Tag Archives: नेपाली कविता

कविता : लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र

~पारिजात~ १. जीवनसाथी ! धेरै-धेरै प्यार मलाई लाग्छ, यी स्वतन्त्र उड्ने मलेवाहरूका घाँटीमा एउटा हृदय उनेर पठाऊँ एउटा हृदय जडेर पठाऊँ एउटा प्रेमपत्र झुन्ड्याएर पठाऊँ एकपल्ट दोहोर्‍याऊँ शताब्दीअघिको प्रेमको भावुकता तर आजको सीमारेखा कुन स्वतन्त्र चराले उड्न पायो र ? … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : फुटेको ऐना

~कमल बाबुरो~ छन्द : अनुष्टुप फुटेको ऐनामा हेर ,दृश्य झिलमिलाउछ मारेका मान्छेमा हेर, देह मात्रै देखाउछ कुकृत्य गर्नु पापै हो ,शास्त्रैले गरे तैपनि मान्छेका मुखमा हेर , बात धेरै अटाउछ

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : बलात्कारी राज्य होसियार !

~जेविन सर्वहारा~ जब नागरिकताबाट देश हराउँछ, जब अदालतबाट न्याय कैद हुन्छ, जब सुरक्षा दिनेहरु स्वंम सुरक्षा माग्छन, लाग्छ निर्मलाहरुको बलात्कार व्यक्तिले गर्दैन । आमाहरुको विरुद्ध, महिलाहरूको विरुद्ध, निर्मलाहरुको विरुद्ध,

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा उद्दण्ड मनोवाद

~विवेक घिमिरे~ लगभग आधा उमेर जिन्दगीको खाई भ्याइसक्दै गर्दा आज एउटा उद्दण्ड मनोवाद ढ्याङ्ग्रो पिटेर होहल्ला गर्दै मन अनि मस्तिष्कमा बितण्डा मच्चाउँदै छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : माइत र घर

~लीला उदासी~ १. ऊ बनकी चरीजस्तै थिई भुर्र उडेर रूख–रूख चाहार्थी घरकी बहार थिई किशोरी बितेर युवती हुँदै थिई विचरी ! नारी पनि नबन्दै विवाहित भई र पतिका घरमा समाहित भई ।

Posted in कविता | Tagged | Leave a comment

कविता : उ कोरियाको माटोमा बिलायो

~सुब्बा डम्बर~ सगरमाथा जस्तो शीर तराइ जस्तो छाती हिम नदी जस्तो सागर भेट्ने रहर बोकेर जुन तारा टिपि लान आएको थियो उ कोरिया । किन यति चाडै उस्को शीर

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : नवपल्लवी

~रजिन पनेरु~ हिमाल टल्किरहेको बेला अर्धनग्न पहाड आफ्नो वय पोखिरहेको एक दृश्य देखेर डाँफेहरु, मुनालहरु ठूला–साना आकारमा मयुरहरु चियाइरहेका थिए पहाडलाई । ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अब म आफैँ लेख्छु मेरो सहरको कथा

~इश्वर देवकोटा~ अब म आफैँ लेख्छु मेरो सहरको कथा जहाँ, फाटेकै लुगाले भोको पेट ढाकिन्छ, पटुका कसेर पापी रात काटिन्छ निर्दोष हरु नर्कमा जाकिन्छ अपराधका नाइके कुर्चीमा डाकिन्छ……!! अब म आफैँ लेख्छु मेरो सहरको कथा

Posted in कविता | Tagged | Leave a comment

कविता : ब्रह्माको सय वर्ष

~तुलसीराम पोखरेल ‘निर्दोषी’~ नरुनु पैसालाई नधुनु पैसालाई एउटा माध्यम चाहिन्छ इन्द्रियको सत्ता छ मनसँग । घरको लालपूर्जा तपाईंसँग छ तपाईंको लालपूर्जा कोसँग छ ? खोला तपाईंको हो ? र

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगीको अर्थ

~महालक्ष्मी थापा~ मुस्किलको कुहिरोले आउंछन गोरेटाहरु कठिनाईको पनि । हेर्दा खेरी देखीदैन मार्ग अनि । मुस्किलको कुहिरोले ढाकिएको हुन्छ टाढै सम्म पनि । निराशाको बादलले छेापीदिएको

Posted in कविता | Tagged | Leave a comment

कविता : आँसु रुझेर : देवताहरू

~कृष्ण जोशी~ पानी भएर पानी पहिरो भएर भीर कामिरहेछन् लाग्छ पानी होइन, मृत्यु टेकिरहेछन् पहिरो टेकिरहेछन्— मान्छेहरूले उडिरहेछन् भोका चील–गिद्धहरू

Posted in कविता | Tagged | Leave a comment

कविता: म भित्रको आमा

~तारा कट्टेल~ आमा म तिमीलाई जन्माउन चाहन्छु मेरो कोखबाट मभित्र को “म” लाई आमा बनाउन चाहन्छु मलाई जन्माउदा जुन पिडा तिमीले भोगेउ तै पिडा म पनि पिउन चाहन्छु घटघट जसरी तिम्रो छातीको दुध पियेथे मैले मेरो ताते ताते गोडा मा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वर र मान्छे

~दिनेश अधिकारी~ मैले ईश्वरसँग सुन्दरता मागेँ उसले हिमाच्छादित पहाड र, तिनका छातीबाट चिप्लेटी खेल्दै बगेका अविरल झर्ना र खोला दियो ढकमक्क हरियाली फुलेको पाखा र, सिर्जनाको सारा स्रोत सुसाइरहेको सिङ्गै धर्ती दियो धर्तीसँगै रङ्गीचङ्गी फूल

Posted in कविता | Tagged | Leave a comment

कविता : लुलि लुलि पाइ य

~मोहन बन्जाडे~ वक्क नफुटेका स-साना नानीहरुलाई तिनकै हात समाएर अगाध मायाले खेल खेलमा लुलि लुलि पाई भन्दै उनकै गालामा -उनकै हातले हान्दा बच्चा किल्कारी छोडेर हाँसे झैं

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरै मन दोषी हो

~सरल सहयात्री पौडेल~ मलाइ आरोप छ मेरा मित्रहरुको तš किन सोलोडोलो वन्न थालिस ? तš मान्छे त्यसतो होइनस् तेरो मन किन भंगालिएको छ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : अपूर्णताको अन्त्यपछि

~चन्द्र रानाहँछा~ आकाश र क्षितिजबीचको संगमस्थल जस्तो हामीले त फगत भ्रम पो बाँचेछौं सग्लो लागेथ्यौं यतिन्जेल हामी त आधा–आधा पो रहेछौं। आधा रहेछन्–

Posted in कविता | Tagged | Leave a comment

कविता : कठै! मेरो मन

~विष्णु विभु घिमिरे~ तुलसा तिमीले एकदिन भन्यौ मन त हावा हो, सर मनको भर पर्नुहुँदैन यो त के के माग्छ- के के यसले मागेजति दिने हो भने … सबै सिमाना नाँघिन्छ गीता तिमीले एक दिन भन्यौ

Posted in कविता | Tagged | Leave a comment

कविता : लोन्लिनेस

~सुदीप पाखि्रन~ कोही कसरी रहन्छ ― एक्लै? ठडिंदै–ठडिंदै गएका छन् एकपछि अर्को गर्दै सिमेन्टेड मरुभूमिहरु शहरमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मुर्दाबादै मुर्दाबाद

~बिमल गुरुङ~ जे गर्नुछ अहिल्यै गर जति गर्नुछ अहिल्यै गर । भरे भरेतिर मुर्दाबाद, एकक्षणपछि मुर्दाबाद खाना खाएपछि मुर्दाबाद, भोलि मुर्दाबाद पर्सि/निकोर्सि मुर्दाबाद जाँच सकिएपछि मुर्दाबाद

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरी दुखें

~बाबुराम पन्थी~ चोट थिएन प्रिय, प्रहार कसरी भनु, म अनायासै दुखे, समीप कहाँ थिए र प्रिय, म स्वयं स्पर्षित थिए, तिमि गयौ तिम्रो नौका संगै, त्यो तलाउको किनार सम्म,

Posted in कविता | Tagged | Leave a comment

कविता : कठै मेरो देश

~ऋतिक यादव~ वीर गोर्खालीको साहसले परिचित देश शान्तीको दुत बुद्ध जन्माएको देश सर्वोच्च शिखर सगरमाथा भएको देश मन्दीरै मन्दिरले भरिएको सुन्दर देश

Posted in कविता | Tagged | Leave a comment

कविता : रहर

~राज अनुराग~ मलाइ पनि रहर थियो कोपिलालाइ फुल बनाउने, सप्तरङ्गी रङ्गहरुबाट रातो चुनेर तिम्रो सिउँदो सजाउने । मेरो दोष गुलाफसँग नजिक हुने तर सुगन्धमा रमाउन नजान्ने,

Posted in कविता | Tagged | Leave a comment

कविता : देउता !!!

~रबिन पुरि~ तिम्रो नाममा मैले फुलपाती चढाए ! तिम्रो लागि मैले धेरै प्राणीको हत्या गरे !! धेरै बोका र रागको बली चढाए ! कत्ती कोपिलाको मुन्टो निमठे !! तिम्रो उपनाममा देवी र देउरालीहरुमा ! शिला र तिम्राको मूर्ती बनाए !!

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश हरायो

~डा. माधवप्रसाद पोखरेल~ ‘तेरो जन्म कहाँ?’ भन्दा ‘धरान’ आइहाल्दछ, ‘तेरो जन्म कहाँ?’ भन्दा ‘नेपाल’ आइहाल्दछ । अनेक चोक्टामा मेरो देश टुक्र्याउने अरे ! झगडा गर्न जान्नेकै भागमा सिद्धिने अरे !

Posted in कविता | Tagged | Leave a comment

कविता : व्यस्त मान्छे

~प्रकाश सुनुवार ‘निराकार’~ फुर्सद लिएको लामो समय पछि पिडादायी निन्द्रा निदाएर विउंझिए पछि एउटा मान्छे अहिले अलिकति व्यस्त छ विगतका समयहरुमा पुरा गर्नपर्ने सवै कामहरु अबको बाँकि समयमा पुरा गर्न चाहेको छ प्राथमिकताको लामो सूचि तयार गरेको छ पुराना र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दैव सच्चा सृष्टि रचिदे

~बिपना ढुङ्गाना~ नदेखेका ध्रुवतारा प्रति विश्वास नै किन गरोस र ऊ? आखिर, जे भोग्नु नपरोस् भनेर चाहना गर्यो त्यही भोगाई बारम्बार भोग्नु परेपछि। समयले समेत मान्छेलाई हेर्ने दृष्टिमा परिवर्तन गरी दिँदोरहेछ यहाँ,

Posted in कविता | Tagged | Leave a comment

कविता : म बबुरो

~ज्ञानेन्द्र शाक्य~ चपल यो बाँदर किन सुस्ताएको आफ्नो स्वभाव उ थान्को लगाएको स्यंगुको डाँडामा शान्ति भएन कि धुँवा धुलोबाट दिक्क भएछ कि कंक्रीट जंगल शहर आवादी

Posted in कविता | Tagged | Leave a comment

कविता : हाँस्नै नपाउनु ?

~राजु दुलाल~ जब तपाईं सफाइपूर्वक वधशालामा तीन दिनसम्म भोकै राखी हेमोग्लोबिन मासुमा मिलाएर स्वादिलो पारी चौथो दिनमा जिउँदै उभिन्डो झुण्ड्याएर भकभक उम्लिँदो तातोपानी खन्याएर छाला उतारी अब काटकुट पारी बगरेद्वारा

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : सार्थकता

~कमल बाबुरो~ सृष्टिको शुभकार्यमा रत भई ब्रह्माजीले देह यो सर्जेको मुख माईकै गजबको मष्तिष्कने टेप हो टेलिफोन सरी छ कान जनका आँखा भए क्यामरा कम्प्यूटर मनका मशीन कर हुन खुट्टा भए कारका सारा बिश्व घुमेर प्राणिहरुमा दृष्टि लगाए पनि

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : गणतन्त्र बबुरो !!

~प्रेम ओली~ देशलाई हरण गर्दै, धरण गर्दै, मरण गर्दै जनताको खिल्ली उडाउदै अट्टाहास गर्दैछन रावणहरु बहादुरी छैन रामको जस्तो प्रजातन्त्र बबुरो ! लोकलाई ललकार्दै, जनतालाई कायल पार्दै हायल पार्दै, घायल पार्दै बिष वमन गराउदैछन कंशहरु चमत्कारी छैन कृष्ण जस्तो लोकतन्त्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हान् हान्, भ्रष्टचारीलाई झटारो हान्

~दीपेन्द्र अधिकारी~ हान् हान्, भ्रष्टचारीलाई झटारो हान् । मैदानमा भेटिए झन्डाले हान्, दोकानमा भेटिए अन्डाले हान्, सुनसानमा भेटिए डन्डाले हान्, देशको ईमान लुटेर बनाउँदै छन् भ्रष्टचारीले समाजलाई चिहान हान्न सक्यौं भ्रष्टाचारीलाई भने हुन्छ देशको लागी ठुलो बलिदान हान् हान्, भ्रष्टचारीलाई … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छन्द व्यङ्ग्य कविता : अाेली उवाच

~चिरञ्जीवी ढकाल~ अादरणीय रसिक प्रधानमन्त्री खड्गप्रसाद अाेलीद्वारा देशवासीका नाममा सम्बाेधन छन्द : उपजाति अाेली उवाच – कार्की र सार्कीहरु देशवासी ! बाेटे र भाेटे ! मछुवा र घाँसी ! कामी र धामी ! अनि लिम्बु राई च्यामे र पाेडे ! … Continue reading

Posted in कविता, छन्द कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment