Tag Archives: sangrahalaya

छोक : छोराछोरीहरु

~तीर्थराज अधिकारी~ मेरा छोराछोरीहरु टोलमै गुमनाम गल्लीभित्रको÷जस्तामुनिको घामपानी नछेकिने झ्यालढोकाबिनाको

Posted in कविता | Tagged | Leave a comment

कथा : बुकी

~शिशिर परियार~ उसले भर्खरै मात्र जिउँदो हुनुको अनुभूतिसँग साक्षात्कार गरेकी थिई । उसलाई भर्खरै मात्र फूलहरु सुन्दर लाग्न थालेका थिए । अनि कुनै अत्तरको सुवासलाई मिठो भन्ने प्रतिक्रिया दिनथालेकी थिई । उसलाई बिहानहरु उज्याला लाग्नथालेको केही समयमात्र भएको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मनमा माया सम्मान

~ठाकुर मान लामा~ मनमा माया, सम्मान जागृत गराउने हो भने दरिला हाथमा पौरखी हात जुटाउने हो भने निश्चय नै धरातल यो स्वर्ग बन्ने छ जसरी माटोले पानीको स्पर्श पाउँदा बाला धानका लहराउँने गर्दछ । थुप्रिएर रहेका मैला मनका फ्याँकिदिने हो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वेदना . . . . .

~गोदावरी कुमारी पाण्डेय~ यातायात् सुविधा हैन, विज्ञानको जाल । छानी-छानी के लैनोहै, कठै! पापी काल ।। सब्का दाइ फर्की आए, तिहार आयो भणी। मेरा आँखा आँशु दैव, तैले निको माणी ।।

Posted in कविता | Tagged | Leave a comment

कथा : रोल्पा एक्सप्रेस

~नवीन विभास~ ‘अदालत उही । सिंहदरबार उही । उही बालुवाटार । उही अनुहार भद्रकालीको’, गाडीभित्र र बाहिर झरेका आवाजको ‘भोल्युम’ क्रमशः बढ्दै थियो, ‘सबै रङका फूल आफूखुसी नफुल्दासम्म गुड्छ गाडी । चल्छ, आँधी । फरक यत्ति हो, कतिखेर थामिएजस्तो लाग्ला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य कविता : स्वभाव !!!

~दयामोहन आचार्य~ आखिर प्रिपेड पनि फोनै त हो नि “त्यसको टिलो” पोष्टपेड लिएर ठूलो सस्तो कपडा के आखा लाउँथ्यो “त्यस्को खालो” महंगो भिरेर ठूलो लोकल पनि त आखिर रक्सी नै त होनी “त्यस्को झोल” रेड लेभल पियर ठूलो

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

अनूदित कविता : एक मङ्गलबासी घर पठाउँछ पोस्टकार्ड

~क्रेग रेइन~ अनु : सुरेश हाचेकाली क्याक्स्टनहरू बहुपङ्खले सज्जित प्राविधिक चरा हुन् र तिनीहरूमध्ये केही आफूमा अङ्कित विषयवस्तुका कारण मूल्यवान छन् अरुलाई कति पनि दुःख नदिई तिनीहरू आँखालाई पगाल्छन् र शरीरलाई खुम्च्याउँछन् चरा भएर पनि तिनीहरू उडेको देखिन्न तर कहिलेकाही … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

मुक्तक : लत लागेको छ

~निशा प्रतीक्षित~ तिम्रै यादहरुको यति मज्जासंग लत लागेको छ बस! तिमीलाई नै सम्झिरहने आदत लागेको छ

Posted in मुक्तक | Tagged | 1 Comment

गीत : यो गाउँको ठिट्टो म

~प्रेम विनोद नन्दन पहराको छातीबिच फुलेको म फूल सकेसम्म हुनेछैन जिन्दगीमा भूल यो गाउँको ठिटो म, कान्छा मेरो नाम आउँदै जाँदै गर्नू है, सबलाई रामराम पीर व्याथा बोकिहिंड्ने कति साथी भेट्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कहाँ छ तिम्रो र मेरो

~नीर शाह~ कहाँ छ तिम्रो र मेरो मिलनको बिन्दु जब कि तिमीलाई टेक्न सुनको भूईं छ मलाई ओत लाग्ने ठाउँसम्म छैन बिचका यी पर्दा र पर्खालहरू च्यातिनु पर्छ भत्किनु पर्छ तर यी सब यो जुनीमा सम्भव नै छैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म ज्वाला पिउँदैछु

~भाष्करराज राजकर्णिकार~ निलेर आगो म ज्वाला पिउँदैछु आफैभित्र म कुन युद्ध लड्दैछु जितेरै पनि कुन भूमि टेकु म ? आफै हारेर कुन जीत रोजु म ? कति गर्व जति छ यो स्वदेशको

Posted in कविता | Tagged | Leave a comment

कथा : म निदाएको छैन

~मातृका पोखरेल~ मोबाईलवाट भर्खरै प्राप्त खबर मेरा लागि खासै अप्रत्याशित थिएन । सरकार सुकुम्बासी बस्तीमा डोजर लगाउने योजना गरिरहेको जानकारी मलाई जिम्मेवार ठाउँवाट प्राप्त भैसकेको थियो । “यो कदम हाम्रो पार्टीको लागि अत्यन्तै घातक हुनेछ ।” मैले सूचना पाउने वित्तिक्कै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रश्नः सुखानीको

~देवी नेपाल~ खै ! सिङ्गो ‘राम’को गाथा ? खै ! ज्यूँदो ‘कृष्ण’को कथा ? खै ! सिद्धान्त युगौँ बाँच्ने ? खै ! ज्योति ‘नेत्र’मा यता ? आस्थाले वीरता बढ्छ खै ! ‘वीरेन’ विचारमा ? खै ! ‘नारायण’को त्याग ? आस्था … Continue reading

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : रसाएको नयन

~आरती केसी~ रसाएको नयन बसाएको मन तिर्सनामा पो रैछ पत्तै छैन झन! मिलनको आशामा पलपल तड्पिएर

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : अदृष्टि,अवाद अनि अकविता

~बिबश बिप्र~ अदृष्टि,अवाद अनि अकविता दृष्टिहरु आँखाका लागि । आँखा अदृष्टिका खातिर । सभ्यताको कठघरामा अर्धनग्न मेरो घाट आफ्नैँ छातीको उतारचढाव देख्न चाहन्छ । आँखाहरु अदृष्टिका खातिर ….. ऐन्दृक एरिनाभित्र मुक्कावाज कहलिएको क्षण ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दीयोकॊ ईतिश्रीः

~बासु श्रेष्ठ~ तेल हालुाजेल बल्ने यो बत्ती प्रकाश त दिन्छ आफ्नै मुनी अन्धकार छरेर त्यस अन्धकारमा मनपरी तन्त्र चलाउँछ जगलाई प्रकाश छरेको ज्याला लिँदै आफ्नै मुनीको अन्धकारमा आफ्नो बर्चस्व बचाउन नाना भाँतीका खेल रच्छ ।

Posted in कविता | Tagged | Leave a comment

कथा : भिन्न परिवेशको एउटै चोट

~प्रकाश के.सी.~ दृश्य नं. १ : ० ”रक्सीको मात हुनुपर्छ, त्यसपछि ऊ हाँसेन ।” तर, रक्सीको मात नै यति पर्याप्त हुन्छ कि हाँस्नका लागि कुनै कारण चाहिँदैन । ”हाँसो बेलगाम फुस्किने कमजोर स्थितिमा ऊ ढल्मलाएर पनि हाँस्दै गर्दैको अवस्थाबाट एक्कासी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

शावुल शाण्डिल्यका चार छेस्का

~शावुल शाण्डिल्य~ १. पासा जाल सकेसम्म फेकिँदैछ ऐले दर्शनको नारा भीड देखिँदैछ ऐले सु–शासनको नयाँ भाका झिकीझिकी अन्धाहरूलाई ऐना बेचिँदैछ ऐले । २. इज्जत जान्छ भनी कति डर मान्छन्

Posted in छेस्का | Tagged | Leave a comment

व्यङ्ग्य कविता : नाइटो सन्काउने !

~चट्याङ मास्टर~ गज्जब फेसन आयो यो, टाउको टन्काउने ! आँखा छोपी चश्माले, नाइटो सन्काउने !! प्यान्ट खस्ला खस्ला छ, कम्मर हल्लेको ! चोली छोटो हो कि यिनको भित्री तन्केको !!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : भिजेको लुङ्गी

~बद्री पलिखे~ पोहरसाल । असोज महिना हुनुपर्दछ । काठमाडौँमा म एक्लै लजमा रेडियो सुन्दै थिएँ । बाहिर झमझम पानी पर्दै थियो । ढोका ढक्ढक् गर्‍यो ।चुकुल खोलेर ढोका उघारेँ । पुनः ढोका लगाएँ । उहाँहरू भित्र प्रवेश गर्नुभयो । त्यसमध्येको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मेरो जोकास्टा आमाको समर्थनमा

~हाङयुग अज्ञात~ महावाणी ओ मेरो जोकास्टा आमा अब म तिमीसित बिहे गर्छु, र टाइरासीयस बूढोको छाला काढेर एकजोर जुत्ता सिलाउँछु ! -श्री ५ हाङयुग अज्ञात ओ ! मेरो जोकास्टा आमा जसरी नपुंशक समयको विरूद्घमा कुनै बेला भर्जिन मेरीले येशु ख्रिष्ट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हाम्रै ठूले प्रधानमन्तरी भो !

~गोबिन्दबाबु तिवारी~ हौ झुम्से ! के के न गर्छु भन्थे तोरीलाहुरेहरू खूबै पो गरेछन् त हौ ! अचाक्ली नै गरेछन् छाती पिटी पिटी रुनुपर्ने बखत्मा पनि मरी मरी हाँसेछन् आफ्नो भन्नु त्यै एउटा लँगौटी त्यो पनि सूनको किस्तीमा हालेर बिचरो … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : स्नेह-अस्त्र

~विवश पोखरेल~ ‘सर हजुरलाई भेट्न एकजना ‘लेडी’ आउनु भएको छ ।’ खबरले केहीबेर सोचमग्न भएँ म । ‘को आई ? विवाहित कि अविवाहित ?’ विभिन्न आशङ्र्काले पखेटा हाल्यो मभित्र । एकाएक केही बेरसम्मको मेरो प्रफुल्ल अनुहारमा डम्म बादल लाग्यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सपना देख्ने बानी गरौं

~केशव भट्टराई~ सपना देख्नु पर्छ यस्तो मलाई लागेको छ, मैले, तिमीले अनि हामी सबैले सपना देख्नैपर्छ सपनाविना विपना कसरी सुखद हुन सक्छ र ? कल्पनाविना यथार्थ कसरी श्रृजना हुन सक्छ र ? सपना देख्नमा पनि किन कंजुस्याई ? आखिर सपना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अपराध बोध

~टंक वनेम~ मान्छेभित्र पलाउने संवेदना पहाड जस्तै ठिङ्ग उभ्न थालेपछि वर्तमानको बिरुद्धमा कविताले नङ्ग्रा तिखार्न थाल्छ, तरवार उध्याउन थाल्छ, बन्दुक पड्काउन थाल्छ, कविताको अनुहार कविता जस्तो नभएर द्वैध चरित्रको नक्कली अनुहारले सिँगारिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सुखको पर्याय

~शिव प्रकाश~ मात्तिएका यौवनहरु पात्तिएका जीवनहरु आधुनिकताभित्र यौनका नवीन सँस्करण घाम-जूनको पर्वाह छैन वसन्तको उन्मादलाई जिस्क्याउँदै छताछुल्ल पोखिन्छन् सभ्यताको आडम्बर ओढेको सभ्य शहरभित्र समय आधुनिकतको

Posted in कविता | Tagged | Leave a comment

कविता : पहाडकी रानी

~महेश रेग्मी~ तिमी हिँडेपछि तिमीसँगै म हिँड्ने बाटो पनि हिँडेछ । अब मसँग हिँड्ने बाटाहरु छैनन् अब मसँग हेर्ने आँखाहरु छैनन् । छोरी हिँड्ने गरेको बाटोमा एउटा छाया हिँडिरहेको छ तिमी हिँड्ने गरेको बाटोमा लासैलास हिँडिरहेका छन् ।

Posted in कविता | Tagged | Leave a comment

गजल : कस्ता कस्ता छन् !

~राकेश कार्की~ मन्दिर भित्र-बाहिर प्रभु नाम जप्नेहरु छन् आईलागेको दुस्ख आँशु झारी खप्नेहरु छन् । कोही मुसा बनी पसेर सिँह बनी गर्जेर आफूलाई ताते गराउनेलाई नै रोप्नेहरु छन् ।

Posted in गजल | Tagged | Leave a comment

कविता : भ्रष्टाचारी दुबो

~आयाम फुयाल~ बेजोडले गड्गडाउँछ खोलो गर्जेर बग्छ हजारौँ टरबाइन घुमाउने शक्ति भिरी आउँछ तर… टरबाइन झोलामा बोकिन्छन् र शक्ति गएर गाउँमा पोखिन्छन्! एक साता पछी, ताल बनेको गाउँमाथी हेलिकप्टर भट्भटाउँछ सजीव लासले गिज्याउँछ निर्जीव लासले पनि गिज्याउँछ र तीन पाउण्ड … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : डायनाः मेरो पार्टनर

~पवन आलोक~ म इम्मा स्मिथ । डायना मेरो पार्टनर – मेरी श्रीमती । म डायनाको पार्टनर उस्की श्रीमती । आज ४ जुलाई २०१५ । संयुक्त राज्य अमेरिकाको स्वतन्त्रता दिवस । अमेरिकाभरि आजको यो दिनलाई धुमधामसँग मनाइयो । फायर वक्र्स र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : साँढेहरु

~तीर्थराज अधिकारी~ यी मान्छेका नामधारीहरु जहिले पनि आफूलाई साँढ नै ठानिरहन्छन् यिनले जन्मदैमा थप उपहारमा दुइटा खुट्टा

Posted in कविता | Tagged | Leave a comment

कथा : विवशता

~बिनोद गुरागाँई~ एक थप्पड हानिन् उनले । गला रातो भएर आयो , ऑखाका डिलसम्म मोतीका दानाहरु भेल भएर आए, तर विशाल पाहाडलाई नाघेर दर्किन सकिरहेका थिएनन् । तेरो खुट्टा भाँचिदिन्छु । तेरो हात भाचिदिन्छु । एक थप्पड हानिन् उनले त्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment