Tag Archives: sangrahalaya

Translated Poem : A Night In December

~Manprasad Subba~ Translation : Suraj Dhadkan Endangered is the Time being eaten by germs. In a corner of the ruins enveloped by the smoke of marijuana droops December, with smoking pipe in hand.

Posted in Translated Poem | Tagged , | Leave a comment

किराँती लोक कथा : धामी ठूलो की बोक्सी ?

~सङ्कलन : राजेश राई~ किराँतीहरु धेरै पहिले टुनामुना, जाँदु, जप, तन्त्रमन्त्रमा आदिमा पोख्त थिए । जो टुनामुना, तन्त्रमन्त्र गर्न सक्थ्यो त्यस्ता मान्छेहरुको समाजमा प्रतिष्ठा र ख्याति हुन्थ्यो । उसलाई समाजमा ठुलावडा भनिन्थ्यो । त्यस्तै पारु नाम गरेको एकजना युवक पनि … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

हार्दिक श्रद्धाञ्जली राष्ट्रकविप्रति

राष्ट्रकविप्रति साहित्य सङ्ग्रहालय हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ !!! आदरणिय प्रिय राष्ट्रकवि माधवप्रसाद घिमिरेले १०१ वर्षका उमेरमा आज मंगलबार, भदौ २, २०७७ साँझ साढे ५ बजे ब्रम्हमलीन हुनुभएको छ । विसं १९७६ असोज ७ … Continue reading

Posted in Misc | Tagged | Leave a comment

गीत : त्यसरी होओस् मरण

~माधवप्रसाद घिमिरे~ त्यसरी होओस् मरण जसरी सुत्छन् तारमा गीतका चारु चरण हिमालचुली देशमा, दिनको शान्त भेषमा जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण त्यसरी होओस् मरण ।। सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : भ्यागुताको गीत

~रुपिन्द्र प्रभावी ‘कटु’~ ट्यार्–ट्यार् ट्यार्–ट्यार् भ्यागुताको गीत न लय छ न ताल छ र पनि मच्चिएर गाउँछन्– ट्यार्–ट्यार् ट्यार्–ट्यार् । मन परोस्÷नपरोस् सुन्नेहरुलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : ….सपना….!

~सुधिर ख्वबी~ रातभर सपना बुनेर बसें कहाँ के मिलेन कुन्नि ! बिहानभर मिलाई बसें कुनै बेला आकार न मिले झैं कुनै बेला यसका बुट्टा म दिनभर सपना केलाई बसें

Posted in कविता | Tagged | Leave a comment

Poem : Travel lonely

~Gopal Birahi~ Listening your words, To company you, If, No one is ready, Don’t lose, Your heart, Travel lonely.

Posted in Poem | Tagged | Leave a comment

कथा : बुद्धिमान ठग

~भूवन तामाङ~ मोर्गन एक मध्यमवर्गीय परिवारमा जन्मेको थियो । ऊ किशोरकालमै टुहुरो भएको थियो । उसले उच्चतहसम्मको शिक्षा हासिल गरे पनि बाबु आमाले जोडिदिएका जमिनमा अन्न र फलपूmल उब्जाएर जीवनयापन गर्दथ्यो । टुहुरा भएकाले उसको मनमा के–के तर्कनाहरु खेल्दथे । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आँखाले

~गोपाल पौडेल “बसन्त”~ आँखाले रोजें मनले ताकें यो मेरो साथी हो गुराँस फूल टिपेर दिउँला गजव सृष्टि हो कल्पना भित्र उडेको उडै्य कुन ठाउँ पुगें छु हिडेको बाटो विर्सेर मैले हिमाल छुएँ छु

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : ईश्वर गाथा

~निर्मल कुमार थापा~ कवि मञ्जुल पछिल्ला नियमित भेटहरूमा सम्झाइ रहनुहुन्थ्यो – “ईश्वर दाइले सम्झनु भएको थियो एकपटक भेटिहाल्नुस् ….” सर्जक सीता पाण्डेले कुनै एउटा कथामा आफ्नो पिताको मृत्यु शोकमा लेख्नु भएको छ – “जीवन सधै व्यस्तताहरूले अल्झाइरह्रयो । केही सभामा … Continue reading

Posted in संस्मरण | Tagged , | Leave a comment

समीक्षा : अध्ययन र समर्पण

~कुलचन्द्र वाग्ले~ अध्ययन र समर्पण दुई भिन्न विषय जस्ता देखिन्छन् । यसो भए पनि एकले अर्कोलाई अर्थात् अध्ययनले समर्पणलाई र समर्पणले अध्ययनलाई विकसित गर्ने कुरामा यी दुई विषय अभिन्न पनि छन्, सहयोगी पनि हुन् । नेपालमा अध्ययनशीलताको कमी छ भन्ने … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : मन छ

~राधा वाग्ले~ तिम्रो दिलको दैलो भित्र पसिजाने मन छ भित्र पसि डेरा जमाई बसिजाने मन छ । त्यो मन को बुलबुलेमा खेल्न दियौ भने कहिल्यै ननिस्किने गरि धसिजाने मन छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : आफ्नाे भूगाेल हराएको देश

~हिमाेढ पहाडी~ हाइबुन शैली नालापानीमा पूर्खाहरुले देखाएको वीरता विश्वयुद्धमा गाेर्खालीहरुले अार्जेकाे शान हिङ सिद्धिए पनि अझैसम्म त्यस्तै त्यस्तै वीरताकाे वासना छरिरहेछ । एउटा दस्तावेज हाे सुगाैली सन्धि प्याराे भूगाेल मुटुबाट चाेइटिएकाे कथा

Posted in कविता | Tagged | Leave a comment

लिमरिक : गर्दभ राग

~सोफिया शर्मा रेग्मी~ संगीत सिक्न आएकी नेपालबाट तर सबै हांस्छन् मेरो गर्दभ रागबाट । अरुका मीठा स्वरहरु सुन्छु

Posted in लिमरिक | Tagged , | Leave a comment

कविता : छटपटी

~रमण घिमिरे~ आँधी-हुरी झेलुँजस्तो आगोसँगै खेलुँजास्तो बस्तीबाट निस्किएर एकान्तमा कराऊँजस्तो के-के हुन्छ अचेल मलाई सारा रहर पुरुँजस्तो आफन्तको आँसु पुछ्न घरी-घरी मरुँजस्तो ।

Posted in कविता | Tagged | Leave a comment

कथा : अन्तिम भेट

~शिशिर पराजुली~ फोन राख्ने बित्तिकै म सरासर तयार भएँ । नाकाबन्दीको बेला थियो त्यसैले बाइकमा पेट्रोल थिएन । एक हप्ता अगाडी दिन भरि लाइन बसेर बल्ल बल्ल एक लिटर तेल हाल्न पाएको थिएँ । त्यो तेल पनि हिजो सक्कियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

धिमाल भाषी कविता : नाल्पातेङ हानाइने

~डा.सोमबहादुर चातेला~ लेःलि दोकालाइ लेःकाताङ नाल्पाइने ताइ धरमकरम पहिचान नाल्पाइने । मास्टरगेलाइ देरातोम्पा ल्होपाइने चेताना, पहिचान, इतिहास नाल्पाइने लेख्याइने, ओल्हेपाइने, देरा तोल्ह्याइने ।

Posted in धिमाल कविता | Tagged , , | Leave a comment

कविता : यदि म नदि भए भने !

~सुजन बुढाथोकी ‘कान्छा’~ सबैभन्दा सुरुमा म समुन्द्रबाट त्यो निलो आकासको प्रकासहरुसङ्गै बादलहरुमा बिलय भएर अनि फेरि झर्नेछु झरीहरुबाट पृथ्बिका यि नाङ्गा बगरहरुमा । र भर्नेछु कसैका उदाङ्गा रहरहरुलाइ

Posted in कविता | Tagged | Leave a comment

कविता : काँन्लोको रूख नबन्नू छोरी

~टंक विकल्प~ छोरी ! म त समाजको काँन्लोमा उभिएको रुख बनेछु जो कोहीले परबाट हेर्दा पनि नजिकैबाट हेर्दा पनि ठिङ्ग उभिएको रुख नै भएछु कसैले आफ्नो मनस्थिति बिग्रिएको बेला रातमा तर्साउने देखे होला दिनमा वर्षाउने देखे होला

Posted in कविता | Tagged | Leave a comment

गीत : मोतिजस्तो रुप तिम्रो

~बिमल गिरी~ मोतिजस्तो रुप तिम्रो तिमी मेरी जलपरी सुन्दरताको जालमा पारि गर्यौ मनपरि मधुर तिम्रो हेराइले लट्ठै पर्यौ हासिहासी अङ्गहरु लोभैलाग्ने नागबेली केशरासी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मैले बाँचेको शहर-१

~चन्द्र गुरुङ~ यो शहरको शरीरैभरि च्याउसरी उम्रेका कंक्रीट बील्डिङ्गहरू सबका सब -तन्काउँदै जीवन थाकेका ढाडहरू -उचाल्दै शान झुकेका टाउकाहरू -फुलाउँदै स्वाभिमान खुम्चिएका छातिहरू -उघार्दै सपना थुनिएका आँखाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै आँखाहरू छोपेर

~जंगब चौहान~ गाउने नै हो भने अब पत्थरको होइन मान्छेकै गीत गाउनुपर्छ । ए, मेरो देशका गायकहरू अब भजन हैन जीवन्त गीत गाउनुपर्छ । लौ हेर यो ढुगोलाई

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : लडेछु भने म

~मधुश्री~ यो लामो यात्रा अप्ठ्यारो बाटो लडेछु भने म । शिखर चढ्दा खोँचमा कतै ढलेछु भने म ।। नझारे आँशु, हिम्मत बोकी अगाडि बढ है । दुस्मन सामु नझुक सधैँ डटेर लड है ।।

Posted in गीति कविता | Tagged | Leave a comment

लघुकथा : निरन्तरता

~गोरखबहादुर सिंह~ योजना छनोटमा परेका विद्यालयलाई भाग्यमानी नै भन्नर्ुपर्छ- विद्यालय राम्रा र सुविधायुक्त महिला शौचालय सुसम्पन्न बने । हुन त योजनाको नामाकरण गरिँदा ‘शौचालय निर्माण योजना’ उपयुक्त र पर्याप्त छ भन्ने विचार नआएको होइन तर महिला विकास पक्षधर दातालाई रसिलो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : देश विग्रेकै छैन

~रविन साम्पाङ राई~ भुगोल उस्तै छ । सगरमाथाले शिर झुकाएको छैन उ चमचम विश्वको शिर भई चम्किरहेकै छ । पूर्खाले कोरेको राष्ट्रको सिमारेखा, आज पनि उस्तै छ यौद्धाको रातो रगत अझ तैनाथै छ । न त शहिदहरु क्रान्ती गर्न खोज्दैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : मिलनको आह्वान

~राजु परियार~ डराउन पर्दैन नडराई आउ तिमी संकिर्णताका पर्खालहरु भत्काएर आउ म पनि आउछु असमानताका कांडे तारहरु चुडालेर तिम्रो र मेरो मिलनले समाजलाई नौलो उर्जा दिनेछ त्यसैले हाम्रो मिलन अपरिहार्य छ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : बातैबात अहो प्रिया

~सदानन्द अभागी~ बातैबात अहो प्रिया मातैमात अहो प्रिया आजैआज नभै देरी हातैहात अहो प्रिया

Posted in गजल | Tagged | Leave a comment

कविता : भावना

~आदर्श प्रधान~ मष्तिष्कले नै सम्हाल्न सकेन आरुनै कथाहरुका ब्यथाहरु जिन्दगीले नै बुझ्न सकेन आरुनै भावनाहरुका चाहहरु ।। कथा र ब्यथा बताउन अब यहाँ

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : नयाँ कविता

~गोविन्दराज विनोदी~ छन्द : शार्दूलविक्रीडित भत्के यो धरती प्रकम्पित भई हाम्रा अनेकौँ घर केही दुःख अवश्य भो तर यहीँ बन्छन् नयाँ सुन्दर छन् हाम्रा मनमा भने प्रगतिका विश्वास आशा नव कल्ले सक्तछ रोक्न आखिर नयाँ निर्माणलाई अब ज्यादै क्रूर भई … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : कहाँ पुग्छन होला यी वाटाहरु?

~सुनील बाबु श्रेष्ठ~ लमतन्न पसारिएका यी वाटाहरु मेरै घरको आँगन हुँदै अगाडी कहाँसम्म पुग्छन होला? अनि यी वाटाहरु हुँदै हरेक बिहानी उषाहरु झर्नुअघि नै सयौ सपनाका गरुँगो भारीहरु बोकेर खै कताको गन्तव्यतिर हिडेका हुन् उर्लदो नदीका बहाव झै हुलका हुल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : यो जिन्दगीको

~रवि प्राञ्जल~ किनारा कहाँ छ यो जिन्दगीको ? सहारा कहाँ छ यो जिन्दगीको ? तिमी नबस्दा यो मनको कुनामा गुजारा कहाँ छ यो जिन्दगीको ?

Posted in गजल | Tagged | Leave a comment

गोधूलि दिनेशका संतृप्तताका ५ हाइकु

~गोधूलि दिनेश~ पूर्णताभित्र, रिक्तता भेट्टाउॅदा- स़़ंतृप्तता छ ।१। आँखा र जिब्रो, नाक, कान र छाला- अनि शून्य छ ।२।

Posted in हाइकु | Tagged | Leave a comment