Author Archives: Editor

गीत : आधा मुटु लिएर नी मान्छे बांच्दो रै’छ

~योगेन पौडेल~ आधा मुटु लिएर नी मान्छे बांच्दो रै’छ उदास आँखा फिक्का हाँसो ओठ हाँस्दो रै’छ छातिभित्र गुम्सीएका पीर साट्नलाई उमँगमा रमाएका खुसी बाँड्नलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : बेसीशहरमा बरालिँदा

~किशोर दहाल~ मोहन वैद्य नेतृत्वको माओवादी र केही मधेसवादी तथा जनजाति केन्द्रित दलहरूले गरेको दुइदिनको बन्दले बेसीशहरमा नै रोकिनुपर्ने भयो । त्यसको सदुपयोग गर्न कतै घुम्न जाने कुरा भयो । पहिलो दिन बन्दको प्रभाव निकै परेको थियो । अन्तत: गाउँशहर … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : आफैसित

~प्रेमराजेश्वरी थापा~ मन, प्रेम प्यारको दुनियाँ छोडी अश्रु, निवेदन आज बिर्सी तँ ! युग युगदेखि मानवलाई आफ्नो डरको प्यार दिएर एक एक नरमा तैले कोमलताको झंकार दिएर, प्रेम स्नेहको सट्टा- “पौरष,” ‘साहस पाउनाको तेरो अभिलाष, मिथ्या पार्यो नरले ; ‘भय‘ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Before Making Decisions

~Suman Pokhrel~ Trans : Abhi Subedi In how many minds Should I go crazy? Whom should I ask? Should I continue to hop Like drops That jump up After water Flowing from spout Hits the ground, Or remain transfixed Like … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : गाउँ छोडेको प्रमाणपत्र

~लक्ष्मिकला राई ‘जुनकिरी’~ आँखा भरी दुई कोसे सपना अनि रहरको थुप्रो – आधुनिक कान्तिपुर को सुख भोग गर्ने जहाँ, मलिलो माटोमा फलेको घर गाडीले जन्माएको असंख्य धुवा, धुलोको सुगन्ध, सपनाले फुलेको फुलहरूको बगैंचा आकाशमा दौडेका बादलको कमि संगै पानीको अभाव … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : विवाह वस्तु होइन

~विश्वराज अधिकारी~ मैले प्रस्टगरी भनेको थिएँ, पहिलो भेटमा नै, कुनै कुरा लुकाएको थिइनँ । खुलस्त पारेको थिएँ– शर्मिला, म एक विवाहित पुरुष हुँ । मेरा सन्तानहरू पनि छन्, तर तिनीहरू मसँग बस्दैनन्, हामी एउटै शहरमा बसे तापनि । मैलै उनीहरूलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अमेरिकी रोपार्नी

~जीवराज बुढाथोकी~ यी नौली युवती, उपत्यकाको खेतमा रोपाइ गर्दै हिलोमा गडेका, ती सेता पिडुला पछि पछि सर्दै !!! उनी टुरिष्ट हुन् रे ! हालै अमेरिकाबाट आएकी आषाढ पन्ध्रको मेलामा, गाउँको खेत धाएकी !! जिन्सको छोटो कट्टु, अर्धाङ्ग पहिरनमा जमेकी

Posted in कविता | Tagged | Leave a comment

कविता : मौन, मात्र मौन, बिलकुल मौन

~मीनबहादुर विष्ट~ एउटा राष्ट्र थियो, ग्लोबमा मानचित्रमा एउटा सहर पनि थियो एउटा देवल थियो, चोकमा एउटा गिर्जाघर पनि थियो एउटा मस्जिद पनि थियो गीता थियो, बाइबल थियो, कुरान पनि थियो। विज्ञान थियो, संस्कृति थियो

Posted in कविता | Tagged | Leave a comment

गीत : पिरतीको डोरी

~कृष्ण वस्ती~ पिरतीको डोरी बरै काट्न नमिल्ने जे गरे’नि आफैंलाई ढाँट्न नमिल्ने । हेर्दा-हेर्दै चमेली त सेतै फुल्यौ नि तिम्रो-मेरो पुरानो त्यो याद भुल्यौ कि?

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सडकमा कविता

~रुमानी राई~ फूल नटिप्नु पटक्कै नटिप्नु फूल भर्खरै, जून अाेर्लेर फूलहरुमाथि फूलहरु कवितामा अनुवाद भएका छन् र,फूलको रङ्ग िटपेर कवि समय-क्यानभासमा कविताकाे पृष्ठभूमिभरी जीवन-रङ्ग पाेतिरहेछ…….

Posted in कविता | Tagged | Leave a comment

लेख : सूत्रकथाको परिचय र यसको अभिलक्षण

~कुमार काफ्ले~ कथा मानवजीवनसित सर्वाधिक सन्निकट रहेको वाङ्मयको प्राचीन र लोकप्रिय विधा हो।कथाका विभिन्न वर्गीकृत रुपमध्ये सूत्रकथा सबैभन्दा कनिष्ठ प्रविधाको रुपमा साहित्यकाशमा उपस्थित भएको पाइन्छ।सूत्रकथा शब्द नेपाली कथा साहित्यको सन्दर्भमा प्रयुक्त कथा विधाको एक प्रविधा हो।सूत्रकथामा कथाका आवश्यक तत्वहरू सूत्रात्मकरुपमा … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कथा : फिलिङ लभ ईन हस्पिटल

~केशव प्रसाद पाण्डे~ हजुरको छोराले ठिक गर्न नसकेको रोग ठिक गर्ने म छु नि अामा अब! उस्ले मेरो अाँखामा छड्के हेर्दै भनि । उस्ले किन यी सवमा मलाई कमजोर वनाएर ठट्यौली गरिरहिछे !बुझ्न सकिरहेको छुईन ।पहिलो भेटमा यति नजिक कुनै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रेम प्रस्ताव

~साधना लामिछाने~ तन्काएर ओठ मिलेको नमिलेको जस्तै भएनि देखाएर दन्ते लहर मोबाइलको डिजीटल क्यामेरा बाट खिच्छु म एउटा सेल्फी अनि टाँसिदीन्छु त्यो तस्बीरलाइ जुकरबर्गको भित्तामा

Posted in कविता | Tagged | Leave a comment

कथा : तिम्रो अमुल्य गिफ्ट ,हाम्रो भ्यालेन्टाइन

~ऋतु बराल~ हामी सबैलाई थाहा छ भ्यालेन्टाइन डे अङ्गेजी महिनाको फेर्बअरीमा पर्दछ । भ्यालेन्टाइन डे लाई हामी प्रेम दिवस वा प्रणय दिवस पनि भन्ने गछौँ । नेपालमा प्रेम दिवस पश्चिमी मुलुकबाट आएको पाइन्छ । विभिन्न अन्तराष्ट्रिय टिभी च्यानलहरुले गर्दा पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : १४ फेब्रुवरी

~प्रेमा शाह~ माया पोख्नलाई बहानानै चाहिन्छ र ? माया श्रीँगार्न पर्व नै चाहिन्छ र ? मुस्कान स्विकार्न , ढुकढुकी सीत लयबद्ध हुन  किन चाहिन्छ अनुमती ! मन, न ब्यारेक – न युद्धरत सिपाही न सिमाङ्कन छ यसको , न सङियता … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : ‘भ्यालेन्टाइन डे’ का गफ

~भूमि भण्डारी~ ‘गिफ्ट के दिन्छौं त मलाई ।’ ‘गिफ्ट? ल आँखा बन्द गर’-मैले भनें । ‘नाई, मलाई डर लाग्छ ?’-उनले आँखा बन्द गर्न अस्वीकार गरिन् तर गिफ्ट भने मागिरहिन् । म चाँही के गिफ्ट दिनेहोला भनेर सोचिरहेको थिएं । त्यतिखेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उहिलेको प्रेम

~रेखा पन्त~ डाँडैको घुमाउने चौतारी लहरे वर र पीपल चलिरहेको सिरसिर हावा । मृग नयनमा गाजल घना बादल सरी कालो कपाल लर्किएको लामो चुलठी

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रणय !

~सङ्गम घर्ती~ सनट्न्न अँध्यारोमा जूनकिरिको धिपिक्क मधुरो प्रकाश जो तिम्रा प्रेमपथमार्ग को निमित्त अनब्रत जलिरहयो दिप सरि अनि

Posted in कविता | Tagged | Leave a comment

कविता : ईतिहासले कोल्टे फेर्नेछ

~सिद्धीश्वरमान श्रेष्ठ~ आज हामी दसैं मनाउँदैछौं आज हामी तिहार मनाउदैछौं आज हामी इद मनाउदैछौं आज हामी छठ मनाउदैछौं आज हामी प्रशस्त चाडबाड मनाउँदैछौं तर

Posted in कविता | Tagged | Leave a comment

कथा : पत्रकार रेश्मा

~क्रान्ति पराजुली~ रातभर निन्द्राले साथ दिएन । निदाउन खोजे पनि मन र मष्तिष्कमा उडिरहेका विचारका वादलहरु रोकिने अवस्थामा थिएनन् । म त्यस्तो साथीको एकदमै आत्मिय साथी थिएँ जो सेक्सलाई शारीरिक आवश्यकता मात्र सम्झन्छे । मेरो विचारमा, सेक्स माया व्यक्त गर्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

डोटेली गजल : ढुङ्गाले हाण्या छाती

~श्रीजन श्री~ फूलले हाण्या ढुङ्गो रोयो ढुङ्गाले हाण्या छाती। छाती रोया जिन्दगीमाइ पड्या रैछ राती। स्यालब्वासा सँगसङै पस्या गीतु गौनु, कुकुर बिल्ला कब हुन्ना एकर्काका साथी?

Posted in डोट्याली गजल | Tagged | Leave a comment

नेवारी लोक कथा : जामन गुभाजु

~अज्ञात~ उहिल्यै परापुर्वकालमा काठमाडौं उपत्यकाको पाटन नगरीमा तन्त्रमन्त्रविद्यामा ठूलो सिद्धी प्राप्त गरेका एकजना गुभाजु थिए। एक पटक यस नगरीमा भारतबाट एकजना जादुगर आई आफ्नो एक जना चेला साथै लिई चटक देखाउन थालेछन्। ती जादुगरले अनेक चटक देखाई झुक्याउँदै त्यसलाई तन्त्रमन्त्रको नाम दिई यस … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

समीक्षा : मैले देखेका रुद्र खरेल

~गोविन्द भट्ट~ रुद्र खरेलसित पहिलो चिनजान २०२५ सालताक साहित्य सङ्गम आठराईको प्रस्ताव अनुसार साहित्य सेवा समिति, शनिश्चरे र नेपाली साहित्य परिषद् झापा जस्ता पूर्वी नेपालका तिन सक्रिय संस्थाहरूको संयुक्त प्रयासद्वारा शनिश्चरेमा आयोजित मेची स्तरीय साहित्य सम्मेलनमा भएको हो । पछि … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

नेवारी कविता : न्ह्युगु नेपाः (मुस्काएको नेपाल)

~विनय राजोपाध्याय~ सृष्टिया हे छगु उत्कृष्टम्ह प्राणी मनु, बुद्धिमान् म्ह प्राणी न्ह्याक्व हे न्ह्योने थ्यंसां अझं व सिवें न्ह्योने थ्यंकेमाःगु वैगु बानी पलाः छिनाःसां स्वाहाने गयासां पःखाः गयासां तिं तिं न्हुयासां तं तं गयाःसां ब्वायेँ ब्वायेँ जुयासां फःसा ब्वया ब्वयासां

Posted in नेवारी कविता | Tagged | Leave a comment

गजल : हिजो

~लीलाराज दाहाल~ जुठो बटुलेर खाएको हिजो वेदनाको त्यो गीत गाएको हिजो। समयको चक्र घुमिरहन्छ भन्छन् दु:खले बेस्सरी सताएको हिजो।

Posted in गजल | Tagged | Leave a comment

मैथिली कविता : मधेशी

~विनीत ठाकुर~ गाम–नगर में सोरसराबा सुनल गेल बड़ बेसी लोकतन्त्र में अपन अधिकार लऽकऽ रहत मधेशी जनसंख्या सँ जनसागर में जोरल छलांै हम सीधा

Posted in मैथिली कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : एक, दुई, तीन, चार, र पाँच

~विमल निभा~ एक, स्पर्श गर्छ दुई, फुसफुसाउँछ तीन, बात मार्छ चार, मुस्कुराउँछ र पाँच ? पाँच बरबराउँछ एक, विचार गर्छ दुई, काम गर्छ तीन, मद्दत गर्छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : चम्कँदै छन् यहाँ नक्कली लेखक

~निर्मोही व्यास~ चम्कँदै छन् यहाँ नक्कली लेखक लेख्छ ज्याला लिई ‘प्रेत’ले बे–धक चल्न खोज्छन् तिनै झन् बजारैभरि अब्बलै पर्न खोज्छन् हजारैभरि हुन्छ होटेलमा भव्य लोकार्पण खानको–पानको दिव्य आकर्षण

Posted in कविता | Tagged | Leave a comment

कथा : ‘पागल’ पाइलट

~अशोक सिलवाल~ फाट्टफुट्ट सेता बादलहरुसहितको नीलो आकाशमा छिनछिनमा प्लेनहरु उडिरहेका थिए । हामी एयरपोर्ट नजिकै पशुपतिको बनकालीमा थियौं । ‘अबको केही घन्टामा तिमी पनि प्लेनमा उड्दै छौ’, मैले माइकललाई भनें । ‘हो । म पेसेन्जरको रुपमा उड्दैछु’, उसले भन्यो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मलाई चाहिन्छ

~लवप्रसाद कुइँकेल~ मलाई अग्लिएको हिमाल चाहिन्छ मलाई ढाकिएको पहाड चाहिन्छ मलाई फैलिएको तराई चाहिन्छ मलाई चोइटिएको होइन मलाई सिङ्गो नेपाल चाहिन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भानुतिमी

~सेबन्त पोख्रेल~ भानु नाम गरी प्रसिद्ध कविमा, भाषा सरोष ले गरी , मान माथि पनि भक्त झन थपि दियौ, कहिलै नछूटने गरी | पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका काखमा, जन्म वि:सं १८७१ असार २९ मा तनहूँको रम्घामा |

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : वृद्ध जीवन

~गोविन्ददेव आचार्य~ छन्द : शिखरिणी जुँगा-दाह्री पाके शिर-वदन सेता हुनगए दुवै गोडा थाके दिनदिन निहत्थासरि भए गयो बढ्दै स्वाँस्वाँ लघु कथनमै रुद्ध छ गला हिँडे भागे टाढा मिलन-सुखका सुन्दर पला ।। बन्यो ढोकै टाढा कदम पर चाल्नै सकस छ तुना … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment