Tag Archives: sangrahalaya

गीत : फुल्छु भन्थेउ मनै भरी

~अनुराग कंडेल~ फुल्छु भन्थेउ मनैभरी अनयासै झर्यौ किन? डेरा जमाइ मुटु माझ फेरी पर सर्यौ किन? मन्को घाऊ बल्झिएर पीडाहरु सल्बलाउछन् तिम्रै याद सिरानीमा सारा रात खल्बलाउछन् जानु रैछ मुटु रेटी झुठा बाचा गर्यौ किन?

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : एउटा अपराध वोकेर भाग्दैछू

~रजित ओझा~ तिमी आउँछौ थाहा छ, तर एउटा अपराध वोकेर भाग्दैछु। कालो चश्मा लगाएर तिमी उकालो चढ्दै थियौ। धेरै तल देखी मैले तिमीलाई नियालेकी थिएँ। अग्लो कद,पुलिसको जस्तो कपाल,कालो चश्मा अनि गह्रुंगो झोला।आँगनमा तिमीले विसाउँदै सोध्यौ “पानी पिउन मिल्छ?” मैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : च्याउको जङ्गलको ह्याङओभरमा…

~दीपक सापकोटा~ कवि विप्लव ढकाललाई एक साँझ सोधेको थिएँ, ‘कविता किन लेख्नुहुन्छ?’ ढकाल केहीबेर निकै भावुक देखिएका थिए। उनको उत्तर यस्तो थियो, ‘आफू बाँचेको समय र समाजसँग संवाद गर्न कविता लेख्छु। आफ्नो अन्तर्आत्मासँग साक्षात्कार गर्न मैले रोजेको सबभन्दा प्रिय बाटो … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : यो रात

~ज्योति जंगल~ अध्यारोको साङ्लोमा लमतन्न बेहोस छ, र निशब्द निदाएको बहाना गर्छ यो रात हज्जारौं सपनाहरु हज्जारौं तलाका महल उक्लन्छन् बन्द आँखामा, कोशौं टाढाको मित्र सेकेण्डभर छेवैमा आइपुग्छ टाउकाको क्षितिजमा उडेर । खै देवताहरु के गर्छन् ?

Posted in कविता | Tagged | Leave a comment

कविता : त्रासदी गाथा

~सरुभक्त~ चिसो मरुभूमिमा ध्वजावाहक काला जादुगरहरु इन्क्युवेटरमा वालुवाका सपनाहरु कोरल्दैछन् अपधर्मका पैगम्वरहरु कुहिरोको सुरुङभित्र पसेर मरुद्यान – ओयसिस तृष्णाका पूmलहरु फुलाउँदैछन् ठिंगुराभित्र वालुवाका मान्छेहरु अल्झिरहेछन् जिन्दगीका प्रायोरीहरु अकालमुखे बच्चाहरु प्लाष्टिकका दूधेमुन्टा चुस्दैछन् सोनीहरु कविता खोज्दै रारा पुगे

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे भनेको …

~सरुभक्त~ ब्रह्माण्डमा महाविस्फोट छः देशमा वमविष्फोट छ पहाडहरुका मन भैचालाका शान्तिहरु रोएका छन् हेर ! हेर ! असनका साँढेहरु फ्रायडका दुःस्वप्नहरुमा यौनाङ्गवादी प्रेमरचना गर्दैछन् डेथ जोनः खरपसकालीन मनस्थितिमा चराहरु वसाइसराइ गर्दैछन् दाँतेका दैवी सुखान्तहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : पहाडहरुको मृत्युः घाटेवैद्यहरु

~सरुभक्त~ पहाडहरुको मृत्युः घाटेवैद्यहरु रगतका वीभत्स छिटाहरु पोतेर प्रेमपत्रहरुको तस्करी गर्दैछन् फेरि युद्धविराम फेरि युद्धका सन्त्रासहरु दुर्दान्त वैताल तालहरु वन्दी वेपत्ता अनुष्ठानः मण्डलेदेखि कमण्डलेसम्म दिमागमा खाक्सी लाएर सफाया अभियान चलेको छ उः ! सभ्रान्त भूतवङ्गलावासीहरु सधैं गोलमेच सम्मेलनका तयारीमा छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : विस्मयबोधक

~बिमल पुन~ अचम्म लाग्छ मलाई , हिजो आजका बुद्धिजिवीहरुलाई देख्दा किन चुप लागेरै बस्छन् अरुले लुम्विनी नेपालमा पर्दैन भन्दा दङ्ग लाग्छ मलाई स्वतन्त्र देशभक्तहरुलाई देख्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : म एक्लो छु

~चकेद्र राई “कैदी”~ म माटो भएर ढुङ्गा सँगै टाँसिन जानिन ……। किनार भएर नदी सँगै गाँसिन जानिन……। अन्यायको जातोमा मकै सरी पिसिन जानिन……। आकाश भएर क्षितिज सँग मिसिन जानिन……। त्यसैले…. म एक्लो छु , नितान्त एक्लो ! न बुढो राजनीतिक

Posted in कविता | Tagged | Leave a comment

कविता : दुख्यो

~कोमल प्रसाद श्रेष्ठ मल्ल~ म र मेरो कर्तव्य के हो ? सिकाउने एउटा पाठशाला चाहियो, बन्द, हडताल, आगजनी र चक्काजाम, लुटपाट, हत्या, दमन, तोडफोड र हानाहान निस्तेज गर्ने, एउटा वधशाला चाहियो किनकि, एउटा कुर्ची दुख्यो, निरन्तर दुख्यो, निरन्तर दुख्यो ….

Posted in कविता | Tagged | Leave a comment

छोक : नेपालको छोरो !

~सुप्रिया गुरूंग~ दिनभरी बिदेशी कम्पनिमा खटिएर थाकेको शरीरमा जोस र आश भर्दै, जन्मभुमिलाई सम्झदै , ऊ निदाउन बिर्सन्छ, अराम गर्न बिर्सन्छ, त्यो अन्धकारमय रातहरुमा पनि

Posted in कविता | Tagged | Leave a comment

गजल : कलम लिएर के भो

~हरिशरण डोटेल~ साँचो नलेख्ने कलम लिएर के भो घाउ नसुक्ने मलम दिएर के भो। धेरै ज्युँछन मान्छेहरु बाँचिरहन्छन थोरै बिष मिसेको अमृत पिएर के भो।

Posted in गजल | Tagged | Leave a comment

गजल : फटाहा को भिड बिच

~चन्द्र बहादुर बि.क.~ फटाहा को भिड बिच, सज्जन कहाँ टिक्छ हजुर। बिष बेच्ने बजार हो यो, अमृत कहाँ बिक्छ हजुर।। जस्तो ज्ञान बुद्धी दियो, त्यस्तैनै त सिक्ने हो नि । गुरु आँफै चोर छ त, सिक्ने ले के सिक्छ हजुर।।

Posted in गजल | Tagged | Leave a comment

कविता : अक्षरका बेर्नाहरु र कलमकिसानहरु

~दीप्स शाह~ अक्षरका बेर्ना उमार्ने कलमकिसानहरु! यहाँ ब्याड्मै पानी सुकाइदिनेको कमीछैन, तर अब भन्नै पर्छ हेर!यहाँ उन्नत जातका बिउ रोपिँदैछन् जो षाडयन्त्रिक अनाबृष्टीमापनि उम्रन छोड्नेछैनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘दिउँसै रात’ पार्ने गरी ‘आधा रातमा घाम’ नहोस्

~मुरारी अर्याल~ ६७ मा जे भो जे भो ६८ मा यस्तो नहोस् कसौंडी र डेक्चिको मोल ‘चम्चा’भन्दा सस्तो नहोस् बगलिमा छुरा राखी मुखमा मात्र ‘राम’ नहोस् सबै चलुन बिधिभित्र कुनै छलछाम नहोस्

Posted in कविता | Tagged | Leave a comment

गीत : गैर आवासीय नेपाली

~मित्रलाल पार्दे~ एक पटकको नेपाली हामी सधैंको नेपाली नेपालको लागि नेपाली हामी गैर आवासीय नेपाली बगेको छ छातीमा हाम्रो स्वाभिमानी रगत लुकेको छ पाखुरीमा हाम्रो संसार हाक्ने तागत बलेको छ आगो तालुमा हाम्रो वैभव नेपाल बनाउने

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : विदेशिएका जीवनका कथाहरु…

~नमराज लामिछाने~ पसीना सकिएका सुख्खा शरिर बोकेर आँसु टिल्लबलाएको आँखाले चिहाउदछ । पारिवारीक संसार बाट टाढिएको शरिर बोकेर ममताको ब्याकुलतामा भावुकताले टोलाउदछ । ******* मलिन अनुहारमा फुसि्रएको गाला सँगै

Posted in कविता | Tagged | Leave a comment

कविता : छातेढुँगा

~दिपकराज काफ्ले~ पोखरीबाट गौरीगंज जादा, लुंग्छाता भेटीन्छ । ताप्लेजुङ माथि हिमाल छेउमा, देविथान देखिन्छ ।। आशिर्वाद माग्थें – हे पाथिभरा कामना पुरा पाम । गुन्द्रुक र ढीड़ो खाएर पनि, लक्ष्यलाई चुम्न पाम ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : जा ए ६६ साल

~विमल गौतम~ जा ए ६६ साल फर्किएर नहेरी जा तेरा दुष्कर्म हरु साथै लिएर जा बास्पानी र डूड़े झारीको घटना लिएर जा जमिम, सिन्हानिया हरुको रगत पिएर जा

Posted in कविता | Tagged | Leave a comment

कविता : होसियार

~विमल गौतम~ चुनावका बाचा कसम भुल्ने हरु होसियार संबिधान सभा छाडी डुल्ने हरु होसियार मेरो बाह्रै टक्का भन्ने हठ हरु होसियार

Posted in कविता | Tagged | Leave a comment

कथा : नूर एल आइन

~कृष्ण थापा ‘कृष्णपक्ष’~ गलिलको सामुद्रिक किनार भएर बग्ने चिसो बताससँग ठोकिएर नूरका कपालहरु छालजस्तै तरंगित भैरहेका थिए । बाक्लो आँखीभौं र परेला भएको सुन्दर आँखाको चित्र ट्याटु खोपिएको थियो उसको बायाँ पाखुरीमा, पृष्ठभूमिमा थियो आगो ओकलिरहेको सूर्य । यसबाट सहजै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : मृत शरिरलार्इ नियाल्दा

~सुरेन उप्रेती~ कुहिरोको पातलो बर्कोलार्इ विहानीको चिसो हावाका झिना नँग्राहरूले भत्काउँदै थिए । मान्छेहरू आँखा मिच्दै दिनभर आइपर्ने समस्याहरू सँग जुझ्न तयार हुँदै थिए । सूर्यले राम्रो सँग धरतीमा पाइला राखि सकेको थिएन । अझै जूनको राज कायमै थियो । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

समालोचना : बौद्धिक नश्लीय साँस्कृतिक चिन्तनको प्रभावमा जिन्दगीको पहाड र अस्तित्वको राकुदेले सेकसेलेले…..

~पूर्ण इन्फादा~ समकालीन नेपाली कविता साहित्यको श्रीवृद्धिमा हङकङले आफ्नो छुट्टै पहिचान बनाएको छ । सिर्जनशील साहित्य समाज, हङकङको गठनसागै यसले तीव्र गति लिन थालेको छ । विश्व कविता साहित्यमा देखा परेका नयाँ चिन्तन, नयाँ प्रयोग र नयाँ बान्कीलाई पनि यहाँका … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कविता : नयाँ सोच नयाँ बर्षमा

~ज्योतिराज अधिकारी~ बिछ्यौनमा बिझाउने कती तिखो काडा हो यो अनन्तमा बिलाउने एउटा बिन्दु जीवन हो यो कस्लाई कहाँ के का लागि खोज्दै हिडिरहेछु यहाँ कसो के हो थाहा छैन जाने बाटो छैन कहाँ । चरालाई सोधे मैले कहाँ जान लाग्यौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : च्यातिएका प्रेमपत्र

~प्रल्हाद दाहाल ‘प्रेम मोती’~ भुमिका:- यो कथा प्रणय दिबसको सन्दर्भमा लेखिएको कथा हो | प्रणय दिबस सप्ताह र अन्य taddy day, kissing day, hug day जस्ता अरु सात दिनबारे जानकारी दिएर लेख्दा कथा धेरै लम्बिने हेतुले यी सबैलाई समेटन सकिएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जनक अमर रहून्

~बी.जी. कुसी~ किन हो कुन्नि, त्यो दिन त्यो समय बिहान सबेरैदेखि नमुना गाउँ स्तब्ध थियो। आकास चकमन्न थियो, पशुपंछी उडेको पनि देखिंदैनथ्यो। गए राति कुकुरको भुकाइ पनि कसैले सुनेको थिएन। कुनै अशुभको सङ्केत पनि थिएन। बादल नलागे पनि हुरी नचले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : परिवेश

~सुरेन उप्रेती~ मेरो श्वभाव नेपालमा हुँदा देखिकै अलि अन्तर्मूखि खालको छ । मलार्इ अरू केटाकेटीहरू सँग गफगाफ गर्न र समय विताउन तेती मन पर्दैन । मेरो श्वभावका कारणले गर्दा हाइस्कुलमा पनि मेरा धेरै साथिहरू थिएनन् । साथिहरू बढि नहुनुमा अर्को … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

हाँस्यव्यङ्ग्य पत्र : च्याँखुरीलाई रेगिस्तानीको चिठी

~चर्चित ढुङ्गेल~ प्रिय च्याँखु, माया र सम्झना ! यो रेगिस्तानमा म र मसँगै झण्डै चार लाख नेपाली आरामै छौँ । आशा छ, त्यहाँ पनि तिमीलगायत सम्पूर्ण नेपाली आरामै छौ होला । श्री रेमिट्न्सज्युको खेती गर्ने किसानहरुका कृपाले सवैको कल्याण होस् … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मैले चडाए फूलको थुङ्गा

~चिन्तन यात्री~ मैले चडाए फूलको थुङ्गा तर दैव भएछ देवीलाई ढुङ्गा न त जात यो ठुलो यो सानो भन्छु न त धर्म यो ठुलो यो सानो भन्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : भावना

~भवानी हुमगार्इं~ गोरेटोमै पुग्नै नपाई दोबाटोमै साथ छुट्यो सजाएका सपनाहरु क्षणभरमै आज फुट्यो।। जुनदीन तीम्रो र मेरो बीछोड भयो परीवारले रोजेको सँग तीम्रो बीहे हुन्छ तीम्रो घरमा नौमती बज्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्याय

~सोम श्रेष्ठ ‘दोलखामी’~ म त छक्क परें । के बिराए थाहै छैन । सँजाए भोक्दै छु । मेरो भूल के हो बताइ दिए हाँसी हाँसी कबुल गर्थे र चरणमा परि माफी माग्थें । भूलको प्रायश्चित गर्ने म‌ौका नै नदि मात्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हजुर जहाँ म पनि त्यहाँ

~कमला ढकाल काफ्ले~ हजुरलाई छोडेर गएकि कहाँ छु र प्रियतम? हजुरले फेर्ने हर श्वासमा छु!!! हजुरको दिलमा धड्कने हर धड्कन मा छु!!! सबै दिलका शब्दहरु ओठमा आउन्न, आँखाहरुको भाषा मा छु!!! हजुरका हर यादहरु मा छु!!! कल्पना मा छु हजुरले … Continue reading

Posted in कविता | Tagged | Leave a comment