Author Archives: Editor

समीक्षा : ऐतिहासिक महत्त्वका युद्ध कथा

~मनप्रसाद सुब्बा~ यस क्षण म संवत् १९९२ (ई. १९३५)-को शारदा वर्ष २, सङ्ख्या २,३ र ४ हातमा लिएर बसेको छु। मूल प्रति होइन, फोटो कपी। नेपाली साहित्यको आधुनिक युगलाई उत्थित गर्ने काममा ऐतिहासिक महत्वको भूमिका खेल्ने साहित्यिक मासिक शारदा बल्ल … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : विपी र स्वतन्त्रता

~तिर्थराज अधिकारी~ छताछुल्ल छरिएका किरणलाई शब्दको गोरेटो हिँडाएर म पानाको कुनै खोरमा बन्द गर्न सक्दिनँ । गतिशील झर्नामा कति रंग र तरंगहरू छन् ? म तिनको परिभाषा गर्न सक्दिनँ ।

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : कवि पूर्ण वैद्य

~नीरज लवोजु~ कवि बासु शशीले पूर्णबहादुर वैद्यलाई पूर्ण वैद्य बनाइदिनुभयो। कुरा २०१४–१५ सालतिरको हो। नेपालभाषाको पनि राम्रो ज्ञान भएका कवि बासुकोमा ‘करेक्सन’ का लागि छोडिएको पूर्णबहादुर वैद्यको कविता शशी आफैले अनुवाद गरी बनारसबाट प्रकाशित हुने गरेको ‘उदय’ पत्रिकामा छाप्न दिनुभएछ … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : काम पाइएन डिग्री पास गरेर

~जीतु खड्का गाउँले~ लय : मलाई अमेरिका येइ , मलाई जापान पनि येइ आ होइ काम पाइएन डिग्री पास गरेर भोगटे बेच्छु तल्लो गाउँ झरेर चिन्ता छैन केही मलाई भोगटे नि यही मलाई कागती नै यही मलाई सुन्तला नै यही … Continue reading

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

गजल : शिकार फसाउन यहाँ !

~जीवराज बुढाथोकी~ नाका पर्खनु पर्छ, शिकार फसाउन यहाँ ! ठाँउमा पस्नु पर्छ, दुनिया कजाउन यहाँ !! मानब होस् या, पशुप्राणी सबैको दाउ यही, नाका भेट्टाए सहज्, सबै तहलाउन यहाँ !!

Posted in गजल | Tagged | Leave a comment

गजल : मन लाग्यो

~कृष्ण वस्ती~ मीठा-मीठा कुरा मलाई गर्नमन लाग्यो । तिम्रै लागि बाँच्न अनि मर्न मन लाग्यो ।। टोलाउँने अँधेरीमा तिम्रो नजर तान्न । टिल्पिलाउँदो तारा बनी झर्न मन लाग्यो ।।

Posted in गजल | Tagged | Leave a comment

कथा : ग्रिनकार्ड

~शिव प्रकाश~ उसलाई ऊ उजेली भन्थ्यो। उसको नाउँ फरक थियो, तर अर्थ मिल्दोजुल्दो थियो। कहिलेकाहीँ डल्लू भनेर जिक्याउँथ्यो। ङिच्च हाँस्थी। जोवन खाँदिएकी केटी। चौबीस–पच्चीसको काया। शरीरभरी यौवनका फूल फक्रक्क! हाँसो मीठो थियो। तर, एकाएक हराइ उजेली! अमेरिकामा हराइ। कुकुरसमेत नहराउने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : माया लाको हुँदै होइन

~निर्मला अवस्थी~ तिमीसंग मैले माया लाको हुँदै होइन चौतारीमा प्रेमको गीत गाको हुदै होइन।। नभएका झुट्टा कुरा फैलाउँछौ तिमी द्यौरालीमा भेट्न पनि आको हुँदै होइन।।

Posted in गजल | Tagged | Leave a comment

कविता :‘म’ म नै हूँ

~विमल नेपाल~ हरिभक्त कटुवाल हुन, रक्सी पिएको होईन देवकोटा हुन, चुरोट तानेको होईन आत्महत्या गरें भने पनि, भैरव अर्याल हुन नभन्नुहोला किनकि, ‘म’ म नै हूँ चोईटिए पनि आफैं चोईटिन्छु जोडिए पनि आफैं जोडिन्छु

Posted in कविता | Tagged | Leave a comment

गजल : यो आउँछ जान्छ

~गोविन्ददेव आचार्य~ भूकम्पको एउटा धक्का न हो दसैँ, यो आउँछ जान्छ कमजोर मन अनि टहराहरू बेसरी हल्लाउँछ जान्छ ।। पाँच बजेपछि कर्मचारी छोराको घूस बुहारी नै होली ऊ बेलुका कोठैमा भात खान्छ रात बिताउँछ जान्छ ।।

Posted in गजल | Tagged | Leave a comment

कथा : जीवनको मुस्कान

~सुमल कुमार गुरुङ~ सरलाले आधाजति सेतै फुलेका केशहरु पन्छाउँदै चश्मा नाकमाथि सार्दै इन्दुको फ्रेममा सजिएको तस्वीरलाई कपडाले पुछ्दै आफ्नो अतीतमा हराउन थालिन् । १९७६, फेब्रुवरी महिनाको पारिलो घाम, ससाना बादलका टुक्राहरु आकाश माथि-माथि कपासको भुवाजस्तै अचल देखिन्छ, मानौं, कुनै चित्रकारले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : हिरो

~ललिता ‘दोषी’~ बिहानको त्यस्तै आठजति बजेको हुँदो हो । आँगनमा उभिएर ढोकातिर हेर्दै गुप्तमायाले बोलाइन् – ‘ए , शोभा नानी ! शोभा नानी ! भित्र कोही छैन कि क्या हो ? ’ बाहिर निस्किएर सुकुल ओछ्याउदै शरद्ले भने –‘ ए … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : कथा कहाँ पुग्यो साथी ?

~ सुन्दर जोशी~ “दुइ ओटा कथाको प्लटमा एउटा मगज घुमे पछि के हुन्छ ?” मैले दिक्क लागेर भ्यानकुभरमा बस्ने मेरो पत्रकार साथीलाई टेक्स्ट गरेँ | “ल्यापटपको कि बोर्डमा हुनु पर्ने तिम्रा हातका औलाहरु निधार थिची रहेको हुनुपर्छ ” उताबाट जवाफ आयो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : दयाको मूल्य

~होवार्ड एटउड केली~ अनु : इश्वर देवकोटा एक बालक आफ्नो दैनिकी गुजारा गर्न र बिद्यालयका निम्ति खर्च जुटाउन घर घरमा समान बेच्दै हिड्ने काम गर्थे | सानो लगानीमा सामान किनेर दुखका साथ बेचेर हिड्नु पर्ने उनलाई खास नाफा हुदैन थियो … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : शुन्यता

~इश्वर देवकोटा~ अस्तित्व आफ्नै भुलेर हो कि यो ठुलो भीडमै हराए झैँ लाग्छ दिल भित्र आफै शुन्यता जाग्छ | कोलाहल धर्ति अस्थिर छ आकाश

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा जीवनी : साहित्यकार विजय मल्ल

~जयदेव भट्टराई~ दरबार हाइस्कुलमा कक्षा ७ मा पढ्दा तत्कालीन प्रभावशाली शिक्षक वासुदेव भट्टराईको चित्र कोर्दा झपारसँग प्रशंसित हुने विजय मल्ल ठूलै कलाकार हुनुपर्ने । भाष्बाण गर्दै, जेल सजायँ पाउँदै युवा अवस्था बिताउने विजय मल्ल ठूलै नेता हुनुपर्ने हो । नाटकको … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

कविता : एक हुल लामखुट्टेहरु !!

~रजिन पनेरु~ एक हुल लामखुट्टेहरु रातभर पर्दा भित्र र वाहिरबाट मलाई तर्साइरहन्छन के के हो के के मुर्दावादको नाराले लामखुट्टे मलाई धम्की दिरहन्छ म कान नथुनि न त बस्न सक्छु न त उठ्न नै …….!

Posted in कविता | Tagged | Leave a comment

कविता : सभाको भोलिपल्ट

~बिमल गुरुङ~ सभामा विशिष्ट अतिथिहरुका सुआगमन पस्चात माल्यार्पण गरिए तस्बीरमा । किला ठोकिएका मुखहरुबाट राष्ट्रीय गीत बजाइए

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : नेपाली साहित्यमा रमेश विकलको योगदान

~डा. खगेन्द्रप्रसाद लुइटेल~ १. परिचय चन्द्रशेखर शर्मा चालिसे र उनका तीनमध्ये माहिली श्रीमती छायादेवी चालिसेका जेठा सन्तानका रूपमा १९८५ साल कार्तिक भाइटीकाका दिन काठमाडौं जिल्लाको गोकर्ण आरुबारीमा जन्मिएका रामेश्वर शर्मा चालिसे नेपाली साहित्यमा रमेश विकलका नामले सुप्रसिद्ध छन् । डेढदुई … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : सलाम

~डा. विमला श्रेष्ठ~ सलाम बिदाको हात हल्लाउँदै वर्तमानसँगै सती गएको विवेकलाई सलाम । सलाम बुद्धको आँगनमा घाइते

Posted in कविता | Tagged | Leave a comment

गजल : सानो घरको कथा

~रेशमकुमार सुुनुवार~ सपनाको चिटिक्क सानो घरको कथा वताउँ पनि कसरी म यो डरको कथा सङ्घर्षको मैदानमा लडियो कति कति साँचेकै छु अनुभूति गर या मरको कथा

Posted in गजल | Tagged | Leave a comment

जेबी खत्रीका तीन छोकहरु

~जेबी खत्री~ कति धेरै दुःख गर्छन् पौरखीका हातहरू दुःखमा नै रमाउँछन् पौरखीका साथहरू ।

Posted in कविता | Tagged | Leave a comment

कविता : के भन्नु खै !

~प्रकाश प्रधान~ दूधकोसीको छेउमा बसेर नेपालको मानचित्र हेर्दै छु सुनकोसीको किनारमा बसेर आफ्नो भाग्यफल हेर्दै छु सप्तकोसीको आसपासमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु खरिद गर्छ मनुष्य !

~तुलसीराम पोखरेल ‘निर्दोषी’~ दाना छैन, पानी छैन कपास छैन, बास छैन तर, मनुष्य मृत्यु खरिद गर्छ ! सवारीसाधन सुविधा हो, यो शान–मान पनि हो

Posted in कविता | Tagged | Leave a comment

गजल : असार पन्ध्र

~मायामितु न्यौपाने~ वर्खाको संकेत दिन्छ असार पन्ध्रले । हलो, जुवा फारिस किन्छ असार पन्ध्रले । धान दिवस मनाउँदै, दही चिउरा खाँदा, दुख पीडा सबै भुल्छ , असार पन्ध्रले ।

Posted in गजल | Tagged | Leave a comment

गजल : नारेको हेर्न आऊ

~अमला अधिकारी~ मेरा बाले गोरू नारेको हेर्न आऊ आमाले बीउ उमारेको हेर्न आऊ कति मुस्किलले बनाउँछ चराले घर चुच्चोले झिँजा ओसारेको हेर्न आऊ

Posted in गजल | Tagged | Leave a comment

लेख : गजलको परिचय र संरचना, छोटो जानकारी

~ईश्वर दाहाल कविजी~ साहित्यका अरु विधा जस्तै गजल पनि परापूर्वकाल देखि नै चल्दै आएको विधा हो । गजलको उद्गम स्थल अरबलाई मानिन्छ । अरबी भाषामा ग को अर्थ वाणी, ज को अर्थ नारी र अल को अर्थ को वा सँग हुन्छ । गजल नामाकरण कसरी गरियो … Continue reading

Posted in लेख | Tagged | Leave a comment

गीत : कल्पनाको गगन

~बच्चु कैलाश~ [कल्पनाको गगन, मुस्कुराउने चन्द्र बनन….हो। कहिले होला त्यो दिन, जब होला मिठो मीलन।]…२ साउने झरी कुर्लीकुर्ली, भदौ पनि लाग्यो।…२ लाग्छ शरद, हट्छ झरी, किन्तु आँसु झरी भइरह्यो।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आउनेछ त्यो दिन

~कमल कुमार~ आउनेछ त्यो दिन जहाँ पड्किनेछन् ट्वीटहरु बहिराको नक्कल गर्नेका फुट्नेछन् कानका जालीहरु आउनेछ त्यो दिन जहाँ भित्ताभरि पोतिनेछन् अन्धाले पनि देख्न सक्ने

Posted in कविता | Tagged | Leave a comment

गजल : सहर था’ भो

~ज्ञानुवाकर पौडेल~ कस्तो रहेछ त सहर था’ भो मान्छे हुन् कि प्रस्तर था’ भो हाँस्ता पनि दुख्यो जब यो मन दिवा–स्वप्नको असर था’ भो

Posted in गजल | Tagged | Leave a comment

युद्ध कथा : एउटा भिन्नै सहिद !

~सरल सहयात्री पौडेल~ ए वुढि ! पानी लिएर आइज त, खुवै तिर्खा लाग्यो । दाउराको भारि वलेनीमा फालेर पिंढिको डिलमा ढाड टेकाउदै रामलाल ले चर्को श्वरमा वुढिलाइ आग्रह गरे । रामलाल उमेरले त्यस्तै पचास वर्ष देखि पचन्नको वीचका मान्छे हुन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एक रात

~विप्लव प्रतीक~ गरम महीनाको एक रात प्राण जान गाह्रो परेको बिरामीझै रात प्रातःको सँघारमा शनैःशनैः सर्दैछ। शहर, दिनभरि दौडिएर अहिले मुर्दासमान सुतिरहेको छ कुकुरहरुको सामूहिक गान थामिएको

Posted in कविता | Tagged | Leave a comment