Tag Archives: sangrahalaya

लघुकथा : बिडम्बना

~लीलानाथ असन्तोषी~ “हेलो ……….” “हजूर ……..” “को हो ? हर्के बोलेको हो ?” “हजुर म बोल्दैछु ।” “मेनपावरबाट बोल्दैछु ।” “सर नमस्कार ! मेरो भिसा लाग्यो ?” “अँ ! तिम्रो भिसा लाग्यो, एक हप्ताभित्र पैसाको व्यवस्था गरेर आउ ।” “हुन्छ, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : शैयामा छाडेको जीवन

~सुजन बैरागी~ “सिस्टर प्लीज मलाई पानी दिनुस् न । आ ऽ ऽ ऽ ए सिस्टर सि…..स्…ट..” “आयूष… आयूष के भो ?” “डक्टर.. डक्टर बेड नं. १०४ को पेसेन्ट फेरी बेहोश ।” “अक्सिजन तयार गर । सिस्टर रिपोर्ट देखाउनुस् त ओ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : पञ्च बलि

~गोविन्द के. सी.~ हरेक बर्ष देवी थानमा लप्टन काइँलाले पञ्च बलि चढाउने । त्यो पञ्च बलिको प्रतिक्षा सबैलाई हुन्थ्यो । रमितेलाई रमिता, गरीबलाई भोजन र पुजारीलाई मनग्य दक्षिणा । जब लगातार दुई बर्षसम्म लप्टन काइँलाले पञ्च बलि चढाएनन् तब सबैजना … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : विदेशीएकी चेली

~रामकृष्ण पौडेल ‘अनयास’~ (विदेशीएकी चेलीको जिवनमा आधारित सत्य कथा ) (पात्रको नाम परिबर्तन ) उ नारायणीको पानी जस्तै पबित्र थिई । तर पनि धमिलो आफै हुदैन कि त चलाईदिनुपर्छ कि त भेलनै आउनु पर्छ तर बुझ्दै नबुझि ती आबोध अनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक लाखको सम्बन्ध

~सुमन सुस्केरा~ उ हराएको त्यो क्षण अस्ती जस्तो लाग्छ । एकलाख उसको श्रीमानले उसको हातमा अस्ती थमाई दिएको जस्तो लाग्छ । उसको आँखाभरी आँसु टिल्पिलाएका थिए । उ कताकती हराई रहेकी थिई । उसको आँखा मलिन थिए । हेराईमा उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : धामी र बोक्सी

~अन्जान मानव~ एकजना धामी कुनै बिरामीलाई फुकफाक गर्न पल्लो गाउँ जाँदै थियो । अचानक उसले कोही कराइरहेको आवाज सुन्यो । सुनसान र जंगलको बाटो, आवाज आएकोतिर हेर्यो । त्यहाँ एकजना महिला लडिरहेकी थिईन । उनको शरीर भरि घाउ थियो । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समावेशी सहभागिता

~लीलानाथ असन्तोषी~ रानीवनका व्यवस्था अन्य वनको भन्दा भिन्दै थियो । त्यहाँ वनका राजा सिंहको आदेश र निर्देशन सबै जनावरहरूले पालना गर्दथे । राजा सिंहले पनि सबै जनावरहरूले मनोभावना बुझेर कामको जिम्मेवारी तोक्दथे । जुन सबै जनावरलाई मञ्जुर हुन्थ्यो । कामको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : विदेश जाने निर्णय

~सञ्जयकुमार श्रेष्ठ~ ओभरसीज मेन पावर कम्पनीबाट फोन आयो – “विर्खबहादुर, तिम्रो भिसा लाग्यो …. एक लाख पैंतिस हजार रुपैयाँ लिएर….. एक हप्ता भित्र काठमाण्डौ आर्इपुग्नु …. दोश्रो हप्ता उड्‍्नुपर्छ …… तिमी नआउने भए…. त्यो भिसामा अर्कै मान्छे जान्छ ।” “हवस, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोककथा : आमाको माया

~हिरामोती जुग्जाली~ पहाडको फेदमा एउटा सानो गोठ थियो । त्यही सानो गोठमा विदुर र उसको बा-आमा बस्थे । उनीहरूको धेरै गाइ, भैंसीहरू थियो । विदुर धेरै सानो थियो उसको बा र आमा गाइ-भैँसीलाइ घाँस काट्‍न र वस्तुभाउहरू चराउन दिनहुँ जंगल … Continue reading

Posted in नेपाली कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लघुकथा : सुन्तलीको तिहार

~छक्कु उदासी~ आफ्नो घरको आगनमा तिहारे फूल कोपिला बन्दै जति मुस्कुराउन थाल्थ्यो उति सुन्तलीको खुसी पनि मुस्कुराईरहेको थियो । किनकिआफ्नो मुटुको टुक्रा जस्तै भाइ परदेशबाट फर्की आउँने ब्याकुल प्रतिक्षामा थिई । प्रत्यक बर्ष भाइको बाटो हेर्दा हेर्दा सुन्तली थाकेकी थिई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : कालुको कलम

~छक्कु उदासी~ कसैसँग नडराउने निदर कालुको कलम कसैसँग नझुक्ने स्वाभिमानी कालुको कलम झुटो बोल्न नजान्ने निर्दोष कालुको कलम सत्य तथ्य ओकल्ने निष्कपट कालुको कलम यति मात्रै हैन ! कालुको कलम

Posted in कविता | Tagged | Leave a comment

छोक : प्रदेशी

~छक्कु उदासी~ केहि हराए जस्तो केहि नपूगे जस्तो केहि गूमाए जस्तो केहि चूकाए जस्तो बिचरा प्रदेशी आंकाक्षाहरुमा ताल्चा थोकेर आफैले थाम्नै नसक्ने अदभूद उद्देश्य बोकेर

Posted in कविता | Tagged | Leave a comment

छोक : गल्ती

~छक्कु उदासी~ सफ़ा मनले मागेकोनै भए शर्वसै दिने थिएं तर तिमीले मेरो चोरेर गल्ती गरेऊ मारेको भए एक पटकलाई माफ़ी दिने थिएं तर तिमीले मलाई धाटेर गल्ती गरेऊ

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तरमन

~छक्कु उदासी~ साहित्य त धेरै पढें, एउटै भावले मन छोयो गाली बचन धेरै सहें, एउटै शब्दले मन रोयो फूल त धेरै देखें, एउटै फूलले सुवास छरिरह्यो रंगी बिरंगी धेरै थिए, एउटै रंगले मन रंगिरह्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : लोकलहरी

~छक्कु उदासी~ दुधको भारा आमालाई नतिरी ए..होई.. मर्नु हुन्न स्वदेशमा नफ़िरी जाउँ खोली तिरै तिर, बिदेशैमा लाली जोवान बित्योनी मन भरी पिरै पिर स्वदेशमै पाए त राम्रो काम ए…होई… कल्ले खान्थ्यो बिदेशको चर्को घाम जाउँ खोली तिरै तिर, सोचे जस्तो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छक्कु उदासी को ५ हाइकु

~छक्कु उदासी~ गोधुंली साँझ जुन्केरीको दिप प्रेमीको याद जुनेली रात जोडीको आकृती गहिरो इनार

Posted in हाइकु | Tagged | Leave a comment

कविता : बैगुनी

~छक्कु उदासी~ मारे पाप पाले पुण्य भनेर सिंगो जीवन सुम्पेकै थिएँ बैगुनी ! छाती चिरी देखाउन पो सकिन चोखो मायाँ गरेकै थिएँ बैगुनी !

Posted in कविता | Tagged | Leave a comment

कविता : आज भैली खेल्ने दिन

~छक्कु उदासी~ हे…..भैली त भैली भन भैली त स्वर मिलाई कन भै..ली…. भैली.. कथैबरा, तिन दिने तिहार

Posted in कविता | Tagged | Leave a comment

कविता : देउसी रे

~छक्कु उदासी~ ए.. है …झिलीमिली देउसी रे… ए..है…तिहारै आयो देउसी रे… ए..है…दाजु र भाइको

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाली नयाँ बर्ष

~छक्कु उदासी~ गाउ घर तिरको नयाँ बर्ष नेपालीको ओठमा नयाँ बर्ष आयो कसैको गोठमा भैसीले रांगो ब्यायो पल्ला गाउको भैरेले स्वास्नी ल्यायो भुन्टीले फेरी लोर्के छोरो पायो तल्ला घरे कान्छी पोईला गयो वल्ला गाउको जेठो अरव गयो

Posted in कविता | Tagged | Leave a comment

कविता : जापानमा साकुरा फुल्दा

~छक्कु उदासी~ सर्वसम्पन्न सुर्योदयको देश जापानमा हिउ भरिको जाडोसंग पैथेजोडी खेलेर बिजय उत्सव मनाउन फुल्ने, साहसी हो साकुरा सबैमा दुःखपछि पक्कै सुख आउछ भनेर पतझरमा पनि धकमक्कै फल्ने, धन्य हो साकुरा न जाडो, न गर्मीको मौसममा

Posted in कविता | Tagged | Leave a comment

कविता : रक्सी

~छक्कु उदासी~ धनिको महल र मुखमा पनि सुहाई दिने गरिबको गोठ र ओठमा पनि रर्साई दिने शुभ, अशुभकार्य सबैमा प्रयोग भई दिने भेदभाव रहित उपभोग भएको छ रक्सी

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो बाको शिरको टोपी

~छक्कु उदासी~ हलोजुवा र डोकानाम्लाहरुसंग मितेरी लगाउदै कोइली र न्याउलीहरुको भाखामा मुरली रसाउदै सेता हिमाल र लालीगुंरासको मोहनीमा रमाउदै उकाली ओराली र भन्ज्यांहरुमा हुर्केको बाको टोपी

Posted in कविता | Tagged | Leave a comment

कविता : रन्थनिएर ईलाका, बस्ती र गाउँ

~छक्कु उदासी~ बेर छैन अब चुनामीको रुप बनेर एकै चोटि बडार्न बेर छैन कालो बत्छिम र कालो अरींगाल बनेर घेर्न बेर छैन गोमन सर्प बनेर पाउ देखी सिर सम्म बेर्न बॆर छैन अब पापहरु सबै एक एक भन्डाफोर गर्न

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~छक्कु उदासी~ आमा ! अपुताली जोगाउन हो की ? कुरौते समाजको मुखमा बुजो लाउन आमा ! नारीत्व ढान्न हो की ? आफनो कोमलता सन्तानमा बिसाउन

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : स्वदेशको मायाभित्र लुकेको पीडा

~छक्कु उदासी~ सिंगो जीवन नै पाहुना र यात्रा रहेछ, त्यही यात्राभित्र पनि पत्रपत्र परेको धेरै यात्राहरु हुने रहेछन् । पत्रपत्र परेको यात्रा जस्तै चुनौती पनि खण्डखण्ड परेको हुँदारहेछन् । यो जीवन जस्तो सोच्यो उस्तै हुने हो कि, भावीले जस्तो लेखेको … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : गंगामाया

~रामप्रसाद दाहाल~ गंगामायाले फड्को परे झैं आएर थ्याच्च भैंमा मेरो अगाडि बस्दै भनी – “सानोबाबु , त्यसो गरI दिनु चैं भएन ।” मधेसको घरमा यदाकदा मात्र बस्ने भएकोले म त्यहाँको चालचलन, परिस्थिति र बोलीचाली पनि त्यति प्रस्ट बुझ्दिनथें तर गंगामायाका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अंशबण्डा

~रामप्रसाद दाहाल~ गंगालालले बाहिरबाट आएर अगेनोको छेउमा बस्दै आगो फुक्दै गरेकी स्वास्नीलाई भन्यो – “तैले सुनिस् हैन बुढाले ‘बिहे गर्छु’ भनेको कुरा ? ” धनमायाले जाडोले नाकको टुप्पोमा अएको पानी मजेत्रोले पुछ्दै भनी – “सुनें त्यो त तर बुढाले आँटे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आशंका

~रामप्रसाद दाहाल~ रागिनी बल्दो बैंशमा नभए पनि उसको जवानी ढल्केको थिएन । छरछिमेकमा उसको उमेरका २।४ वटी केटी अझै पनि बिहेलाई पर्खिरहेका थिए भने उसको त छोरो दश वर्षको भई सकेको थियो । त्यसो हुनुमा दोष उसको होइन, उसका आमाबाबुको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पियारी म सुतेँ

~डा. कविताराम श्रेष्ठ~ — कति बज्यो पियारी ? — सात बजिसक्यो । मान्छेहरू आफ्नाआफ्ना काममा जुटिसके । तिमी अझै ओच्छ्यानमै बसेर समय सोध्दैछौ । ओच्छ्यानमै घाम पसिसकेपछि केको समय सोधि राख्न पर्छ ?

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिलस्म यात्रा

~डा. कविताराम श्रेष्ठ~ ‘हेलो मित्र के छ हाल ?’ ‘हाल’ के हुनु पर्ने हो र उसलाई जवाफ कु हुनु पर्ने हो ? मलाई थाहा भएन । यति हो कि यस व्यक्तिलाई कमसेकम आज चाहिँ भेट्न सक्ने स्थितिमा थिइनँ । यसकी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देवरको जुँगा

~डा. कविताराम श्रेष्ठ~ मेरो प्यारो देवर बाबुकै, म दुःखी भाउजुको धेरै सम्झना छ । उपरान्त कुरा भेटमा । हालका बारेलाई यहाँ सबैलाई निको, आरामै छ । तहाँ आराम अवोस् भनी श्री पशुपतिनाथसँग प्रार्थना छ । उपरान्त म्याटेरीबाट आईए पढ्न गएकौ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment