Tag Archives: sangrahalaya

गजल : आफन्तमै घात हुँदा

~पार्वती पहारी ‘तुफान’~ पहिलो चोटि दु:खी पारु आफन्तमै घात हुँदा दोस्रो चोटि दु:खी पारु मध्यान्ह मै रात हुँदा साथी संगी स्वार्थी भेटी जीवन जगत भिन्न भेटी तेस्रो चोटि दु:खी पारु कसम झुट्टा बात हुँदा

Posted in गजल | Tagged | Leave a comment

गीत : झर्छ कि जिन्दगी

~तीर्थ श्रेष्ठ~ सम्हालेर नराखे आफ्नै आँखाबाट झर्छ कि जिन्दगी आफन्तलाई नै नचिनेर दोबाटोमा पर्छ कि जिन्दगी फूलको जस्तो पत्र-पत्र जिन्दगीको धेरै ब्यथा भन्छन् सुख दु:ख घाम-छायाँ यो जिन्दगानीको कथा भन्छन् आँफैले नथामेर अन्त कतै आँफै बाट सर्छ कि जिन्दगी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : राउटेको बिहे

~रामकृष्ण आचार्य~ शनिबारको दिन विद्यालय बन्द हुने हुनाले मेरा साहिँला काका सदानन्द आचार्य र म चगत्रा बजारको चौतारीमा बसिरहेका थियौं । मानिस बजारमा ओहोरदोहोर गरिरहेका थिए। बाटो हिँड्ने बटुवाहरू चौतारीमा थकाइ मेट्दै आफ्नो बाटो लाग्दै थिए। भरियाहरू चौतारीमा भारी बिसाउँदै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : म्याटिनी सो

~बुद्धिसागर~ रिले दौडको अन्तिम खेलाडीझैँ बेस्मारी दगुरेर रात टीकापुर आइसकेको थियो । घरघरमा बत्ती बलिसकेका थिए । अँध्यारो देख्नेबित्तिकै मेरो सातो गयो । दर्शकहरू फिलिम हल देब्रेतिर बनेको ट्वाइलेटतिर दगुरिरहेका थिए । मानिसको पिसाब फिलिम हलको देब्रेतिरबाट सहर पसिरहेको थियो … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : वाह अमेरिकन ढाक्रे…

~गुणराज लुइटेल~ अमेरिका न हो, रातमै पनि गगल्स लगाइ हाल्छ, ड्राइभिङ्ग गर्नु छ भन्दाभन्दै आधी बोतल त चलाइ हाल्छ । ठाउंले न गर्यो, हल्का फेसियल त परिहाल्छ आंखी भौं नमिलाएको त के मान्छे केटा पनि ब्युटी पार्लर छिरिहाल्छ । ठूलै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सपनाका नेगेटिभहरु

~रमेश भट्टराई~ ‘कसैले देख्या छ सपनाका नेगेटिभहरु धुलाउने ठाम? नेगेटिभमै थन्केलान् जस्तो भो !!’ मनमा फ्याट्ट कुरो खेल्यो। फेसबुक खोलिराख्या थिएँ, लेखिदिएँ। सामाजिक सञ्चाल मनको बह पोख्ने, सुख–दुःख भन्ने ठाउँ भएको छ। प्रतिक्रिया आउन थालिहाल्यो। प्रतिक्रियामा प्रतिक्रिया जनाएँ। भर्चुअल समाजमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मसरूम पिज्जा

~गरिमा लुइँटेल~ मनको चिहानमा कति भेटिन्छन् यादका कङ्कालहरू। जलेको मनसँग कहिले जल्न नसकेका ढुसी परेका अनि माकुराले जालो बुनेका सपना र रहरहरूको अस्तु मनभरी सँगालेर बाँच्दै छिन् सविता। कहाँबाट सुरु गरुँ म उनको कहानी, त्यो कहानी जसको आरम्भमै अन्त्य थियो। … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कविता : अझै सम्झना छ ।

~आभास~ बाबु, मलाई बिर्सिस् कि कसो ? अमाहरुको एउटा प्रश्न……. बिर्सेर पनि बिर्सि नसक्नु रहेछ आमा ! त्यो क्षण जब मेरो मस्तिष्कमा चिन्ताको बीउ पनि थिएन जब पाइलाले माटो छामेकै थिएनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : संबाद

~हरिप्रसाद काफ्ले “शैब”~ मैले धेरै पटक भनिसकें कति पटक लेखेरै दिइसकें बारम्बार समझाई – बुझाईरहें छोरी भएर आमासंग बिबाद नगर जे हुनु भैसक्यो, शायद जे हुनुथियो त्यही भयो अब धेरै बिबाद होइन सामान्य संबाद गर सुन्ने क्षमता नै घटिसक्यो बरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नो घाऊ बल्झेको थाहै भएन !

~अनु शाह~ उनको चोटमा मल्हम लाउन ब्यस्त म आफ्नो घाऊ बल्झेको थाहै भएन। खुड्किलो बनेर उन्को उचाइ बढाँये। आफु भनी भास्सिएको थाहै भएन।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमदिवस, मैना सुनार र रातो धर्ती

~राम प्रसाद प्रसाईं~ भैँसी चढेर ठुला भएकाहरुले भैँसीमा महिषासुरैमात्र देखिरहेसि यसपालिको प्रेमदिवसमा मैना सुनारलाई रातो कलम दिन मन लागेको छ मलाई लोभ लालच बोकाएर निम्तोमाथि निम्तो थोपर्ने काठ्माण्डौले जवानी र जुझारूपना चुसेर खोस्टा जिन्दगी गामबस्ती फिर्ता गरेसि यसपालिको प्रेमदिवसमा मैना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : किन दुख्ने देश छातीमा ?

~संजीवन महर्जन~ के देश घाउ हो ? के देश पीडा हो ? होइन भने, किन दुख्ने देश छातीमा ? देश त मुस्कुराउनु पर्छ रुमानी सपना जस्तै अबोध बालकको खुसी जस्तै तन्नेरी आँखाले साँचेको सुदूर भविष्य जस्तै आल्हादित मनले बाँचेको आकाश … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तस्वीर वरीपरी

~बिबश बिप्र~ अन्जानमै काटिएछ जिन्दगीका अँध्यारा पाटाहरु । श्रीमान दा भिन्चीको मोनालिसाको अद्भुत मुस्कानले भन्दा तिम्रो तस्वीरको उज्यालोपनले सारा उपग्रहहरु – झिलिमिली छन् |

Posted in कविता | Tagged | Leave a comment

कविता : उ काठमान्डौमा भीख माग्छ !

~दिल निशानी मगर~ त्यो, रकेट लन्चर र, हाम्रो, राजधानी-रोल्पा कम्मर मा, अल्बर्ट आइन्स्टाइन बोकेर हामीलेे, छाती मा ‘माइन’ बीच्छायौ अनी, धराप बनेर, उभीयौ राजमार्ग मा हत्केला मा,

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी र म

~सुमन श्रेष्ठ~ मुटु झिकी देखाईदियौ घाउ कति गहिरो छ तिम्रै जस्तो मेरो पनि छातिभित्र पहिरो छ खसेको छु तल तल आफ्नै मनको भिरैभिर सक्ने भए रोईदिन्थें तिम्रो पनि सबै पिर । कति मनका घाउहरु समयले छोपिदिन्छ

Posted in कविता | Tagged | Leave a comment

शङ्कर गिरीका ४ हाइकुहरु

~शङ्कर गिरी~ आफ्नै रडाको कुम्लो बोकी ठिमी भो साझा सवाल । तुषारापात हजारौं सपनामा तिमी चिप्लिँदा ।

Posted in हाइकु | Tagged | Leave a comment

गजल : सबै खेल हारेको छु

~शोभा पोखरेल~ कुन खेलको कुरा गरौं, सबै खेल हारेको छु! भित्र-भित्रै आफुलाई सयौं पल्ट मारेको छु !! एस्तै भयो जिन्दगीको परिभाषा नजानेर ! आफुलाई दिन दिनै टुक्रा टुक्रा पारेको छु !!

Posted in गजल | Tagged | Leave a comment

कथा : पासपोर्ट

~कल्पना बान्तवा~ ‘एकमुठी तातो टिपेर सत्संगमा जाउँ भनेको! घाम कदमको टुप्पोमा आइसक्दा पनि चुलो चिसै छ। म बूढी धेर भएकी छु। निद्रा पनि कति लाग्न सकेको? खायो सुत्यो, माना पचायो।’ सासूको चर्को स्वरले ओछ्यानमा असरल्ल गौरीको अवस्थामा करेन्ट लायो। अघि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नियती

~गीता थापा ‘दोषी’~ साउन भित्रिएको खुशियालीमा गमक्क परेका छन् आजभोलि बगैँचाका बाह्रमासे फूल बिहानको भुकभुके उज्यालो … धर्तीमा नओर्लिदै तिनले पुगिसक्नु पर्छ भगवान शिवको चरणमा लीन हुन हरियो पहिरनमा सिँगाररिँएर बिहानको मन्द मन्द हावाको झोका बटुल्दै जव युवती पूजाको सामाग्री … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रगतका कणहरुसित

~मदन उत्साही~ जुुलुुस हो यो एउटा संवेद्य–अनुुरोधका लागि प्रश्नै प्रश्नका झण्डाहरु बोकी तपाईंका आँखाहरु सामुु प्रदर्शनमा उत्रिएको हामी परिवर्तनवादी मानव हितैषी अक्षरहरुको……! यो शदीका यो विश्वभरिका हे प्रत्येक मानव महोदयहरु ! कृपया,गहिरिएर हेरौँन आफैँभित्रको एउटा उदाहरण सुूक्ष्मदर्शक यन्त्रबाट

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यू अनि खग्रास सन्नाटा

~गोपी कृष्ण प्रसाई~ मृत्यू छ र त जीवन यहाँ सन्त्रासमा छ भयले कोरेका कम्पास रेखाहरु गुरुत्वाकर्षण भन्दा बेग्लै कुद्छन सुखद अनुभूति संगाल्न भूगोल भरि यात्रामा निक्लेकाहरु

Posted in कविता | Tagged | Leave a comment

कथा : एक टुक्रा माया

~मिङ लिवाङ~ निस्सासिएर मस्त निद्राबाट मालती ह्वात्त ब्युँझिई। पसीनाले उसको शरीर लुथ्रुक्क भिजेको थियो। आफूले लगाएको टिशर्टको बाहुलाले अनुहारका पसीना पुछेपछि हत्केलाले तरऽऽऽऽ चुहुदै गरेको घाँटीको पसीना पुछी। प्रायः सातवर्षपछि यसरी अँध्यारो कोठामा ऊ एक्लै सुतिरहेकी थिई। त्यसैले होला अँध्यारोमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मुखियाको दृष्टि

~सुकुम शर्मा~ ‘उहाँ समद्रष्टा हुनुहुन्छ । उहाँको स्पष्ट लेखनले युवा पुस्तामा चर्चा पाएको छ ।’ उनीसित परिचय गराउँदै टीकाप्रसादले भनेका थिए । त्यसपछि मैले उनको लेखनविधामा जिज्ञासा राखेको थिएँ । उनले मेरो जिज्ञासाको उत्तर दिंदै भनेका थिए– ‘गीत, गजल, कविता … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : तिम्रै तस्बिर

~योगेन्द्र गिरी ‘संघर्ष’~ तिम्रै तस्बिर सधै सधै हेरिरहे तिम्रो सामु पर्दा सधै सधै टोलाइ रहे मनमा सधै तिम्रै सपनाका महलहरु सजाइ रहे सधै तिमी म बाट टाडा गयौ किन ?

Posted in कविता | Tagged | Leave a comment

कविता : विचारको ढाड

~शकुन्तला जोशी~ त्यसपछि मलाई कहिल्यै मन परेनन् विचारलाई नुहाएर सुलिसजस्तो दोब्रिने मान्छेहरू ती जो छन् आफैंलाई मिसाएर पानीमा नदीजस्तै बगिरहेका मान्छेहरू ती जो छन् आफैंलाई मुछेर पसिनामा माटोजस्तै बाँचिरहेका मान्छेहरू जब हाँस्छन् निष्पि्कक्री उज्यालो छरेर अनुहारभरी

Posted in कविता | Tagged | Leave a comment

गजल : जिन्दगी

~मदन दुलाल~ एकलब्यको औँठा झैँ काटीयो जिन्दगी सुरा सुन्दरीको मोहमा जाकीयो जिन्दगी ।।१ जिर्ण मानसिकताले सँधै उचाल्यो पछार्यो ठर्रा सोमरसको स्वादमा तातीयो जिन्दगी।।२

Posted in गजल | Tagged | Leave a comment

गजल : नबिर्सिने सङ्लो नाता

~इन्दिरा प्रयास~ नबिर्सिने सङ्लो नाता,जोडनु थियो उनिसँग नतर्सिने जीवनयात्रा,मोड्नु थियो उनिसँग जुनि जुनि एकै हुने,जिन्दगीको उकालीमा, पीर ब्यथाको ति पहरा,फोड्नु,थियो उनिसँग

Posted in गजल | Tagged | Leave a comment

गजल : जाऊ भन्छे

~आशांक उपाध्याय~ पलाँस फूल हाँस्दै टिपेर जाऊ भन्छे | गुलाब मच्ची मच्ची म संगै आऊ भन्छे || चमेली ठुस्स पर्दै गम्किन्छे मग्ग मग्ग | गुराँस मख्ख पर्दै मेरै पो नाउँ भन्छे ||

Posted in कविता | Tagged | Leave a comment

गजल : लेखे जिन्दगीलाई

~डिल्लीप्रसाद खरेल~ मुटुका यि पाना भरि लेखे जिन्दगीलाई, हरेक प्रहर सपनिमा देखे जिन्दगीलाई| घाऊ थियो छाती भरि मनमा उस्तै पिडा, जन तन समालेर राखे जिन्दगीलाई|

Posted in गजल | Tagged | Leave a comment

कथा : छोरो पत्रकार भए पछि

~भवसागर घिमिरे~ बा दङ्ग परे । लामो समय पछिको भेट, मैले मोफसलको तगारो खोल्न नपाउँदै बाले हात पक्रेर कटेरो सम्म डोर्याए । नयाँ कटेरो । भकारोको स्वरूप फेरिएछ । गाई ब्याएछ । साँदै पिच्छे मान चार दुहुनु छ । सानो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : विश्वजनीन यात्रा, मान्छेको

~अमित रिजाल~ एउटा अनादी (भ्रमपुर्ण) अन्त्यक्रममा पाषाण हुदैं गएको सम्वेदना सहरका वस्तीहरुमा अनौपचारीक-अनौपचारीक सम्वन्धहरु, दशाब्दीयौं अघिदेखी भियतनाम, नागाशाकी वा च्याम्बर हाउसहरुमा हार्दै आएको उचाई बोकेर कुनै फोहोरी रोगले ग्रस्त शरिरमा जाबो प्राण छ खङ्ग्रङ्ग मान्छेको ।

Posted in कविता | Tagged | Leave a comment

गजल : पूर्णिमाको बात गर

~सुमन घिमिरे~ औसी रातको के, पूर्णिमाको बात गर छुट्टिदाको के , सगै हुँदाको बात गर आखा जुधाई लजाएर, निहुरिएको के कुरा अगालोमा बाधिएर, छुदाको बात गर

Posted in गजल | Tagged | Leave a comment