Author Archives: Editor

गजल : लमजुङ

~पुर्ण श्रेष्ठ~ साहित्यमा रमाउदै अगी वढ्दै जाउ लमजुङ स्थानिया भाषा संस्कृति उत्थान गर्दै जाउ लमजुङ जाती वाँचे भाषा वाँच्छ भाषा वाँचे संस्कृती देश भेष संस्कृति वचाउदै जाउ लमजुङ

Posted in गजल | Tagged | Leave a comment

कविता : भोर्लेटार

~शक्तिशाली घिमिरे~ अन्नपूर्ण माछापुच्छ्रे शिरमा सजाउँने छातीभरी ढकमक्क गुराँस फुलाउने । पाउँ पखालिरहने गंगाजीको पवित्र जलहरु प्रणब गुन्जाई रहने ती तीथस्थल ।। स्मृतिपटलको गाढा प्रतिच्छाया मेरो संसार, मेरो मातृभूमि, मेरो भोर्लेटार ।

Posted in कविता | Tagged | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : मुसोको टुसो

~रामकुमार पाँडे~ श्री गणेशाय नमः भन्ने बित्तिकै गणेशको वाहन मुसो सम्झनु पर्छ । त्यत्रा धम्मरधुस भुँडे गणेशलाई ढाडमा राखेर दगुर्ने मुसो कम बलियो हुन्न । बत्ती झिलिक्क बाल्न नपाई मिलिक्क गरेझैं कुद्ने मुसो गणेशजी ढाडमा चढेर आसन जमाएपछि के कुद्न … Continue reading →

Posted in निबन्ध | Tagged , | Leave a comment

कविता : दोषी नजर

~यमूना घिमिरे~ बेहोषी भै जल्दोरहेछ दिल यहा थिएन खरानी भएछ अन्जान मै जुधेर वनेको मायालु थाहै थिएन पर्राई भएछ

Posted in कविता | Tagged | Leave a comment

गजल : बागमा डुल्दा मजा हुन्छ

~बासुदेव बुढाथोकी ‘सागर’~ कल्पनाको सुन्दर बागमा डुल्दा मजा हुन्छ, मदिराको मादमा तिमी भुल्दा मजा हुन्छ । आरोप हैन, यो त प्रिये ! उपहार हो तिम्रो, पानीमा नुन घुले सरि घुल्दा मजा हुन्छ ।

Posted in गजल | Tagged | Leave a comment

गीत : एउटा जिउँदो मान्छे

~आभास~ गोधूलिमा हिँड्ने एउटा जिउँदो मान्छे संसारलाई फेर्छु भन्थ्यो आफैँ फेरिएछ मझेरीको अँध्यारोलाई खाल्टो खनी पुर्छु भन्थ्यो उनी आउने पूर्णिमालाई जुनीभरि कुर्छु भन्थ्यो अँध्यारोको अङ्गालोमा आफैँ बेरिएछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : इज्जत

~प्रेम के ‘निडर’~ रामदाई पुलिसले समातिएकोे हल्ला गाउँभरि फैलियो। किन समातिएको कसैलाई थाहा भएन। हल्लाले मानिसमा खुल्दुली मच्चियो, किन समातियो। कुनै नराम्रो काम नभएको भए समातिने छैन भन्ने तर्क बलियो हुँदै गयो। राम दाइका सुभेच्छकहरू साथै उनका विरोधीहरू पनि जिज्ञासु … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : भर्खर हाईस्कुल सके पछीको बास्तबिकता

~रुमन न्यौपाने ‘अमन्त’~ मानीसले एउटा न एउटा रहस्य लुकाउछ, सायद त्यही रहस्य भित्र उसले आफ्नो सन्तुष्टी र चाहानालाई भेट्टाउँछ चाहे त्यो कसैबाट कोटाईयोस् वा कसैले त्यसलाई तुच्छ देखोस् । रहस्य झन रहस्य भित्र दब्दै जान्छ । म संग त्यस्तो कुनै … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : ढुकुटी कती भर्छौ धनेदाइ !!

~ईश्वर शाही~ काले साहुं’को ढुकुटी कती भर्छौ धनेदाइ !! आफु भोकै उस्कै भलो कती गर्छौ धनेदाइ !! बराजुले ॠण लेको चार बिस तिर्न पनि ! चारै पूस्ता उस्कै पाउ किन पर्छौ धनेदाइ !!

Posted in गजल | Tagged | Leave a comment

गीत : प्रेमको माला

~राजेन्द्र रिजाल~ प्रेमको माला पहिराई दिएँ, सम्हाली राख यसलाई नओइलिने फूलको माला हो, संगाली राख यसलाई प्रेमको माला… तिमि मेरो जिबनको उज्यालो हौ, म संधै तिम्रो साथ हुन्छु २

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : ए बुनिया ! कहा छे रे मोर लाठी ?

~गोचा थारू~ युद्ध, जो शुरू भई नै सक्यो अब घुंगी टिपेर के बस्नु ! मछली पक्रेर के रहनु ! बुनिया ! कहा छे मोर लाठी ? युद्ध हो, म नफर्किन पनि सक्छु तर रोक्नसक्ने छैन अब तिम्रो आँधीजस्तो मायाले मलाई … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हे वुद्ध अव त व्यूउँत

~केवल गंगा गुरुङ~ तिम्रो घरको वलियो खम्वाहरु हेर आज खोक्र्याई सके तिमी खेल्ने आँगन केहि पड्कीएको थर्कनाले भ्वाङ परिसक्यो न त गनि साध्य छन् यहाँ मुर्दाहरु न त गनि साध्य छन् यहाँ अपाङ्गहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : निरीह कैदी

~आचार्य प्रभा~ मायाको कठ्घरामा थुनियौ कि या त आकर्षणको नेलले बाँधियौ ? मैले त देख्न थालेँ तिमीलाई एउटा निरीह कैदी, जो मेरो आँखामा सदा कैद भयौ न त म तिमीलाई मायाको चोरीको अभियोगमा माफि दिन नै सक्छु, न त तिमीलाई … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : फेसबुकमा लाइकको ब्यापार

~बिजु सुवेदी “विजय”~ “हे भाइ ! कति फेसबुक खेलिराको ? ओहो तिमीले त लाइक कति ठोकिराको ? कि सबका सबलाई लाइक ठोक्छौ ?” “हैन ?” भन्ने छोटो उत्तर दियो उसले । (ऊ फेसबुकमै व्यस्त थियो कुरा गर्ने फुर्सद थिएन उसलाई … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : नेपाल देख्छु

~निरज भट्टराई ‘मनोरोगी’ ~ जहाँ देख्छु , जसो देख्छु म नेपाल देख्छु दुर दुर छन् हजार देश जहाँ बसेर म एउटै नेपाल देख्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : नानुको यादमा

~गणेश पुर्बछाने मगर~ खै कस्तो हो यो मेरो जीवनको कथा ? कहा बाट सुरु गरौ मेरो मनको ब्यथा? जहा कहिले हाँसो छ त कहिले रोदन अनी कही मिलन छ त संगै बिछोड

Posted in कविता | Tagged | Leave a comment

कविता : जिब्रो

~सरिता तिवारी~ उहिले थिएन यति लामो जिब्रो कसरी भयो यो यति लामो पातलो र तिखो ? छुराजस्तो ?

Posted in कविता | Tagged | Leave a comment

गीत : बाँचीदिएकै छु

~शशीकला थापा सुब्बा~ टुक्रा-टुक्रा जिन्दगी यो, बाँचीदिएकै छु. मन्द-मन्द निस्वास यो,साँचीदिएकै छु. सधैभरी बसन्त नै, कहाँ झुलिरहंछ. ऋतुसंगै जीवन यो, यहाँ डुलीरहन्छ. चाहनाको फूलहरु, झर्न नपाउदै.

Posted in नेपाली गीत | Tagged | Leave a comment

निबन्ध : ठगठाग युगाय नमः

~नन्दलाल आचार्य~ सखडेश्वरी भगवती माता ! म भगवती पुत्रीको भक्तिभाव स्विकार गर ! ० निवेदन गर्छु सभक्ति शिर झुकाउँछु । मनमा स्वार्थ छ, त्यसैले पाउ पर्छु जसो भन्छेऊ, त्यसै गर्न तत्पर छु । देवीका चरणमा सविनय नम्र निवेदन यो छ … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : किनभने उनी त खाँट्टी राष्ट्रवादी

~शिवराम सुलु~ मधेशी र थारुलाई आँप हो, झार्दा केही फरक पर्दैन भन्ने उनी जनजातिलाई बाँदर हौ, अधिकार नमाग भनी हपार्ने उनी, आदिवासीलाई हीनताबोध गराउने कटु बचनबोली हेप्ने उनी, तर पनि, जातीय विद्वेष फैलाउने, राष्ट्रिय एकतामा खलल पुर्‍याउने अरु नै हुन्छन् … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : जवान मन, अधबैँसे उमेर

~प्रकाश गिरी~ सिरकमुनि मुन्टो लुकाएरै फेसबुकको ‘न्युज फिड’मा दुई-तीन किलोमिटर मर्निङ्-वाक गरीसकेको थिँए, एउटा फ्रेन्ड रिक्योष्ट आयो – ‘स्वेता सिम्खडा’। मैले रिक्योष्ट एसेप्ट गर्नासाथ म्यासेज पठाँए – “ओई! के छ खबर? सञ्चै छ्यौँ?” “अँ यार! तिमिले त माया नै मार्यौ! … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मेरो देश

~बाबुराम पन्थी ‘गुल्मेली’~ सानै देखिए पनी मानचित्रमा प्रकृतिको छ यो धनी गर्वले फुल्दछ छाती यो मेरो नेपाली हुँ म भनी पुर्वमा बग्दछ मेची कल कल पश्चिम माहाकाली उत्तरमा गगन चुम्बी हिम शैल अनी दक्षिण उर्वर भूमी

Posted in कविता | Tagged | Leave a comment

कविता : शहिदज्यू हजुर पनि एक प्याग तान्ने कि ?

~अज्ञात कवी~ अधिकार ल्याउँछु भनी हिंडेका बा फर्कदै फर्केनन कहिल्यै आमा पनि हिँडिन खै कता अलिकती भएको श्रीसम्पती साहुले खोस्यो, किन कसरी पत्तै भएन । आईपुगे म पनि तिम्रै छिँडिमा अब म पनि तिमी जस्तै घाम खाँदै, झरी खाँदै दुई … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जित्नु छ साथी जिल्लाउनु छ साथी

~लक्ष्मी प्रसाद देवकोटा~ क. भूतकालका भूलहरु छन् ! शूलहरु छन् ! क्षेत्र खराब छ ! कष्टहरुको घुइँचो छ ! स्थितिमा थिचो र मिचो छ ! छाती ठोक ! तर, दम रोक ! ‘जित्नु छ’ यत्ति घोक ! तिम्रा मुखमा बादल … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : याे सहर माकुराकाे जालाे

~गाेकर्ण भट्ट~ ‘ल हेर्नु त मानिसहरु’ उनी भन्दै थिए, ‘तछाडमछाड छ, भागेका छन, दौडेका छन, कोहि सङ्ग फुर्सद छैन । कुरा गर्दा सबै बेरोजगार छन ।’ ‘यो शहर हो नि दाइ । शहर मा नभागेर कहा दौडिएलान र मान्छेहरु’ मैले … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : मोना

~राजेन्द्र ओझा ‘नयन’~ समयको यो कस्तो खेल, पहिले के थिएन मोना सँग ! क्षमता थियो, उल्लास थियो, सकारात्मक भाव थियो , र इर्ष्या पनि थियो । दु:ख थिएन उसँग तर त्यसलाई ग्रहण गर्ने, त्यसलाई अनुभव गर्ने र त्यसको भाव बुझ्ने, … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हिडे पछि

~बलराम तिमिल्सिना~ कहॉबाट मिल्छ मायॉ हेला गर्दै हिडे पछि हेर्न सुन्न लाज लाग्ने खेला गर्दै हिडे पछि घुर्क्याएर दंग्याएर खुट्टा भैंमा खटाएर पुरस्कार पाइदैन झेला गर्दै हिडे पछि

Posted in गजल | Tagged | Leave a comment

गजल : कहिल्यै नसोच्नु!

~श्रृजना क्षेत्री~ साचो प्रेम पैसा मा बिक्छ कहिल्यै नसोच्नु! झुटो माया जीवन्त टिक्छ कहिल्यै नसोच्नु! जिन्दगी मा हजार चोट भोगेको त्यो मान्छे क्षण भर मै हास्न सिक्छ कहिल्यै नसोच्नु!

Posted in गजल | Tagged | 1 Comment

कविता : नेपाल युवती

~ज्ञानशाली घिमिरे~ बसेर रुन्छिन डाँडाको माथी नेपाली युवती भिजाउछिन सधै बहाई आँसु पाखा र धरती गण्डकी कोशी कर्णाली संग संगै बहेर जाउकी स्वधित धर्ती टेकेर सधै पुकार गरौकी बसन्तलाई कुर्दा कुर्दै गृष्मले छाएछ प्रितिको फूल नफूर्ल्र्दै, पैरोले लगेछ

Posted in कविता | Tagged | Leave a comment

गजल : सधै एक्लो हुँदा मात्रै

~कर्मठ सुवेदी~ तिम्रो नै यादले भिज्छ आँखा सधै एक्लो हुँदा मात्रै आगो बल्छ मुटुमा तिमीलाई अरुले छुँदा मात्रै || हिजो आज तिम्रो नै तारिफ सुन्छु सबैको मुख बाट भड्किन्छ शान्त मन त्यसै, तिम्रो तारिफ सुन्दा मात्रै ||

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : रामायण र रामभक्तिपरक साहित्य लेखन परम्परा

~प्रा.डा. नारायणप्रसाद खनाल~ आचार्य भानुभक्तको द्विशतवाषिर्क सन्दर्भः १. पृष्ठभूमि जुन काव्यले भानुभक्त आचार्य (१८७१-१९२५) लाई भानुभक्त बनायो, यसको स्रोत संस्कृत साहित्यका आदिकवि वाल्मीकि र उपादिकवि पाराशर्य व्यासद्वारा रचित रामायणहरू नै हुन् । रामायणको महत्त्व र परम्परा सनातन नै रहेको बुझिन्छ … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : बालुवाको घर…

~अनुभव मञ्जरी~ बालुवाको घर बनाई मन भुलाई रहेँ तिम्रो साथ नपाउँदा नि माया गरी रहेँ यो मनले तिमीलाई नै खै किन रोजेको ? दुःख पीडा बिसाउनलाई न्यानो पोल्टा खोजेको !

Posted in कविता | Tagged | Leave a comment