Tag Archives: sangrahalaya

गजल : अत्याचारमा झान्छौ किन

~राजेश नेपाली~ सधैभरी दलितलाई नै अत्याचारमा झान्छौ किन दलितकै पसिनामा मिठो माम खान्छौ किन आखिर फरक कहाँ देख्यौ तिरस्कार घृणा गछौ पशुसरी दलितलाई सधैभरी मान्छौ किन

Posted in गजल | Tagged | Leave a comment

कविता : देउता

~पवन भण्डारी ‘किरण’~ कस्तो हुन्थ्यो होला मस्जिदबाट अल्लाह निक्लिएर मेरा प्रश्नको जवाफ दिए । म सोध्ने थिएँ शिर काटिएका र गोली खाएका मेरा दाजुभाइको कसूर । कस्तो हुन्थ्यो होला चर्चबाट जिसस निक्लिएर मलाई हेरिदिए म सोध्ने थिएँ इरान र अफगानिस्तानको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : बल गरेर

~बिपिन किरण~ बल गरेर त्यो मन यता मोड भन्दिन म माया गर्छेउ थाहा छ मलाई छोड भन्दिन म तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै मैसँग नाता जोड भन्दिन म म त माया गर्छु तिमीलाई म मात्रै कहाँ हो र … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कविता : काठमाडौंलाई घेर

~विमल निभा~ पूर्वबाट घेर पश्चिमबाट घेर उत्तरबाट घेर दक्षिणबाट घेर काठमाडौंलाई घेर प्रेमले घेर साहसले घेर उमेरले घेर शान्तिले घेर काठमाडौंलाई घेर यताबाट घेर त्यताबाट घेर उताबाट घेर जताबाट घेर

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिमी मेरो बनिदेउ न !

~आशा गुरुङ~ म पर्खिबसेकी छु ती घुम्टोहरुलाई तिमी बादल बनि आइदेउन म रमाउन सक्छु तिम्रो बिशाल छातीमा तिमी आकाश बनि आइदेउन तिमीभित्र कतै म हराउन चाहन्छु तिमी मेरो आँखीझ्याल भएर हेरिदेउन म रुझिदिउला बरु तिमीसङै सधैं साउनको झरी बनि तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : मेरा आशक्तिका

~ उन्नती बोहरा ‘शीला’~ मेरा आशक्तिका भावना तिमीले बुझ्न सकेको भए मेरा मायाका जाहेरी तिमीले सुन्न सकेको भए म टुक्रा टुक्रा भई किन झरिन्थेँ होला आत्मा साक्षी लाएको यो पिरती मनै पोल्ने भएछ भत्भती फूल सम्झी सजाएँ मुटुमा बिझ्यो किन … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बिकृत बाटो

~टेकब कोइराला~ बिमला ! के तिमी पनि यही बाटो जान्छौ र यो त मैले हिँडिसकेको बाटो अनुभूत गरिसकेको बाटो अभ्यास गरिसकेको बाटो यो बाटोमा कुनै चौतारी छैन कुनै देउराली छैन । यो त मैले भोगिसकेको बाटो यो बाटोमा कुनै मिठास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : एउटा परदेशी आई

~ललिजन रावल~ एउटा परदेशी आई सोध्यो मेरो नाउँ तर चाँडै छोडी गयो यो रमाइलो गाउँ एउटा चिठी उसैलाई पठाउनु थियो भनिदेऊ जूनतारा कुन हो उसको गाउँ ?

Posted in गजल | Tagged | Leave a comment

कविता : फर्किहाल्छु देश

~गोविन्द गिरी प्रेरणा~ कहाँ वस्छु र म यो परदेशमा फर्किहाल्छु देश । देशको राजनीति अलिकति राम्रो होस् लोड सेडिंग घटोस् धारामा पानी झरोस् फर्किहाल्छु देश । सम्विधान वनोस् दोहोरो नागरिकता पाइयोस् शान्ति सुरक्षा सुध्रियोस् वाटो चिल्लो वनोस् धूलो मैलो नहोस् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : घामका पाइलाहरूले कुल्चेपछि

~सरण राई~ अश्रुपुरित नजरले म पछाडि हेर्दिनँ युगल हातहरू तिमी बिदामा नहल्लाउनु अदृश्य सुइरो मनभित्र रोपिदै गैरहेपनि बिरामी कुरुवा जस्तै तिमी भैरहेपनि झझल्काहरू गुथ्थ परिरहेपनि घामका पाइलाहरूलेआँसुको आलो डोब नौनीजस्तो नरम मनमा नपार्नू युगल हातहरू तिमी बिदामा नहल्लाउनु भौतिक रूपको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : ……metamorphosis……

~Radha Malla~ The period was so difficult When I underwent, Continuous metamorphosis…… Pupa turned into Butterfly, And, Flew as like its species… An embryo turned into an infant, And, Started living like a human being…

Posted in Poem | Tagged | Leave a comment

नेपाली उपन्यास : थुम्काबाट चियाउँदा

~गणेश शर्मा~ समर्पण : साहित्य प्रेमीहरुमा  थुम्काबाट चियाउँदा | नेपाली उपन्यास | गणेश शर्मा भाग-१ काभ्रेको खोरियालाई हुस्सेले ढाकेको थियो । त्यसकारण विजयछापका झुप्राहरु बादलभित्र हराएका थिए । थुम्काहरुले कालो बादलको टोपी लाएकाले वरिपरिका रुखहरु प्रष्ट देखिदैन थिए । भष्मे … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

आधुनिक गीत : प्रतीक्षा गर मेरी मायालु

~राजेन्द्र रिजाल~ प्रतीक्षा गर मेरी मायालु समयले मानिसलाई कहाँ कहाँ पुराउँछ कहिले हसाँउछ कहिले रुवाउँछ आँसु र हाँसोको संगम पनि गराउँछ पर्खन्छन् कति आत्माहरु मायाको धुनी बालेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : गाउँ–गाउँबाट उठ

~श्याम तमोट~ गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ। हातमा कलम हुनेहरू, कलम लिएर उठ बाजा बजाउन जान्नेहरू, बाजा लिएर उठ।

Posted in स्वदेश गान | Tagged , | Leave a comment

अनूदित छोक : युद्ध

~दया दिसानायेके~ अनु : केशव सिग्देल कति आमाहरु कति पत्नीहरु व कति छोराछोरीको आँशु र रगतको मूल्य

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : किन होला?

~विजय महर्जन ‘श्रीजय’~ समय सधैं एउटै हुन्न रे कहिले घाम त कहिले छाया हुन्छ रे कहिले रित्तो त कहिले भरीभराउ हुन्छ रे तर साथी मेरो समय सधैं रित्तो र छाया मात्र किन? समय भाग्यको खेल हो रे कहिले पापी त … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक दिन एकचोटि आउँछ

~गोपालप्रसाद रिमाल~ एक जुगमा एक दिन एकचोटि आउँछ उलट-पुलट, उथल-पुथल, हेरफेर ल्याउँछ लाटा-सुधा बोल्न थाल्छन्, चल्न ओठ दु:खको सहे भनी सम्झिएका ईख फेर्न उठ्तछन् गए भनी नदेखिएका फर्की-फर्की आउँछन्

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : विपरीतको आकर्षण

~दिलिप आचार्य~ उनीहरू दुई जनाको अक्सर बाटोको त्यही मोडमा सधैं भेट हुने गर्थ्यो । आपसी चिनाजान नभए पनि किन हो कुन्नि भेटेको बेलामा दुबै एक-अर्कलाई निक्कै गहिरिएर र उत्सुक दृष्टिले हेर्ने गर्थे । दुबै जना अधबैँसे उमेरका थिए र परिपक्व … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : यहाँ नेपाल छ !!

~स्वरूप पाल्पाली~ हिमाल, पहाड़ ,तराई छैनन यहाँ डाँफे र मयूर नाच्दैन यहाँ लालीगुरांस फुल्दैन यहाँ तर पनी, हामी नेपाली छौ यहाँ नेपाली भाषा र नेपालीपन छन यहाँ रातो टिका र जमराले दशैं मनाउछौँ यहाँ फर्फराउँदै नेपाली झंडा गौरव मानी नेपाली … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परेवा

~यशोदा तिम्सिना~ हिजो तिमीले सेतो परेवा उडाउँदा शान्तिको प्रतीक त्यो कावा खाँदै सगरमाथातिर जान्थ्यो उचाइ लिँदो परेवा र तिम्रो उस्तै चर्चा हुन्थ्यो सर्वत्र शान्ति छाउने आशा जाग्थ्यो। आज पनि तिमी परेवा उडाउँदैछौ

Posted in कविता | Tagged | Leave a comment

गजल : जमातमा

~कृष्ण प्र. पाण्डे~ चुनिएन बिषय जान्नेको जमातमा। गाता हेरी किताब छान्नेको जमातमा।। भो असभ्य, अछाम, बेकम्मा, आलटाले । उ जाँदैन जे पनि मान्नेको जमातमा।।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : अमृत

~आकाश दवाडी~ आज म यहाँ आइपुगे। हिजोसम्म त उमङ्ग थियो, जोश थियो। आज याताउता हेर्छु, अनी थाहा पाउछु कि यहाँ त केही रहेनछ। लौन यो त मरभुमी पो रहेछ। म छाँगबाट खसे जस्तो भएँ। ला म त फसेछु नि। आँङ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पचास वर्ष पछिको दन्त्यकथा

~सन्जोग नेपाली~ “उहिले नै नेपाल भन्ने देशमा जनताले १९ दिन आन्दोलन गरेर राजा हटाए | राजालाई हटाएपछि संबिधानसभा बनाए | एक अर्कालाई दोष दिदै दलहरुले संबिधान बनाएनन् | संबिधान नबने पछी मन परि भयो | सत्ता र सरकारको लागि हानाथाप … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

स्वदेश गान : मेरो टोपी

~गोपाल योन्जन~ मेरो टोपी कैलासको शिर जस्तो, हिमाली भीर जस्तो कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने नेपाली वीर जस्तो नेपाली धीर जस्तो मेरो टोपीभित्र मेरो बहिनीको मायाको बास छ अहिलेसम्म भोगेको मैले मेरै घाम-छाँयाको बास छ मेरो टोपी … Continue reading

Posted in स्वदेश गान | Tagged , | Leave a comment

लघुकथा : जिउँदै खाल्डोमा

~भवसागर घिमिरे~ ‘अब यसलाई गाड्नु पर्छ’ ‘म जिउँदै छु’ ‘कसले मरिस भन्यो र ?’ ‘किन गाड्न लाग्या त ?’ ‘हामी जिउँदो मान्छेलाई मात्र गाड्छौं’ ‘किन ?’

Posted in लघुकथा | Tagged | Leave a comment

मैथिली कविता : शान्ति सन्देश

~विनीत ठाकुर~ ए ! शान्तिदूत परवा उड़िकऽ आ अप्पन देशमे फैलऽवै तों शान्ति हिमाल, पहाड़ आ मधेशमे एतऽकेँ सभ नर–नारी अछि शान्तिकेँ पूजारी सहत कोना हिंशा पसरल अछि समस्या भारी हिमालक अमृत जलमे मिलिगेल शोनितकेँ धारा

Posted in अनूदित कविता, मैथिली कविता | Tagged | Leave a comment

कविता : जय ध्वनि

~युद्धप्रसाद मिश्र~ गुज्रिंदै चारै तरफ छन् देशका जय जय ध्वनि खोल्दैछन् नेत्र केही धर्म-अन्धाले पनि क्रान्तिकी रण – चण्डिका छन् खूनकी प्यासी बनी झल्कने बेला छ ऐले शान्तिको नव रोसनी

Posted in कविता | Tagged | Leave a comment

Poem : No place like home……

~Rajan Poudel~ Struggling to make my living back home I came to this country of unknown Carrying hopes and dreams of my own I thought life would be better here but I was wrong! Now I have realized, this place … Continue reading

Posted in Poem | Tagged | Leave a comment

बाल कथा : सेते कुमालको खुत्रुके

~विनय कसजु~ गानदेवलाई खुत्रुकेमा कति पैसा होला भनेर जान्न सँधै खुल्दुली लाग्थ्यो । कोही नभएको बेलामा उसले खुत्रुके कत्तिको गह्रुँगो छ भनेर उचाल्थ्यो । हातमा लिएर ओल्र्टाई पल्र्टाई हेर्थ्यो । पैसा छिराउने प्वालभित्र चियाउँथ्यो । पैसाको खाँचो परेको बेलामा सिन्का … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : तिमीले जति नै

~चाँदनी शाह~ तिमीले जति नै माया दिए पनि मेरो माया मुटुको तिर्खा मेटिने छैन यो जुनी भरिमा तिमीलाई जति दिउँ यो मुटुबाट झिकेर माया यो मेरो सिद्धिने छैन सयौँ सय जुनीमा आँसुका झरीले ब्यथाका बादलले आएर कहिले सक्नेछैनन् पखाल्न धमिल्याउन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आँखामा फुलेको जीवन

~साबित्रा काफ्ले~ धानखेतमा शिला खोज्दै, उकालो लागेका, झुमा र मारुनीहरु सुनकोशीमा रोप्छन बैशका रङहरु। फुङ्ग उडेको, कुपोषीत अनुहार पारिजात जस्तै, हतासमा झरेका उत्कण्ठा, सम्हाल्न खोजेर बिहानमा, छरपष्ट छन् सुकोमल मनहरु।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : पाठ

~आचार्य प्रभा~ महिला सम्मेलन हलमा महिलाहरुको निक्कै जमघट थियो । एक महिला – “त्यो रमाले साडी लाएकी हेरन!कस्तो नमिलेको” ? दोश्री महिला- “उस्को जहाँ जाँदापनी त्यही साडी फेमस छ” !!!

Posted in लघुकथा | Tagged | Leave a comment