Tag Archives: sangrahalaya

कविता : ऋतु र ध्वनि

~रिता राई~ ऋतु हुँ म ! परिवर्तित सधै-सधैं सबैलाई पोल्टभित्र फुलाउछु, “म”लाई टेकी ऊठ ! आ-आफ्नो दृष्‍टिले मूलढोका खोली निस्किएर चौबाटोमा पल्लो शहरलाई शुक्ष्मदर्शनले हेर ! अनी, खोज प्रतिविम्ब सधै-सधै मुस्कुराउँछु ।

Posted in कविता | Tagged | Leave a comment

कथा : नीमा र एकरात

~बिबश बिप्र~ आजपनि फेरी घरको गेटको चुँईईईईयँ आवाज निमाले सुनिन् …. सुरजको हातमा टल्केको किट-क्याट चकलेट अब त्यत्ति मन पर्न पनि छोडेको छ, नीमालाई । हुनपनि चार वर्षदेखि निरन्तर चलिरहेको छ, घरको मूलगेट खुल्ने समय, रातो खोल भएको चकलेट ….. … Continue reading

Posted in नेपाली कथा | Tagged , | Leave a comment

कथा : एउटा दुखद् पानी

~नारायण अमृत~ राति बाह्र बज्यो । निद्रा त कहाँ पुग्यो कहाँ ! बाहिर वर्षा रोकिएको छैन । अरू जोड-जोडले दर्केको छ । उछिट्टिएर झ्यालको चेप हुँदै बाछिटा कानसम्म आइपुग्यो । छटपटी बढ्यो । गाउँको बर्खे-परिदृश्य आँखावरिपरि नाचिरह्यो निरन्तर । विगतमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भ्रम

~अनुप जोशी~ वसन्त ऋतुको प्रादुभावमा वरिपरिका लतागृह एवम् पंक्षी जगत मुस्कुराइरहेका देखिन्छन् । क्षितिजमा अल्पसंख्यक वादलु गणहरु दिशाहिन भएर यताउती छट्पट्याइरहेका छन् भने आजको पुनर्जन्म पश्चात सुर्यको यात्रा चरम उत्कर्षमा पुगेको छ । वार्सिलोनाको कुनै फराकीलो , चिल्लो कालोपत्रीय सडकमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अन्तिम बेन्चको छेऊ

~अनुप जोशी~ अंग्रेजी कक्षा सम्झने वित्तिकै पनि मेरो मनमा बारुद विष्पोट हुन्थ्यो । शरीरका नसाभरी यौटा भयपूर्ण खवर संचारित हुन थाल्थ्यो । जब हिटलर जस्ता अंग्रेजी शिक्षकले कक्षा प्रवेश गर्थे ; म आफ्ना सम्पूर्ण वाह्य गतिबिधिहरुलाई सन्तुलित प्रस्तुत गर्न यत्नरत … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अनौठो जाँगर

~खगेन्द्र पन्धाक लिम्बू~ बैंककको मध्य-ब्यस्त सडकमा एकजना मगन्ते आज पर्यन्त छ l नहरमाथिको पूलसडकको पेटीमा बिहानै देखि ठूलो सर्टभित्र दुवै हात लुकाएर मुखले टोकरी च्याप्दै दुईचार पैसा कमाउने उनको पेशा अचम्मको छ l

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : ग्याँस स्टेशन

~राकेश कार्की~ कल्पनामा धेरै धेरै फुल फुलाएथेँ सपनाको रंगीचंगी दुनियाँ बसाएथेँ आज पनि हतार हतार गरेर आएँ उही ग्याँस स्टेशन पुगेर ठिँग उभिएँ

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : युरोप र एसियाको नाता ब्युँझाउने शब्दकृति

~मोदनाथ प्रश्रित~ अफ्रिका, पुर्वीएसिया, युरोप र दक्षिण एसियाबासीका थरिथरी अनुहार, छालाको रंग, नाक, आँखा, रौं आदिको विविधता देख्दा पहिले धेरैलाई लाग्थ्यो यिनीहरू छुट्टाछुट्टै मूलबाट विकसित सन्तान होलान्। धार्मिक कथाहरूले बनाएका थिए – संसारका सबै मानिस मनु र शतरूपा वा एडम … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : ‘हाइ’ र ‘हेल्लो’

~राजु सिटौला~ घामको प्रचण्ड रापले शरीरमा रहेको थोपा थोपा पानी सोसिरहँदा, बर्षा! कहिल्यै पूरा नहुने मरुभूमीको एउटा सुन्दर मृगतृष्णा, तर क्षितिजपारि सेता बादलका केही टुक्राहरुको आगमनसँगै, बन्द हुनै लागेको मेरो मुटुको गतिमा तिव्र संचार,

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐना र मुकुन्डो

~राजु सिटौला~ जिङ्रिङ्ग कपाल, फुस्रो अनुहार र कलेटी परेको ओठ देखेपछि नाक खुम्चाउँदै मेरो एक मित्रले सोधे। के तिमी ऐना हेर्दैनौ? प्रश्न सुनेर मलाई हाँसो उठ्यो। मैले भने मसँग ऐना नै छैन।

Posted in कविता | Tagged | Leave a comment

कविता : मनको शान्ती

~राजु सिटौला~ बाहिर सब सेताम्मै छन् अनि सब शान्त छन् पहाड, घर र बाटोहरु, न कतै मानिसहरुको भीड न त गाडीहरुको टाइय्यँ टुय्यँ नै, देखिन्छ त केवल आकाशबाट बुरुरु झरिरहेका हिउँका दानाहरु। भित्र मेरो मनमा किन हो किन उकुसमुकुस बढिरहेछ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हेपिएका जिन्दगी

~मनु वि.क.~ हेपिएका जिन्दगीका काला दिन कति कति नहुनु र रुनु उसका भाग्यका मति जन्मिंदैमा लेखिन्छ गरिब भन्ने नाउँ बस्ने खाने थात छैन हुन्न टेक्ने ठाउँ। चौबाटोको रात्री यात्रा काँडा विछ्याइए दोबाटोमै अलपत्र गन्तव्यहीन भए नहुनेलाई सधैभरी हेप्नेहरु खेद्छन् तिनकै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लुकाएर लुकिन्न

~दिव्या बज्राचार्य~ सावनको हरियाली तिम्रो घरको फूलबारी लुकाएर लुकिन्न डाडाको त्यो बन तिम्रो फर्केको यौवन लुकाएर लुकिन्न

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य : कामरेड विभिषणको डायरी

~रारा नेपाल~ उफ ! म माथि यो कस्तो धर्म संकट आइलाग्यो? मेरो यो पीडालाई जो कोहीले शायद बुझ्न सक्ने छैनन्। मन र भावना एकातर्फ ज्यान अर्को तर्फ राखेर बाँच्नु पर्ने यो कस्तो अवस्था? सिरमा सिन्दुर बल्खुको छ – मनभरि मायाँ … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अखबारका नीला दागहरु

~खड्ग सेन ओली~ अखबारका पृष्ठहरुमा मौनधारण गारिरहेछन् नीला दागहरु हरेकपल्ट बोधीव्रिक्ष्यको हाँगो भाँचिदा किचिएका

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरि एउटा नयाँ सम्बन्धको खोजीमा

~राजु सिटौला~ हो म फेरि एउटा नयाँ सम्बन्धको खोजीमा छु । भर्खर एउटा सम्बन्ध गर्ल्याम्मगुर्लुम्म ढल्यो । एउटा मान्छेसँगको सम्बन्ध, एउटा सपनासँगको सम्बन्ध, एउटा फूल र त्यसभित्र रहेको सुगन्धसँगको सम्बन्ध,

Posted in कविता | Tagged | Leave a comment

कविता : नाच्ने पर्व तीज

~उषा गिरी~ बर्षा ऋतुको बिदाइ र शरद ऋतुको आगमनसंगै थकाईको अनुभूतिलाई बिर्सेंर मदमत्त भएर उर्लने सागर झै

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : पछुतो

~विश्वराज अधिकारी~ ‘वहाँले एउटा पलंग किनेर ल्याउनु भएको थियो। त्यो पलंग किनेर ल्याउनु भएको दिन, दिन भरि मैले केवल झगडा गरेर बिताएँ, ‘मसँग सल्लाह नै नगरेर किन पलंग किनेको’ भनेर। हरेक वर्ष, दसैंको समयमा, वहाँलाई घुम्न जान मन लाग्थ्यो, खास … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : धान्न नसकिएको सम्बन्ध

~विश्वराज अधिकारी~ गीता दिदीकहाँ म बेला बेलामा जाने गर्दछु। वहाँसँग कुरा पनि निकै मिल्ने गर्छ, मेरो। उमेरमा म भन्दा केही महिना कान्छि भएता पनि मैले वहाँलाई दिदी भन्ने गरेको छु। त्यसो भन्नुको कारण पनि छ र त्यो हो दिदीको वौद्धिक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अर्को बिहे

~विश्वराज अधिकारी~ बाल्यकालदेखि नै म निकै भलाद्मी थिएँ रे ! युवा अवस्थामा पुगेपछि त जिम्मेवार पनि उत्तिकै भएँ। म पढाइमा पनि बाल्यकालदेखि नै अति तीव्र थिएँ, बाले भन्नुहुन्थ्यो बैनीहरूलाई। हाइस्कुल पढ्दासम्म म कहिल्यै पनि दोस्रो भइनँ। २०३२ सालमा एसएलसी परीक्षा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : बिमा खेती

~‘इखालु’ रमेश गेलाल~ धाउन्ती खेती,घोकन्ती बिद्या भन्ने गर्थे उहिलेका बुढाबुढी । आजकाल उहिलेका बुढाबुढीका यस्ता कुरा हामीलाई लागे नी झुरा,सोचबिचारी गुनी,तानी तुनी पारेर हेर्दा त लौ बुढाबुढीले त साँच्चीकै मेसो पाएर पो भन्या रान भन्ने लाग्न थालेको छ । अव … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : अनुरित्त प्रश्न

~ऋचा शर्मा तिवारी~ उसलाई मैले चिनेको एउटा अफिसमा हो । खै के काम विशेष म मेरो साथी राजेशलाई भेटन् गएको थिए उसको अफिसमा । उनलाई त्यहाँ देखे राम्री लाग्यो । हाँसे औपचारिकता निभाए मैले । राजेशको कोठामा गए । गफ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : दोषि को ?

~योगेन्द्र उपाध्याय “पुष्प”~ जीवनको अन्तीम चरणमा उभिएका समाजका बयोवृद्धहरु जीवनको अनेकन भोगाइहरु भोगेर पनि निरीह, शक्तिहीन र लाचार भइ सजीवको सहारा नपाएपछि नीर्जीव लौरोको सहारामा जब उभिन्छन तब सम्पूर्ण यूवा समाज पात्र हुन्छ धिक्कारको ! जब यूवावर्ग आफ्ना कर्तव्य र … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : दोषी को हो ?

~इआकु~ बिहिवार साँझ देखि नै मल्लिका अघिपछि भन्दा बढि नै व्यस्त हुन्छे । किरिङ ………किरिङ……… किरिङ………किरिङ……………॥ (मल्लिकाको मोवाइलमा रिङ बज्न थाल्छ । )

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाण्डवकाे प्रातः भ्रमण

~परशु प्रधान~ “माओवादी समस्या धार्मिक आधारबाट सम्झाउनु पर्छ” युधिष्ठिरले बहस सुरु गरे । आजको प्रातः भ्रमणको विषय थियो– देशको समसामयिक समस्या । “यसलाई गोली र बलको प्रयोगले समाधान गर्नुपर्छ’ यो थियो भीमको गर्जन । अर्जुन किन चूप लाग्थे । उनले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अधुरा सपनाको बाटो हुँदै ढुङ्गाका लस्करहरु

~कृष्ण थापा ‘कृष्णपक्ष’~ १. अधुरा सपना : जीवन र मृत्यु बिचको दुरी छोटिदै मेटिदै गएको वा अझ समिपै आइरहेको सत्य देख्दा मान्छेको मनभित्र त्रासदीका भावहरु कति उद्वेलित हुँदा हुन् ? उसभित्र जीवनप्रतिको मोह र उसको जिजीविषाले कस्तो आकार लिदो हो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अँध्यारो रातमा रहस्यमय

~सुबिसुधा आचार्य~ निस्पट्ट अँध्यारो हावासँग साउती मार्दैछ भने तमोर नदीको चिसो पानी आवाजसँग सम्झौता गरी बग्दैछ कलकल बगरलार्ई चुनौती दिएर । आकाशमा ताराहरू चम्केकै छन् तर प्रकाशले धर्ती अंगाल्न सकेको छैन र त राज जमाउँदै छ अँध्यारो जूनकीरीको मिलिकमिलिकसँग पौठेजोरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आफ्नै आँङमा हात्ती

~महेश राई~ “अचम्भै भयो-कस्तो लाजैबिनाकि रहिछे, काग र बकुल्लोको कस्तो नमिल्दो जोडी !” ऊ विस्मातले भरिपूर्ण मनभित्र भुट्भुटाउँछ । उसलाई लाग्छ, कुनै वाहृय पुरुषको अतृप्त ओडारे आँखाहरु गाडिएकोछ, ती नारी सुकोमल अङ्ग प्रत्याङ्गमा । गाडीको हुइँकाइसंगै युगलजोडीको प्रेमलापरुपी चङ्गा अझ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चोटका लयहरु !

~प्रकाश के.सी.~ यो एउटा अर्धविराम मात्र थियो, तर त्यसको अन्तरालभने लामो हुन गयो र यस अन्तर्निहित अन्तरालभित्र दोस्रो कडीको समन्वयमा एउटा अर्को अन्योलर् इकाइको पृष्ठभूमि एक तमाससँग जम्यो बीचमा कि सर्वप्रथम त्यसलाई प्रसँगसँग पृथक राख्न खोज्ने जमर्कोले नै कुरा लम्बिईन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो निष्ठुरी दश कदम

~रोहित शाही~ जाडो याममा सूर्यले भर्खरै घुम्टो खोल्नै लागेको एक मध्यदिन । बोट चढेर मूइवो आइल्याण्ड जाँदै गर्दा एकतमास, एक्लोपनले गिज्याइरहेको ओसिलो मनका ढोकाहरुमा अचनाक कतैबाट ढोका ढक्ढकाए जस्तोगरी एउटा पूर्वीय लवज मिश्रित स्वरले बोलाए जस्तो लाग्यो । यसो पछाडि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : नयाँ साइनो जोड्‍दै गएछु

~चन्‍द्र तामाङ~ नयाँ साइनो जोड्‍दै गएछु पत्तै नपाईकन पुरानो जति तोड्‍दै गएछु पत्तै नपाईकन

Posted in गजल | Tagged | Leave a comment

गीत : आफै भुले आफ्नो खुसी

~दिलिप योन्जन~ आफै भुले आफ्नो खुसी निस्ठुरीको माया जालमा परी। ढुखि रहने मुटु पाए बाचुन्जेली सधै-सधै भरी।।

Posted in नेपाली गीत | Tagged | Leave a comment