Tag Archives: sangrahalaya

लघुकथा : बीरे सुन माया सम्झना

~बोगीराम गोर्खा भण्डारी~ बीरे छुट्टी आयो, सम्झना सित विहेपनी भयो, नयाँ नौलो गृरस्थी संसारको थालनी। सम्झनाको भित्रिमनमा आफ्ना दौंतरीहरू भन्दा धेरै सुनचाँदीले टलक्कै हुने चाहनाको बिरूवा बिस्तारै बोट हुन थालेछ। बीरेले पुगिसरी आएको सुनका गहना दिएकै भएपनि सम्झनाको धोको भने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : टिस्टा उसरी नै बगिरहेथ्यो

~धन ‘निर्दोष’ सुब्बा~ कहिले काहीँ निद्राले छिटो छोडेको बेला या त बेलुका अलिक कम्ति पिएर सुतेको बेला, बिहानको झुल्के घाममा तल शान्तसित बगिरहेको टिस्टा खोलालाई हेर्छु/हेर्ने गर्छु। कहिले यस्तै बेला टुङ्गो न फेदको अलौटे कसरत गरिटोपल्दा देख्छु र हेर्छु।

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : अजम्बरी गीत र मेरा अजर अमर रातहरु

~प्रकाश सायमी~ आजभन्दा १५ वर्षअगि आजकै महिनामा नेपालमा एफएम गुञ्जियो १०० मेगाहर्जमा । र मैले यही महिना १०० मेगाहर्जमा काठमाण्डू कल इन भन्ने कार्यक्रम चलाएको थिएँ । यो कार्यक्रम साचारकर्मी हरिशरण लामिछानेको स्नेहादरले चलाएको थिएँ र यो कार्यक्रमको समाप्ति पनि … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : पुनर्जन्म

~सुबिसुधा आचार्य~ जेठको महिनाको उखरमाउलो गर्मी, धर्तीधपधप बलिरहेको थियो । इनार, कुवा र धाराको पानी पनि उमालेझै“ थियो । नजरले अलि पर नियाल्न खोज्ने हो भने सूर्यका विकिरणको प्रभावले रिमरिम देखिन्थ्यो । पृथ्वी राजमार्गमा अवस्थित कुनै एक छेउको बजार गर्मीकै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मागका सूचिहरु

~सुबिसुधा आचार्य~ दश बजेर दश मिनेट जाँदा भित्रन्छे ऊ कोठामा । छोरा-छोरी पल्याङ्ग पुल्टुङ्ग सुतेका छन् सोफामा । लामो हाई काड्दै ऊ पनि बस्छे कुर्सीमा । लथालिङ्ग छ कोठाको अवस्था । टिभी अन, ल्यापटप अन, टेबल र भुइँभरि छरिएका किताब-कापी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कृति र पुरस्कार

~सुबिसुधा आचार्य~ काठमाडौंको भब्य होटलमा बिमोचित हुँदै थिए दुई कृति । अखबारमा छापिएको न्यूज हेरेरै रामहरि पुग्यो कार्यक्रममा । पास चाहिने रै’छ भित्र पस्न पनि, थाहा पायो गेटपालेले बाहिर धकेलेपछि । जारी थियो मान्छेहरु भित्रने क्रम । पत्रकारको छेको लागेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बेवारिसे डायरी

~सुबिसुधा आचार्य~ एकदिन बिहानै ओच्छ्यानमा ढल्किरहेको बेलामा कसैले ढोकामा ढकढक गरेको आवाज आउँछ । म आफूले ओढेको कम्मल पन्छाएर जुरूक्क उठी ढोका उघार्न पुग्छु । ठिङ्ग उभिएको छ ढोकामा काम गर्ने फुच्चे । “म्याडम् ! सर बाहिर जानु पर्ने भयो, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माओवादी जनयुद्धमा, मेरो गाउँमा बम पड्किँदाका कहालीलाग्दा दृष्यहरु

~सुबिसुधा आचार्य~ पर क्षितिजबाट रबिले बिदाइको हातहरु हल्लाए पछि गोधुली सन्ध्याको आगमन भइसकेको हुन्छ । घर नजिकैको बाँसघारीमा चराहरु पनि चिरचिर चुरचुर गर्न थाल्छन् । हुन सक्छ उनीहरु पनि बास खोजिरहेका छन् । आकाश अलिकति घोरमाइलो छ । शायद बादलका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : मृत्युलाई पर्खदा

~सुबिसुधा आचार्य~ घरले जा जा वनले आइज आइज, भन्ने उमेरमा ओच्छ्यान लगाएर बस्नु जति पीडादायक कुरा मान्छेलाई अरू के नै होला र हजारौं युगको इतिहास पल्टाएर हेर्दा पनि मानव मृत्युसँग जति अरू वस्तुसँग डराएको बिल्कुल पाइन्न । त्यसो त मान्छेको … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : बिदेशिएका दाजुलाई नेपाली चेलीको पत्र

~सुबिसुधा आचार्य~ मेरो मनभित्रको दादा, ह्दयको स्पन्दनदेखिकै न्यानो सम्झना ।दादा हजुरलाई यो पत्र लेख्ने बेलासम्म, हजुरलाई सम्झने समयसम्म सम्पूर्ण नेपालीको महानचाड दशैँ दैलोबाट भित्रिसकेको छ मझेरीमा पसारो पर्न । सबैको नजरमा दशैँ आएको छ शङ्ख फुक्दै भएपनि, बाजा बजाउदै भएपनि … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : अभिशाप

~सुबिसुधा आचार्य~ टेकुमा अवस्थित पचली भैरवको मन्दिरमा मेरी संगिनी सुदेश्नाकी दिदी सिर्जनाको विवाहको भब्य तैयारी रै’छ । केराको खम्बा एक-एक बित्तामा काटेर पाँच ठाउँमा राखिएको छ भने त्यसको बीचभागमा पैयूँको स-सानो हाँगा गाडेर साथमा उखुका साना-साना पोथ्रा पनि सँगै बाधिएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कलिलो मनका यादहरूमा

~सुबिसुधा आचार्य~ पच्छ्याउन खोज्ने साथ बैगुनी । रित्याउन खोज्ने याद बैगुनी ।। बिर्सिऊ भन्दा हृदयको माझ बसेर– बिउँझाउन खोज्ने रात बैगुनी ।।। साथ, याद अनि सिङ्गो रात बैगुनी भएपछि यहाँ कसको के लाग्छ र ?

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वचनको पालना

~सुबिसुधा आचार्य~ “काम फत्ते भयो त पूर्ण ?” हातको सियोलाई टोपीमा सिउँरिदै जिज्ञासाको झटारो तेर्साउँछु म उसित । ठूलो खकाने झोला काँधमा बोकेर सुसेल्दै ऊ खर्कबाट ओरालो लाग्छ । मेरो सोधाइ, प्रश्न भनौं वा जिज्ञासा उसले सुन्यो या सुनेन, कि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अष्पस्ट समाचार

~सुबिसुधा आचार्य~ ममी ! बीस रुपैया दिनुस् न भिडियो गेम खेल्न जान्छु कति घरमै मात्र बस्नु थुनिएर । अरुको घरमा कति खेलका सामान हुन्छ आफ्नो त……। ।” ठूलो भद्दा ओठ त्यसमाथि चोसो पसारेर भन्छ ऊ । आमाचाहिँ थालमा पोतेका दाना … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जलेको कपिलवस्तु र लुटिएकी म

~सुबिसुधा आचार्य~ बाँची बाँची मर्नु र मरेर बाँच्नुमा कति अन्तर हुँदो रहेछ । तीन दिनपछि मृत्युको मुखबाट फर्केर तिमीलाई सम्झने र सम्बोधन गर्ने मौका पाइरहेकी छु मलाई लाग्छ यो सम्बोधन सम्झना हाम्रो भेटघाट पश्चात् लामो अन्तरालमा भएको छ । टेलिफोनमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बसको यात्रा

~सुबिसुधा आचार्य~ “एक्सक्यूजमी म्याडम ! अलि पर सरिदिनुस् है ।” ऊ सुट्केस घिसार्दै मेरो सिटमा बस्न आयो । म चाहन्थेँ मेरो सिटमा बस्ने सहयात्री केटी नै होस् किनकि पाल्पादेखि काठमाडौंसम्मको लामो यात्रा, यात्राको क्रममा आँखा लाग्न सक्छ, निदाउँन सकिन्छ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यी सबै कसरी भयो काका ?

~सुबिसुधा आचार्य~ पुसकोचिसो काठमाडौं उपत्यकालाई हुस्सुले बेहुलीलाई झैं घुम्टो ओढाएको थियो । मानौ शहर प्रत्येक बिहानी नव दुलही बन्दै अन्मिन्छिन् दुलाहा रविको आगमनमा, जब जब रविका कलिला ताता र राता किरणरुपी हातले उनीलाई सुमसुम्याउँछन् तब बेहुली जस्तैनै हुन्छिन् । त्यही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आरनका गोलहरू

~सुबिसुधा आचार्य~ “पुन्टे ए पुन्टे ! कता मुन्टिएछ, यो घोक्रो सुक्ने गरी कराउँदा पनि चाइँचुइँ छैन, आमाचाहिँ कता अन्मरिई ।” आरनमा रहेका गोलहरूले चुसेर बाँकी रहेको रगत पनि चुस्छन् सबै परिवार मिलेर । मच्चाएर उचाली सकेको घन त्यसै लसक्क भुइँमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म हत्यारा हैन

~सुबिसुधा आचार्य~ “म हत्यारा हैन, सुन्नु भएन तपाईंहरूले, म हत्यारा हुँदै हैन । सत्ते सत्ते, मेरो आफ्नै प्राणको कसम, पशुपतिनाथले भस्म गरून्, पत्याउनु भएन । श्री मनकामना माईले नाश गरून् मैले झुटो बोलेको भए, म हत्यारा हुँदै हैन ।” “यी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नाजुक मन

~सुबिसुधा आचार्य~ मौसम पूर्णिमाको रात जस्तो छङ्ग स्पष्ट खुलेको छ, खुल्ला नीलो आकाशमुनिको लन्डन सहर चम्किलो देखिन्छ एक यौवन सुन्दरीझैँ आफैमा निकै सुन्दर आकर्षणमय । चेरिङक्रस रेल्वे स्टेसनमा उत्रेर लामो आङ् तन्काउँछु म जसरी पोखरीमा डुबेर निस्केको गैंडाले तान्छ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : We know that you are rich

~Krishna Prasai~ If you desire, you can buy the foreign lands, If you think it necessary, you can abandon your motherland. But in the name of our property That you have thought to be worthless We still have some baskets … Continue reading

Posted in Poem | Tagged , | Leave a comment

लघुकथा : स्वप्नग्राम

~किशोर पहाडी~ गाई चराइरहेका वीरमान अचानक टोलाउन थाले । घाँस काटिरहेकी मगर्नी बुढीका हातहरू टक्क रोकिए । खोपी खेलिरहेका चङ्खे, चाउरे, घैँटे र मनेहरू खेल्न छोडेर एक-अर्कालाई हेर्न थाले । जगत् साहू जुरुक्क उठे । पसलबाहिर आए । मकै भुट्दै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : चुनाव

~आर आर चौलागाईं~ त्यो क्याम्पसमा त्यस सङ्गठनले कहिल्यै जितेन । तर यसपालि पार्टीलाई त्यहाँ नजिती भएकै थिएन । पार्टीको चुनाव जित्ने रणनीति अनुसार एउटी युवती चुनावमा खट्ने भई । झन्डैझन्डै बत्तीस लक्षणले युक्त धपक्क बलेकी युवतीको क्याम्पसमा प्रवेश भयो । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : म के गरु ?

~लिला रिजाल (सुवेदी)~ आकाश पनि रिसाए झैं गरेर कानको जाली नै फुट्ने गरी गर्जदै थियो घरि घाम लाग्दै थियो त घरि सिमसिम पानी परिरहेको थियो । पाल टाँगेर आँगनमा तुलसाको मठ छेउ हरिशरण काकाको लास लडिराखेको छ । श्रद्दान्जली दिन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लाल बहादुर आले ‘माईला’ को केही मुक्तक

~लाल बहादुर आले ‘माईला’~ मुक्तक मुक्तक – १ हेर्दा पहाडै लागे नि हावाको झोक्का हो जिन्दगी कहिलै नमरुंला झै गरे नि मृत्‍युको ढोका हो जिन्दगी देख्नेले त गल्दै नगल्ने बरफकै धिक्का देख्दो हो तर फुस्स फुटीजाने पानीको फोका हो जिन्दगी।

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : रातो झण्डा, आन्दोलन र काठमाण्डौको अनुहार

~टङ्क वनेम~ काठमाण्डौको माओवादी आन्दोलनमा भाग लिएर फुन्यासो,फुर्बा र उनका साथीहरु आफ्नै दुर्गम गाउँतिर लागेका थिए। जहाँ टाउको दुख्दा खाने सिटामोल दबाई समेत किन्न पाइदैन्थ्यो। खैर! सहरको चोक चोकमा खोलिएको साइवर क्याफे र ठूलठूला सपिङ कम्प्लेक्स हेरेर रमाइलो गरेे। बिरामी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विलय

~प्रकाश सायमी~ कन्टोमैन्टमा उदास धुन बजिरहेको थियो, कुनै पुरानो रसियन गीतजस्तो लाग्ने त्यो धुनको पछिल्लो आलापमा एघार वर्षभित्र मारिएका ती मृतकहरूको आवाज समाहित थियो । सानो अन्तरालपछि कन्टोमैन्टमा विश्रामजस्तो छायो । नजिकै रहेका एकजना पर्यवेक्षकसित म यो कन्टोमैन्टसम्म कतिजना महिला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाचुके

~बिपुल सिजापती~ उनीहरु दुवै हस्ताक्षर गरेर बाहिर निस्किए । हस्ताक्षर कागज माथि स्वःलिखित केरमेट थियो या निर्णय माथि स्वीकारोक्तिमा आत्मसात थियो, दुवैले खुट्याउँन सकेनन् । हो, अबको यात्रा नितान्त निजी र स्वचालित हुनेछ, करकाप या अदृश्य साङ्लोमुक्त जीवनयात्रा । हातमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शहरको कथा

~जनक राज भट्ट~ उस्ले खल्तिमा हेर्यो, सय सयका दुईवटा नोठ जाडोमा कठ्याङ्रिएको हात जस्तै कक्रक्क परेर बसेका थे । कोठामा ग्याँस सकिन लागेको छ, चामल पनि सकिन लागेको जस्तै छ । उस्का निधार बिस्तारै चिन्ताले उचालिए । एक किसिमको छटपटी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भगवानहरु बिक्रिमा छन

~प्रकाश नेपाल~ बगरमा गिट्टीहरु फोर्दै अचानक उसले भगवान सम्झ्यो र मन्दिरहरुमा फूल चढायो | चढाउदै गयो फूलपाती, गर्दै गयो आरती र थाक्यो – भित्र भित्रै | र फेरी फोर्न थाल्यो गिट्टीहरु बगरमा |

Posted in कविता | Tagged | Leave a comment

कविता : तुरुन्त शहीद घोषणा गर

~प्रकाश नेपाल~ उहा हुनुहुन्थ्यो – महान एक होनहार हुनुहुन्थ्यो – नभा ‘नि बिबेक सानो झगडामा पर्नु भो हानाहान गर्दा मर्नु भो मान्नु हुन्थेन कसैको डर सरकार – शहीद घोषणा गर |

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्तली आत्माहत्या गरी

~प्रकाश नेपाल~ गाउँमा हल्ला फैलियो – ‘सुन्तली आत्महत्या गरी’ कोहि भन्थे – ‘बिचरी अकाल मै मरी’ कोहि भन्थे – ‘सुन्तली दुखमा मरी’ खोइ उ कसरी मरी सुन्तली आत्महत्या गरी |

Posted in कविता | Tagged | Leave a comment