Tag Archives: nepali sahitya

कविता : तथास्तु

~गोपालबहादुर नेपाली~ ब्रह्मपुत्रको छेउमा बसी म टाढासम्म हेर्छु नाउहरू जाँदैछन् – आउँदैछन् नदीका छालहरू – अनुभव गर्दछु कहाँसम्म पुग्दछन् गुवाहाटीदेखि बंगोप सागरसम्म अझै कहाँसम्म?

Posted in कविता | Tagged | Leave a comment

कविता : पूरानो झ्याल

~गगन बिरही~ टाढा धेरै टाढासम्म झ्याल बन्द भएको धेरै भयो सुदूर क्षितिजको अथाह लिपोट् सुन्दर कलालारिताको भित्तामा टांगिएको अदभुत फ्रेम तिमीनै थियौ पूर्व पश्चिमको दोहोरो घाममा सन्दुक भएर निस्केको धुँवा थियौ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवर्तन

~गोपालप्रसाद रिमाल~ हिजोसम्म रोईरोई बाँचिरहेका थिए। आज तिनै हाँसीहाँसी मर्न तयार छन्। हिजोसम्म जसको बोलीमा केही थिएन, मनको प्रतिध्वनिसम्म थिएन, मानिसले बोलेजस्तै थिएन,

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो र वेदना

~रुपिन्द्र प्रभावी ‘कटु’~ बेला कुबेला दुखिरहने टाउको देखेर पटकपटक दुखिरहन्छ यो टाउको आज फेरि दुखेको छ– बिरानो ठाउँमा । यस पल तिम्रो कोमल हात ढाडसको उच्च संवेदना सुसेल्दै निधारतिर सल्बलाएको झझल्कोले झन्दुखाएको छ टाउको जब कि ती हातहरु अचूक औषधी हुन्मेरा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : स्मृती प्रेमीकाको

~बिक्रमादित्य~ छन्द : शिखरीणी बनेकी यो मेरो मन र दिलकी सुन्दर परी परीको झै हाँसो मुसुमुसु भए घायल सरी परीजस्ती गोरी बसिछ मनमा नै जुनिभरी उसैको मायामा लुटुपुटु भयो यो दिलजली॥१॥ सुरीलो बोली त्यो सरलशरमी लाज उ भरी

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : भ्रमको राज्यसत्ता

~रुपिन्द्र प्रभावी ‘कटु’~ उत्पीडनको अन्त्यहीन शृङ्खलाबाट आक्रान्त देश उत्पीडितहरुको मौनताबाट विशृङ्खलित क्रन्दन हो, त्यही देशमा मौलाइरहेछ पीडकहरुको साम्राज्य हो, मेरो देशमा फस्टाइरहेछ अन्धो राज्यसत्ताको बहिरो शासन । राष्ट्रिय स्वाभिमानको प्रश्न

Posted in कविता | Tagged | Leave a comment

कविता : आजको साँझ

~प्रमोद धिताल~ आजको साँझ एउटा अनौठो साँझ जसमा एउटा शुभ साइतको घोषणा गरिएको छ भोलिको विहानदेखि थालनी हुनेछ नयाँ यात्राको छेपाराले खाएको छ

Posted in कविता | Tagged | Leave a comment

कथा : हद

~दीपा दाहाल~ स्वस्थानीको सांगे छ छिमेकमा । आफूलाई भने फुर्सद निकाल्नै गाह्रो । सबै भन्छन्, “खुब जागिरे भा’की, यस्सो मिलाउनू नि !” घरका मान्छे पूजाका सरसामान जुटाउँदै थिए । आफन्त र छिमेकीहरू खानपिनको व्यवस्था गर्न जुटेका थिए । म पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

नियात्रा : कालीघाटका कङ्गाल

~डा खगेन शर्मा~ भनिन्छ भ्रमण गर्दा ज्ञान बढ्छ। तर ज्ञानचाहिं परिपरिका भएकाले कुन खाले ज्ञान बढ्छ भन्न गारो । यस्तै एउटा भ्रमणको चाँजो मिलेकाले हामी सपरिवार नै कलकता गएका थियौं। गुवाहाटीबाट सराइघाट एक्सप्रेसमा २६ अगस्त २०१० का दिन दिउँसो १२-४५ … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : सत्य तथ्य भागे हेर

~सदानन्द अभागी~ आज भोलि संसारमा सत्य तथ्य भागे हेर अमूल्य त्यो यौवन नै बिक्री हुन लागे हेर सत्यताको मार्गमा संसार यो चल्नु पर्छ सत्य मार्ग रुक्न गयो धर्मलाई दागे हेर

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : ब्याख्या अर्चना

~बिक्रमादित्य~ छन्द : पंञ्चचामर कपाल कल्पना गरे म पातलो घना घना निधार अल्प आकृती र नासिका सुहाउना कपोल पुष्ट रक्त नम्र सुन्दरा मुहार त्यो … सलक्क कण्ठमा हिरा मुखार ओष्ठ अल्प त्यो शरीर चट्ट कस्तुरी सुगन्ध रूपमा परी

Posted in छन्द कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : उल्टै बढेर

~रिजाल किरण~ छन्द : सामु दर्द पीडा कहाँ घट्यो ,उल्टै बढेर झर्नु नै थ्यो खुरुखुरु ,थोपा बगेर । याद चर्को घरीघरी बन्दिन्छ सारो निष्ठुरीले परै परै ,बस्ने गरेर ।

Posted in गजल | Tagged | Leave a comment

कविता : जमिन

~प्रमोद धिताल~ आकाश नाप्दै उड्ने अन्तरिक्ष यान जमिनको आशीर्वाद लिएरै उड्छ र फर्किन्छ फेरि जमिनतिरै हरेक शिखर आरोहणहरु सुरु हुन्छन् जमिनबाटै

Posted in कविता | Tagged | Leave a comment

गजल : पवित्रमूल जान हजुर

~सदानन्द अभागी~ प्रेमसिन्धु केन्द्रविन्दु पवित्रमूल जान हजुर अन्तर आत्मा मिलनमा महान्ता ठान हजुर चोरी चोरी हेर्दा मिल्छ मादकस्वाद मीठै मीठो मादकतामा पूर्ण हुन्छ रम्य संसार मान हजुर

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : अन्तिम श्वास

~बिक्रमादित्य~ छन्द : पंञ्चचामर म सोच्छु सम्झदै पिडा र कष्टरुपि सम्झना झझल्किरैछ सम्झना मधूर मिष्ठ प्रीतका चलेछ प्यारको बतास मन्द मन्द मन्मा … नवीन प्यार एक भो पलाइ प्रीत प्यारमा रसीक प्रेममा म भै जलेछ छाति प्यारले जुधेर भावनाहरु बसेछ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

लेख : केही सांस्कृतिक चिनारी

~डा खगेन शर्मा~  सबै जातिको संस्कृति तथा जातीय पहिचानका आधार संस्कार, भाषा, पोसाक, वाद्ययन्त्र, हात-हतियार ,भाँडाकुँडा, गीत-नृत्य आदि सबै थोक पर्छन्। यहाँ केही विषयको परिचय दिइँदै छ। 1.1 भेष-भूषा दौरा:  चारतिर तुना बाँधेर पु्रूषले शरीरको माथिल्लो भागमा लगाउने सांस्कृतिक पोषाक हो। सुरुवाल: पुरुषको पोसाक हो। … Continue reading

Posted in लेख | Tagged | Leave a comment

गीत : यती चाँडै कसरी बिर्सुं

~किरण खरेल~ यती चाँडै कसरी बिर्सुं सिम्सिमे पानीले रुझेको – 2 मोतीजस्तो पानीको थोपा तिम्रो कालो केसमा तर्केको – 2 सुनसान बाटो थियो सुनबुट्टे रात हिँड्दाहिँड्दै छोइएथे सुकुमारी हात

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सहर र प्रतिबन्धित प्रेम

~रीता खत्री~ यो मृत सहरमा प्रतिबन्धित छन् प्रेम कविता । प्रिय कवि ! मैले जूनलाई लेखे पनि तिमीलाई लेखेको हुन्छ । घामलाई लेखे पनि तिमीलाई लेखेको हुन्छ । तिमी मेरो कविताको प्रतीक तिमी मेरो जीवनविम्ब

Posted in कविता | Tagged | Leave a comment

कविता : भेटिने र छुट्टिनेको कथा

~बिभोर बराल~ केही छुट्टिए केही भेटिए जानेहरू याद बने आउनेहरू प्यार बने अलिकति जित बने अलिकति हार बने सानो यो मुटु भित्र नमेटिने आकार बने थुङ्गा-थुङ्गा आकार पछि

Posted in कविता | Tagged | Leave a comment

कविता : जान्न सीमा पारी

~राकेश कार्की~ बिस्कुन झैं सुक्दैछु घाममा छहारी पाइन मेरो आङमा दौरासुरुवाल ढाकाटोपी गोलीले च्यातिसक्यो कम्मरको खुकुरीले

Posted in कविता | Tagged | Leave a comment

कथा : तारा

~सुनिता राइ ‘यशिन’~ म कार्यालय बाट घर फर्कदै थिए बाटोमा पन्धेरिबाट फर्कंदै गरेकी तारालाई भेटे, साइत पारेकोमा धन्यवाद तर घरमा आमा संग किचनमा हात नबटारी चित्त बुझ्दैन | उनि मुसुक्क मुस्कराइन र आफ्नो घर जान आग्रह गरिन | मैले उनको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गणतन्त्र संस्थागत

~गोविन्दप्रसाद आचार्य~ आगो नबल्नेहरूका चुला खै हलि गोठालाहरूका कुरा खै गर्नेहरूका हेर गोजी खाली आएन कैलै गणतन्त्र लाली न हर्ष कहीँ न हरियो बनेको उही पुरानो घमिरा परेको रोगीहरूले उपचार मागे

Posted in कविता | Tagged | Leave a comment

कविता : अठोट

~नारायण योगी~ न कहिल्यै झुक्ने न कहिल्यै रुक्ने म त्यो इन्क्लाब हुँ हर अन्यायको जबाफ हुँ गरिबको पसिनाको हिसाब माग्ने सहिदको सपनाको महल बुन्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो र बुद्धत्व

~दीपा राई पुन~ बाटो अनि बाटै बाटो गज्यांगुजुगं किरिगंमिरिंग पाइतलाहरू हिँडिरहन्छन् आहतमा पिल्सिएर रोपिएको मनलाई मुस्कानले छोपेर संवेगका मौन जुलुस बोकेर मनहरू कै ताँती छन् रहस्यमय यी बाटाहरूमा

Posted in कविता | Tagged | Leave a comment

कथा : कथा

~रमेश क्षितिज~ आज सबेरै घरबाट खानासमेत नखाएरै हिँड्या ऊ । एउटा गतिलो कथा लेखेर कुनै पत्रिकामा छपाउन सके एक–दुई सय रुपियाँ पनि आउने, अझ त्योभन्दा बढी थुप्रै पाठकको मन जित्न सके आत्मसन्तुष्टिको मीठो अनुभूति पनि हुने भएकाले उसलाई एउटा कथा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नरदेन रुम्बाका दुई मुक्तक

~नरदेन रुम्बा~ १ मेरा देवताहरु मैले सबै पुजारीलाई दिएँ मेरा धर्म सबै मैले भिखारीलाई दिएँ अब खुल्ला छु , नितान्त खुल्ला छु केही विश्वास थियो सबै प्यारीलाई दिएँ २

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : आवश्यक काम

~प्रमोद धिताल~ साट्नैपर्ने केहि मौलिक भावना सोच्नैपर्ने केहि महत्वपूर्र्ण विषय चाल्नैपर्ने केहि निर्णायक कदमहरु साँचेको छु कुनै दिनको लागि बस, यतिखेर मलाई गर्नुछ आवश्यक कामहरु !

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : झार्ला कि गाडी

~रिजाल किरण~ छन्द : तिल्जे मनका वहावै ,फैलेर साथी कसरी बताऊ ,चर्किन्छ छाती । अवतार उन्को ,मान्थ्यौ नि बिष्णु कहिले नमेट्ने,छापो छ बाकी ।

Posted in गजल | Tagged | Leave a comment

गजल : आपसमा लड्छन्

~सदानन्द अभागी~ सुकर्मी र कुकर्मी त आपसमा लड्छन् सुकर्मीमा अग्नि हुन्छ कुकर्मी त डट्छन् सुकर्म ज्योति हो त्यसमा हुन्छ प्रकाश विद्वान्ले कर्मथलो बाटो लिई बढ्छन्

Posted in गजल | Tagged | Leave a comment

कविता : घरको सम्झना

~दीपक कुमार ज्ञवाली~ दैलो पोत्दै होलिन् श्रीमती ले सम्झना मेरो गर्दै । सोह्रश्राद्धदेखी नै चहलपहल परदेशी आउने घर । प्रतिक्षामा होलिन् खसमको आऊलान् दशैंमा भनी । कसरी जाँउ म घरमा साहुको ऋणको भारी बोकी । १ सधै सम्झना आउँछ घरको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फुलमायासँग

~अनिल श्रेष्ठ~ आऊ, फुलमाया तिमी र म अब सँगै मिलेर एउटा आँधी जन्माऊँ सधैं तुवाँलो लागिरहेको यो आकाश र तुवाँलोलाई हटाउन

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : रहश्य अपार

~निशा खनाल अर्याल~ छन्द : असारे झ्याउरे परेलीहरु बिछ्याई हेरे मुटुले तानेर चोइटियो मन त्यसैलाई बालेँ आत्मा मै हालेर तपस्वी जस्तै योगले पुग्छु चैतन्य गंगामा फ़र्कन्छु एक्लै खोजेर प्राण कठोर ढुंगामा जीन्दगि होइन खेलौना कुनै खेलेर मिल्कायो

Posted in छन्द कविता | Tagged | Leave a comment