Tag Archives: sangrahalaya

कविता : घरभित्र एउटा घर

~विप्लव ढकाल~ हाम्रो घर एउटै छ ! यो घरको सुनको छानो एउटै छ हरियो आँगन एउटै छ, रङ्गीन फूलबारी एउटै छ तर बाबा र मामुले हेर्ने ऐनाहरु छुट्टै छन् ! बाबा र मामु सुत्ने ओछ्यानहरु छुट्टै छन् ! ……. हाम्रो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : महत्त्व

~उमेश राई ‘अकिञ्चन’~ बार्दलीमा बसेर खोकिरहेको बृद्ध मान्छे सोच्दो हो किताबका भारी बोकेर सिमाना काटेका छोराछोरीहरू धर्तीको कति नं. अक्षांश र देशान्तरमा सपनाका गलैचाहरू बुनिरहेका होलान् ? कुनै अधबैंसेलाई कतै बसमा, माइक्रोमा, टयाक्सीमा वा

Posted in कविता | Tagged | Leave a comment

कथा : इजिप्ट तातेको अठार दिन

~विश्वराज अधिकारी~ म बिदा मनाउन कायरो पुगेको थिएँ सन् २०११ को जनवरी २५ मा। यस्तो बेलामा पुगियो, के भन्नु सारा इजिप्ट तात्न थालेको थियो राष्ट्रपति होस्नी मुबारकको शासनकालबाट क्रुद्ध भएर। बिरोधको केन्द्र बिन्दु बनेको थियो काइरो शहरको तहरिर स्क्वाएर, जहाँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पोस्टमार्टम रिपोर्ट

~चन्द्र गुरुङ~ यो लास त्यही मान्छेको हो– प्रत्येक तोडफोडमा जो बोक्दै विदेशी भाला र तरबार खोज्थ्यो आफ्नै दाजु–भाइका स्वदेशी टाउकाहरू, हिँड्थ्यो जसका प्रतिगमनकारी खुट्टाहरू –कुनै निरङ्कुश शासकलाई अग्रगमनकारी भन्दै –विष्णुको विशुद्घ अवतार मान्दै दरबाररूपी जीर्ण मन्दिरमा पुनःस्थापित गर्न ।

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : The Full Moon at the riverbank

~Krishna Bhushan Bal~ Trans : Mukul Dahal Looking into the mirror of emerald meadow of waters, the moon has flashed a fruity chuckle. Tickled at the gentle touch of breeze the water spreads wavelets, and the entire moon appears to … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

छोक : आस्था

~यज्ञेश~ आस्था हृदयका कुनाकाप्चामा खोज, खोताल मसीका मन्त्र, बोलीका प्रवचनमा होइन, त्यहाँ सायद,

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : इँजार

~नयनराज पाण्डे~ ‘ए आशा ! कहाँ छ्यौ अचेल तिमी ? के तिमीले अझै ओठमा लाली लगाउँछ्यौ ? अझै गाजल लगाउने गरेकी छ्यौ आफ्ना ठूलठूला आँखामा ? रातो धागोले दुई चुल्ठो बाट्छ्यौ अझै पनि ? तिम्रो केशबाट के अझै आउँछ चमेली … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : आमा प्रतिको आभार

~गिरीप्रसाद बुढा~ अनौठो यो ब्रहमाण्ड अनन्त छ नि भनिन्छ यसको शुरु कहाँ हो कुन विन्दुमा सकिन्छ ! ।१। रहस्य मात्रै होइन यो संसार बोधगम्य छ यो धर्ति भित्र मान्छेको अस्तित्व सुन्दर रम्य छ

Posted in कविता | Tagged | Leave a comment

गीत : आकाशभरि

~महेश बर्तमान रानामगर~ आकाशभरि नौ लाख तारा एउटै तारा साथ छैन आशु धेरै बगी सक्यो अझै भन्छौ घात होईन मुटु चुडी फुल भन्छौ पीडा के हो वात छैन साथ छोड्या छैन भन्छौउकालीमा हात छैन अघिअघि तिमी हिड्छौ भेट हुने आशा … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : बिग्र्यो

~कृष्ण प्र. पाण्डे~ बोलाएर हैन नहाँसेर बिग्र्यो लजाएर हैन नआँटेर बिग्र्यो पैलो पैलो प्रेम अनूभुति थियो टोलाएर हैन नबाँडेर बिग्र्यो

Posted in गजल | Tagged | Leave a comment

कविता : अनन्त यात्राको शुरुवात

~मनु लोहोरुङ राई~ म दैव हुँ ! मूर्खहरुको भिडसंग डराउँछु, र लोचन उघारेर हतार हतार उक्लिन्छु हाँस्दै हाँस्दै म, आफ्नै घरको तलामाथि- किनकि मैले देख्नु छ | यो पृथ्वीको धरातल मैले नाप्नु छ, आकाशको आयतन- साँझ बिहान जीवन खेल्ने आँगन,

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : तीन कुरा

~गङ्गा कर्माचार्य पौडेल~ अभिशेषलाई बिरामी हजुरआमा छोडेर स्कुल जानै मन लागेन । उस्ले आफ्नी आमासँग सोध्यो “आमा ! आज म स्कूल जान्न है -” “किन नजाने – दिनभरी हल्लेर बस्न -” प्रति प्रश्न गरिन् अमिलाले । “हैन आमा घरमा बसे … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : चे ग्वेभारा

~उमेश राई “अकिञ्चन”~ मेरो घरको बाटो भएर हिँड्छ देश चे ग्वेभारा अंकित टोप लगाएर युवा जोशमा कस्सिएका मुठीहरु उचालेर क्रान्तिको रातो बाटो घाम डढेको सगरतिर दौडिन खोज्छ देश । चैतको मौसममा आउने आँधी

Posted in कविता | Tagged | Leave a comment

कविता : सुर्खेत छोड्दा

~अमर शाह~ यहीँ रहनेछ उत्तरको अग्लो डाँडो र, यतै छुट्नेछ सूर्योदय र सूर्यास्तमा रंग बदल्ने आकाश भेटिने छैनन् अब बाटोघाटो र बजारमा परिचित, अर्धपरिचित धेरै मुस्कानहरू ।

Posted in कविता | Tagged | Leave a comment

कथा : पूजे

~बेईमानी बर्मू~ अति नै भयो। मनमा मात्र कुरा साँचेर राख्दा दिमागै पड्केला जस्तो भयो। मनको कुरा भन्ने साथी भए भन्थीँ। पूजे, म भन्दा दुई बर्ष कान्छी, बैनी छे यौटा – आफूलाई मनमा आको कुरा भन्न मन लाग्ने – तर त्यल्ले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : राजधानीलाई खबर

~अभागी थेगुवा~ काठमाडौँ आखिर काठमाडौँ नै रहेछ । उससँग एकपल्ट भेट्ने रहर दोहोरो चिनजान गर्ने इच्छा मसँग नभएको कहाँ हो र ? तर, गुनासाका बिस्कुन लगाउन चार भन्ज्याङ काट्न सकिएन उसले पक्कै चिन्दैन होला

Posted in कविता | Tagged | Leave a comment

कविता : कल्पना

~निमेष नेवाः~ फुर्सदको समय न यता, न उता वैरागी पहर बिस्तारै चिहाउँछ । मुसुक्क हाँस्छ नवयुवतीको हाँसोझैँ एउटा छुट्टै तरंग फैलाई न साथमा कोही हुनुपर्छ

Posted in कविता | Tagged | Leave a comment

लामो कथा : मिलन

~पूर्ण ओली~ उसको मिसकल आएको देखेपछि मैले उसलाई फोन लगाएँ । फोनको एक घण्टी पनि नजाँदै उसले उठाइहाली । के भनूँ भनी भेउ नै पाइन मैले । उसैले भनी, “हेलो !” मैले पनि जवाफ फर्काएँ, “हेलो ?” उताबाट घुर्की आयो, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : दुर्योधन सत्संगमा भिजेका छन्

~कृष्ण प्रसाईं~ देशमा विभीषणहरू जिउँदै छन् । देशमा एकलव्यहरू पनि छन् । जे जति अर्जुनहरू छन् ती अब कुनै हालतमा, कृष्णको बेकारी बहकाउमा,

Posted in कविता | Tagged | Leave a comment

कविता : पृथ्बी ! ए पृथ्बी !

~ज्योति जंगल~ पृथ्बी ! यसरी मात्र हल्लिनू झरुन् मुनामा अल्झिएका शीतका थोपा उक्लियोस बतासको ताप उँभोतिर चलोस चिसो छोएर बतास । तर होस् यसरी मान्छेकै सार्वभौम शक्ति हल्लाएर पटकपटक विध्वंशको अवतार ननाँच्नू,

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : कनेरी

~अर्नेष्ट हेमिङ्वे~ लाम्चो परेको बगैंचासहितको रेडस्टोन भवनको छेउ हुँदै रेल बेसरी कुद्यो । चारवटा मोटा ताडका रूखहरूको छाँयामा मिलाएर राखिएका मेचहरू पलभरका लागि मात्र देखा परे । अर्कोपट्टि समुद्र थियो । समुद्र चट्टानभन्दा धेरै तल थियो र घरि-घरि समुद्री छालहरू … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

छोक : कुकुर हो रिङरोड

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ दिनभर रातभर एकनास … घुमिरहन्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : आफ्नै छाँया छोडीदिन्छ

~निशा प्रतीक्षित~ कहिलेकाही जिन्दगीले आफ्नै छाँया छोडीदिन्छ छोरोले पनि बुहारीका निम्ति आमा छोडीदिन्छ समय पनि चटक देखाउँछ बेला बखतमा अनेक मोडमा ल्याएर जमाना छोडीदिन्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : बन्धन …….

~जुनिता सुब्बा~ हामीले डोरीहरू बनायौं आफुलाई बाँध्नलाई । हामीले सिमाना कोर्यों आफुलाई साँध भित्र राख्नलाई । हामीले भब्य महल बनायौं आपनो लागि मात्र भनेर एउटा बगैंचा बनायौं । आफु मात्र अट्ने ढोका बनायौं । जीव ,पशु ,पंक्षी ,पुतलीहरु नआवोस् भनेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : हिउँभन्दा चिसो आगोभन्दा तातो

~नीर शाह~ हिउँभन्दा चिसो आगोभन्दा तातो तिम्रो हाम्रो माया रैछ रगतभन्दा रातो यो साइनोले मुटुमा लै लै गाडिसक्यो जरो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : जिन्दगानी

~विजय योजीत~ सबै कल्पिए झैं भयो जिन्दगानी यही सुन्न पाए हुनेथ्यो कहानी अझै याद होलान् सगरका सितारा कि बिर्स्यौ र छाती थियो यै सिरानी

Posted in गजल | Tagged | Leave a comment

कविता : देशबाट आएको सन्देश

~बासु श्रेष्ठ~ आज स्वदेशबाट चिठ्ठि आयो रातो रक्तमा लिप्त आँसु र रोदनले भरिपूर्ण वेदनाका चिच्याहट अनि विवशताले भरिएको मेरो मन कटक्क खायो । किनभने मेची कालीमा गङ्गा होईन 

Posted in कविता | Tagged | Leave a comment

कविता : घाम उही हो

~डा तारानाथ शर्मा~ तिहारको यो सुन्दर पर्व विना टीका नै बित्न गयो गाईपूजा कसरी गर्नु? स्मृति मात्र अब शेष भयो लक्ष्मी सम्झेँ मैनवत्तीले सिँगार्न खोजेँ डेरामा भैलो खेल्ने द्यौसी खेल्ने आउँदैनन् अब मेरामा

Posted in कविता | Tagged | Leave a comment

कविता : न्याय उठ्यो

~युद्धप्रसाद मिश्र~ न्याय ढलेको ठाडो पार्न उभियो बबण्डर चर्को पतनशील अनुहार प्रष्ट भो प्रतिगामीका धर्को आजादीका सही दिशातिर

Posted in कविता | Tagged | Leave a comment

यौन-कथा : अग्निस्नान

~प्रेम विनोद नन्दन~ घाम डाँडाको सिरानी हालेर ढल्ने उपक्रममा थियो । साँझको घुम्टोमा बेरिएर ताराहरूका आँखाले बाटोमा आउनेजाने छाँयाहरू छाम्दै थिए । सङ्घारमै आइपुगेका दुइ छाँयालाई मायालु बोलीले बेरेर आफ्नो उद्देश्यप्राप्तिको लक्ष्यतिर भित्र्यायो । दुवै छाँयाहरू दिनभरिको यात्राले लखतरान खोलोझैँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : भुताहा घर

~सन्जोग नेपाली~ दुर्गम गाउँबाट आएका बिद्यार्थीहरू त्यो ठूलो घरमा भाडामा बसेका छन् । उनीहरूले बस्न पाउनुमा पनि उनीहरूकै जिल्लाको गुन्डा नेताको ठूलो हात छ । ‘फेरि बिजुलिको लाइन काटियो । टेलिफोन त उहिल्यै काटिएको हो । अब कसरी बस्ने होला … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : एक मजदुरको बयान

~पुन्यराज पुडासैनी~ मेरो नाम समरध्वज ठकुरी हो । मेरो नामले तपाइलाई लाग्न सक्छ म कुनै खानदानी मान्छे हु तर हैन म त कर्णाली हुम्लाको एउटा अति पीड़ित नागरिक हु । मेरो गाउमा जग्गा जमीन छ तर बाली लाग्दैन । परिवारका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment