Author Archives: Editor

कथाः बेग्लै म

~उषा शेरचन~ मेरो अप्रेसन सफल भयो । मैले नयाँ जीवन पाए । बाबा भने पुनः बैदेसिक रोजगारीमा फर्किनु भयो । तर आमा र म त छाया सरी सधैँ सँगै भयौँ । उहाँको खुसीको सिमा थिएन मैले पाएको नयाँ जीवनमा । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : मनका विषाणु

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ छन्द : उपजाति‌ बसी घरैमा म त लड्न सक्छु यो बाह्यको कोरन जित्न सक्छु । मभित्रकै कोरनले सतायो क्वारेनटाईन भए म बस्छु ।।१।। म सेनिटाईजर नै घसूँ कि । वा आइसोलेसनमा बसूँ कि ए वैद्य बा साबन … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : खालि हात गए

~नेकी धनेन्द्र~ लोभ गर्ने अनकनाए खालि हात गए ।। कोही आफैलाई खनाए खालि हात गए ।। कति आए बास बस्न यो बाटोम यात्री सुनकै दरबार बनाए खालि हात गए ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : दशरथको व्यथा

~पोषण पाण्डे~ तिमीले हान्यौ हात्ती ठानेर तर पर्‍यो ठहरै श्रवणकुमार प्यासले छटपटाउँदै, छटपटाउँदै उसका अन्धा बाबु र आमा एउटै चितामा जले त्यो चिताको लपलपाउँदो ज्वाला त्यो त्यस्तै थ्यो

Posted in कविता | Tagged | Leave a comment

कथा : क्रूर मौन

~राजव~ अब उसको दृष्टिको भविष्य राता पुलिसको हातमा छ  । यो वाक्य ‘ऊ कुन चीज हो ?’ शीर्षकको मेरो कथाको अन्तिम वाक्य थियो । राजधानीको एक प्रतिष्ठित त्रैमासिकमा निकै पहिले यो कथा छापिएको थियो । प्रतिक्रियामा पाठकहरूले प्रयोग गरेको शब्दमा भन्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : एक कप चिया

~क्याथरिन म्यान्स्फिल्ड~ अनुवाद :राजनारायण प्रधान रोजमरी साह्रै सुन्दरी त थिइनन् तर तिनी आकर्षक भने थिइन् । तिनी तरुनी नै थिइन् । तिनको अनुहार कान्तिमय थियो । तिनी आधुनिक लुगाहरु लगाउँथिन्, नयाँ–नयाँ साहित्यिक पुस्तकहरु पढ्थिन् । रोजमरीको विवाह भएको दुई वर्ष … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “नटुङ्गिएका कथा” का दृश्यहरु र थप कथाहरु

~डिल्लीराज आचार्य~ जलेका झुप्राहरु देखें ढलेका लासहरु देखें रुँदारुदै मैले रुकुमको कविता लेखें (कवि नदीराम के.सी. कलम अङ्क ३०) शैली मन प¥यो । त्यसैले मैले पनि द्धन्द्धकालमा यही शैलीलाई पछ्याउदै “जे देखें त्यही लेखें” शिर्षकमा कविता लेखेर दाङ्गमा सञ्चालित हुने … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

Translated Poem : Mother

~Govinda Giri Prerna~ Translated by Mahesh Paudyal Here’s a chilling instance of taming a daughter-in-law. A woman—ready to deliver any moment goes out to gather fodder fills her basket with utter difficulty gathers turfs, added to the burden inside the … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

अनूदित लामो कथा : नाक

~निकालाइ गोगल~ अनुवाद  : डा. बलराम अर्याल सेन्ट् पिटर्सबर्गमा मार्च् २५ मा एउटा अत्यन्त असाधारण र अचम्मको घटना घट्यो । भज्निसेन्स्कीइ एभिन्यूमा बस्ने एकजना हजाम इभान याकभ्लेभिछ् (उसको थर हराएको छ, र उसको साइनबोर्डमा पनि – जहाँ रहेको छ गालामा … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : त्यो रात पनि यस्तै थियो

~शंकर लामिछाने~ एउटा कालो ओढ्ने ओढे झैं यो मीठो रात बादलको घुम्टोमा लुकेको छ । चिसो-चिसो बतास आएर जिउलाई अँगालिरहेछ । एकतमासको सिरिङ्ग गर्छ मेरो शरीर । कसैले सुम्सुम्याए झैं प्यारले ! … … कसैले ? यो ‘कसैले’ भन्दा मेरो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लेख : सात्त्विक आहार

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ आहार भनेको सम्पूर्ण प्राणीहरूलाई जिउनका लागि नभइनहुने तŒव हो । आहारबाट नै प्राणीहरूले शक्ति वा कुनै पनि कार्य गर्ने क्षमता प्राप्त गर्दछन् । संसारमा विभिन्न प्राणीहरूका लागि विभिन्न प्रकारका आहार्य वस्तुको निर्माण भएको छ । एउटै वस्तु … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कविता : फूलहरु

~नेकी धनेन्द्र~ हिमालका फेदीहरुमा, पहाडका टुप्पामा तराइका फाँटहरुमा फुलेका फूलहरु एकै वर्णका हुदैनन् तर, भिरपाखामा फूलेका फूलहरु सजिलो ठाउँमा फूलेका फूलहरु जुनसुकै ठाउँमा फूलुन फूलहरु एउटै लक्ष बोकेर फूल्छन् तराइमा फूलेका फूलहरुले तराइको शोभा बढाइदिएका हुन्छन्

Posted in कविता | Tagged | Leave a comment

यौनकथा : पिशाचिनी

~माया ठकुरी~ आजभन्दा झन्डै चौवालीस पैँतालीस वर्षअघिको कुरो हो, त्यसबेला म एघार वर्षकी बालिका थिएँ। म आमाको गर्भमा छँदै मेरो बुबाको मृत्यु भएको कुरो मैले आमाको मुखबाट सुनेकी थिएँ। हाम्रो तीनओटा स-साना कोठा भएको एउटा घर थियो जसमा म, मेरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आकार बनाउनु पर्छ

~नेकी धनेन्द्र~ यो जिन्दगीको आकार बनाउनु पर्छ समय अनुसार बनाउनु पर्छ इच्छा आकांक्षा असिमित भएपनि

Posted in गजल | Tagged | Leave a comment

अनूदित कथा : मानिस केले बाँच्ने गर्छ ?

~लियो टोल्सटोय~ अनुवाद : प्रकाशकुमार शर्मा रूसको कुनै गाउँमा आफ्नो नाउँमा एकबित्ता पनि जग्गाजमिन नभएको सिमोन नाउँ गरेको एउटा गरीब सार्की बस्थ्यो । त्यसैले उसले आफ्नी श्रीमती र छोराछोरीहरू राख्नलाई एउटा किसानको छाप्रो भाडामा लिएको थियो र ज्यालादारीबाट पेट पाल्थ्यो … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : हाम्रो संघर्ष

~नेकी धनेन्द्र~ चट्टानहरु फोरेर उदाउँदैन घाम चिलगारी जस्तै माथी माथी आउँछ माथी माथी जान्छ यो घामले पनि संघर्ष गर्न पटक्कै सिकाएन !! बरु,

Posted in कविता | Tagged | Leave a comment

यौनकथा : विराग

~मोहनराज शर्मा~ यो कथा मिश्रीलाल र चिनीमायाको हो । त्यस बखत मिश्रीलाल झ्यालमा बसेर टाढाटाढासम्म पसारिएको बेवारिसे चौरमा आँखा दौडाउँदै थियो । चौरभरि निर्धक्क उम्रेका दूबाका टुप्पाटुप्पाले शीतका सग्लासग्ला थोपा उचालेका थिए । बिहानीको कलिलो घाममा पनि टलक्कै टल्केका तिनै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : भग्नकुण्ड र माछो

~विवश पोख्रेल~ उफ्‌ । फेरि अस्पताल । उही फोहर ओछ्यान, उही दुर्गधित कोठा । ऐया, आत्थाको आर्तनाद । कहिले मुक्ति पाइने हो यो सिलसिलाबाट । कृतिका ओछ्यानमाथि पल्टिएकी छे र सम्झिरहेकी छे आफ्नो जीवन, दुःख-सास्ती । सुस्त घुमिरहेछ उसको कष्टप्रद … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : यो कस्तो व्यथा हो

~इश्वरवल्लभ~ यो कस्तो व्यथा हो, लिएर मनमा हिँडिरहेछु हिँडिरहेछु यी भत्किरहेका पाइलालाई सोधेँ के भो भनेर, केही हैन भन्छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

यौनकथा : हेल्लुस

~डा. धुवचन्द्र गौतम~ चितुवा एक्कासी बुर्लुक्क उफ्रयो र केटीबाट उछिट्टिएर अलग्ग भयो । चितुवा स्वाँस्वाँ गरिरहेको थियो । केटी पनि । त्यो विज्ञापनको अथवा डिजिटल थिएन । केटी चितुवासित पहिले डराउँदिन थिई, तर उछिट्टिएर पर गएपछि उसमा एउटा भय र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथा लेख्न गाह्रो छ

~पारिजात~ एउटा फुच्चे धेरैबेर मेरो अघि बसेर गुलेली बनाउँने प्रयास गरिरहन्छ । अनि म झल्याँस्स संझन्छु-बर्ष७, पूर्णकैँ २२ उत्साहको एउटा कथा पढ्न बाँकीछ -मोहनराज शर्माको गुलेलीघर । हत्तपत्त पत्रिका निकालेर कथा पढ्न थाल्छु । यसै पनि नाउँ चलेको लेखक । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शुक्रराज शास्त्रीको चस्मा

~राजेन्द्र पराजुली~ अचानक खस्यो सहिद शुक्रराज शास्त्रीको चस्मा उनको सालिकबाट । चस्माहीन उनको आँखा अनौठो देखिन थाल्यो । नाकको डाँडीमा अडिएको चस्मा अकस्मात गायब हुँदा उनको नाक पनि असामान्य देखिएको थियो । उनको आँखा कहिले चिम्सा देखिन्थे त कहिले विस्फारित … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : शुभ-कामना

~नेकी धनेन्द्र~ यतिखेर सोचिरहेछु सौर्यले पृथ्वीलाई पृथ्वीले सौर्यलाई आज सम्म कति फन्का लगाए होलान् ? अनुमान बाहेक यसको उत्तर को सँग छ होला ? पृथ्वीले तिनसय पैंसट्ठी

Posted in कविता | Tagged | Leave a comment

कथाः रामेछापको श्रवणकुमार

~राजेन्द्र विमल~ म पुराणकालीन श्रवणकुमारको कथा होइन, आधुनिक सरबनको कथा भन्दै छु । हुन त पञ्चायतको मतदातासूचीमा यिनको नाउँ पनि श्रवणकुमार नै हो । श्रवणकुमार नं. १ को काल म भन्न सक्दिनँ, नं. २ को चाहिँ जन्मतिमि हो – २००७ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनि… ?

~भवानी भिक्षु~ हो, कथा भन्ने त म, तर तपाईँ सुन्ने, पढ्ने–कथाको मजा, स्वाद वा य यस्तै अरू जुनसुकै कुरा पनि पाउनेले अलि मलाई सहायता दिनुभो, कहानी भन्दा भन्दै थाकेको वा कतै रिक्त स्थानमा भन्न नसकिने अक्षमताले कथाप्रवाह थामिन जाला कि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पखिलासित त्यो एक दिन

~मिङ लिवाङ~ अक्टुबर महीनाको अन्ततिरको एउटा रमाइलो साँझ………ब्रह्यपुत्रको बगरमा स्थित ओपन एयर रेस्टुराँ अल्फ्रेस्कोको एउटा टेबुलमा मन्द मन्द वायुको मजा लिंदै ब्रह्यपुत्रको पारि क्षितिजमा डुब्दै गरेको घाम हेरिरहेको छु। गत दुई महीनादेखि प्रायः आफ्नो प्रत्येक एकान्त साँझ मैले यही रेस्टुराँमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमाको चिहान र वाइन पार्टी

~खेमराज पोखरेल~ ऊसँग मेरो यो परदेशको ठाउँमा गहिरो दोस्ती भएको छ। ऊ सबै आफ्नो मन खोतलखातल पार्छ मसँग। म पनि मेरा डायस्पोरिक पीडा ऊसँग सेयर गर्छु। हामी असाध्य मिल्ने साथी भएका छौँ। ऊ मलाइ परेको बेला सहयोग गर्छ। परदेशको ठाउँमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : क्रिसमसको उपहार

~ओ. हेनरी~ अनुवाद :राजनारायण प्रधान एक डलर र सतारी सेन्ट । त्यत्ति थियो । उसले यो पैसा एक-एक सेन्ट गर्दै बचाएकी थिई । चिजबिज किन्दा दोकानदारहरूसित मोलतोल गरेर यो पैसा बचाएकी थिई । डेलाले तीन पल्ट गनी । एक डलर … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : तिम्रा यादहरु

~बिनोद खड्का~ तिम्रा ती चन्चल चालहरु भित्र मैले आफैलाई हर्राईदिए तिम्रा मन्द मुस्कानहरु भित्र मैले आफैलाई बिर्सिदिए । तिम्रा ती टम्म अनारदानाहरु भित्र मैले एउटा चमक पाएँ मृगनयनी मदहोश तीर लाग्दा मैले आफैलाई घायल पाएँ ।

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : The Ugly Verse

~Bhupeen~ Translated from Nepali by Manu Manjil how does a parliament smell differently from the way a crematorium does? what difference really is there in the cold blood of a court of law and that of a butcher’s? just outside … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कथा: सरको डर

~प्रोल्लास सिन्धुलीय~ ‘चिनेनौ ? ऊ रवि क्या ।’उसले मलाई शीरदेखि पाउसम्म बडो गहिरोगरी हेर्‍यो । मानौँ, म कुनै आफन्त हुँ । अथवा, त्यो आत्मीय हुँ, जो वर्षौंअघि बिछोडिएको थियो । परिचय गराइदिनेले पनि उस्तै उत्साहका साथ हामी दुईको नाम सुनाएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : चिन्ता

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ छन्द : भुजङ्गप्रयात कतै छैन खाने कुराको र चिन्ता कतै हुन्छ धेरै र छान्ने छ चिन्ता कसैमा छ सम्पत् र कोही विपद्मा मिलेमा त हामी नि हट्ला कि चिन्ता ।।१।। कसैले त फुर्सद् नपाएर चिन्ता छ कोही … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment