Tag Archives: sangrahalaya

लघुकथा : कल्पनाकी कान्छी

~हिरण्य भोजपुरे~ एउटा कुराको रहस्योद्घाटन गर्छु है म आज ! मानिस केका लागि बाँचिरहन चाहँदो रहेछ, थाहा छ ?

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : वीर फुच्चे

~लक्ष्मण नेवटिया~ बुवा नभएको मौकापारी आज फेरि फुच्चे का लागि खेलौना र ठूलोखाले केडबरी चकलेट बोकेर त्यो चिप्लो गाडी चढने बिर्खमान घरमा पस्दै थियो। फुच्चे लाई उ घर आएको कहिल्यै मन पर्दैन्थ्यो। आज के भएर हो आफ्ना सिंगानका लत्काहरू उल्टो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मेरो देश नम्बर वान ?

~रोहण यादव~ आन्दोलनमा जहिले फस्ट पुरा नेताहरुको बुद्धि भ्रस्ट पैसा बाँड्नमा नेता व्यस्त जनता बिचरा खाडीमा ग्रस्त मेरो देश नम्बर वान । गरिबीको तरङ्गमा हाहाकार

Posted in कविता | Tagged | Leave a comment

सौगात लम्सालका चार मुक्तकहरु

~सौगात लम्साल~ १. हात को डोरि चुडिएर बित्तो भा को छु बिना छानो बेवारिसे भित्तो भा को छु कैले न सोचेको कुरा तिम्ले गरि दियौ तिमी संग छुटे देखि रित्तो रित्तो भाको छु २. बिना गल्ती सबैको डर भो जिन्दगी

Posted in मुक्तक | Tagged | Leave a comment

गजल :समाचार फेरिन्छन्

~स्पन्दन बिनोद~ हरेक साझ हरेक बिहान, समाचार फेरिन्छन् जसरी तिम्रो मोहनीले सब,गजलकार फेरिन्छन् कति सफा गर्छ्यौ ऐना, सौन्दर्य लुकाएर ऐना उहि रहन्छ प्रिय, अनुहार फेरिन्छन्

Posted in गजल | Tagged | Leave a comment

कविता : म मरे पनि

~प्रभात चिसो राई~ म जब नरहुँला मेरा स्मृतिका निशानहरु समयको पानीले पखालेर म शून्य भएता पनि मेरा कविताहरुमा बाँचीरहनेछु। मेरा प्रेमिल कविताहरुसँगै

Posted in कविता | Tagged | Leave a comment

Poem : To The Ghost

dazzling in white T-shirt and white mini-skirt.
Continue reading

Posted in Poem | Tagged | Leave a comment

साउन विशेष कथा : मेहेन्दी

~नविन काफ्ले अभि~ साउनको महिना नारीको महिना हो रे त्यही भएर होला बहिनीले मलाई अषाढको अन्तिम साता नै भनेकी थिई दाई म साउनको पहिलो सोमबार पशुपति जाने हो तपाई साथमा गई दिनु पर्छ नि है भन्दै प्रमिस गराएकी थिई । … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

गजल : आज बकवास भएँ

~रबिन राणा प्रयास~ कुनै दिन तिम्रो लागी खास थिएँ, आज बकवास भएँ तिम्रै गलत सोचाईले केही भएन, नबद्लिने प्रयास भएँ तिमी मात्र होईन संसारको हर मानिस खुसी चाहान्थेँ, हर मानिस हर समय सबैले सोचे झैँ एकै नास भएँ

Posted in गजल | Tagged | Leave a comment

कविता : मातृभूमी

~लिला बल्लभ नेपाल~ टोपीको सान यो नेपाली जनको शिरैमा लौ वास होस् अस्मिता देशको लुटाउन खोजे शत्रु परास्त गरोस् कम्मरमा पोटुकी सँगै खुकुरी भिरेको नेपाली यो शत्रुको हमला हटेन पछाडी गोर्खाली त्यो वीर हो ।। बाँसुरी धुनमा बजाउँ गीत खै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अाँगनको सन्देश

~अमृत सिङ थिङ~ यी अाँगनको धुलो र माटोसँग तिमी नखेलेको वर्षौ बितिसक्यो अाँगनैको डिलमा तिमीले रोपेको ज्यामीरे र सुन्तलाको बोट छिपीसक्यो कयौं चोटि फुल्यो , फल्यो, झर्यो पनि उछिट्टिएर बियाको दानाहरु तल्लो पाटासम्म छर्यो पनि तिमी नाँच्दा रमाउने यी अाँगन

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : जीवनवादी दृष्टिकोणको धरातलमा ‘जीवन लीला खण्डकाव्य’

~भेषराज रिजाल~ वरिष्ठकवि सदानन्द अभागीद्वारा लिखित ‘जीवन लीला खण्डकाव्य’ तेह्रपादमा संरचित सानो तर गहन खण्डकाव्य हो । राधा तिवारी, यशोदा अधिकारी, उमाकुमारी रिजाल र इन्दिराकुमारी रिजालले प्रकाशन गर्नुभएको यो कृति वि.सं. २०५९ साल मङ्सिरमा प्रकाशित भएको हो । आफ्नो परिवारदेखि समाजका … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : भाग्यले नि ठगेको मान्छे

~दिपा धिताल~ जिबनमा कति तड्पिनु । कती रुनु । तर पनि रोए ,कराए गुहार मागे म दोसि हैन हुँदै होइन भने मेरो एकोहोरो आवाज कसैले सुनेनन सुन्दै सुनेन् । निर्दोषिलाई दोषि ठहर्‍याउने दोषिलाई निर्दोष ठहर्‍याउने यो मानबता, कानुन नै नभएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : परिणाम

~यकिना अगाध~ यो धेरै वर्षअघिको कुरो हो । हिन्दू धार्मिक कथाअनुसार त्यतिबेला महादेव नाम गरेका भगवान सबैभन्दा शक्तिशाली थियो । उसले जसलाई जे बरदान दियो तुरुन्तै प्राप्ति हुने गर्दथ्यो । एकदिन सर्पलाइ आफू पृथ्वीको सबैभन्दा शक्तिशाली जीव बन्ने इच्छा पलायो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

मनोवाद : कान्छा ! आजपनि गाउँ त रातै होला हगी !

~दीपशीखा~ कान्छा ! तिमी त आराम हौला पहाडहरुमा ! तिमी तकुशल हौला स्याउले झुपडीहरूमा । भर्खर भुल-भुले मुहान पानीमा तिम्रो आँत शितल होला । ठेला उठेका हातले उब्जेको श्रमको गाँसमा तिमी त पवित्र हौला । आज पनि देखिन्छ होला नसिङ्ग … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

गजल : लुकाएर गल्ती गरिस्

~झटारो काइँला~ खल्ती भरि चोर डाँका, लुकाएर गल्ती गरिस् चिच्याएर व्यर्थ घोक्रो, सुकाएर गल्ती गरिस् घरभित्र साँढे भई, दादागिरी चलाउछ्स् ‘प्रभु’ छेउ स्वाभिमान, झुकाएर गल्ती गरिस्

Posted in गजल | Tagged | Leave a comment

गजल : धुमलिएको छ घाम !

~उमेश सामिप्य कान्छा~ बढ्दो छ अन्धकार, धुमलिएको छ घाम ! जब बाँच्ने इच्छा छैन, तब स्वप्न के काम !! टुक्रिएका मेरा भावना, मोल कतै पाइन ! निराकार यस्ता भावनाले, कस्तो पाउला दाम !!

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : भूमिगत रेलयात्रा र शौचालय

~कोमलप्रसाद पोख्रेल~ अक्टुबर ५, २००६ प्रातः सधैंभन्दा अलिक चाँडो म आफ्नो दैनिक नित्यकर्मबाट निवृत्त भएँ । छोरी कृष्णाले भोजन तयार गरिन् । भोक लाग्ने बेला भएको थिएन, तर सिन्कीको स्वादिष्ट रस र दही भएपछि मलाई भोक लाग्नु पर्दैन भोकलाई म … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : परिवर्तन

~ज्ञान बहादुर राई~ एक सय चार सालको कालो औंशी रात सुतिराख्या, सबै मौन, जंगे भुतको त्रास मान्छे खाने भुत रे’छ, गाँइगुई कुरा चल्यो एक कान, दुई कान, हुदैं मैदान, मुलुक भरी फैल्यो हुन्न क्यारे सुति यसै, सबको खुल्यो आँखा कोही … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : खै–खै

~केशवराज पिँडाली~ कसले सुनिदेला यो गुनासो ? बाबुले हप्काई–हप्काई आमाले फकाई–फकाई कति भने– केटाकेटीमा ‘चुरोट नखानू’ भनेर, कानमा बतास लाइएन । अब आज आएर पछुताउनु परिरहेछ । खानु के छ र उही पनि यो महँगीको चुरोट न हो ? आफ्नो … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : घमण्डी कवि

~मोहन दुवाल~ कस्तो घमण्डी कवि कस्तो अप्ठ्यारो कवि आफ्नो प्रशंसा आफै गर्न रुचाउने अनौठा कवि आत्मा प्रशंसाका भोको पारखी कवि, देवकोटा, रिमाल, भूपिभन्दा

Posted in कविता | Tagged | Leave a comment

गीत : उठ्छ मेची काली

~थरेन्द्र बराल~ नेपाल हाम्रो हो जागौ तन्नेरी जुरूक जुरूक उठौ सबै बिकासको ऑधिबेरीनै चलाउ बेस्सरी । सूनको खेती छैन नजाउ समुन्द्रको पारी

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : ॐ जय लक्ष्मी माता !

~विजय खरेल~ लय : लक्ष्मीको आरति ॐ जय लक्ष्मी माता ! न त कहिल्यै हाकिम मन्त्री हुन पाता न त भन्सार करमा कहिल्यै छुन पाता न त व्याङ्कको हिनामिना अधिकृत हुन पाता यसो यताउति मिलाई दिए तिम्रो के जाता ? … Continue reading

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

लघुकथा : सुन्नेलाई सुनको माला

~शान्तिराम ढकाल~ बाले जमानामा जंगलामुलुक फांडेर ओरालो भिरालो, सम्म जोडेर कुलो पैनी खनेर एउटा ठुलो खेत तयार पार्नु भएको थियो, आमैले धेरै दुख: गरेर दुई भाइ जुम्ल्याहा दाजुभाइलाइ हुर्काउनु भो बढाउनु भो पढाउनु भो, सारै मिल्थे दुवै जना | शत्रु … Continue reading

Posted in लघुकथा | Tagged , | Leave a comment

कविता : भो, अब छेपारो नबन

~अशोक थापा~ भो अब छेपारो नबन इतिहासका क्यानभासमा धेरै छेपाराहरू घोचो समाएर निदाए सपानामाथि धावा बोले जनताका विचारा ! विकासका मुनाहरू, अब तिम्रो अभिमान बन्द गर किनकी घोचो पनि मक्किएको छ अब

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँझैँ आयौ हिउँझै गयो

~कृष्ण जोशी~ हिँड्दा हिँड्दै विष्फोट फाटेर दोबाटोले तिमीलाई निलेको देख्थेँ कहिले फेरि अनजान मान्छेले जबर्जस्ती अनजान ठाउँतिर लगेको पनि देख्थेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : उनको सम्झना……

~लिला बल्लभ नेपाल~ सपनीमा तर्सिएर नब्युँझिएको रात छैन उनकै यादमा नतड्पिएको गोधुली साँझ छैन ।। सम्झनाको बाढी आउँदा मत बाढी पीडित भाछु उनकै नामको बाहेक मैले नफेरेको सास छैन ।।

Posted in कविता | Tagged | Leave a comment

लोक कथा : ट्याम्केकी देवी

~सङ्कलन : रामविक्रम थापा~ पूर्वी पहाडका अग्ला डाडाहरूमध्ये ‘ट्याम्के’ सबैभन्दा अग्लो (३६२० मिटर) र प्रसिद्ध डाडा हो । सफा मौसमको सूर्योदयपूर्व ट्याम्केबाट दार्जीलिङ र काठमाडौं समेत देख्न सकिन्छ । खोटाङ र भोजपुर जिल्लाको सिमानामा अवस्थित यो ट्याम्के डाडामा देवीथान छ … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : मौका यही हो ६०१ सके जति लुट

~इश्वर देवकोटा~ उत्तरमा हिमाल छ सधै हिउ पर्छ नेपालीको हरेक रात अन्धकारमै टर्छ !! बोल्न पनि कति सक्या झुट माथि झुट बाहिर चाही सहमति भित्र कुटाकुट मौका यही हो ६०१ सके जति लुट !! १७ पल्ट चुनाब गर्दा प्रधानमन्त्रि छैन

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : रक्स्याहाहरू

~खेम बतास~ अबदेखि मलाई रक्स्याहा फकिर भन्ने अधिकार छैन कसैलाई यो पृथ्वीले समेत रक्सी पिएको समयमा हामीले रक्सी पिउन सिकेका

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतिबिम्ब बोल्छ

~दीपा राई पुन~ जीवन अनुभूतको पाइलामा भेटे जति सबै -सबै एउटा भिन्न कविता रहेछ पढ्छु-बुझ्छु ,भन्दा -भन्दै धमिलिएर हराई जाने कहिले त्यसै भित्र डुबेर आँफैलाई खोज्नु पर्ने

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : उनी आइनन् त….

~कमल खतिवडा~ गाउँमा वसी सक्नु थिएन । युवाहरु घर छोडेर कोही शहर पसे कोही विदेश हिडें । हामी सर्वहारा वर्गको उन्मुक्तिका लागि लड्दैछौ अव तपाइहरुले पनि सहयोग गर्नु पर्छ भन्थे । उनीहरु धन वा जन चाहन्थे । नदिनेलाइ जवरजस्ति पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment