Tag Archives: Yuddha Prasad Mishra

कविता : चाखण्डीको खोंच

~युद्धप्रसाद मिश्र~ लहलह पल्लव हरित लताको, छाया स्वर्गिक शीतल रुखको, कुञ्ज छ मन्दिर चिडियाहरुको, कलकल गान छ निर्मल जलको । १ गिरिको गहिरो-अन्तर-तट छ, जल यो छलबल छलबल चलछ, यो छलबलमा रुखको हरियो, छाया तिरिमिरि तिरिमिरि छरियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सही बाटो

~युद्धप्रसाद मिश्र~ संकीर्णताको परखाल नाघी यथार्थ वैज्ञानिक पन्थ लागी पीडितमा जागृति बत्ति बाल भगाइद्यौ भारतका दलाल प्रगति भो अब व्यापक जाज्वल परिसके प्रतिगामीहरू तल

Posted in कविता | Tagged | Leave a comment

कविता : मुठ-भेड

~युद्धप्रसाद मिश्र~ बलात्कारीमाथि आमा दिदी बैनी सारा संगीनले लालाबाला हुन्छन् चिरा-फारा चेतनाको उज्यालोमा जाग्यो र्सवहारा ब्यूँझीदै छन् अनगिन्ति धरतीका सारा उम्लिसक्यो हृदयमा प्रतिक्रिया चर्को बदलाको भावनामा जनताको लर्को संर्घषको मैदानमा नबलेका ज्योति शहरिया साहित्यको फुस्किसक्यो धोती

Posted in कविता | Tagged | Leave a comment

कविता : भित्रका श्री ढलेको

~युद्धप्रसाद मिश्र~ बुद्धीजीवी कहलाई महल महलका द्वारमा गै उठेका दर्वारी बन्न पाए जुनि सफल हुने भ्रष्ट गठ्मा जुटेका भित्री आँखा फुटेका अलिकति धनको पाइ हिस्सा लुटेका सम्झी माथी उठेको अहम बीच चढी तथ्यदेखि छुटेका गर्नाले नीच वृत्ति नियति अधम भै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : महोत्सव

~युद्धप्रसाद मिश्र~ अशान्तिको धरित्रिमा छ आज दन्केको चिता उखाडिनु छ दुर्दशा हुँदै प्रभुत्ववादिता मिटाउने गरीवका रगत् निचोरने प्रथा उदीयमान छन् हुँदै मनुष्यमा मनुष्यता

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्दा छिट्टै खोलिदेऊ

~युद्धप्रसाद मिश्र~ हे संकीर्ण विचारले हृदयमा जालो बुनेका जन सक्तैनौ अब यो विशाल दुनियाँ देखी त्यसै उम्कन रोएको जनजीवनीतिर नभै अन्यत्र धस्छौ घँडा छिः साहित्यिक बन्न आँट गरने तिम्रो कमलका ठुंडा

Posted in कविता | Tagged | Leave a comment

कविता : चेतनाको उद्भव

~युद्धप्रसाद मिश्र~ आकांक्षा लिई निम्न वर्गहरूको आत्मा दुखेको धुने आर्थिक संकटका अगाध दुखले पाउ अगाडि हुने स्वाभिमान बचाउने प्रण उठी राखी ठूलो हौसला झल्केको छ विकासशील मनमा उतिर्ण’ बन्ने कला चुत्था कांतर राक्षसि दमनका पाई ठूलो यातना ढाल्ने दुर्ग लिएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : न्याय नबोल्नू हो बेमानी

~युद्धप्रसाद मिश्र~ पुरुषको इज्जत फाली न्याय नबोल्नू हो बेमानी त्यस्तालाई दूर धकेल्दै बढ्दै जाऊ स्वाभिमानी न्याय नबोल्नू……….. घरको फोहर मैला फाल घोर विरोधी किल्ला ढाल व्यापक छौ तिमी विजय छ तिम्रो

Posted in कविता | Tagged | Leave a comment

कविता : मुश्लो बन्दै आयो

~युद्धप्रसाद मिश्र~ लूटपाटले बलात्कारले हत्याले हिम चुचुरो नाघ्यो सबै अवस्थाले चुसिएका हाडखोरको दुनियाँ जाग्यो संगीन खेल्दछ पीडितमाथि अथवा पीडित संगीनमाथि न्याय उचाल्न जग लाग्यो ताँती

Posted in कविता | Tagged | Leave a comment

कविता : दुश्मनहरुको लाश निकाल

~युद्धप्रसाद मिश्र~ भ्रष्ट प्रशासन व्याप्त अशान्ति क्षुब्ध लोकमत उन्मुख क्रान्ति पोथी पत्रे दण्डित दण्डित महल अटारी खण्डित खण्डित तरुण रगतले आँखा हे-यो

Posted in कविता | Tagged | Leave a comment

कविता : गुहार गुहार

~युद्धप्रसाद मिश्र~ लाशमाथि लाश भयो डढाउँदा गाउँ धरतीमा कतै छैन हाम्रो बस्ने ठाउँ स्त्री जातिका गुप्तांगमा संगीनका घोचा बदलाको भावनामा छौं कि हामी होचा ?

Posted in कविता | Tagged | Leave a comment

कविता : मिर्मिरे भो उज्यालो

~युद्धप्रसाद मिश्र~ आयो क्रान्ति जनहृदयको पूर्ण दैलो उघारी पर्ने भो यो धरतितलमा वर्गसंघर्ष भारी लागेका छन् द्रूत कदम भै एकतातर्फसारा जागेका छन् सजग युगका जोशिला र्सवहारा ब्युँझेका छन् असह हुन् गै भित्रका दर्द ताता उम्लेका छन् रगत मनका आहुति बन्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जनघोष

~युद्धप्रसाद मिश्र~ हाम्ले आज अमानवी दमन यो बिर्सेर के पाउने बाँचेको छ परम्परा रगतको सट्टा रगत नै लिने खाई घातक मार दुर्दमनका पीडा सहन्नौं अब खप्नुसम्म खप्यौं दुरापद ठूला हेरी रहन्नौं अब आगो आज उठी सक्यो झुपडीमा बन्दै गई उन्मना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बहुमतको आवाज

~युद्धप्रसाद मिश्र~ हाम्रा यी खेतबारी श्रम सलिल बगी हातले जोतिएका केवल हामी डटेका सक्रिय कृषका प्यारले पोतिएका हरबेलामा यसैको वरिपरि घुमने वीर हामी सिपाही गर्छन् हाम्रा तँ जस्ता अथकित पहरा चोरको त्राही त्राही

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : इस्कुल जान्छु टम् टम् टम्

~युद्धप्रसाद मिश्र~ उठ्छु, पढ्छु कपडा फेर्छु सफा सुघर भई ऐना हेर्छु टफिनसाथको झोला भिर्छु स्कुल जान्छु टम् टम् टम् थोरै खोल्छु, धेरै पढ्छु पाठ नबिर्सि अघि अघि बढ्छु नभइ छाड्दिन म पनि फस्ट कोभन्दा को छ र कम

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : विद्यार्थी बिरालो

~युद्धप्रसाद मिश्र~ फलफूल चाहिँ नमिठो मान्छु मासु पाए खुसीसित खान्छु दही दूधको सौखिन भारी म हुँ बिरालो मुसा सिकारी छैन कसैसित झगडा मेरो

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : बलिदान उठ्यो

~युद्धप्रसाद मिश्र~ रक्तक्रान्तिको ज्वालामुखिमा आज उठेको यो बलिदान श्री नढलेका युवा युवतीको हृदय हृदयको स्वाभिमान आज उठेको………… सानो एक झिल्कोबाट बढ्दै जान्छौं लाख जवान न्याय बचाउन देश उचाल्छौं गर्दै जान्छौ अर्पण प्राण आज उठेको………..

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : घाम पानी घाम पानी

~युद्धप्रसाद मिश्र~ घाम-पानी घाम-पानी स्यालको बिहे कुकुर जन्ती बिरालो बाहुन झिलिमिली झिलिमिली बिजुली चम्क्यो बादल गज्र्यो अन्धाधुन जन्ती सन्ती भागाभाग

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : स्कूल जाऔं

~युद्धप्रसाद मिश्र~ सुनधारामा पानी भर्छन् टुँडिखेलमा चर्छन् गाई रत्नपार्कमा घुम्छ सिपाही हुन्छन् नाङले पसले त्राही धरराको त्यो टुप्पो हेर्दा शिरमाथिको टोपी खस्छ भई पुराना हटाइएका सालिकमाथि कौवा बस्छ

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : बुद्धिजीवीहरूसँग

~युद्धप्रसाद मिश्र~ संगिन रोपी गर्भवतीको पेटभित्रको बालक मारी कसरी सक्छौ भुल्न, दिएको हात्तीद्वारा बस्ती उजाडी पीडाको चित्कार नसुन्ने बहिरा छौ कि हे विद्वतवर्ग तुच्छ स्वार्थतिर कलम झुकाई वास्तवदेखि भाग्छौ किन पर

Posted in कविता | Tagged | Leave a comment

कविता : विद्यार्थी आवाज

~युद्धप्रसाद मिश्र~ दानवताकन दूर धकेल्दै जनजागृतिको दैलो खोल्छु न्याय उठाउन बन्दूक खुकुरी खुर्पि खुँडाको भाषा बोल्छु नेपालीको ज्यान बचाउन भर्तिकेन्द्रको बाटो मास्छु शहर शहरमा जुलुस निकाल्छु पर्चा छर्छु पोष्टर टाँस्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : ज्वालामुखीका शिखा

~युद्धप्रसाद मिश्र~ पाखा पर्वतका निवासीहरू छौ शृंगार नेपालका सारा आर्थिक श्रोतका गति तथा आधार नेपालका आँधी पानि प्रचण्ड धूप असिना नानाथरी झेलने हाम्रा हात र पाउ छन् धरतिका माटोविषे खेलने कुर्कुच्चा छ चिरा चिरा जिउ डढेका घामका तापले मान्छे हौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : हाम्रो भैंसी बूबू दिन्छ

~युद्धप्रसाद मिश्र~ कहिले खेल्दछ पानीभित्र कहिले चर्दछ उता चौरतिर गोठभित्र गई सुत्दछ राती हाम्रो भैंसी कस्तो जाती यसकै गोवर बोकी बोकी

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : लौ न मैले के गर्ने ?

~युद्धप्रसाद मिश्र~ बाबु जान्छन् दाउरा काट्न आमा जान्छिन् मेला घरको धन्दा गर्दा गर्दै जान्छ मेरो बेला लौ न मैले के गर्ने ? मनको कुरा उर्ली उर्ली मनैभित्र थाक्छ

Posted in बाल कविता | Tagged | Leave a comment

छोक : दुष्मन प्रोहित

~युद्धप्रसाद मिश्र~ पत्र र पुस्तक अघि-अघि सार्दै मरिसकेको धर्म फलाक्दै मानिस मर्दा जुँगा मुसार्दै तस्मै मार्दै पैसा झार्दै स्वतन्त्र मानवलाई बिगार्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : बढ्दै जाओ बढ्दै जाओ

~युद्धप्रसाद मिश्र~ नयाँ निसाना, नवजागृति, नवचेतनाका साझा हो हलो, कोदालो, खुकुरी, हँसिया, खुर्पि खुँडाका ताजा हो पीडित जनले नगरी नहुने घोर क्रान्तिका बाजा हो दलित गलित हुन बाध्य भएका जनमानसका राजा हो तिम्रा जयकार विक्रमतामा देशवासीका लोलुप आँखा हाम्रा झुपडी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तर्व्यथाको तूफान

~युद्धप्रसाद मिश्र~ र्घर्के दर्शन सब पुरातन भई झुल्के उज्याला दिन ताता खून उठी सजीव बदला आए हिजोका लिन जित्नुको परिपाटितातिर युवा जाँदै गए गर्जिदै आए केश खुला भएर युवती हातमा हँसिया लिदै पीडाका अनुभूतिबाट उठने तूफान प्रत्यक्ष भो शोषणको प्रक्रिया … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जागृति आयो

~युद्धप्रसाद मिश्र~ भोका नांगा पीडितहरूको पीडाको अब आयो आँधी महल अटारी हल्लिन लागे हिमगिरिको पनि टुट्यो समाधी विलासितामा हुन गो हलचल श्री सम्पत्तिकन लाग्यो ब्याधी

Posted in कविता | Tagged | Leave a comment

कविता : पर जा पर जा

~युद्धप्रसाद मिश्र~ भ्रष्ट प्रशासन पर जा पर जा रक्त क्रान्तिको घन्क्यो बाजा उठ्यो बबण्डर हुँदै सशक्त महल अटारी अस्तब्यस्त सामन्तीले संगीन रोप्यो जनजागृतिले दुनियाँ छोप्यो झुपडी भन्दछ शहरै घेर्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : आराधना

~युद्धप्रसाद मिश्र~ आँखा अन्तर खोल पूर्व घडीको सल्किसक्यो झोपडी वाणीको बलको विवेक मतिको आयो परीक्षा घडी तोडी संकट दुर्ग घोर भुमरी फोरि अगाडि बढी धावा बोल निमित्त जन्मथलको डाँडा र काँडा चढी भै उत्तीर्ण अजेय जन्म भरको झोंकेर आफ्नो बल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आज घटेका घटना राख

~युद्धप्रसाद मिश्र~ बस्ती जलेको कोलाहलमा बलात्कारीको हाहाकार गर्भवतीका गर्भ गर्भमा संगीनका छन् क्रूर प्रहार दियौ गौण गरी लेख्न सकेनौ उग्र ब्यग्र यो अत्याचार सुन्न सकेनौ किन हो तिमीले आर्तितहरूको आर्त पुकार

Posted in कविता | Tagged | Leave a comment

कविता : छौं हामी बदमास

~युद्धप्रसाद मिश्र~ व्यथा दूर भई निम्न वर्गमा शान्तिको लिन सास आयो क्रान्ति ठूला-ठालुको उडे होस हवास लाखौं झुपडीका प्रगतिमा

Posted in कविता | Tagged | Leave a comment