Tag Archives: नेपाली कविता

कविता : भूमण्डलीकरण

~विनोद विक्रम के.सी.~ साँझ साँझतिर राम प्रसादको पुरानो घरमा आइ पुग्यो भूमण्डलीकरण त्यो भन्छन् नि अङ्ग्रेजीमा ‘ग्लोबलाइजेसन’ हो, आइ पुग्यो ‘ग्लोबलाइजेसन’ गोरो, अग्लो, निला आँखा भएका,

Posted in कविता | Tagged | 1 Comment

कविता : काचै कचिलाहरू

~इन्द्रकान्त शर्मा~ अर्कैको मौजामा साँढे चराउने चक्रवर्तीले रातीमा मस्तसँग निद्रा परोस् भनेर आफनै खोरियामा दिनभरि खर काट्न लागेँ’थे कोशी र गण्डकी बेच्ने मात्र होइनन् महाकालीमा धमिलिएकाहरू पनि गाउँघरमा देखिन छाडेँ’थे

Posted in कविता | Tagged | Leave a comment

कविता : मसंग निराश कुरा नगर

~बिमल गुरुङ~ मसंग निराश कुरा नगर सुन्न मलाई गाह्रो पर्छ यस्ता कुरा लाग्छ – मुटु खसखसाए जस्तो सुन्दा यस्ता कुरा । निराशालाई संधै मैले शत्रु मान्दै आएको छु निराशा प्रति म कठोर छु

Posted in कविता | Tagged | Leave a comment

कविता : म र मेरो छायाँ

~मञ्जुल~ यात्रामा म हुन्छु र मेरो छायाँ हुन्छ अरू त आउँछन्, जान्छन् मन पनि त्यस्तै हो

Posted in कविता | Tagged | Leave a comment

कविता : मन्दिर र घण्टाहरु

~मनु वि.क.~ मन्दिर तीमी त ठडिएका छौ वर्षौैं वर्षदेखि सजिएका छौ ध्वजा पतका र घण्टाहरुले पोतीएका छौ रङ र शृङ्गारहरुले तिम्रै पाखामा पोखिएका छन् अबिरहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : हल्ला बिकेको छ

~जीवन शर्मा~ आज बलात्कारीहरूले चमत्कार गरे अरे काठमाडौँमा तष्करीको लस्कर बढ्यो अरे पल्लोघरकी बोक्सीलाई रामधुलाइ गरे अरे सुत्केरीले बच्चा जन्मनासाथ खोलामा बगाई अरे कोही बच्चा मार्न सुई पनि लगाइदिए अरे हो आज हल्ला बिकेको छ सबै समाचारमा यही लेखेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : तातो हावा

~एम.वि. बुढा~ दक्षिणको तातो हावा बढ्दैछ आजभोलि बहँदैछ हानिएर उत्तरतिर पंख खोली तराईमा छिरीसकी भित्री मधेश चहार्दैछ जीव निर्जीव सबै कन एकै तालमा बढार्दैछ तराईका खम्बाहरु ढालिकन कराउँदैछ जाल रची बासिन्दालाई अचेत सरी गराउँदैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : अब फेरि नआउने गरी आऊ

~पदमबहादुर थापा~ एकसाथ सवैको खुशी र उमंग लिएर एक जुगमा एक पटक मात्र आउँछ भन्थे तिमीलाई दशक नबित्दै तिमी फेरि आयौ . एक पटक आएर

Posted in कविता | Tagged | Leave a comment

कविता : निलो वामपन्थ

~जुम्रीकाँडे शेशी~ उरोज प्रदर्शन गर्दै नितम्ब मर्काउँदै पश्चिमतिरबाट एउटी नृत्याङगना आइरहेकी छिन् डलरको मोहनी मन्त्र पढेकी “टु पिस” को छोटोमिठो बस्त्र पहिरेकी ए नेपालका राता मनुवा हो तिनको नृत्यलाई चियाएर नहेर

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम दिवस

~राहुल पुन~ सच्चा प्रेमको खुला आह्वान गरिरहेछु म आजको दिनमा नितान्त व्यक्तिगत प्रेम र स्वार्थभन्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : बालबालिका र शिक्षा

~हिमाल ओली~ चम्किला तारा बन्ने छौँ सारा अन्धकार हटाउन सिर्जनशीलताको जगेर्ना गरी सिर्जना फुलाउन उठौँ हमी सारा बालबालिका बुर्जुवा शिक्षा हटाउन बुर्जुवा शिक्षा खारेज गरी देश विकास बनाउन बालबालिका हामी नै हौँ इतिहास सजाउने कर्तव्य हाम्रो नै हो नेपाल आमालाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सामन्तको झ्यालखानामा

~कृष्णराज पौडेल ‘सञ्जाल’~ फुटशालादेखि बधशालासम्म जनता फसाउने शोषकका नया“ रूपहरू चोर औ“लाले कलमको निब समाउने बेलासम्म लथालिङ्ग हु“दैछन् यत्रतत्र सर्वत्र कति गाहो हुने झुटशालाको दोष पखाल्न भ्रमका राप पर्दाफास गर्न

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँच्न सिक नेपाली बनी

~निर्मल निशार~ जहाँनिया शासन विस्थापित गर्न छिमेक गुहार्थे राजा पनि प्रजातन्त्र बहाली गर्न उतै धाउथे नेता पनि । जात÷जाति, जनजाति उठाई

Posted in कविता | Tagged | Leave a comment

कविता : क्षितिजको रङ्ग 

~सुमन पोखरेल~ हरेक बिहानमाथि केहीबेर उभिएर, प्रत्येक साँझछेउ एकछिन अडिएर आफैँलाई बिर्सी पछ्याइरहेछन् मेरा नजरहरू, उज्यालोसगैँ बढारिरहेछन् मेरा परेलाहरू, क्षितिको अन्तिम किनारमा ठोक्किएर रङ्गिएको आकाशलाई । सोचिरहेछु;

Posted in कविता | Tagged | Leave a comment

कविता : पाठक

~विक्रम सुब्बा~ म पाठक आमा मेरी पहिलो पुस्तक मैले पढेको पहिलो पाठ आमाका झरिला आँखा जहाँबाट हरदम वर्षने करूणा मेरो कलेजो छेउछाउमा पञ्चामृतझैँ पसे र त मेरो छातीमा नेपालको माया ढलोट भयो लाग्छ, जसको छातिमा आमाले रोपेको मुलुक माया गर्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बर्लिनको पर्खाल

~विनय रावल~ ‘पर्खाल लगाएपछि धेरै कुरो बाहिर पर्छ’ र, सबैभन्दा ठूलो कुरो मान्छे— मान्छेको आँखाबाट ओझेल हुन्छ । पर्खाल लगाउनु भनेको नै मान्छेको अपमान गर्नु हो

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झनामा

~विष्णु विभु घिमिरे~ सम्झना मैनबत्तीजस्तो मन सम्झनामा बल्दाबल्दै सकिए हुन्थ्यो उफ ! यसरी बारम्बार नआए हुन्थ्यो यसरी घरिघरि नतड्पाए हुन्थ्यो । सम्झना चुहिने गाग्रीजस्तो मन बाटोमै तप्पतप्प चुहिएर रित्तो मन घर पुग्न पाए हुन्थ्यो यसरी घरिघरि झस्काउने झझल्को नआए हुन्थ्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता :ढुंगा र मानिस

~लक्ष्मण नेवटिया~ ढुंगा संधै हाम्रो साथी हामीलाई भर्र्याङ् बनेर पुर्याउँछ माथि माथि । ओछ्यान बन्यो भूंई बनेर छाया बन्यो छत बनेर सुरक्षा गर्यो पर्खाल बनेर।

Posted in कविता | Tagged | Leave a comment

कविता : मुक्त पीडा

~विमल वैद्य~ चराको पखेटा काटियो र, उसलाई उड्न भनियो मानिसको गोडा गिाडियो र, उसलाई हिँड्न भनियो एउटा विषम विडम्बना आकाशका ताराहरूको एक-एक ज्योति नियाल्दै गुलेली हानियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दुनियाँ

~ज्ञान बहादुर राई~ म मात्रै, मेरै हो, सबै मलाई, यस्तै सोचेर दुनियाँ अरु पनि छन् तीनलाई पनि हो, सम्झेका छन् खोई कहाँ ? माया हो यो जिन्दगी सबको, अजम्मरी छ त्यो कहाँ ? व्यर्थै हुन् जनका लोभ र लालच, बुझेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विसंगति

~प्रवीण राई जुमेली~ पालुवाहरु भएर उम्रिऊँ म उसको वसंतभरि त्यसरी उसले उच्चाएको हुनसक्छ इच्छाका हिमालहरुलाई कुक्कुका रागहरुमा अलापिऊँ म उसको पखेराभरि त्यसरी उसले रोपेकी हुनसक्छ रहरका बिरुवाहरुलाई तर जीवनको कालाहांडीमा नूनको डल्ला बोकेर

Posted in कविता | Tagged | Leave a comment

कविता : सञ्जीवनी बुट्टी

~दीपा राई पुन~ बत्तिको अन्तिम ज्वाला शरदका रंगिन पातहरू यी नै हुन मेरो जीवनलाई झकझकाएर बिउँझाइरहने सञ्जीवनी बुट्टीहरू निभ्दै गरेको शिखाको अनुरोध

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्युको खबर

~राकेश कार्की~ सर्सर्ती समाचार पढें आज राती कठै मरेछ बिचरा मेरो मिल्ने साथी साह्रै खल्लो लाग्यो शोक मनाएँ जानेको गिन्तीमा फेरी एक बढाएँ । कलेज पढुंन्जेल मित्रता गाढा रह्यो कमाउन परेछी बिस्तारै टाढा भयो

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो प्रेम

~ऋचा तिवारी शिवाकोटी~ सपनामा तिमीसँगको मिलनले भत्भती पोल्छ मेरो मुटुलाई विपनामा तिमीसँगको बिछोडले दनदनी जलाईरहन्छ मेरो आत्मालाई

Posted in कविता | Tagged | Leave a comment

कविता : दूरकी कवितालाई

~तिर्थराज अधिकारी~ १. कविता किन्नरी नौली गला रङ्ग रसाउँछिन् पात बजाउँदै बाजा छन्द बेग्लै पढाउँछिन् पोती मुहारमा माटो, माटो खेल्दै खुसाउँछिन् केलाएर यही माटो प्राणाधार जुटाउँछिन् । २. पर्दा आलस्यको फ्याँकी रात ढल्दा उदाउँछिन् झरी बादलका भित्र श्रमचित्र सजाउँछिन्

Posted in कविता | Tagged | Leave a comment

छोक : मेरो मौलिकता

~कृष्ण वस्ती~ पल्लो चोकमा मोटरले किचेर मान्छे मरेछ , पुलुक्क हेर्नेबाहेक रोकिने फुर्सद कसैलाई भएन । वल्लो चोकमा मोटरले किचेर कुकुर मरेछ ,

Posted in कविता | Tagged | Leave a comment

कविता : अनास्था पहाड़का गीतहरू

~विकास गोतामे~ एउटा नितान्त बुढो सूर्यले छितिजको चेपबाट आफ्ना बुड्योली पहेला हातहरू बिदामा हल्लाएपछि फगत यो पहाड़मा साँझ पर्छ | र त्यो मौन पल्टीरहेको पहाड़को टाउको मास्तिर यौटा ककाकुली सयों वृतहरू कोर्दै जान्छ अनि त्यो रातै उडिरहेको बादलको गर्भमा पानी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लाली लठ्ठ लोलियो

~बसन्त चौधरी~ यौवन छचल्किन्छ मन मेरो सल्किन्छ तिमीलाई बाहुपाश लिन जीवन ससल्किन्छ तिम्रो धारिलो मुस्कान मुटुमा पहिरो जान्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रीमतिको चिठी

~मालिकराम ‘वियोगी’~ मेरी श्रीमतिले मलाई चिठी लेखी तिम्रो गोठाला गर्ने वन-पाखामा तिम्रो खेताला जाने खेत-बारीमा सेना र प्रहरीले लाशको परेड खेल्ने गर्छ तिम्रो घाँस-दाउरा गर्ने जंगलमा तिम्रो खेल्ने-लुक्ने गुफा-ओडारमा गुरिल्ला र मिलिसियाले मृत्युको तालिम लिने गर्छ त्यसैले त आजभोलि लाश … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निलो सवारी रातोबत्ति र जीवनका झाँकीहरू

~नरेश सुनुवार~ स्नायुहरूले राग उचालेर तन्तुहरू सलबलिदा सनक रन्केर इडिपसग्रन्थि बौलाउँछ मुर्तिलाई पनि मान्छे देख्छ आँखाको भ्रमले होस गुमाउँछ दिमागले र, नाच्दछ जङ्गली नाच आगोको रापहरूमा निर्देशित बौलाहा झोलको फन्दाले नत्र कुण्ठितर् इच्छाका मातहरू अन्त कतै पोखिन्छ शक्ति बनेर/रोग बनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : म देख्छु मेरो देश

~उमेश सामिप्य कान्छा~ म देख्छु मेरो देश… एउटा खाडल बाट निस्केर… अर्को खाडलमा फस्दैछ… पहिले खाडल बाट निकाल्ने हरु… कोही थला परेका छन्…

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा देशको खोजमा

~जस योञ्जन ‘प्यासी’~ आफैबाट आफै निष्कासित भएपछि आफैबाट आफै निर्वासित भएपछि एउटा विशाल आकाशको खोजमा अझसम्म कोही–कसैले आविष्कार गर्न नपाएको देशको खोजमा निरुद्देश्य, निरुपाय भएर एक्लै भाग्दै–भाग्दै हिँड्दा निःसहाय, मृतप्रायः भएर एक्लै रुँदै–रुँदै हिँड्दा

Posted in कविता | Tagged | Leave a comment