Tag Archives: nepali sahitya

कविता : बजार

~सङ्गीत श्रोता~ गयो जमाना लेनदेन र ऐंचोपैंचोको गयो जमाना आलोपालो र अर्मपर्मको नयाँ जुग यस्तै छ– यहाँ हिसाबकिताब हुन्छ नाफाघाटाको यहाँ कारोबार हुन्छ सधैं किनबेचको

Posted in कविता | Tagged | Leave a comment

कविता : जूनकीरी

~टीकाराम उदासी~ कुनै दिन उनीहरू पनि थिए जूनकीरी र, बल्थे अँध्यारोमा हामीजस्तै हेर्दा हेर्दै निशाचर बने उनीहरू र, हामी बन्यौ जूनकीरी अहिले हामीहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : निदाएको लहर

~मनु मन्जिल~ ऊ मेरो चिट्ठी पुग्ने यौटा ठेगाना थियो, हरायो । जीवनका अनेक किनारहरूमा मलाई भेट्न आउने लहर निदायो । सम्बन्धको झ्यालमा उदाउने जून अस्तायो । उसका आँखामात्रै बचाउन सकिएको भए पूmलहरूमा सधैं उज्यालो खस्थ्यो । मरुभूमिमा नहराएको भए एक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : च्यातिएको खल्ती

~सुशांत सुप्रिय~ अनुवाद : प्रमोद धिताल मेरो देशका हरेक मानिससँग छ च्यातिएको खल्ती भनिन्छ सारा खल्तीहरुको

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : फैसला

~प्रमोद धिताल~ सल्काउनु छ सपनाको दियो अन्धकार गुफाहरुमा रोप्नु छ सपनाकै बीउ मुर्दाहरुको बस्तीभित्र पैदा गर्नु छ बेचैनी र छटपटी हिंउ झै चिसो जिन्दगीमा !

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘अन्धसत्ता’ सूत्रकथाको सुन्दर कृति

~कुमार काफ्ले~ प्रयोगवादी धारका क्रियाशील स्रष्टा अमर त्यागी नेपाली साहित्यिक धरातलमा सुपरिचित नाम हो।कविता,गजल, हाइकु,ताङ्का,सेदोका, मुक्तक,लघुकथा,निबन्ध र समालोचना लगायतका गद्यपद्य विधाका विविध फाँटमा निरन्तर साधनारत उनले गजल,कविता,ताङ्का र सूत्रकविताका सङ्ग्रहणीय कृतिहरूको सिर्जना र प्रकाशन गरेर साहित्यमा आफ्नो स्थान सुरक्षित गरिसकेका … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : सर्वाेत्तम उपहार

~सीता अर्याल~ पाँच दशकपारिका हिउँदहरूमा मेरा मनभित्रको जँघारहरूमा पलाएको एउटा चाहनालाई आफ्ना कलकलाउँदा प्रतिरूपहरूसँग अनुरोधपत्र थमाउन मन लागेको छ । जब तिमीहरू मेरा अन्तरमा प्रबेश गर्यौ हर्ष बिभोरले म छताछुल्ल भएँ

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : बहर तथा लयमा गजल लेखन

~घनेन्द्र ओझा~ नेपाली गजल परम्पराको इतिहासले सय वर्ष पार गरिसकेको छ । मोतीराम भट्टकालीन समयमा हिन्दीबाट नेपाल प्रवेश गरेको गजल त्यस समयका मोतीमण्डलीका सदस्यहरु त्यसपछिका भीमनिधि तिवारी शम्भुप्रसाद ढुङ्गेल हुँदै उपेन्द्रबहादुर जिगरसम्म आइपुगेर बिक्रमाब्दको २००० को दशकबाट चीरकालीन सुषुप्त अवस्थामा … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

एकाङ्की : गोरु

~हरिसुन्दर पोतामाहाँ~ पात्रहरु १) लान्थकू बज्यै : भूकम्पले घर भत्केका बुढी ६५ वर्ष २) हरिनाराँ बाज्ये : भूकम्पले घर भत्केका बुढा ७० वर्ष ३) सुमन :  हरिनाराँ बाज्येका जेठा सन्तान, पहिले नै भिन्नै बस्न गई ढलानको घरसमेत बनाउन सफल, घरजग्गा … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

छन्द कविता : आमा

~बिक्रमादित्य~ छन्द : मन्दाक्रान्ता गर्छौ माया हरपल अनी चूमि ती ओठ प्यारा भुल्छौ पीडा चलपल गरे बालकैले ति तिम्रा हास्छौ हासो मधुर जहिले फुल्छ उ भर्भराई हिड्छौ उस्को पछिपछि तिमी हिड्छ उ लर्खराई … बोल्छौ बोली त त ति तु … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : छायौ कसोरी

~शर्मिला श्रेष्ठ~ छन्द : तिल्जे दिलमा मसक्कै, छायौ कसोरी बदनाम झेली, आयौ कसोरी ? पिरती लगाई, बेहाल भैयो मुटुमै लुकेको, पायौ कसोरी ?

Posted in गजल | Tagged | Leave a comment

लेख : लोकसाहित्यका केही उपादान

~डा खगेन शर्मा~ गीत-नृत्य       नेपाली लोक संस्कृतिको चर्चा गर्दा गीत-नृत्यलाई समेटनु पर्ने हुन्छ। विशेषगरी नेपाली लोकगीत-नृत्यमा सम्पू्र्ण जातिको परिचय लुकेको हुन्छ। यहाँ नेपाली जातिका कतिपय गीत नृत्यहरूको छोटो परिचय दिइन्छ। झ्याउरे: बाह्रै महिना गाइने नेपाली समाजको सबभन्दा लोकप्रिय मनोरञ्जन … Continue reading

Posted in लेख | Tagged | Leave a comment

छन्द कविता : म राज तन्त्र देशको

~रिजाल किरण~ छन्द : प्रमाणिका छ अन्धकार ब्यापक मडारिदै छ आफत । निखार लौन ईश्वर बनेर केहि तागत ।। झरी बनेर बग्दछन् ब्यथा सहेर चल्दछन् ।

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : स्वार्थी मान्छे कि काठमाण्डौं

~भरत खत्री~ म सानो छदा हजुर बुवालाइ सोधेको थिए, हजुर बुवा स्वोर्ग कहाँ छ? त्यति बेला हजुर बुवाले भन्नु भएको थियो। बाबु तिम्रा यी आँखाले देख्न सक्ने सबै डाडाहरु काटेर गएपछि एउटा ठुलो खाडल आउछ हो त्यही स्वोर्ग हो। तिमी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : हेर न आमै !

~अलका मल्ल~ च्यङबाले जिस्काको हेर्दिन आमालाई नभनी छोड्दिन झिम्काउँछ आँखा भागी हाल्छ हेरन आमै लुकी बस्छ हेर न आमै हेर न ! च्यङबाले मलाई फकाउँछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

पुस्तक समीक्षा : “अनुसन्धान र टिप्पणी” माथि संछिप्त टिप्पणी

~चुडामणी वाशिष्ठ~ समालोचक शम्भुप्रसाद ढकालको समालोचना संग्रह “अनुसन्धान र टिप्पणी” २०६८ सालमा प्रकाशित भएको हो। ढकालको यो पहिलो पुस्तकाकार कृति हो । यस भन्दा अगाडि विभिन्न पत्रपत्रिकामा फुटकर समालोचना र सिर्जना प्रकाशित भएको पाइन्छ ।वि  सं २०१० सालमा माता अम्विका … Continue reading

Posted in पुस्तक समीक्षा, समीक्षा | Tagged , | Leave a comment

गजल : मेरो निन्द्रा खुल्यो सानु

~सदानन्द अभागी~ तिम्रो चुरा बजे पछि मेरो निन्द्रा खुल्यो सानु आकर्षक शरीरले मेरो मन डुल्यो सानु मान्छे हेर कति छुचो आँखा तानी तानी हेर्छ दर्शनमा विह्वल भै यो मन मेरो झुल्यो सानु

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो शहरमा

~दिलिप पौड्याल~ कङ्क्रिट लिङ्गहरूको थुप्रोभित्र निसासिएका अनेकन् रङ्गहरू सपनाका कुम्लाहरू बोकेर हतार हतार भाग्दैछन मानव सभ्यता सूचक सबवेका बङ्करहरू भित्र र चुपचाप छिर्छन् सबबहान जस्तै लाग्ने चिसा फलामका डिब्बाहरू भित्र

Posted in कविता | Tagged | Leave a comment

गजल : मातृभूमिबाट मुग्लान

~कवित भुसाल~ यो मनमा रहर भो भनेरै नबन्ने रैछ झुपडी महल जस्तै । सपना नबनुन् छिन भरमै फेरिने मौसम अदलबदल जस्तै । आकाशमा उड्दै थियो मातृभूमिबाट मुग्लान चरीसँगै । नहाेस परदेशीदा प्रिय एर्पाेट छाड्न आएको पल जस्तै

Posted in गजल | Tagged | Leave a comment

संस्कृति परिचय : नेपाल संवत्

~सुभाषराम लाछि~ जयदेव दितियपछि लिच्छवि वंशका अन्तिम राजा मानदेव चतुर्थसम्मको १ सय ४७ वर्षको समयावधिका ऐतिहासिक सामाग्री नपाइएकाले यो समयलाई नेपाली इतिहासमा अन्धकारमय समय भन्ने गरिन्छ। लिच्छवि शासनकालपछि ठकुरी शासनकाल शुरु भएपछि पाटनका तत्कालिन राजा राघवदेवका पालामा ( तत्समय हालको … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कविता : चाहिएन अग्रगमनको नाममा

~दीपक कुमार ज्ञवाली~ भो म त बस्दिन यो फोहारको डुङ्गुरमा । मलाई चाहिन्छ प्रकृतिको सुरम्य सुभाष । कहाँ गयो मानिसको दिलमा मानवियता । कहाँ गयो नेपालीको त्यो सहृयसद्भाव । १ मानिसले मानिसलाई गर्ने ईश्वरीय सत्कार । मानिस देख्दा ढोका धुन्नुपर्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कविज्यू बाटो देखाऊ

~कुबेर काका~ १ ए मेरा प्यारा अन्धभक्त कविज्यूहरु ! किन अन्धकारमा बस्न राजी भई रहेछौ ? किन मौन छौ तिमीहरु ! शब्दमा विद्युतीय शक्ति सञ्चारित प्रवाहित गर ! तिमी भित्र संसार उज्यालो पार्ने क्षमता छ त ! रटाईएका शब्द ओकलेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : साली हरायो

~अमृत सिङ थिङ~ भेना हरायो साली हरायो छैन गोठालो बाली हरायो छानो खोज्न छोरा शहर पस्यो यता घरमा पाली हरायो

Posted in गजल | Tagged | Leave a comment

विष्णुबहादुर सिंहका दुई मुक्तकहरू

~विष्णुबहादुर सिंह~ (एक) आँखा वन्द गर्दा धेरै सपनाहरु आउछन जिन्दगीले ताल बेतालका गीतहरु गाउँछन आफ्नै भन्नेहरुले जव आज भुलिदिन्छन्- सुखै सुखको आशमा पीडाहरु पाउँछन् !

Posted in मुक्तक | Tagged | Leave a comment

हास्य कथा : टुप्पी महिमा

~कृष्ण उफान~ हिन्दूहरूको बलियो पहिचान टाउकाको बीचमा चुस्स लामो पारेर पालिने कपाल नै टुप्पी हो । टुप्पीले निकै ठूलो करामत देखाउन सक्छ । त्यस्तै टुप्पीधारी पण्डित चट्पटानन्द हुन् । उनी एक पटक मुठ्ठे टुप्पी लर्काउदै काठमाडौंका नयाँ सडकतिर घुम्दै थिए … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : भान्दाइ

~पूर्ण ओली~ रात आधा घर्किसकेको हुनुपर्छ । तथापि निद्राले उसको नजिक पर्न अल्छि गरिरहेको छ । टाढाटाढा भागिरहेको निद्रा छोप्न कसैगरी सकेको छैन उसले । कोठा निष्पट्ट अँध्यारो छ । अँध्यारोमा नजर डुलाउनु पनि साह्रै सकसपूर्ण हुँदोरहेछ । अतः उसले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आऊ लिएर सक्कली मुहार

~दीपक कुमार ज्ञवाली~ अनन्त यात्रा जिवनको जङ्घार पार गर्नु छ कठिन कष्ट हजार खोज्दछु युधिष्ठीर भेटीन्छन् दुर्याेधन भैरहेको छ जगतमा हिंसा बलात्कार को छ र यहाँ एकल कृष्ण भगवान् कसलाई पूकारुँ भन्दै करुणा निदान तयार हुन्छन् कंश रावण बन्नलाई तयार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : कहिले यौन शोषणमा हुन्छ

~नविन ध्यार~ यहाँ आफ्नै श्रीमती पनि, कहिले यौन शोषणमा हुन्छ, घरमै श्रीमती भएपनि, लोग्ने परस्त्रीको पोषणमा हुन्छ । दुःखको मूल्य आशुको धार्नी–बिसौलीमा नजोख मनुष्यको पिडा भन्ने कुरो पनि, मनको रोदनमा हुन्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : स्माइल छोरी

~भेषराज रिजाल~ आँखामा अलिकति आँसुको गाजल मुहारमा अलिकति उदासीको बादल तर ओठमा हरदम स्माइल मेरी सानी छोरी जस्तै सुन्दर लाग्छे सनी मलाई ! वेष्ट लेकझैँ नीलो आँखा

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अचम्म

~रवीन्द्र तिमसेना~ निकटता बढ्दै गएपछि कमलाले अफिसमै विकासको काँधमा टाउको राखिदिई । विकासले अचम्म मानेर फुत्किन खोज्दै भन्यो, “ए, यो तिमीले के गरेको ? अरूले देखे भने के भन्लान् ?” कमलाले निर्धक्कसँग विकासको गालामा हात राखी र लाडे पल्टिएर आँखा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

रेखा पन्तका तीन मुक्तकहरू

~रेखा पन्त~ १. असिनाले झारेको फूल सरी बनाएर !! बर्खा मास गुड भत्केको चरी बनाएर !! सपना झैँ दर्पण देखाई फर्की गयौ फेरि मुटुमा चोट दुई नयनमा झरी बनाएर !!! २. खुशी होस् सुखी होस् तिम्रो जीवन

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : ह्याप्पी म्यारी एनिर्भसरी डे दिदी

~दिल थापा~ दिदी हामी एउटै आमाको कोखबाट जन्मिए पनि | एउटै आमाको लाम्टा चुसे पनि एउटै आमाको काखमा खेलेर हुर्किए पनि तिमीले जन्मघरबाट विस्थापित हुनुपर्ने रहेछ। युद्धको चपेटामा परेको शरानार्थीजस्तै सानोमा तिमीले भाइ हाम्रो घर ऊ त्यो भन्थ्यौं नि ।

Posted in कविता | Tagged | Leave a comment