Author Archives: Editor

कथा : सुहागरात

~सौरभ कार्की~ ‘आश्रिया, ए आश्रिया!’ म अडिएँ। देखें- सडकपारि बसन्ता हात हल्लाइरहेकी थिई। त्यहीँ पर्खी। यही उसको संकेत थियोे सायद। कत्तिपछि भेट्दैछु म उसलाई, ६-७ वर्ष भइसक्यो क्यारे। ‘आम्मामा! कत्ति सारो मोटाएकी तँ!’ म फिस्स हाँसे। ऊ उस्तै थिई। पातली, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : छेपाराहरुको हातमा छ देश

~टीकाराम उदासी~ छेपाराहरुको कुनै मौलिक रङ हुँदैन छेपाराहरुको कुनै मौलिक संस्कृति हुँदैन छेपाराहरुको कुनै आदर्श र नैतिकता पनि हुँदैन छेपाराहरुको कुनै आस्था र विश्वास पनि हुँदैन छेपाराहरुको कुनै पहिचान र सिद्धान्त पनि हुँदैन छेपाराहरुको कुनै देश र सपना पनि हुँदैन … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो दोलखा

~गीताकृष्ण शर्मा “विनीत”~ कति मन दुखेको होला तिम्रो कति मुटु दुखेको होला तिम्रो सन्तानले एक्लै छोडे, मायामारे भनेर तिम्रा मनहरु त लालीगुराँस संगै तिम्रै मायालु काखमा फुलिरहेछन म भने विरहको सुस्केरा हाल्दै नियतिको पर्खालले घेरेको अभागी पुर्पुरो लिएर बाँच्नुकोको पीडामा

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्दै गरेका समाचारहरु

~मधु पण्डित क्षेत्री~ सायद खवर सिरहाको मात्र नबन्ला कठ्याग्रीएको सितलहरहरुको खवर यो मात्र पनि बन्ने छैन सप्तरीमा पराल ओढेर रात विताएको जस्तै खबर त ताप्लेजुङको पनि आउला वा दोलखा चरिकोटको समेत हेडलाईन बनेर आउला किनकी वर्ष वित्दा समेत त्रिपालको बास … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : ठिटो गयो विदेश

~नबराज खड्का~ गयो एउटा ठिटो विदेश कमायन धन के गरोस त विचारा ! हुन त विदेश जान थिएन उसलाई मन आफ्नै देशमा बसी उ बनन चाहान्थ्यो ईन्टरनेशनल डन, के गरोस त विचारा ! डन बन्नलाई चाहिन्छ गन, गन किन्नलाई चाहिन्छ … Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अमुर्त मानिस

~पौल भाट~ मैले सुर्य हेरे , तातो छ , रातो छ , रंग बदल्छ ! अझ नजिक हेरे , अजंग छ ,

Posted in कविता | Tagged | Leave a comment

गजल : रंग घोलि दिन्छन् उनी

~करूण थापा~ जिन्दगीमा थरिथरि रंग घोलि दिन्छन् उनी । एउटा ढोका बन्द गरे अर्को खोली दिन्छन् उनी । अमूल्य छ जिन्दगी यो त्यसै खेर फाल्नु हुन्न हजार जुनीपछि मात्र यस्तो चोली दिन्छन् उनी ।

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : अतितको सपना

~एच.बि. शेरचन~ उर्वशीले मन दुखाएर थुप्रै पत्र लेखिन् कुनै पत्रमा त आफू अरुको बन्नै नसक्ने पत्र पनि कोरेकी थिइन । लेखु त यो कथामा अड्दैन । यस्तै मनमा छचल्कीरहेका कुराहरु सोच्दै सानोतिनो काममा बिजि रही बेलुकीको खाना खाएर विस्तारामा पल्टिन्छु … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : यसपालि म दशै मनाउछु

~प्रदीप सुबेदी~ हाम्लो घर मा खसी कहिले ल्याउने बाबा ? ५ बर्षे छोराको प्रश्न ले म झसँग भए । पल्लो घरका भरत काकाले आँगन मा बाँधेको खसी देखेर पो सोधेको रहेछ । दसैं नजिकिदै थियो, गाँउमा प्रदेसी हरु फर्किरहेका थिए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अबोर्सन

~प्रमिशा केसी~ ” हेर् कान्छी, अलि दिन यताउता हुने नर्मल होला, तर अहिले डेढ महिना हुन लाईसक्यो । आज आइतबार, भोली सोमबार दिँउसोसम्म तेरो पिरियड्स भएन भने हामी हस्पिटल जान्छौँ । ए सरी ! हामी हैन, तँ । भोली बेलुका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भू. पू. नरेश नरोद्दम सिंहानुकलाइ चिठ्ठी

~दयाकृष्ण राई~ भूतपूर्व महाराज सिंहानुकज्यु, पोलपोटले खोसेको गद्दीमा फेरि आशिन भएर इतिहासमा नयाँ अध्याय आरम्भ गरि बक्सीयो । त्यहि गद्दीलाई स्वेच्छाले परित्याग गरेर फेरि अर्को किर्तिमान कायम गरि बक्सीयो ।। राजतन्त्रप्रति महाराजमा किन यत्रो वितृष्णा – यो त महाराजको दुरदर्शितानै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : परिणाम

~दिपक कुमार खड्का~ धेरै वर्ष अगाडीको कुरा हो । एकदिन भेडालाई बाघ बनेर जंगल घुम्ने ईच्छा लाग्यो र ऊ सो मुताविक एकदिन उसले बाघ जस्तै हुनका लागि चाहिने सम्पूर्ण सामानहरु उपलब्ध गरायो र ऊ दुरुस्तै बाघको रुप धारण गरी क्रमशः … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

Poem : The Wedding Of The Doll

~Dibya Giri~ Once I happened to see a doll in the cup-board The Old doll but very beautiful and attractive My daughter used to love it to a great extent She used play and enjoy with the doll She used … Continue reading →

Posted in Poem | Tagged | Leave a comment

गजल : कसले जात बनायो

~अनिल बराल ‘गरीब चिराग अछुत’~ मान्छे सबै एकै हुन्छ कसले जात बनायो दलित माथी किन यस्तो घात बनायो | कुन कानुनमा छ कसले लेख्यो दलित भनेर यहि समाजले दलितलाई बर्वाद बनायो |

Posted in गजल | Tagged | Leave a comment

कविता : म ऐना हेर्दिन

~जे.बी. शेर्पा ~ भन्दा भन्दै सुन्दा सुन्दै हेर्दा हेर्दै , मैले आफैंलाई पनि बुढो सम्झन थालें, अनुभव गर्न थालें ! मलाई याद छ पहिलो पटक जब जुंगा रेखी देखें ओँठमाथि दोश्रो पटक जब फुच्चेहरुले अंकल र दाइ भन्न थाले

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कथा : गैँडाल्याण्ड – जिन्दाबाद

~राजेश राई~ भर्खरै सकिएको गैँडा गणनाको सन्तोषप्रद नतिजा सुनेपछि हर्षित त्यो केटो खुशी अनि उत्तेजनाको भावमा आमालाई भन्दै थियो – एउटा कुरा त हामीले बिर्सिएछौँ नि। आमा – के कुरा ? केटो – गणकलाई हाम्रो आफ्नो पूरा थर र आफ्नै … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : चुके जस्तो लाग्यो

~दिपेन्द्र घिमिरे ‘तरङ्गी’~ तारहरू उदाउन चुके जस्तो लाग्यो जून छोडी कसैसँग झुके जस्तो लाग्यो जुन एक्लै एकान्तमा रूदै बसेको छ पीरै पीरले हिजो आज सुके जस्तो लाग्यो चम्किला त चम्किलै हुन् हैन कस्ले भन्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : दिलमाया

~श्यामल~ मेरो सपना खोसेर राखिएको छ थिम्पूको अँध्यारो जेलमा सर, म त्यसै फर्कनेछैनँ भुटान । म सम्झन्छु आफू रोएको बाल्यकाल तर जति म रोएँ मेरो सात क्लासको किताब च्यातिएको दिन रोएँ त्यही दिन म जति रोएँ रोइसकें जुन दिन पसे … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : तिम्रो जस्तो मुटु

~गोपाल योन्जन~ तिम्रो जस्तो मुटु मेरो पनि तिम्रो जस्तो माया मेरो पनि नबोलाउ मलाई निस्ठुरी भनी तिम्रो जस्तो बाधा मेरो पनि तिम्रो जस्तो… तिमीलाई अंगाली कता कता, भागी जाने धोको मेरो पनि तर पाउमा दस्तुरको, तिम्रो जस्तो कल्ली मेरो पनि … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : लाहुरेका दशैं

~दिनकर नेपाल~ भारतीय गोर्खाहरूको यसपालाको दशैंलाई युद्धको बादलले अँध्यारो बनाइदिएको छ। हामी सानो छँदा घरमा ५/६ महीना अघिदेखि नै ‘यसपालिको दशैंमा बुबा आउनुहुन्छ कि हुन्न?’ भन्ने छलफल चल्न थाल्थ्यो। बुबा भारतीय लाहुरे। अहिले जस्तो सञ्चार सजिलो थिएन। दुई/तीन महीनामा एउटा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : छाँयाको तागत

~निर्भीक रार्इ~ (तस्विरले भूतकाल जन्माउने) Photo विगतको चिनो भएको । Photo ले भूतकाललाई जतन गर्ने । Photo इतिहासको दसी भएको । Camera मा थुनी कागजमा सारिएको छाँया (Photo) को भूतकालमा पनि ठूलो महत्व हुने । Photo ले सम्झना र मायाको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : न्आत्तिनु कहिल्यै!

~धर्म सन्देश~ आपत् बिपत् आउछ जान्छ,न्आत्तिनु कहिल्यै! सुख भन्ने क्षणिक हुन्छ,नमात्तिनु कहिल्यै! उत्ताउलो त हुन्छन् सबै,बैंश छछल्किदा यस्तो बैंश सबको आउछ,नपात्तिनु कहिल्यै!

Posted in गजल | Tagged | Leave a comment

श्रीराम श्रेष्ठका भुकम्प २०७२ सम्बन्धी चौबिस हाइकु

~श्रीराम श्रेष्ठ~ बैशाख बाह्र दिउँसै कोलाहल ठूलो प्रलय । त्रिशूली नदी गर्भैबाट निस्कियो बज्र प्रहार । दह्रो भूकम्प भित्रैसम्म छिरेछ नसा चुँढाल्दै ।

Posted in हाइकु | Tagged | Leave a comment

नेवारी कविता : पलेस्वँ

~रश्मिला कवाङ `रश्मि`~ ना वगु न्हाँनँ मुंग नं पिनेया लकसता लयलय तायक हवइगु स्वँ न्हिल न्हिल वांवांथाय सद्भावया बास्ना होल स्वार्थ मरुगु पुखुचाय न्हयापुसे च्वंगु थगु म्हासिका बियो हवाय् च्वंनिमा छ ख पलेस्वँ जीवनया खुसी बः नपनपां चुइक वायच्वङामा जी … Continue reading →

Posted in नेवारी कविता | Tagged | Leave a comment

कविता : आशुको जिन्दगी

~योगेन्द्र गिरी ‘संघर्श’~ आशु मात्र कति बग्छ यो आखाबाट यो आखा केवल रुनको लागी मात्र पो हो कि ? हास्नु खोज्यो यो आखाबाट आशु मात्र आउछ कतै कहिँ मेरो भूल भएर पो हो कि? किन ?

Posted in कविता | Tagged | Leave a comment

कविता : आमालाई प्रश्नहरू 

~समा श्री~ आमा सानैमा तिमीले मेरा आँखामा सपना छर्दै फुल्याएथ्यौ त्यो आउँछ भनेर खै ! त्यो आयो र आमा ? त्यो आएको उही नै हो र आमा ? तिमीले भनेकी थियौ त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै कम्मरमा शीतजस्तै टल्कने हतियार … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : केटी पढेका हुन्छन्

~मनोज सुनुवार~ आजकलका केटी पढेका हुन्छन् पढेका केटी सडेका हुन्छन् देखीन्छन साना नजरमा तर उमेरमा भने बढेका हुन्छन्

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : गुजाराको कथा

~खगेन्द्र संग्रौला~ लेखनबाट चलेको मेरो गुजाराको अन्तरकथा निकै भयानक छरु। मेरो लेखकीय जीवनमा एउटा कष्टकर प्रश्न लखेटी–लखेटी ममाथि झ्म्टा मार्न आइरहन्छ― लेखेर गुजारा चल्या छ, प्रिय बन्धु? यो प्रश्नको अप्रीतिकर उत्तर हर्दम मेरो मथिङ्गलको अग्रभागमा हाजिर छ र प्रश्न सुन्यो … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

स्रष्टा परिचय : विद्वान् प्रगतिवादी समालोचक गोविन्ददेव भट्ट

~सन्त गाहा मगर~ हृदयघातबाट २५ असोज २०६८ मा काठमाडौंमा निधन भएका गोविन्ददेव भट्ट माक्र्सवादी दर्शनका गिनेचुनेका विद्वान् र नेपाली साहित्यमा प्रगतिवादी धारका स्वनामधन्य समालोचक थिए । केवलपुरे किसान, डोरबहादुर बिष्ट, जनकप्रसाद हुमागाईं, श्यामप्रसाद शर्मा, कुलमानसिं भण्डारी आदिसँग सधैँ निकट रहेका … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘आमाको स्मृतिमा’ बनेको ‘सत्यप्रेमी’को आँसुको दह छिचोल्दा….

~नन्दलाल आचार्य~ सुदूर पश्चिमाञ्चलको साहित्यको रथका एक सारथी रहँदै गीत, गजल र कविता रचनामा सक्रिय जुझारु स्रष्टा लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’का ‘हाम्रो कर्तव्य र गन्तव्य’ -खण्डकाव्य, २०६३), ‘चाँदनीको व्यथा’ -गजलसङ्ग्रह, २०६८) र ‘आमाको स्मृतिमा’ -शोककाव्य, २०६९) गरी तीन कृतिहरू प्रकाशित भएका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

गजल : डिङ्गो कैल्यै मर्दैन नि

~कमल प्रकाश पौडेल ~ झिङ्गे, माखे सरापले, डिङ्गो कैल्यै मर्दैन नि वकम्फुसे धाक दिई, मलाई पीर पर्दैन नि ।। अरू गन्नु परै जाओस्, आँफै मपाईं भन्ने रैछौ रातो पहरोमा गाई , यो दुनियामा चर्दैन नि ।।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : सौन्दर्य

~सुमन सौरभ~ भर्खर बनाइसकेको चित्र भित्तामा ठड्याएर दुवैजना मुग्ध हुँदै हेरिरहेका थिए। घण्टौंको शारीरिक थकान र मानसिक भोक बल्ल मेटिएको थियो। “तिम्रो मुहारमा जादूमयी सौम्यता छ मोनालिसा, मेरो कुची धन्य भयो।” “तिम्रो कुचीकला नै अद्वितीय छ भिन्सी।” निकैबेर पछि मोनालिसाले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment