधमा उनका पति अफरोज हुसेन लागेका थिए । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उपद्र सिवाय

~टिमुरमान लामा~ केही रच्न सकेको पाइन्न दलहरुले हैरानी सिवाय केही भोगाएको पाइन्न छलेहरुले । उपद्र.. मुखले जनताको नाम लिने कामले भने तिनलाई दुःख दिने बेइमानी सिवाय केही बर्तेको पाइन्न कचिंगलेहरुले ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बांगे कलमका कुरा

~प्रेम ओली~ औठ्याँ बौठ्याँ कुरा खोजी खोजी झिरिप्प खायो रोजी रोजी त्यस्तै शब्द रौसी जस्तै चिरिप्प लायो हल्लिँदै पल्लिँदै सडकमा आयो छोरादेखि बाउसम्म छोरीदेखि माउसम्म शिरदेखि पाउसम्म सरक्क हेฅयो तितो, कोक्याउने, टर्रो पिरो, चिलाउने, झर्रो

Posted in कविता | Tagged | Leave a comment

युगल गीत : हे कुन्जमा गुञ्जियो

~माधव घिमिरे~ केटा – हे कुन्जमा गुञ्जियो केटि – स्वर कोइलीको केटा – हे बासना छरियो केटि – बेली चमेलीको केटा – हराभरा यो बाटिकामा हो, तार मन बिनाको आफै लौ झंकियो

Posted in नेपाली गीत | Tagged | Leave a comment