Author Archives: Editor

पुस्तक समीक्षा : गाउँको ढुकढुकी छाम्ने जमर्को “मधुर मिलन”

~चन्द्र किशोर~ “मधुर मिलन” एउटा यस्तो कथा सङ्ग्रह हो, जसले गाउँको कथाको माध्यमबाट मध्य तराईको जीवनलाई अनावृत गर्ने चेष्टा गरेको छ । यो एउटा यस्तो कथा सँगालो हो, जसले गाउँको परिवेशलाई सहज तरिकाले पस्किदिएको छ । यसका कथाहरूमा डुबुल्की लगाउँदा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : बौलाहाको अन्तर्वार्ता

~होमर श्रेष्ठ~ पत्रकार: “कृपया, अब थोरै धैर्य गर्नुहोस् ! यो अन्तिम प्रश्न हो…झर्को नमानी बताइदिनुहोस्—तपाईं कुनचाहिँ ‘वादी’ हुनुहुन्छ ?” बौलाहा: “म कुनै पनि वादी होइन । म मादल घन्काउने संगीतज्ञ हुँ । सामान्यतः मलाई कुनै पनि वादीसँग वैरभाव छैन… मित्रभाव … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

उराँव लोककथा : सातो भयाँ

~सङ्कलन : संगीता उराँव~ खिरी खिरी मानी खिरी, तेल खोप्पा मेन इरी … एकादेशमा एउटा गाउँ थियो। त्यो गाउँमा सात भाइ बस्दथे। सातै भाइका श्रीमतीहरु थिए। सात जनाको परिवार पाल्न ठूलै जायजेथा चाहिन्थ्यो। जुन, उनीहरुसँग थिएन। उनीहरुले पैसा कमाउन व्यापार गर्ने … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

अनूदित निबन्ध : प्रयोगशालामा भिक्षु

~दलाई लामा~ अनुवाद : मुकेश लामा यो समय बिश्वभरि नै विनाशकारी समस्याहरुका रुपमा रीस, त्रास र घृणा जस्ता ध्वंसात्मक भावनाहरु बढ्दो रुपमा देखा पर्ने समय हो । दैनिक समाचारले यस्ता भावनाहरुका भयानक सम्झनाहरु दिने भएकाले हामीले उठाउनुपर्ने प्रश्न यो होः … Continue reading →

Posted in अनूदित निबन्ध | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “सिमानाको दीप” खण्डकाव्यको विश्लेषण

~गोविन्द प्रसाद आचार्य~ १. परिचय कवि गोकुल प्रसाद जोशीलाई प्रगतिवादी कविताबाट हटाउने हो भने सिङ्गो कविता यात्रा नुन बिनाको तरकारी हुन्छ । उनको खण्डकाव्य “सिमानाको दीप” (२०१५) यो झ्याउरे लयमा रचना गरिएको छ । यो खण्डकाव्य आख्यानमा आधारित छैन, कविको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : नेपालमा मातृभाषामा प्रगतिशील साहित्य

~रामबहादुर बुढा~ भाषाशास्त्रीहरूका अनुसार नेपालमा चार प्रकारका भाषा परिवारहरू छन्– १. भोट–बर्मेली (चिनियाँ–तिब्बती)– मगर, तामाङ, नेवार, गुरुङ, राई, लिम्बु, शेर्पा, चेपाङ, छन्त्याल, थामी, धिमाल, जिरेल, थकाली, सुनुुवार, ब्यासी, लेप्चा, राजी, पहरी, मेचे, हायु लगायत । २. भारोपेली– नेपाली, मैथिली, भोजपुरी, … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

गीत : मेरी सपना

~केशर देवकोटा~ केही भन्ने मन छ तिमीलाई मेरी सपना सम्बोधन गर्न कुनै एउटा शब्द देऊ मलाई । नशालु तिम्रो आँखाको हेराइ नै मेरो जीवन हुन्छ सुन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : महाभुकम्पको सम्झना

~ऋतिक यादव~ हे प्रकृति ! तिमी त पक्कै बहुत विलक्षण प्रतिभाको रहेछौं कहिले त आफ्नो मन्त्रमुग्ध कोमलताको ओझेलमा पार्छौ, त कहिले मायारुपी संसारलाई एक क्षणमै तहसनसह गर्छौ भुकम्पको स्वरमा मात्र आठ हजार नेपालीलाई मारीदीन्छौ

Posted in कविता | Tagged | Leave a comment

कविता : हजूर बा र म

~प्रविण अर्याल~ हजूर बा, समाई हजूर बाले मलाई त्यो पथ पढाउन मलाई प्रथम पल्ट, लायक बनाउन बोर्डिङ्गस्कुल तिर डोर्याउनु भएथ्यो म, हजूर बाको औला समाई समाई कापी र कलम,

Posted in कविता | Tagged | Leave a comment

Essay : The First Reader of Story

~Eagam Khaling~ The existence of story shows rationality of a human being. On this meaning, creativity presupposes human life as such. It is all about human life and everything that is related to human world. Sometimes, complexity of story may … Continue reading →

Posted in Essay | Tagged | Leave a comment

कविता : सार हामीले बुझौँ

~दीपक कुमार ज्ञवाली~ सृष्टिको प्रभातमा बज्यो टन् टन् गरी । घण्ट को सुमधुर ध्वनी ले प्रफुल्ल मनहरु । मानव हुन् मानवका मित्र अनि मानव बैरी । अपाङ्घ छन् पथमा लरखर गर्दै लरखराउँदै । सृष्टिमा भिन्नता किन मानव को यो गति … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सिरेटो

~जे. एन. दाहाल~ ए हजुर.. सुन्नुहोस् त ! विहानलाई रातभरीको छट्पटीले ऊ विन्ती गर्दै दु:ख पोख्छ “जाडोले कत्ती सताउन सकेको हो गुडिल्कीएका चिसा गोडाहरुमा कत्ती कमाउन कसेको हो मुटु ।”

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : बधशालाको सहिद

~रमेश भट्टराई ‘सहृदयी’~ एकजना एक्काइसौँ शताब्दीका सुटेकबुटेक मान्छेको मुखमा मासुको सानो टुक्रा अड्किएकाले, निकाल्नु परेकाले हस्पिटलमा जाँदा लाइनै बस्नु परेनछ । उनको कोट कालो थियो । ठूलो मान्छे सोचेर बेग्लै सम्मान भएको रहेछ, मान्छेको लामो भीडका बिचबाट १५० किलोको माला … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : इमानी र पैसा

~यकिना अगाध~ इमानी जहाँजहाँ पुग्थ्यो उसको खुबै प्रसंसा हुन्थ्यो । पैसा जहाँजहाँ पुग्थ्यो घृणा–द्धन्द फैलन्थ्यो । पैसालाई आफ्नो रुप देखेर साह्रे वाक्कदिक्क लाग्यो । एकदिन इमानी कहाँ गएर विन्ति बिसायो– इमानदारीज्यू, आज एकदिनको लागि मलाई हजुरको बस्त्र चाहियो । आफूले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : सफलता पाउनै गाह्रो

~रबिन राणा~ हारेको यो जिवनमा सफलता पाउनै गाह्रो मन परेको मान्छेको मन भित्र छाउनै गाह्रो थाहाँ छैन के हो माया कहाँ छ यो कुन ठाउँमा लाए पछी के हुनी हो तर पहिला लाउनै गाह्रो

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमी पानी बन्नु प्रिया

~अमृत सिङ थिङ~ म आगो हुँदा खेरि तिमी पानी बन्नु प्रिया अधेंरी रात पछिको बिहाँनी बन्नु प्रिया हामी दुइले टेक्ने जिन्दगीको पाइलामा एउटा कथा लेख्नु छ कहाँनी बन्नु प्रिया

Posted in गजल | Tagged | Leave a comment

कथा : एक सर्को चुरोट

~सविता सापकोटा~ सन्तान जन्मनु पूर्व नै अभिभावकका आँखामा सन्तानको भविष्यबारे सपनाहरु दौडिन थाल्छन्। जन्मेपछि त उनीहरु सबैलाई सुनाउँछन् आफ्ना सपनाहरु। आमा भन्छिन्– मेरी छोरीलाई डाक्टर बनाउने हो। बाबु भन्छन्– मेरी प्यारी नानूलाई इन्जिनिएर बनाउने। हरेक बाबुआमाले देख्ने यस्ता सपनाहरु मेरा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चुप लागेर बस

~मञ्जुल~ कहिलेकाहीँ चुप लागेर बस्न पनि सिक्नु पर्छ घण्टीले जस्तै काँडामाथिको शीतको थोपाले जस्तै पुसे-घाममा हाँसिरहेको

Posted in कविता | Tagged | Leave a comment

कविता : आस्थाका फूलहरू

~शारदा शर्मा~ सीमा नभत्काउनु त्यसभन्दा वारी मान्छेको बस्ती छ म तिमीलाई देवता भनेर पत्याइरहन चाहन्छु । नजिकबाट कमी कमजोरीले व्याप्त निर्वस्त्र

Posted in कविता | Tagged | Leave a comment

कविता : राजनीति गांधारी हुँदा को पीडा

~लक्ष्मण नेवटिया~ यता घोच्दा उता दुखनु पर्ने थियो उता घोच्दा यता दुख्नु पर्ने थियो तर घोर असहिष्णुताले खण्डित भएका छन आपसी एकताका आधार । बदलिंदो प्रवाहमा बग्नु पर्ने थियो फराकिलो भएर मनका फाँटहरुमा तर झन उल्टो संकिर्ण मानसिकताले सांघुरिएका छन … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी नहुँदा

~राजेन्द्र शलभ~ सूर्य आफ्नै रापले डढेर कतै खोलामा झर्यो । खोला बग्न छोडेर त्यहीँ बालुवामै सुक्न थाल्यो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पग्लेर पनि तिम्रो मुटुबाट

~नरेश शाक्य~ पग्लेर पनि तिम्रो मुटुबाट मात्र ग्लेसियर बहन्छ, जमेर तिम्रो मुटु हिमशिला बन्छ, दुवै स्थितिमा तिम्रो उपस्थिति— हाम्रा निम्ति कति निरङ्कुश र क्रूर विषाक्त र वेदनायुक्त छ ? तिम्रो कोखमा जीवनरस सिञ्चन हुने

Posted in कविता | Tagged | Leave a comment

गीत : आफैँसँग बिरानो म

~दिनेश अधिकारी~ आफैँसँग बिरानो म कहाँ रम्न जाऊँ ? जहिले पनि एक्लै हुन्छ मैले टेक्ने ठाउँ मौनता नै हार मेरो मौनता नै जित भीडमा म हिँडिरे’छु एक्लै आफूसित

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : तानसेन

~तीर्थ श्रेष्ठ~ अलिकता मनका उकालीहरू उक्लेर अलिकता मनका ओरालीहरू ओर्लेर तिमीलाई मायाले स्पर्श गर्न यसपटक म यहाँसम्म आइपुगेको छु, कतै बाँधिइसकेको मनलाई पनि फुक्का छोडेर । सल्लाका निर्दोषा हाँगाहरू भाँचेर उकाली उक्लँदा अलिकता मन पनि भाँच्चियो मनै त रहेछ –

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्राको आरम्भमा

~कणाद महर्षि~ पढ्न खोज्यो कि एउटा सराप आइलाग्ने इतिहास हेर्न खोज्यो कि अनेकौँ परिधिले छेक्ने बस्ती बुझ्न खोज्यो कि एउटा कुहिरो लाग्ने वर्तमान — कति अस्पष्ट । — कति अपराधी । — कति दुर्गन्धी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : उचाइ चुम्नु छ भने

~उदय निरौला~ तपाईं सगरमाथाको उचाइ चुम्ने तयारीमा हुनुहुन्छ भने त महाशय ! आङ्रिताहरुको सम्मान गर्नुहोस् काजी शेर्पाहरुसाग खेल्नुहोस् त्यति मात्र हैन जुन्को तावेईहरु पासाङ ल्हामुहरु अझ….अझ सबै देशवासीहरुसाग प्रेम गर्नुहोस् भर छैन टुप्पोमा नपुग्दै तपाईं गिर्न सक्नुहुन्छ

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : आऊ हामी अपराध गरौं

~कृष्णचन्द्रसिंह प्रधान~ बाँच्नु पनि पुरुषार्थ हो भन्नेहरूलाई देख्दा म अपराध बोध गर्न थाल्छु । साँच्चि बाँच्नु भनेको पाप भर्नलाई हो – कति गम्भीर प्रश्न । उत्तरका निम्ति आफ्नै अहम्सँग ठोकिन्छु र व्यग्र हुन्छु । म यसलाई मर्न नसक्नेहरूको हरुवा तर्क … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

पुस्तक समीक्षा : पेशल सरको ‘किस्ताको कम्प्युटर’ पठनीय बालकथा

~माधव ‘सयपत्री’~ सुनसरी जन्मथलो भई रामेछापलाई कर्मथलो बनाएर बसेका साहित्यकार पेशल आचार्य बालसाहित्यमा एउटा परिचित नाम हो । एउटा साधु तपस्यामा लीन भएझैँ पेशल पनि दुई दशकदेखि साहित्यमा तपस्यारत छन् । नेपाली साहित्य अध्ययनमा राम्रो दख्खल भएका उनी मोफसलीय साहित्यलाई … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : भोक

~प्रकाशमणि दहाल~ निकै लामो र निकै गरमागरम मिटिङ सकिएपछि उनी बेडरुममा पसे । बेडरुम पनि दुई भागमा बाँडिएको थियो । वास्तविक बेडरुमभन्दा पहिले सानो केबिन थियो जहाँ एउटा सानो दराज, दुईटा रकिङ सोफा, सानो टिटेबल र भित्तापट्टि सेमी खाट थिए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

समालोचना : लेखनाथ पौडेलको ऋतुविचार खण्डकाव्य

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ सन् १८८४ (वि. सं. १९४१) पौष शुक्ल पक्षएकादशीका दिन पं. दुर्गादत्त र बसुन्धरा देवीकाकोखबाट पश्चिम ३ नम्बर कास्की, पोखरामालेखनाथ पौड्यालको जन्म भएको हो। नेपालीसाहित्यमा ६ दशकसम्म आफ्नो योगदान दिएरसन् १९६५ (वि. सं. २०२२) बयास्सी वर्षको बृद्धउमेरमा आफ्नो इहलीला समाप्त गरे। पुरानैसंस्कारअनुसार प्रारम्भिक शिक्षा घरैमा लिएकालेखनाथले पन्ध्र वर्षको उमेरमा काठमाडौंरानीपोखरी तीनधारा संस्कृत छात्रावासमा भर्नाभई संस्कृतको अध्ययन गर्न थाले। 

Posted in समालोचना | Tagged | Leave a comment

संस्कार परिचय : लोकदेवता गणिनाथ गोविन्द जयन्ती

~अज्ञात~ नेपालको मधेस र राजधानी काठमाडौँका साथै उत्तरभारतका लाखौँ परिवारद्वारा कुल देवताको रूपमा मनाइने गणिनाथ गोविन्द पूजनोत्सव हरेक वर्ष कृष्णाष्टमी शनिबार वा त्यसपछिको प्रथम शनिबारको दिन भव्यताका साथ मनाइन्छ । मध्यकालीन भारतमा जब जादु, टुना र डाइनी जोगिनको प्रकोप निकै … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

नेवारी कविता : इनाप नेवाःया

~रिजु श्रेष्ठ~ धायेतला धाइगु नेवाः छवाः जुइबले नेवाःत हे स्ववाः धाइगु ‘भाषा म्वासा जाति म्वाइ’ नेवाः नं नेवाःयात हे लिफः स्वइ । हलिमय् बिस्कं म्हसीका नेवाःया अय्नं धात्थें झीसं म्हसिके मफु झीगु देय्यात ।

Posted in नेवारी कविता | Tagged | Leave a comment