Author Archives: Editor

गीत : मनको भित्ता

~शशीकला थापा सुब्बा~ मनको भित्ता छामी हेरें,घाम छेक्ने कुहिरो भेटे । जूनको छाती ताकि हेरें,त्याहा पनि पहिरो देखे।। रुखो हाँसो कती हाँसु ,खडेरीको बन जस्तो । कतै भार कतै भुवा ,बिधुवाको मन जस्तो ।। आफ्नो मन नापी हेरें,नभेटिने गहिरो भेटे … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : एक थोक

~रमेश क्षितिज~ त्यसो त धेरै चीजहरू छन् पृथ्वीमा यो घुमिरहने पर्यटकजस्तो र्सर्ूय- मृदु मुस्कानजस्तो उसको बिहान यी बूढा पर्वतहरू र तिनीहरूको शालीन गम्भीरता यी तरुनी खोलाहरू र तिनीहरूको मादक चञ्चलता उकाली र चौतारीहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : धन्य गणतन्त्र

~राजेन्द्र चिमौरिया~ धन्य गणतन्त्र… तिमि छौ र त मेरो सान र मान छ , तिम्रै कारण म राज नेता र सर्ब श्रेष्ठ भा’ छु , तिम्रै गीता गाउदै सत्ता र भत्ता पचाएको छु , धन्य गणतन्त्र ….

Posted in कविता | Tagged | Leave a comment

कविता : अलिखित पानाहरु

~निरज भट्टराई ‘मनोरोगी’ ~ अल्पबिराम कथाहरु भोगिएर लेख्या छैन उनको वियोग सधैभरी पालिएर भाक्या छैन समुन्द्रमा थोपा थोपा को कहाँ लेखिन्छ र कथा जिन्दगीको गोरेटोमा ठेश लाग्या भोगिएर लेख्या छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : पुस्ता अपभ्रंश र संस्कृति

~बालमुकुन्द कार्की~ आमाले भन्नुभो- सानो उमेर भएका छोरालाई बलि दिएको नदेखाऊ तर ऊ, बलि दिएको हेर्न आतुर छ असाध्यै उत्सुक छ बाबाले फूलपाती चढाएको बलि पर्सिएकोमा रमाएको छ पल्लाघरे काकाले खुकुरी बोकी ताक मिलाएको

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वतन्त्रताको खोजी

~खेम राई~ जिन्दगीका सुन्दर पलहरु तिम्रै पर्खाइमा वितिरहेछ तिम्रो आगमनको प्रतिक्षा कुरेर आज जिन्दगी त्यसै रोइरहेछ । तिमी भनेको यथार्थ हौ आजको वास्तविकता र आवश्यकता हौ अनि जीवनका सबै-सबै । रैपनि तिमीलाई पाउन तड्पिनु परेकोछ मनमनै विद्रोह

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो गाउँ

~कृष्णराज लावती लिम्बु~ अाजभोली विश्व बजारले खर्लप खाएछ , तिनपाने र तोङबाको ठाउँ रुसलान भोट्का र बियरले लिएछ । गुन्द्रुक सिन्की र किनेमाको अचार वाइवाइ साँदेकोले लिएछ । फाँदो सिलाम र फिलिङगेको अचारहरु अतीत भएछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : गिद्धको साम्राज्य

~नेत्रबहादुर कुँवर ‘अशोक’~ हरेक दिन गिद्ध बिसे नगर्चीको शरीर ठुङ्छ सम्झेर गिद्ध रेस्टुरेन्टको परिकार जिब्रो स्वाद लिन चाहन्छ र बनाउँछु भन्छ–सुली । गिद्ध धूर्त छ गिद्ध साँच्चै गिद्ध छ ऊ नगर्चीलाई सिनो घोषणा गर्न तल्लीन छ बरु बदलामा भनि दिन्छ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम पत्र

~लक्ष्मी प्रसाद देवकोटा~ क. तारीफका कति कुसुम फुलेथे, यात्राको उपवनमा । अरुले आँखा रमाए ! तिमी कुसुमका रुपसँगैमा, काँढा पनि भै मीठो मनमा ! पूरा दिलले अपनाएँ । अरुले पाए अरुझैँ तिमीकन, मैले अलौकिक देखेर आफू भनीकन अपनाएँ । ख. … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रोल्पाकी छोरी

~वैरागी जेठा~ रोल्पाकी छोरी क्रान्तिको बाटो हिँड्दा अक्रान्ति हुन सक्छ हरेक स्पातीमैदानहरूमा स्पाती मैदानका भेलहरू विरूद्ध एउटा भाइरस छिरेको हुन्छ वर्गसङ्घर्षको दुध चोर्न भुनभुन गर्दै घुमिरहेको हुन्छ सायद तिमीलाई थाहाछैन रोल्पाकी छोरी तिम्रो मार्चपासमा उभिएको भाइरसले

Posted in कविता | Tagged | Leave a comment

कविता : चिहान खनिदिनु छ

~पुष्प गोपाल श्रेष्ठ~ म झुप्रोमा जन्मेको मान्छे झुत्रो र झुम्रोले लपेटी यही धुलो माटोमा लुडीबुडी खेल्दै यही हावा पानीमा हुर्केको म मेरो त थलो नै हो यो । मिरमिरे बिहानमा उठ्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : मदन फेरी आउ

~रमाकान्त बास्तोला~ मदन फेरी आउ , ज्युदै छु भन्दै आउ देश र जनताको लागि आधी बन्दै आउ, कपूतको हातमा राज्य भो, शासन उनै गर्न थाले, शासन प्रति धावा बोल्दै ज़न्जीर तोड़दै आउ हे मदन फेरी आउ ,ज्युदै छु भन्दै आउ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कालो बादल

~अनिल बराल ‘गरीब चिराग अछुत’~ कालो बादल अझै फाटेको छोइन अध्यारो रात झै हटेको छोइन मेची काली जताजतै उस्तै मान्छेले मान्छेलाई देखिन्छ बेग्लै समानताको ढोका खोलेको छोइन कालो बादल बस्ति बस्तीहरुमा उर्लिरहेछ, भन्ने हरु भन्छन , संसारमा सानो र ठुलो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तपाइ भन्नु हुन्छ…

~श्यामकुमार बुढा~ तपाइ भन्नु हुन्छ, दिल खोलेर हाँस तर, हाम्रो त घर जलेर खरानी भएको छ यो शोकाकुल घडीमा म कसरी दिल खोलेर हाँस्न सक्छु ? तपाई भन्नुहुन्छ, आउ रमाइलो गरौं तर, हाम्रो त सपनाको दर्दनाक हत्या भएको छ यो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : टाढा जाॅदैछु

~शर्मिला श्रेष्ठ~ भो पुग्यो जस्तो छ टाढा जाॅदैछु बल्ल बुझी दुनियाॅ , ठक्कर खाॅदैछु । बर्षौ संघर्षको केही उपलब्धि छैन फल अझै आफ्नो योग्यता,काटामा नाप्दैछु ।

Posted in गजल | Tagged | Leave a comment

लेख : पाठ १ – स्वर, व्यञ्जन, मात्रा गणना र बहरबारे

~करूण थापा~ पाठ १ : स्वर, व्यञ्जन, मात्रा गणना र बहरबारे बहर के हो ? भनेर बुझ्नु अघि केही आधारभूत कुराहरु बुझ्नु जरुरी हुन्छ । संसारमा धेरै भाषाहरु छन् र सबैजसो भाषामा साहित्य लेखिएका पनि छन् । ती सबै भाषाका सबैभन्दा … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कविता : छिमेकी र कान्छो साहु

~झनक श्रेष्ठ ‘प्रज्वल’~ छिमेकीको नजर कणाली तिर कसैको नजर गुम्बा तिर देश जलाइन्छ हाम्रो घर भत्काइन्छ हाम्रो भूमि उजाड बनाइन्छ हाम्रो सामुदायिकता खलवल्याइन्छ हाम्रो छिमेकीको हेराइ हिमाल तिर परिश्चमाको हेराइ बाइबल घोकाउने तिर

Posted in कविता | Tagged | Leave a comment

कविता : यथार्थ

~लक्ष्मी माली~ श्याम स्वेत जीवन रंगीन सपनाहरु पलप्रतिपल आँखामा तृष्णाहरु भावनाका परिधिभित्र गुम्सिँदै ढाेंग र नाटकमा कति जिउने त्याग, तपस्या र बलिदान के को लागि, किन र कसको लागि

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : ऊ र म

~दिवाकर स्वप्नील~ उसको र मेरो सधैँ झगडा परिरहन्थ्यो । लाग्थ्यो हामी आजीवन शत्रु हौँ । तर पनि फेरी दुइ शत्रुको अस्तित्व जीवितै थियो । ऊ मलाइ सधैँ ब्यङ्ग्य गर्थ्यो र अगाडी नै बसेर पैसाको धाक लगाउँथ्यो।कहिलेकाँही त एकै लातमा खुत्रुकै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : पहिलो प्रेमको

~रुमन न्यौपाने ‘अमन्त’~ जब, सम्बधहरु उत्कर्षकमा उम्लन्छन् । भाबनाहरु गहिराई सम्म छुन्छन् । त्यती बेला, जमिनमा फीँजारीएका आकाशभरी समेटिएका एक अम्मल खुसिहरु समुन्द्र भरि तैरीएर चेतनाशुन्य भई समेटीन्छन् । आहा ! तिमीले गर्ने प्रेम यही हो ।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : आइज राँके आईजा

~उमेश राई~ आईज राँके आइजा यस्पालीचाहिँ लुतो हैन डल्लै नेता लैजा सुत्त छिर्नु मेचीबाट फुत्त जानु कालीबाट हुत्त आउँनु घरबाट लुत्त जानू पालीबाट लुतो हैन यस्पालीचाही भ्रष्ट नेता लैजा आईज राँके आईज आइज राँके आइजा

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : उमाको आत्महत्या

~ऋषिराज घिमिरे ~ सामान्य घरमा जन्मिएर हुर्किएकी हुन्छे उमा । ऊ एक सामान्य खानपिन र लुवाइखुवाइमा बाँच्दै आएकी छे । गाउँमा जब उसले एसएलसी पास गर्छे, उसलाई सहरमा पढ्न जान मन लाग्छ । सहर पढ्न जानका लागि बाआमासँग प्रस्ताव राख्छे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : झर्न मन छ

~बासुदेव बुढाथोकी ‘सागर’~ नेपालरूपी पवित्र धाम यहीँ झर्न मन छ; तिमीसित बाँची तिम्रै काखमा मर्न मन छ! अब पनि टाढा बस्न सकिन्न सान्नानी; वारि-पारि पार्ने खोली छिट्टै तर्न मन छ!

Posted in गजल | Tagged | Leave a comment

बाल कविता : हाँस र प्रकृति

~सुरज काफ्ले~ मेरो घरको छेउमा छ सानो पोखरी । भित्र कमल वरिपरि सुन्दर सुनखरी ।। बँगैचमा फूलहरु रमाइला फूल्छन् । लुकमारी खेलीखेली हाँसहरु डुल्छन् ।। टाटेपाटे हाँस खेल्छन् सेता हाँस पनि तिनै हाँस खेलाउँछु मज्जा लिन्छु अनि ।। दुईटा हाँसको … Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

कथा : झरी

~भौतिक मल्ल जंगली~ कहाँसम्म जाने होे ? हजुर क्षेत्रपाटी अनि हजुर नी ? अनामनगर हेर्नुसन गाडी नपाएर के गर्ने होला ? रातले अंगालो हालीसकको थियो । फाटफुट नगन्य मात्रामा निजी गाडीहरु चलिरहेका थिए । कोटेश्वरको चोक मसान घाट जस्तै सुनसान … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कविता : छिमेकी

~शुशिलचन्द्र लम्साल~ ऊ मेरो छिमेकी म उसको छिमेकी तर मेरो छिमेकी आजकल सुत्दैन क्यारे रातमा आवाज आइरहन्छ , आइरहन्छ मेरा नेत्रनयनले दुख पाईरहन्छ , पाईरहन्छ म सुन्दैछु ऊ आफुमा लुम्बिनी देख्न चाहन्छ इतिहास बदली लेख्न चाहन्छ तर उसले बुझेन तर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : झोला

~बिबश कु. सेजुवाल~ यो युद्ध को मेरो झोला अब काँ बिसाउने होला कसलाइ सोधी राख्ने होला यो झोला फेरि बोक्न सकियला कि नसकियला काँ लुकाएर राखु बन मा ? घरको गोठमा ? ओडार मा ? फेरि हराउने डर छ खोज्न … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जब आयो दक्षिणी हावाहुरी

~हस्तबहादुर के.सी.~ जब आयो दक्षिणी हावाहुरी भारत र अमेरिकातिरबाट पेरिस डाँडा हुदै बुद्धनगरसम्म पस्यो त्यो क्रान्तिकारी माओवादीको मूख्यालय भित्र ब्यूँझायो त्यसले त्यहाँ लुकेर बसेका अवसरवादीहरुलाई हल्लायो त्यस हावा हुरीले वैचारिक धरातल र सिद्धान्तको जग चल्यो क्रान्तिकारी माओवादीभित्र सिद्धान्तनिष्ठ र विनासर्तको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : हिमालपारिका दाजु

~डा. हेमनाथ घिमिरे~ ‘नमस्ते ! दाजु’ उहाँबाटै सिकेका यी दुई मीठा शब्दसंगै नाकको सामुन्ने जोडिएका मेरा दुबै हत्केला बिस्तारै छुट्टएर अनायासै खस्न थालेका आँसुका थोपाहरु पुछ्न पुगे । दाजुले नदेख्ने गरी आँसु त लुकाएँ, तर अनुहारमा देखापरेका भावनाहरु मेरो बुर्खाले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : थप उचाई जीवनको

~रश्मिला कवाङ~ एक दिन थियो जून आफ्नै थियो आफ्नै समय, आफ्नै महत्व बधाई तथा शुभकामनाका पुष्पहरु लाग्छ आफू हुनुको गर्व लागिरहेछ थियो सधैजस्तै साधारण नै नित्यकर्म उही, मान्छे उही, स्वभाव उही फरक छ त मात्र अनेक रुपरंगहरु बिशेष समयको महत्व … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : समुद्र

~कमन देवान~ सूर्यलाई निभाउने दम्भमा ब्रमाण्ड नै डुबाइदिने धक्कु दिएर समयकै विरुद्ध धावा बोल्छ अनि आफूलाई सर्वशक्तिमान ठान्छ ऊ तर बिर्सन्छ थोपा थोपा शीतहरुले बनेको भनेर आफू मात्रै महान् हुँ भन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : म हुँ भोलिको नयाँ नेपाल

~सागर कार्की~ “म हुँ भोलिको नयाँ नेपाल” तिमी देशलाई माया गर्छौ भने आउ मलाई पनि माया गर म भोलीको डाक्टर हुँ ईन्जिनियर, वकिल र व्यवस्थापक हुँ चाकडि र चाप्लुसी मिठो लाग्छ होईन ?

Posted in कविता | Tagged | 1 Comment