Tag Archives: sangrahalaya

कविता : मुखौटो भित्र लुण्डुप अवतारहरु

~भुपेन्द्र वीर विक्रम लामा~ त्यो दिन सन १९७५ मे महिनाको १६ तारीख विश्वमान चित्रबाट एउटा सार्वभौम र स्वतन्त्र राष्ट्र सदाको लागि विलिन गराएर राष्ट्रघाती लुण्डुप दोर्जेहरु पराई देशको दोस्रो दर्जाको नागरिक बनेको दिन। त्यही दिन सिक्किमी जनताको सर्वोच्चताको नाममा

Posted in कविता | Tagged | Leave a comment

कविता : देश दुखेको बेला

~मदन दुलाल~ बेमौसमी बाजा बजेको बेला सिमाना हरपल टुटेको बेला भयो अब नजिस्काउ मेरो देश दु:खेको बेला।।१ मातृत्व र भातृत्व लुकेको बेला एकताको गाँठो फुकेको बेला भयो अब नसोध स्वाभिमानी शिर झुकेको बेला।।२

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : संघीयता

~डा रविन्द्र समीर~ टाउको नेपाल, एउटा हात कर्णाली तथा अर्को हात लिम्बुवान क्षेत्र, छाती एवम् पेट पहाड र खुट्टा तराई मधेस भएको सबलाङ्ग नेपालको जीवनमा आँधीबेहरी आयो । खुट्टा विना नेपाल कसरी उभिदोरहेछ, हामी पनि हेछौँ – दक्षिणबाट एक झोँका … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : त्यो आँशु अनि म….

~टि. समीर लामा~ हुन त जीन्दगीमा ठुलो सफलताको कमै मात्र अनुभव छ अहिलेसम्म तर असफलताको पीडामा जलेर जिउनु न मर्नुको दोसाँधमा भने धेरै पटक पुगेको तीतो अनुभवको संगालो नै छ मसँग थुप्रै-थुप्रै…।कुनै बेलाको मेरा ती अवस्थाहरु अनि समय र परिस्थितिको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

रावल कृष्णका ५ हाइकुहरु

~रावल कृष्ण~ तिमी नहुँदा आफ्नै मुख बिरानो आज नधुँदा । माझ टारीमा धान काट्न नआऊ है मकैबारीमा ।

Posted in हाइकु | Tagged | Leave a comment

कविता : युद्ध सङ्ग्रहालय

~सीमा अाभास~ यही घरको भित्तामा पहिलोचोटि लेखेकी थिई मुक्तिको नारा सग्लो सूर्यले नुहाएको तेज ल्याउँछु भनेर कसेकी थिई मुट्ठी। छोरो डोर्‍याँउदै फेरि फर्केर आएकी छे छोडेर गएको घरमा। यो दश वर्षसम्म लगातार ऊ समाचार बनी घाइते बनी

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : मान्छे त मर्ने भयो

~चूडा निर्भीक~ गाडी जल्दछ अाैषधी सहितको मान्छे त मर्ने भयो हामीले सहि मार्गमा त कहिले लाग्नै सकाैंला अहो

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : बचेखुचेका सभ्यताहरु

~डा मधु माधुर्य~ सुनसान वातावरणः न झ्याउंकिरीको आबाज, न चराचुरुंगीको चिरीबिरी,उजाड्प्रायः दृश्यः न हरियाली जंगल,न नदिनाला, खोला र झरनाहरु,शान्त परिवेशः मानौं यो धर्तीमा युद्दको खेतीपाती कहिल्यै भएन। त्यो बस्तिमा न त गगनचुम्बी घरहरु नै देखिन्थे, न त भीड बजार वा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : ओझेल परेका रतनगञ्जका कथा

~खगेन्द्र गिरि ‘कोपिला’~ उहिलेउहिले पूर्वीय वाङ्मयमा साहित्य भन्नाले पद्यलाई जनाउँथ्यो । लय हालेर पढिने छन्दमय पद्यात्मक पङ्तिरुपी कविता नै साहित्यको रुपमा परिचित भइरह्यो चीरकालदेखि यद्यपि लय हालेर गाइने लोकगीत, दोहोरी गीतलाई साहित्यको दर्जा कहिल्यै हासिल भएन । आख्यान विधा दन्त्यकथामा … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

Translated Story : The News

~Chandra Prasad Bhattarai~ Trans : Tejendra Sherchan Lhakpa Phuti impatiently waited for the whole day today too in the hope of hearing the news of her husband. The eleven o’clock night news broadcast from Radio Nepal, the last for the … Continue reading

Posted in Translated Story | Tagged , | Leave a comment

कथा : पन्ध्रौँ तलाको अपार्टमेन्ट

~नारायण वाग्ले~ राति त्यत्रो हल्लीखल्ली हुँदा पनि नबिउँझिने सानूसँग उनी आजित थिइन् । उनको खाटमुनि भुसको बोराझैं अचेत रहेरै उसले रात गुजार्‍यो । मानौं उनले आफ्नो स्लिपिङ ट्याब्लेट उसैलाई खुवाएर रेशमी च्यादर सपक्क ओढाइदिएकी होउन् । बिहानमात्रै आँखा खोलेर आङ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बालुवाको घर रै छ जीवन

~जयन्ती गौडेल~ बुझ्दै जाँदा बालुवाको घर रै छ जीवन चौतारीमा एक्लिएको बर रै छ जीवन कहिले भेट्ने कहिले छुट्ने सम्बन्धको बाटो यस्तै यस्तै नियती को भर रै छ जीवन

Posted in गजल | Tagged | Leave a comment

कविता : वर्षा

~सुरेन्द्र दवाडी~ यो सजलनयनी आकास अनि बर्षातका थोपाहरु मन्द हावाका बेगहरु संगै झर्छन पानीका तालमा हजारौ तरङ्गहरु निकाल्दै / ति सुन्दर तरङ्गहरु मेरा मनसम्म आइपुग्छ्न

Posted in कविता | Tagged | Leave a comment

कथा : मसिहा

~लेनिन बन्जाडे~ जमुनिया मर्‍यो ! चैतको हुरी झैं बत्तिएर आएको बीभत्स र डरलाग्दो खबरले मन्ते एक्कासि चिसियो । भर्खरै खटियामा सुस्ताउँदै गरेको मन्ते जुरुक्क उठ्यो र भीमसामु ठिंग उभियो । यो अनपेक्षित र मुटु चिर्ने खबर थियो । “दैवा रे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा यस्तो प्रेम कथा

~तुल कवर~ ‘दाजू राधा घरमा छैने?’ आवाज सुनेर यसो हेरेको माया आएकी रैछे। ‘छे-छे कोठामा होली, उतै जाउ’ मैले इशारा दिए। माया बहिनीकी साथी थिई, बेलाबेलामा हाम्रो घरमा आइरहन्थी। उनीहरूको पढ्ने स्कुल फरक थियो तर गाउँका उनीहरू राम्रै साथी थिए। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : छैन नी

~आचार्य प्रभा~ शरीर आज,बिदेशी भयो,मन भाको,छैन नी देशको माया,बिर्सेर आज,कहिँ गाको,छैन नी । गुराँस फुल्ने,माटोको माया,कसले पो,बिर्सन्छ ? स्वदेशी प्रेम,भुलेर आज,टाढा धाको, छैन नी ।

Posted in गजल | Tagged | Leave a comment

कविता : पुरानो कथाको नयाँ अध्याय

~बन्धुविक्रम क्षेत्री~ फेरि शुरु भएको छ एउटा पुरानो कथाको नयाँ अध्याय । एक्काइसौं शताब्दीको नयाँ लोकतन्त्रको पारिलो घाममा डठेका छन् जिउँदा मान्छेहरु शान्ति र स्वाधीनताको नयाँ परिभाषा जन्माइएको छ एकता र भाइचाराको नयाँ गीत लेखिएको छ । कक्षाकोठामा भूगोल पढाइरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कृत्रिमता

~विनोदविक्रम केसी~ सहरमा स्तनपान नगराउने होड छ बूढीऔँला चुसेर हुर्कंदै छन् शिशुहरू तिनका बाउहरूलाई तिनका आमाका झोल्लिएका स्तन मन पर्दैनन् लेजरले कोठी ताछेर चम्केका छन् अनुहारहरू सिलिकन भरिएका वक्ष भरिला छन् विज्ञापनहरू नयाँ जमानाका नयाँ ऋचा भट्ट्याइरहेका छन्ः “यो संसार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : वर्षा क्षेत्रीको चिट्ठी

~प्रभात बास्कोटा~ आमाले तँ स्कुल जाँदा दुई बाल्टिन जति पानी तान्देर जा है बाबु, लुगा धुनु छ भनेको भएर मैले खाली भा’को बाल्टिनमा पानी तानिदिएँ र स्कुलतिर लागेँ। पुग्नुपर्ने समयभन्दा ५-७ मिनेट अगावै म स्कुल पुगिसकेको थिएँ। घण्टी लागुन्जेल स्टाफ … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

गजल : कति दुख्छ छाती

~सर्गमञ्जरी~ कति मुटु चस्किदा हुन् कति दुख्छ छाती सन्तान खातिर अश्रु-धारा कति बग्छ राती चर्किएर मुटु तिम्रो वेदनाले भिज्ला चोली चिन्ता हैन प्रगतिको आर्शिवाद नै जाती

Posted in गजल | Tagged | Leave a comment

कविता : रातो सूर्य

~रमेश पल्लव~ पर क्षितिजमा एउटा सूर्य अस्तायो हेर्दाहेर्दै रातो सूर्य नचाहंदा नचाहदै अस्तायो मुटुभित्र नमिठो चोट आँखाभरि अविरल आँसु कहिल्यै नमेटिने घाउ त्यो बिचरा सूर्य न्यानो र उज्यालोको लागि

Posted in कविता | Tagged | Leave a comment

गीत : डोरी देखी तर्सिएछु

~श्रमिक बराल~ सर्प ठानी अँध्यारोमा डोरी देखी तर्सिएछु कान छाम्न बिर्सिएर कागको पछि दौडिएछु तर्क गर्नु पर्ने रै’छ प्रमाण बुझ्नु पर्ने र’ैछ साँचो कुरा थाहा पाउन सोध्नु खोज्नु पर्ने रै’छ ताल ठानी पोखरीमा जीउ डुवाइ पौडिएछु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : स्वार्थ लुक्दो रहेछ

~नर्मदेश्वरी सत्याल~ मित्रताको हिमचुली मुनि पनि स्वार्थ लुक्दो रहेछ कण भएर पत्तो हुँदो रहेनछ विश्वासको बर्काेले छोप्दा कणले मुटु टुक्र्याउँछ भनेर । मैनालीको छिमेकी कथाका पात्र–धनजिते र गुमानेको बन्द बोलचाल मित्रतामा फुलेको मानवीय गहनता बुझ्दा बुझ्दै मोहकतामा मानवता किन लर्बरायो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : धुन आउँदैन

~डा सुरेश ज्योतिपुञ्ज~ मनको घाऊ, धुन आउँदैन। अचेल मलाई, रुन आउँदैन। फूलभित्र केशरी, चुम्ने कसरी, भवराँजस्तो,भुनभुन आउँदैन। फूलभन्दा लाग्छ,पातको माया, काँडा वरिपरी, छुन आउँदैन।

Posted in गजल | Tagged | Leave a comment

कविता : टापु

~सरुभक्त~ समय सरिसृप रगतका हिसावहरु माग्दै बाँदरका पहाड उक्लिरहन्छन् नर्कटका घारीहरु द्विविधाग्रस्त हुन्छन् जुल्स वर्नका क्याप्सुलहरुमा ठेगाना हराएको जिन्दगीमा सुव्बाप्रजा र टिकामायाहरु

Posted in कविता | Tagged | Leave a comment

Poem : The sun

~Himanshu Nibha Kunwar~ The sun comes up and the moon goes down When the moon comes up The sun goes down We sleep in moon

Posted in Poem | Tagged | Leave a comment

दिलिप दोषीका ५ हाइकुहरु

~दिलिप दोषी~ ए खारापानी ! भत्काइस् जिन्दगी शोकको आँसु । रातको पीडा आँखाको भाका बोल्यो फर्किआएन ।

Posted in हाइकु | Tagged | Leave a comment

गजल : हाँस्दथ्यौ आफै

~प्रभाती किरण~ तिमी त्यो रूपको रापले जलाई हाँस्दथ्यौ आफै नबोली थाप्दथ्यौ पासो मलाई हाँस्दथ्यौ आफै । खुबै राम्रो थियो बान्की अहो क्या उर्लंदो बैंस भुलाई मातले छोप्दै ढलाई हाँस्दथ्यौ आफै ।

Posted in गजल | Tagged | Leave a comment

गीत : धेरै भयो

~भूमिराज इच्छुक~ कस्ती भयौ सानु तिमी नदेखेको धेरै भयो के छ खबर चिठी पनि नलेखेको धेरै भयो सम्झिएकी हौली सानु परदेशी मायाँलाई तिमी लाग्छ दायाँ बायाँ डुलिरने छायाँलाई खोजी रहन्छु सपनिमा नभेटेको धेरै भयो

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कथा : कछुवाको संसार

~विनय कसजु~ कछुवा गुफामा बस्थ्यो । सबैको कुरा सुन्थ्यो । तर धेरै बोल्दैनथ्यो । उ तपस्वीले झैं धेरै दिनसम्म केही नखाई बस्न सक्थ्यो । उसलाई अरु जनावरहरुले दार्शनिक मामा भन्थे । एक दिन उसले बाटामा प्याजको एउटा ठूलो डल्लो भेट्टायो … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बलदेव भट्टराईका २ मुक्तक

~बलदेव भट्टराई~ (१) बढाउँदा पाइला यात्राका एक बिहानी याद आयो । पल्टाउँदा पाना जिन्दगीका एक कहाँनी याद आयो । जहाँ हामी केही पाइला साथ हिडेंर बिदा भएथें,

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : पानी-झरी परे पछि

~किरण टी लिम्बू ~ घाम हाँस्छ धर्ती हेर्दै पानी-झरी परे पछि, त्यसै गरि नयन हाँस्छ धेरै आँसु झरे पछि ॥ जिउँदो हुँदा वास्ता छैन मानिसलाई मानिसकै, ‘ला बाबै खा केरा ‘भन्छन आफ्नो मरे पछि ॥

Posted in गजल | Tagged | Leave a comment