Author Archives: Editor

कथा : कहिल्यै नपढिने कथा ‘मृत्युको’

~कस्तुप गैरे~ बेलुका जति नै अबेरसम्म बसे पनि बिहान पाँच बजे निद्राले छोडिहाल्छ। भर्खर वसन्त ऋतु सुरु हुँदै छ। यो ऋतुका बिहानी बेग्लै रंग र रौनक बोकेर आउँछन्। नित्यकर्म सकेर झ्यालबाट बाहिर आँखा डुलाउँछु। साकुराका बोटहरूले जताततै सेतो रंग भरिदिएका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कहाँ दुख्छ घाउ?

~रुपेश राई~ खुइssssय… थेत्… फरुवा फ्याकेर तीन नम्बरले भन्यो- ‘साला हजमले केश काटेजस्तो गाछको फेद तासेको छ, तासेको छ। चिटिक्क पार्… भन्छ। खैsss यो चप्रासी भनौदा पनि। आफू कलम काट्न जान्दैन। बाठे…।

Posted in कविता | Tagged | Leave a comment

कथा : चुरोट

~सविता सापकोटा~ हावामा मिसिएर उडिरहेको धुवाँ एकाएक बिलिन भयो । चियाको चुस्कीसँगै गफमा उडाइरहेको त्यो पल तर्सित भयो । हावाको बेगले परसम्म उडाएर लग्यो धुवाँ अनि मनभित्र बाकी रहे शङ्काहरु । धुवाँ नै त हो जीवन, देखेर के भो ? … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : माचिस र छेपारो

~प्रवीण खालिङ~ ऐना फुटे जस्तो चर्को जिन्दावादले बस्तीको निन्द्रा डिस्टर्ब भएपछि गॉंउले सिरानीमा राखेको माचिस छाम्छ। थाहा छ, आगोको बिउ जोगाउन कति साह्रो छ ? उ सतर्क छ विजय जुलुसको झरीमा

Posted in कविता | Tagged | 1 Comment

कथा : आमा

~सान्ता कार्की~ एउटा सानो गाउँमा जन्मिएकी चन्चल स्वाभाव र स्वच्छ मन अनि दयालु भावना थियो मेरो यसै गरि…. दिनदिन म बढ्दै गए म १६ वर्षको पुगेपछी आफन्ता बाट मेरो बिहेको कुरा आउन थाल्यो यसै क्रममा राम्रो घर परिवार बाट कुरा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चियाबारीमा इप्सिताहरु

~भिमा राई ‘तोलाछा’~ इप्सिताहरु सधैं कमान जान्छन् पत्ती तोड़्‌न कलम काट्न छुट्टीमा झिँझा दाउरा खोज्न जङ्गल पस्छन् एकाबिहानै गहुँ र मकैका सातु होप्च्याएर गत्तिलो भारी घॉंस ल्याइवरी गोठका धन्धा सिद्ध्याउँछन्। *** कुनै बेला इप्सिताहरु

Posted in कविता | Tagged | 1 Comment

कविता : कसैकसैलाई

~सागर कार्की~ आहाँ कति मिठो हुन्छ त्यो पल जब अविस्मरणीय हुनेछ त्यो भेट हेराहेर हुनेछ, दोहोरी चल्नेछ हृदयको निशब्द हुनेछ समय टु ईक्वाल्स् वान भयो भने मित्र, नआत्तिनु है ! त्यहि त हो नि प्रेमको आभाष ।।

Posted in कविता | Tagged | Leave a comment

गजल : बित्छ मेरो दशैँ तिहार

~नविन आचार्य ‘लेटांगे’~ टेलीफोनमै टिका थापी,बित्छ मेरो दशैँ तिहार सम्झना ले मुटु चापी , बित्छ मेरो दशैँ तिहार उनको यादले हृदयमा,सुनामी छाल चलाउँदा सिरानी मा व्यथा खापी,बित्छ मेरो दशैँ तिहार

Posted in गजल | Tagged | Leave a comment

कविता : हरियो सुन-१

~टिका ‘भाइ’~ चियाको गाछ, बिहानै खसेको कलिलो घाममा हेर्नुपर्छ हिउँ जस्तै टल्किने मुनामा कमाने बालाहरूको बैंसालु शरीरको तातो स्वाद ‘अटम फ्लेवर’ भएर सप्रिन्छ, मंगली यहीं बस्छ, उसको बैंस विदेशी जिब्रोमा मादक निकोटिन खस्छ। यसैलाई उनीहरू भन्छन् हरियो सुन।

Posted in कविता | Tagged | Leave a comment

गजल : शहरमा त जाली हुन्छन्

~दिपेन्द्र राई ‘अश्रुमाली’~ शहर भनी मख्ख नहौ, शहरमा त जाली हुन्छन् । हेर्दा राम्रो भए पनि, दयाको त खाली हुन्छन् ।। सुन्दर शान्त परिवार, देखे पनि महल भित्र । चुलोचौको भाडाकुडा,आफ्नो आफ्नो थाली हुन्छन् ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : त्यो मिथ्या लाग्यो

~रेवन्त भट्टराई~ तासको बग्गी मसंग रानी तुरुप त्यो मिथ्या लाग्यो मध्य निशा सामु गुफा कुरुप त्यो मिथ्या लाग्यो सयौं गोपिनी कृस्ण एक्लै कस्तो मिठो तिम्रो बोलि पचाएछि नि कृष्णलिला गुपचुप त्यो मिथ्या लाग्यो

Posted in गजल | Tagged | Leave a comment

संस्कार परिचय : नेवारको मोहनी

~बसन्त महर्जन~ नेवार समाजमा राम्रोसँग चथाः (गणेश चौथी) मनाउन सके मोहनी अर्थात् दशैं पनि रामै्र हुन्छ भन्ने मान्यता छ। असल टोलका नेवारहरु सबभन्दा कान्छो सदस्यको अगुवाइमा दशैं मनाउँछन्। यस्तै एक परिवारका सबभन्दा कान्छा बालक कुभिन्डाको बलि दिंदैछन्।मोहनी र दशैं एउटै … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कविता : गोष्ठी

~जगदीश घिमिरे~ ठूलो सहरको ठूलो घरको ठूलो मञ्चमा ठूला टाउका ठूलो गिदी ठूला कहलाइएका मान्छेका माझमा वाद हुनेछ विवाद हुनेछ प्रतिवाद हुनेछ भोलि त्यो अखवारमा छापिएपछि हामीले पैसा तिरेर पढ्ने छौँ हाम्रा पीरमर्काका कुराहरू हामीलाई समवेदनाहरू सहानुभूतिहरू सान्त्वनाहरू

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : मायावी देवता

~तुलसीहरि कोइराला~ विश्वभरका देवी–देवताका मूर्तिहरू आन्दोलनका नाममा फुटालिएका समाचार सुनिसकेपछि युद्धवीर धर्मशास्त्र अध्ययनमा लाग्यो। सालिक र मूर्तिहरूमाथि पनि किन यत्रो आक्रोश पोखिएको होला त? मनको कौतूहल मेट्न थुप्रै ग्रन्थ छिचोलेर निचोड निकाल्यो उसले– आखिर शक्ति भनेकै दुई खेमाको रहेछ– देवता … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : फर्केको खोला

~रामलाल जोशी~ सबैलाई विपक्षी बनाएर गई। भन्थे सबै, जाँदा कमला नाकै कटाएर गई। मलाई सम्झ्ना छ, गाउँलेहरूले छोइछिटो गर्न बाँकी राखेनन्। आइमाईहरूले थुथुमै बगाए उसको जिन्दगीलाई। छिमेकीहरूले छाक छोड्न लगाए उसको नाममा। भाइबन्धुहरू झ्न् के कम? खल्को हाल्न लगाए उसको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जायठ

~श्याम साह~ नगरपालिकाले पोखरीमा भवन निर्माण गर्ने निर्णय गरेको सुनेको दिन भोला महतोले छातीमा चक्कु रोपिए जस्तो अनुभव गरेको थियो। यसो होइन कि यो निर्णय कार्यकारी अधिकृतले एक्लै गरेको थियो। उसले सर्वदलीय मिटिङबाट यो निर्णय गराएको थियो। दोस्रो चौमासिकको अन्त्यमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म मोहडा मिलेको घडेरी हुँ

~रुद्र भुसाल~ ऊ आउँछ मोलमोलाई गर्छ अनि जान्छ अर्को आउँछ फेरि मोलमोलाई गर्छ जान्छ सधैँ मान्छेको घुइँचो लाग्ने गर्छ दिनहुँ यहाँ यसैगरी किनकि म मोहडा मिलेको घडेरी हुँ म बुर्बुरो अँध्यारोमा आँखा चिम्ली प्रभात खोज्ने मान्छे फेरि अर्को दिन अर्को … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दसैँको बहानामा भट्टी छिर्या–छिर्या छन्

~रबिन्द्र अधिकारी~ दसैँ आयो भन्छन् सबै सामान केही किन्या छैन जाउँ कहाँ किन्न फेरी पसले कोइ चिन्या छैन महङ्गिले आकाश छोयो छुन केइ सकिँदैन ऋण मागौँ कसरी पोहोर कै ऋण छिन्या छैन । तलब बढ्यो पच्चिस पर्सेन्ट महंगी त मनोमानी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बडा डन

~महेशविक्रम शाह~ एक पाँचतारे होटेलको जिमखाना । स्टिम सौनाको सानो र सानदार कक्ष, मानौ एक प्रेसर कुकर थियो जहाँ हामी दुबैजना आलु बनेर पसेका थियौं र उसिन्नका लागि ब्यग्रताका साथ कुरिरहेका थियौं ।तर, उसको मोबाइलको घण्टीले बारम्बार मेरो ध्यान भङ्ग … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बेपत्ता रीमा भुजेल

~मेघराज सापकोटा~ ‘राम्री छे तर जिब्रो कालो छ, होश गर्नू है‘, रमेशले ठट्टा गर्दै भनेका थिए । सधैं उनलाई लुकीलुकी हेर्ने म रमेशको कुराले निकै झस्केको थिएँ । खै, उहिलेका मान्छेहरुले युवतीको अङ्गअङ्गको बयान गरेको त सुनेको थिएँ । तर, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मेरो घाँटी सुक्छ बाबु

~निर्मला अवस्थी~ तिमीलाई तिर्खा लागे मेरो घाँटी सुक्छ बाबु तिमीलाई भोक लागे मेरो गाँस रुक्छ बाबु।। पढी गुनी ज्ञानी बनी फर्क आफ्नै देश संझी तिमी टाढा हुँदाखेरी मेरो मन दुख्छ बाबु।।

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : ज्याक्सन हाइट र महेशविक्रम

~नीरज लवोजु~ ‘छापामारको छोरो’ कथासङ्ग्रहले मदन पुरस्कार पाएपछि कथाकार महेशविक्रम शाहको साहित्यिक उचाइ अग्लियो। त्यो कृति प्रकाशित हुनुपूर्व उनका ‘अफ्रिकन अमिगो’, ‘सिपाहींकी श्रीमती’ प्रकाशित थिए। तर ‘छापामारको छोरो’ ले उनको ख्यातिमा व्यापकता थपियो। मदन पुरस्कारबाट पुरस्कृत भएपछि शाह नेपाली कथाको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

सेदोका : बहुजन

~शान्तिनारायण श्रेष्ठ~ हाम्रा नेताले बहुजन हिताय बहुजन सुखाय

Posted in सेदोका | Tagged , | Leave a comment

गजल : यसैगरी खोच्याएर

~मनु ब्राजाकी~ कहाँसम्म पुगिएला यसैगरी खोच्याएर छोट्ट्याउँनु पर्ला बाटो पुग्ने ठाउँ सच्याएर । आवारा झैं भएपछि डुलुवा यो मन बोकी आकाशलाई ओढेको छु धर्तीलाई ओछ्याएर ।

Posted in गजल | Tagged | Leave a comment

गीत : जिन्दगीको कल्पना बन्नु

~मीना पुमा राई~ तिमी मेरो जिन्दगीको कल्पना बन्नु हररात मेरो निदरीको सपना बन्नु मेरो खाली दिल भित्र प्रीत बनि फूलिदिनु माया बनि हरेक पल म भित्रै भुलिदिनु सधै हासो भर्न पाउँ तिम्रो अधरमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : कलमको चित्कार!

~राजेश बुढाथोकी~ क पुरी क बाट सुरु गर्दै विवेक संचार गर्ने नाममा विभिन्न रङमा मेरो मसि खसालिन्छ! ज्ञान् गुन बाड्ने, अनि ठूलो मान्छे बनाउने नाममा कोरा कागजमा दिनहु मलाई लतारिन्छ!

Posted in कविता | Tagged | Leave a comment

कविता : रङ्गमन्चमा प्रेम

~रुमन न्यौपाने ‘अमन्त’~ मेरो रित्तो रङ्गमन्चमा तिमी अर्को नयाँ पात्र । घरि यता घरी उता, असमन्जसमा टोलाएको म, तिम्रो सौन्र्दयको रसास्वादन गर्न, आतुर देखिएको छु ।

Posted in कविता | Tagged | Leave a comment

अशेष मल्लका दुई मुक्तकहरु

~अशेष मल्ल~ (एक) दु;ख बाँड्न मिल्दैन सुख पनि बाँड्न मिल्दैन दु;ख सुखमा अन्तर छ- यस्लाई यौटै बनाउन मिल्दैन !

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : दिल्लीका मच्छरहरु

~मातृका पोखरेल~ उद्वेलित आगोका लप्काहरुको चेतना बोकेर हामी बारम्बार बिद्रोहको एउटा जुलूश निकालिरहेका छौं तर प्रत्येक दिन मक्किएको सन्धीको ठूटोमा बास बसेर निरन्तर हाम्रो अभिमानलाई टोकिरहन्छन् दिल्लीका मच्छरहरु । *** एक भाँडो उज्यालो बोकेर

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : कविता पढ्दै थोराङला

~साम्ब ढकाल~ अन्नपूर्ण संरक्षण कोषको संरक्षण कविता यात्राले जुराइदिएको यात्राका रसिक कविहरू थिए । अजङ्गका चट्टाने पहाडको काखै-काख रेखिएको गोरेटोमा गोराहरूको दोहोरीलत्तो थियो । ढेस्सिएर हिँड्नुपर्ने । खोकिलामा हिमाली जडीबुटीको खुद्रापसल थाप्न र कलिला केटाकेटीलाई च्यापेर पढाउन बेँसी झरेका थिए, … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : प्रयास नगर

~कृष्ण पौड्याल~ बियोगमा पिंडा ब्याथा मल्ने प्रयास नगर। नुन चुक आलो घाउमा दल्ने प्रयास नगर॥ लक्ष्य बिहिन यात्राको गन्तव्य छैन यहाँ। अधुरो जिन्दगी हो चल्ने प्रयास नगर॥

Posted in गजल | Tagged | Leave a comment

बाल कविता : विद्यार्थी तिमी

~देवेन्द्र अर्याल ‘आँसु’~ फूलको शोभा फूलबारीमा, विद्यार्थीको पाठशालामा । ज्ञानको दिव्य ज्योति छर्ने, विद्यार्थी नै संसारमा । ठूलो मान्छे मात्र होइन,

Posted in बाल कविता | Tagged | Leave a comment