Tag Archives: Yuddha Prasad Mishra

कविता : आजको आवाज

~युद्धप्रसाद मिश्र~ भावना बलिदानकोले देश भै बिध्वंशकारी रक्त क्रान्तिका बबण्डर आउँदैछन् वेग मारी नीच हत्याराहरूका भावनामाथि चढी

Posted in कविता | Tagged | Leave a comment

गजल : हुँ म यौटा र्सवहारा

~युद्धप्रसाद मिश्र~ क्रुर यी अस्तिकहरूले रक्त चुसिएको छु सारा पेट भोको पीठ नाङ्गो हूँ म यौटा सर्वहारा झोपडीतक छनै पथको ज्यूँदोछु पक्रि किनार रातभर चम्किरहन्छन् नेत्रमा नौ लाख तारा

Posted in गजल | Tagged | Leave a comment

कविता : नारी घोषणा

~युद्धप्रसाद मिश्र~ चुराका हत्कडी पोते मिसाएको छ गलफन्दी गरेको धरपकड देखी रहेका छौं भई बन्दी हजारौं नारीका बन्छौ तिमी चाहिँ भने स्वामी मरेको च्यानलाई के कुरी राखौं सधैं हामी

Posted in कविता | Tagged | Leave a comment

कविता : भोकानांगा भाइ भाइ

~युद्धप्रसाद मिश्र~ रगत चुसेका छाती खोल्दै भोका नांगा लागे उठ्न आम दलितको पीडाबाट लाग्यो दिनदिन प्रतिभा फुट्न झुपडीले अब आँखा खोल्यो बोल्दै धावा अब जनमत गम्क्यो कदम कदमका आतुर गतिमा

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : बानर

~युद्धप्रसाद मिश्र~ चोर्ने चिन्तन गर्दछ खाली मानिसहरूका हरिया बाली फेरि कसैको पनि फुल-बारी देख्नै नसकी दिन्छ उजारी अग्लो रुखमा उसको डेरा मान्दछ मीठो अम्बा, केरा निर्धा आए जाई लाग्छ

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : भोका र नांगा उठ

~युद्धप्रसाद मिश्र~ ए कंकाल दरीद्रता बीच डुबेका जाग भाइ अब ए लाखौं झुपडी भई उठ लडका देशबासी सब तोडी दुर्ग दिने महाप्रलयको दुधर्ष आँधी उठ व्यक्तिवाद समूल नष्ट गरने ब्याधी उपाधी उठ खोक्रा पेट अनाज भेट नहुने भोका र नांगा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मसानको आवाज

~युद्धप्रसाद मिश्र~ डढेको लाश चिच्याई चितादेखि उठ्यो फेरि जलेको देशवासीको कदम चर्को उठ्यो फेरि रगत सिंगान गरी हाम्रो जगाएको बगैंचामा मरुभूमि गर्न सामन्तीहरूको दल जुट्यो फेरि सबैले न्याय पाउने बनाएको थियो देश

Posted in कविता | Tagged | Leave a comment

कविता : जय ध्वनि

~युद्धप्रसाद मिश्र~ गुज्रिंदै चारै तरफ छन् देशका जय जय ध्वनि खोल्दैछन् नेत्र केही धर्म-अन्धाले पनि क्रान्तिकी रण – चण्डिका छन् खूनकी प्यासी बनी झल्कने बेला छ ऐले शान्तिको नव रोसनी

Posted in कविता | Tagged | Leave a comment

कविता : न्याय उठ्यो

~युद्धप्रसाद मिश्र~ न्याय ढलेको ठाडो पार्न उभियो बबण्डर चर्को पतनशील अनुहार प्रष्ट भो प्रतिगामीका धर्को आजादीका सही दिशातिर

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : सक्दछु फड्किन

~युद्धप्रसाद मिश्र~ सक्दछु फड्किन लड्दिन सितिमिति फड्के खाडल साहसले जिती लडे हिलोमा बिचरा तड्पी दिदी हाँसिन् खितिति म ता डराएँ भो मुटु ढुकढुक

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : भानूदय प्रती

~युद्धप्रसाद मिश्र~ होऊ दुर्दिनका अतिक्रमणमा उत्पन्न भानूदय धोऊ कल्मष द्वन्द्वता, दुरुहता, दुर्भावना संशय छोऊ निर्मलता प्रदान गर्दै साहित्यका प्राणमा भत्केको युग भारले हृदयको प्रासाद निर्माणमा

Posted in कविता | Tagged | Leave a comment

कविता : ब्युँझेको ब्यथा

~युद्धप्रसाद मिश्र~ गर्ने शीघ्र समाप्त पाशविकता जीवित विद्या पढी यौटा वर्र्गीय चेतना हृदयमा राखी अगाडि बढी आर्थिक शैक्षिक शोषणादिहरूका धक्का परी ज्यानमा आएको छ व्यथा उठेर अहिले संघर्ष मैदानमा आस्था ज्योतित निर्विकार हुन गै हाम्रा खुलेका गति आकांक्षा नव पूर्ण … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भविष्य

~युद्धप्रसाद मिश्र~ सामन्ती अभिशाप दिन्दिन हतोत्साही हुँदै गै सक्यो पूँजीवाद पनी जरा कुहिन गै ढल्ने बखत् भै सक्यो शोषणको हतियार धर्म कुन छन् निर्मूल पारी दिन मुक्ति निश्चय पाउने क्षणहरू लागि सके झल्किन मान्छेको प्रगति नरोकिन दिने राखेर हिक्मत् पूरा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रवासी आवाज

~युद्धप्रसाद मिश्र~ नेपाली हौं विदित जगका वीर हामी लडाका जानेका छौ समर बीचमा शक्तिको बोल्न भाका हाम्ले ठाडो गरन अरुकै आजसम्मन् पताका पोख्यौ धेरै रगत अब ता खुल्न गो बल्ल आँखा आफ्नै देशमा जिउन जिविका पाउनु आश मारी

Posted in कविता | Tagged | Leave a comment

कविता : लागे झलमल घाम

~युद्धप्रसाद मिश्र~ बल्ल दबेको वर्ग हृदयमा लागे झलमल घाम हलो कोदालो हँसिया चम्के जागे कृषक तमाम ध्वस्त गर्राई दिने उठ्यो प्रण शोषकहरूका छलछाम झुपडीहरूका महासंघ भो गर्न घोर संग्राम

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्तिकारी को नाउँ मा एउटा तार

~युद्धप्रसाद मिश्र~ सक्ने भै तिमी रक्तक्रान्ति गरने नीति छ नेता उठ साँच्चै शोषणमुक्त बन्नु छ भने यौटै मियोमा जुट पोल्ने छाति कुरा घटेका ननिका गाउँ लथालिंग छ च्यापेको अभिभारका हृदयको क्रान्ति त्यसै ठिंग छ

Posted in कविता | Tagged | Leave a comment

कविता : उखाडिंदैछ

~युद्धप्रसाद मिश्र~ प्रचण्ड निम्न वर्गमा उठी उठी बहादुरी विपन्न पूँजीवादीता छ भत्कँदै गयो धुरी बुझिसक्यो मनुष्यका दिमागले सही कुरा अकाट्य देश मुक्तिको खुलिसक्यो दिशा पूरा

Posted in कविता | Tagged | Leave a comment