Tag Archives: sangrahalaya

कथा : अनुत्तरित प्रश्नहरु

~कृष्ण के.सी.~ चौडा छाती फिजाएर सललल बगेको सलवा रोडमाथि हुइकिएको आफ्नो कम्पनीको गाडीमा म निद्राले झुलिरहेको हुन्छु । हरेक जसो दिन यही बाटोबाट ओहोर-दोहोर गर्दा देखिने विकासे गतिविधिले आधा घन्टाको यात्रामा म सधै जसो आफ्नो देशको कछुवागति विकास र राजमार्गहरूको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वास्नीमान्छे

~विद्या सापकोटा~ हजार सपनाहरुको माया लागेर आउँछ’ यो सदाबहार गीतसँगै उसका आँखा खुल्थे । खै किन हो, सानैदेखि उसलाई यो गीत विशेष मनपथ्र्यो । त्यसैले त अलाम टोनदेखि रिङ्गटोनसम्म यसैको वर्चस्व थियो । आफन्त, साथी र प्रेमीले सम्झनु÷नसम्झनुसँग पनि यही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ईतर युद्ध मोर्चाहरु

~सरुभक्त~ उभिण्डो टोपी लाएर निर्वस्त्र शान्ति रेसकोर्टका घोडाहरुझैं दगुरे खोई, क्रयाक्पट् वुद्धहरु कता लागे ? गडम्यानहरु सैतानहरुका वस्तीमा छन् हिजो हामीले प्रेमदिवस मनायौं आज घृणादिवस मनाउँदैछौं ‘गोली ठोक्नु पर्छ त्यस्तो कविलाई !’ युगकविको युगीन वाणी हो चरमराएका मानवविकास परिसूचकांकमा खोई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : सत्र सालको क्रान्तिको सम्झना

~कृष्णविक्रम नेम्वाङ~ बी.पी. कोइरालाको नेतृत्वमा रहेको जननिर्वाचित सरकारलाई बर्खास्त गर्दै राजा महेन्द्रले २०१७ सालमा शाही विप्लवबाट शासन सत्ता हातमा लिएपछि नेपाली कांग्रेसले सशस्त्र जनसंघर्ष थालेको थियो । त्यसै क्रममा नेपालको पूर्वी क्षेत्रमा दन्केको सशस्त्र जनसंघर्षका घटनाक्रम र त्यसको अगुवाइ गर्दाको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : प्रेमगीत

~श्रवण मुकारूङ~ यी जन्तीजस्ता पर्वत चराको माला बुकी र बतास यी सनईजस्ता भन्ज्याङ लोकन्ता खोला गोधूलि र मौनता यी मान्छेका आदिम र आधुनिक दुःखहरू

Posted in कविता | Tagged | Leave a comment

गजल : उमेर औंलासंगै पितृको भाँची राख

~दीपक जडित~ उमेर औंलासंगै पितृको भाँची राख । हाईसञ्चो हुनेभो भनेर नाची राख । बाँचुञ्जेल पितृसेवा नगर्दा नि भयो , काजक्रियामा त गरें भन्न साक्षीराख ।

Posted in गजल | Tagged | Leave a comment

गजल : नकोरी कनै त्यो सलाई तिमीले

~विनित ‘सानु’~ नकोरी कनै त्यो सलाई तिमीले । मिटायौ चिठी सब् जलाई तिमीले ।। म आफु विरोधी कठोरै बनेथें, पगाल्यौ फतक्कै गलाई तिमीले ।

Posted in गजल | Tagged | Leave a comment

गजल : उनकै घरमा जन्ती आयो

~स्वयम्बर सिंह लामा~ उनकै घरमा जन्ती आयो सघाई दिउँ की जस्तो लाग्यो सिंउदो अझै खाली रहेछ रंगाई दिउँ की जस्तो लाग्यो । पाहुना पात धेरै थियो खैलवैला ठुलै थियो लोगन्तीलाई झुक्याएर भगाई दिउँ की जस्तो लाग्यो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : बिचारमा नयाँ चहल,पहल लेख्न थालेँ

~डा ज्योतिपुञ्ज सुरेश~ बिचारमा नयाँ चहल,पहल लेख्न थालेँ। लेख्दै जान थालेपछी,गजल लेख्न थालेँ। फुटिजाने डर सधैं ,सिशमहल सपनाको, पुरानो यो झुपडिलाई,महल लेख्न थालेँ।

Posted in गजल | Tagged | Leave a comment

गजल : ओंठमा ताला मारिरहे

~राजन काफ्ले~ आँखाभित्र उनलाई लुकाई ओंठमा ताला मारिरहे मनले लाखौं वोल्न खोज्यो मैले आवाज टारिरहे आकृति त्यो जहाँ जान्छ त्यतै त्यतै ध्यान सँधै हराउँछ कि उनको छायाँ ? अन्तै दृष्टि बारिरहे जुनीभरको साइनो माग्यो कल्पनाको तरेलीले

Posted in गजल | Tagged | Leave a comment

गजल : जब जिन्दगीको भार फूलजस्तो थियो

~डा.टीकाराम भण्डारी~ जब जिन्दगीको भार फूलजस्तो थियो मेरो पनि अनुहार फूलजस्तो थियो । टुट्ने मुटुकै दोष मानियो यहाँ धोका दिनेलाई प्रहार फूलजस्तो थियो ।

Posted in गजल | Tagged | Leave a comment

गीत : शितल छाया

~महेश बर्तमान रानामगर~ शितल छाया तिमी भन्थ्यो मन पोल्ने रैछ मेरो जुनको शितल छाया पराईलाई रैछ ताराबिच एउटा तारा सधै सधै प्यारो प्यारो तारा बिलाई गए मनलाई भो गाह्रो शिशिरमा घाम लागे सवले ताप्ने रैछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : उठ उठ जाग जाग

~महेश बर्तमान रानामगर~ उठ—उठ जाग—जाग हे यूवा हो मानविय यूगको माग बिश्व शान्ति हो मान्छेले मान्छे मार्छ, मान्छे मारी जीत हुन्न रे यूवा शक्ति शान्ति चाहे शान्तिको शंख बज्छ रे शान्तिको द्धिप बाली उठ यूवा हो मानविय यूगको माग बिश्व … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

वेद पौडेलका १९ हाइकुहरु

~वेद पौडेल~ तीन हाइकु – हानामी (Flower Watching) १ पैंयुको वृक्ष्य अहो! पुष्पवृष्टि भो वायु शित्तल २ दौंतरी साथ आहा! दारुको घुट्का स्वाद अटल

Posted in हाइकु | Tagged | Leave a comment

व्यङ्ग्य : शान्ता डार्लिंग

~पूर्ण मुनंकर्मी~ नेताज्यू आज निकै थाक्नु भएको छ । एघार ठाउँमा कार्यक्रम भ्याउनु भएको छ र त्यसमध्ये छ ठाउँ त महिला मुक्ति र सशक्तिकरण सम्वन्धि मात्र । महिला सशक्तिकरण सम्वन्धी कुनै पनि कार्यक्रममा पार्टीले उहाँलाइ नै खटाउने गर्छ । आयोजकहरु … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : झ्याउ

~बासु श्रेष्ठ~ कसैलाई केहि गर्न मन लागेन भने ह्या झ्याउ लाग्दो भनेर त्यस कामलाई पन्छाउने बानी मानिसहरुमा बढेको मैले अनुभव गर्न थालेको छुँ । हिजैकोमात्र कुरा हो मेरी श्रीमति टिभि हेरिरहेकि थिईन् । अचानक ह्या झ्याउ लाग्दो भनेर टिभि बन्द … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : पवित्र सम्बन्ध

~शर्मिला खड्का दाहाल~ जीवनको यो मोडमा आएर पनि म एउटा कथाको यी हरफहरू बारम्बार दोहोर्याई तेहर्याई प्रायः पढ्ने गर्दछु । एउटा परस्त्रीले परपुरुषसँग गर्ने प्रेम सधै अवैधानिक हुन्छ । यस्तै मान्यता र संस्कारबाट परिपोषित थिएँ म । त्यसैले यस्ता प्रेमका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : विदेशी ‘क्षितिज पर’लाई स्वदेशी आँखाले नियाल्दा

~नन्दलाल आचार्य~ पहाडको फेदैमा मेरो छ गाम हजुर गरिवको छोरो परेँ गगन मेरो नाम हजुर । काम खोज्दा जुत्ता चप्पल फाट्यो जीवन पनि आफ्ना मान्छे नभए पछि नपाइने काम हजुर । आशैआशमा हामी मर्छौ यसमै पिल्सिएर हुने खानेलाई नै पुरस्कारका … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : भ्यागुतोत्सव

~सरुभक्त~ सर्पखाने सर्पहरु म्याग्नाकार्टा वोकेर हिडिरहेछन् वालुवाका नदीहरुमा शवगृहः पिटिसन अफ् राइट राजा चाल्र्स – क्रमवेल नियतिका समीकरणहरु छेपारोका रङ्ग समिश्रित ‘म नै राज्य हुँ !’ वुरबनवंशीय अहम्नादहरु मेडम घाटा – रानी एन्टोनियटका वुर्जुवाई अज्ञानताहरु ‘पाउरोटी छैन भने केक खाउ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : माझी गाउँको हल्ला

~श्रवण मुकारूङ~ नदीमा ताराहरू डुबेका छन् भन्ने गाउँभरि हल्ला चलेपछि ऊ सबेरै बल्छी बोकेर हिँड्यो ।

Posted in कविता | Tagged | Leave a comment

गजल : रात यो मेरो नभए के भयो

~दीपक जडितजी~ साना जुर्मुराए परिवर्तन ल्याए मौका उछिटे ठुलाले । न रंग छ न छ कुनै ढंग भनि सानालाई सिटे ठुलाले । साना झुकेनन् निहुरिएनन् शिर ठाडो गरेर उठिरहे , पख्लास ए ! तलाईँ भनेर कड्कीएर दाह्रा किटे ठुलाले ।

Posted in गजल | Tagged | Leave a comment

कथा : समुन्द्रको छेउम

~कमला सरुप~ समुन्द्रको छेउमा त्यसमाथि पनि चन्द्रमा उदाइरहेको यो साँझलाई कसम खाएर म एकतमासले शब्दहरूलाई माया गर्दै यो पत्र लेखिरहेकी छु । ओहो, जीवन भन्दा पनि महापूर्ण कुरा भावना कसरी हुनसक्छ – अहिले आएर मैले विश्वास गर्नै पर्ने एउटा बहसको

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पहाड र मान्छे

~विद्या सापकोटा~ जव म एक्लै हुन्छु कल्पना र यथार्थको धरातल नाप्न मन लाग्छ कति मनोरम छ संसार ॥ देख्छु हेर्दाहेर्दै ठडिएको सुन्दर हिमाल

Posted in कविता | Tagged | Leave a comment

कथा : चाह निवस्त्रको

~गुणराज लुइटेल~ सौरभ अमेरिका पलायन भएको पनि ११ वर्ष नाघ्न लागेछ । आफ्नो भन्दा पनि अरुको ज्यान बचाउने उसको पेशा भएको हुंदा विहानदेखि राती सम्म ब्यस्त हुनु पर्छ । घरमै भए पनि अन कलमा रहनु पर्छ । कहिले कहिं त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिदेशी बिहे

~सिता बराल~ एकाबिहानै के कामले आयौं त ठुले,भन्दै गलैचा ओछ्याइदिइन पण्डीतनी बज्यैले । पण्डीत बाजेसंग दिन हेराउन आएको, कता हुनुहुन्छ? जप गर्दै हुनुहुन्छ, उठ्ने बेला भयो । म चिया बनाएर ल्याउछु बस्दै गर है भन्दै पण्डीतनी बज्यै गईन । के … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सनकी तारा

~श्रवण मुकारूङ~ सनकी तारा कसैलाई वास्ता छैन– उसको आगमनको । बरु छ– भर्खरै, त्यो तरुनी चन्द्रमाको हातबाट एउटा निरीह फूल झरेको खेतको आकाशलाई सानो झरीको दाग लागेको धानको बाला थोरै उठेको

Posted in कविता | Tagged | Leave a comment

कथा : संयोग

~कमला सरुप~ उसले कपाल मिलाई । ओठको लाली मिलाई । कपडामा अत्तर छर्की गाजल लगाई र ऐना हेरेर फिस्स हाँसी । उमेरमा कति घमण्ड गर्थी आफ्नो रुपको । श्रृंगार पटार गरेर दाहिने पट्टिको कपालमा लाली गुराँसको थुम्को सिउरिएर हाटबजार मेलापात … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फूलको कथा

~श्रवण मुकारूङ~ उहिल्यै–उहिल्यै फूलहरू कविता लेख्थे । फूलहरू– आदिकवि थिए महाकवि थिए युगकवि थिए जनकवि थिए उहिल्यै–उहिल्यै

Posted in कविता | Tagged | Leave a comment

गीत : बर्बाद भएँ म हेर

~जितेन्द्र तुलाधर~ बर्बाद भएँ म हेर तिम्रो मायाको खेलमा डुबिसकेछु म त आफ्नै आँसुको भेलमा धनसँग मन साट्ने, तिम्रो कालो नियत रहेछ मेरो मनको चोखो प्रित, तिम्रो लागि खेल भएछ बर्बाद भएँ म हेर तिम्रो झेलको खेलमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : पुरुष

~उपमा अर्याल~ प्रायः म निराशावाद होइन आशावादी गीत सुन्न रुचाउँछु। त्यसैले होला आज भोलि राजेश पायल राईको “दर्शन नमस्ते” भन्ने गीत निकै नै सुनिरहेकी छु। कति मीठो शब्द चयन, कति मीठो लय अनि स्वर, अनि त्यस्तै मन्त्रमुग्ध पर्ने सङ्गीत! सार्है … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मोहन कोइराला

~श्रवण मुकारूङ~ कति हिँडेँ हुँला यो जीवनमा म कति हिँडेँ हुँला यसरी– कतिपल्ट बिसाएँ हुँला– यो अडेसोमा ? मेरो सपनाजस्तो बगिजाने यो खोलाको पानी कहाँ पुग्यो होला अहिले कठै ! यो रुख

Posted in कविता | Tagged | 1 Comment

Poem : Student

~Sahara Bhattarai~ The choice has been made to broaden the wisdom far from the tender care struggling to make a mark of my own

Posted in Poem | Tagged | Leave a comment