Tag Archives: nepali sahitya

कथा : बले बौलाएछ

~एकराज प्रधान~ गर्मीले ‘सेन्डो’ छिचोलेर सर्ट नै भिजेछ ! डोरीमा टाँगे । मुढामा बसेर जुत्ताका लेस खोल्दै गर्दा बाटोमा देखियो घने, साइकल डोर्‍याउँदै । सुपारीको बोटमा साइकल अड्यायो र कन्चटमा औँला घुमाउँदै भन्यो, ‘थाहा पाइस्, बलेको त खुस्केछ नि !’

Posted in नेपाली कथा | Tagged | 1 Comment

संस्मरण : पिलोको पिरोलो

~ध.च. गोतामे~ रोगहरु पनि अनौठा किसिमका हुन्छन् । उदाहरणका लागि पिलो कै चर्चा गरौं । पिलो एक प्रकारको सानो खटिरा हो, जो मानव शरीरको कुनै भागमा पनि एकपट हुन सक्दछ । तर यो खटिरा आफ्नो स्थानीयकरणका लागि प्रसिद्ध भैसकेको छ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : हरियो घर

~शिवानीसिंह थारु~ सन् १९९३ को कुरा । म कक्षा ९ मा पढ्थेँ र धोबीघाटस्थित छात्रावासमा बस्थेँ । छात्रावासमा एउटै क्लासमा पढ्ने पाँचजनाको समूह थियो हाम्रो । नाम हामीले आफैं जुराएका थियौं- ‘द फेमस फाइभ’ । बेलायती बालसाहित्यकी लेखक एनिड ब्लाइटनको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

पुस्तक अंश : लेख्नकै लागि परिवारको हत्या गरेँ…

~रमेश पौडेल~ ‘जागिर छाड्नुको कारण ?’ म फिलोससको मुखमा हेर्दै सोध्छु । ‘जागिर खाँदै लेख्न सकिँदैन र ?’ अचम्म मान्दै सोध्छु म ।‘लेखन,’ ऊ नजिकै रहेको डायरीतिर हेर्दै भन्छ- ‘लेख्नकै लागि मैले जागिर छाडेको हुँ ।’

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

कथा : बस स्टप

~गंगा सुवेदी~ घुमन्ते चियापसले बाट चिया लिएर पुण्यबहादुरले स्वास्नी ललितालाई पिउन दिएको केहीबेरमा नै ललिता लठ्ठ परेर बेहोस भई । उसले ढुक्क भएर यताउती हेर्‍यो । कसैको ध्यान पनि आफूतिर छ्रैन भन्ने भएपछि भरखर पाँचबर्ष मात्र टेकेको फुच्चे सानुको काँधहल्लाउँदै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुन्दरिया

~सीता पाण्डे~ रमाइलो कुरा के भइदियो भने दुःखनाले आफ्नी छोरीको नाम सुन्दरिया राखेको थियो । सुन्दरिया नाम किन र कसरी राखियो ? भलै, यसको कारण बिस्तारै आउला । तर अहिलेलाई सुन्दरियाको कथा यसरी नै सुरु हुन्छ । सुन्दरिया सानैमा पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मितभाइ

~रक्ष राई~ म तिम्रो पर्खाइमा थिएँ । तिमी आउँछौ भन्ने मलाई थाहा थियो । कारण तिमी आउनुअघि यहाँ फोन गरेका थियौ । मैले पनि मेरा श्रीमान् आज रातिमा ड्युटी छन् भनेर तिमीलाई जानकारी दिएकी थिएँ । त्यसैले तिमी आयौ, सधैंझैँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक अंश : सीमान्त विचलन

~माधव सयपत्री~ आजकल मेरो मन अत्यन्त उद्वेलित भैरहन्छ । फर्केर आफ्नै भूमिमा जाउँ जाउँ लाग्छ । केको कमी थियो र हामीलाई त्यहाँ ? सबैथोक पुगेको थियो । हामीले देश छोड्न लागेको बेलामा आफन्तहरू आएर धर्धरी रूँदा पनि श्रीमान मान्नुभएन । … Continue reading

Posted in पुस्तक अंश | Tagged | Leave a comment

कथा : आम्सटर्डमको रातो गल्ली

~महेशविक्रम शाह~ एल्जो टयाक्सी पार्किङमा यात्रुहरुको प्रतीक्षा गरिरहेकी थिई । रात जति गहिरिँदै थियो, रेड लाइट एरियाका राता बत्तीहरुको उज्यालो झन् प्रगाढ हुँदै थियो । रेड लाइटका हरेक गल्लीमा टेक्ने ठाउँ थिएन । धक्कमधक्का गर्दै मान्छेहरु आˆनो बाटो बनाइरहेका थिए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सौता

~विद्या सापकोटा~ प्रेम, सम्बन्ध वा भावीको लेखान्त केलाई मान्नुपर्ने हो मान्छेले ? के प्रेम र सम्बन्ध एकै तत्व हुन् ? एउटा मान्छेले एकै समयमा दुईजनालाई प्रेम गर्नु सम्भव छ ? कि प्रेम शब्द नै भ्रमको अर्को नाम हो ? बारम्बार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मोडहरु

~गौतम “उदय”~ एक साँझ संगै खाना खाइराहंदा लिला दाइले ‘तँलाई मिल्ने राम्री केटी छ, हेर्न जाउँ’ भनेको आज तीस बर्ष पछि पनि यी कानमा त्यसै गरी गुन्जिरहन्छ। मेरो बिहेको किन त्यतिबिघ्न चासो परेको होला उनलाई !

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : रेडियो

~कमल खतिवडा~ सवैले गरेको काम हाम्ले चै किन नसक्ने र ? सुरवीरले आफ्नै ठाउँमा रेडियो चलाउन सुर कसे । रहरै  रहरमा कुरो निकै अघि वढ्यो ।  अव नाम पो के राख्ने ? देशका गाउँ गाउँमा खुलेका रेडियोहरुले यति धेरै नाम … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : विसर्जन

~मणि लोहनी~ म पेरिस आएँ । ’प्रेम’ हो आइफेल टावर जो उभिइ रहन्छ मनमा । टावर ढल्छ भन्ने अविश्वास हो सम्वन्ध । र पनि मनभरि उभ्याएर प्रेमको आइफेल टावर मानिसहरु जिन्दगीको नाममा त्राही त्राही बाँचिरहेछन् ।  ’दुनियाँभरबाट युगल प्रेमीहरु यहाँ आउँछन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बन्दाकोभी

~कृष्ण अविरल~ यतिखेर मेरो हातमा सीता पाण्डेको ‘यौन र अनुभूति’ भन्ने पुस्तक छ । एक दशकअघि नै बजारमा आएको यो पुस्तक यतिखेर दोहोर्‍याएर पढ्दैछु म । मानसपटलमा भने सुशीलाको अनुहार आइरहेको छ । हरेक पानैपिच्छे, सन्दर्भैपिच्छे उनैलाई सम्झिन पुग्छु म

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अवैध गर्भ

~कौशल चेम्जोङ~ -’मैले खाना त खाएँ, तेरो बाउको खाइँन, आफ्नै बाउको खाएँ ।’ -’खायौ आफ्नै बाउको । तर, रक्सी खानु रक्सीले चाहिँ हजुरलाई नखाओस् ।’ -’के रे के ?’

Posted in नेपाली कथा, पुस्तक अंश | Tagged | Leave a comment

निवन्ध : म एक्लो र उदास उस्तै

~गीता त्रिपाठी~ छुट्याउनै सक्दिन- एक्लो म छु या यो सहर ! सबै कुरा भएर पनि कति उदास, कति विरानो । अनगिन्ती आकांक्षाले जर्जर बनेको । हार्न नमान्नेहरू हारेरै कुँजिएका छन् यहीँ । जित्न नजान्नेहरू जितेरै निरीह छन् यहीँ । अभिसापजस्तो … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

पुस्तक अंश : यत्रैसित्ती !

~टंक चौलागाई~ “संविधान बन्दैन । संविधान बन्दैन । ……..का छोराहरुले संविधान बनाउँदैनन् । भारतले संविधान बनाउन दिँदैन । चीनले संविधान बनाउन दिँदैन । अमि्रकाले संविधान बनाउन दिँदैन । ज्ञानेले संविधान बनाउन दिँदैन । ए भाते हो ! नबनाओ संविधान ।” … Continue reading

Posted in पुस्तक अंश | Tagged , | 1 Comment

पुस्तक अंश : ऊ असुरक्षा मान्छे

~अमर न्यौपाने~ बाल्यकाल बिर्सनकै लागि हो । तर, जुन कुरा बिर्सन सकिँदैन, त्यो मर्ने बेलासम्म पनि झन् सम्झिरहिन्छ जस्तो भइरहेछ । घाम उदाउनै लागेको पूर्वको रातो आकाश हेरेर आफू जन्मेको सम्भिmन खोजी । सम्झिन नसकेर आमाको मुखबाट सुनेकै भरमा सम्झी … Continue reading

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य कथा : त्यो किताब

~शैलेश भट्टराई~ करिब चार बर्ष अघिको कुरा हो म काम विशेषले नयाँबजार दरबार (अहिलेको लाजिम्पाट दरबार) गएँ | अध्यक्ष कमरेड विहानीको चिसो हावा खाँदै कुर्सीमा उपरखुट्टी लाएर एउटा मोटो न मोटो पुस्तकको गहन अध्ययन गर्न लाग्नु भाको रहेछ | हातमा … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : भुतेश्वर

~बखतबहादुर थापा~ माओवादीले गोर्खे पञ्चायतका लागि सानाठूला सबै गाउँलेलाई अनिवार्य उपस्थितिको उर्दी गरेको थियो । ‘यो त अचाक्ली नै हो नि, कामकाज छोडेर सानाठूला सबै चौरमा जम्मा हौ भन्नु सुहाउने कुरा हो त ?’ ‘हैन, माओवादीले यसरी बोलाउनुको उद्देश्य के … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रौनक मरेको दिन

~सुबिसुधा आचार्य~ “दाई ! मान्छे पनि सडकमा बेच्न राखेको हो ? कति हो नि मूल्य चैं ?” हरेक दिन आठ-दश समूहबाट हुत्तिने व्यङ्ग्यको तीखो भालाले सिधै मुटुमा घोच्दा आच्छु आँच्छु हुन्छु म । सायद किनिन-बेचिन, लायक-योग्य थियो भने मेरो छोरोमाथि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रवासीकी पत्नी

~विनोद ढकाल~ लौ आज पनि राइसकुकरमा भात छड्किने बेला झ्याप्पै लाइन गयो ! फेरि ग्याँसमै बसाउनुपर्‍यो । साढे ७ भइसक्यो बाबु उठेकै छैन । मुख धोइदिनेदेखि दाँत पनि आफैंले माझिदिनुपर्छ । भात ख्वाएर साढे ८ बजे स्कुल बस भेट्न रोडमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो रात

~दिनमान गुर्मछान ‘दिगु’~ रात छिप्पिदो थियो सायद चुक घोप्टिएझैँ गरी । तपाईंको कोलाहलमय सहरमा वल्ल ध्वनि प्रदूषणको मत्थरताले स्थान पाउँदै थियो होला । हो त्यहीँ समय एकादेशको कुनै सहरको एक कुटीमा मलाई छिटो पुग्नु थियो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जाममा

~ध्रुव मधिकर्मी~ ऊ त्यहाँ पुग्दा जाम शुरु भइसकेको थियो । बाटोभरि बस, मिनीबस, टेम्पो, ट्याक्सी, साइकलहरूको ठेलमठेल थियो । न बढ्नलाई बाटो थियो, न र्फकने ठाउँ नै । अब अस्पताल पुग्न घण्टौ लाग्ने भयो । यसैबेला उसको मोबाइल बज्यो ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सोह्रखुट्टे

~भरत जङ्गम~ विश्रामस्थलको नजिकै आइपुगेकी छन् जमिला । जतिजति सोह्रखुट्टे नजिक पुग्यो, उनको पिठ्यूँमा भएको घाँसको भारी गरुङ्गो हुँदै गइरहेछ । सायद विश्रामस्थल नजिकिएकाले घाँसको भारी गरुङ्गिँदैछ उनको । सोह्रखुट्टे मचान अर्थात् सोह्रवटा थामहरूबाट निर्मित जसलाई एक छहारी, जसलाई एक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा कसिलो ह्यान्डसेक

~ठाकुर  केसी~ अफिसबाट बिहानै फोन आयो, तुरुन्तै अफिस अउनु भनेर । ‘किन आउनु पर्ने ?’ मैले तत्काल सोधें । ‘हैन एकपटक तुरुन्तै आउनु पर्यो रे, साउजीले भनेको’ । म हतारिए, किनकी साउजीले बोलाएका थिए अन्यथा म प्रति नकारात्मक धारणा उब्जिन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निषेधित लेखक

~रामप्रसाद पन्त~ कल्पनामा हराइरहेको थियो लेखक । ऊ एक्लै थियो आफैले संरचना गरेको त्यो घरमा । त्यो ˆलाटमा । आफ्नै कोठाको ओछ्यानमा । घरक्क ढोका बजेको आवाज आयो । हेर्‍यो, डम्म लगाएको ढोका बाहिरबाट कसैले तानेर अलिकति उघ्राएको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

ऊ को थिइ र मेरी ?

~पुरुषोत्तम गौतम~ साह्रै चकचके केटाकेटीहरू बिहानै ड्यूटीमा आएपछि भेट हुन्छ दिनैपिछे । शायद उनीहररू मेरै पर्खाइमा रात बिताउँदा हुन् । म पनि साँच्चै भन्नु पर्दा तिनीहरूकै सम्झनामा रात बिताउँछु । ठूलै परिवार छ तिनीहरूको । एउटी सानी बुने छ । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अझै बल्झीदै छ घाउ

~प्रेम चापागाईं~ पुस महिनाको जाडोमा पनि एकाबिहानै आज किन मानिसहरूको चहल पहल छ ? बुझ्दा कुरो राम्रो चाहिं होइन रहेछ । माथ्लो घरको मुकेशको श्रीमती सीतादेवी र पल्लो गाउँको धनबहादुर घर छोडी पोखरातिर लागेछन् । कुरो दुख लाग्दो छ सीतादेवीको … Continue reading

Posted in लघुकथा | Tagged | 1 Comment

कथा : त्याग

~कृष्ण के श्रेष्ठ ~ “बाबा मलाई यो दशैंमा त नयाँ लुगा किनिदिनु न ल, अनि खसी पनि काट्नु पर्छ नि यो पाली त ।” दशैं नजिकिदै रहेको बेला रुन्चे स्वरमा सपना बजारमा बुबाको हात समात्दै हिंड्दै गरेको बेला भन्छे । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

फरक फरक रुवाई

~मित्र पाठक~ ‘नाई, आज म अघाउन्जेल खाने हो’ पाँच दिन अगाडि म सदरमुकाम गएर आएपछि अघाउन्जेल भातै खालास भन्नु भएको होइन ? जाजरकोटको एउटा गाउँमा छोरो बाउसँग रुँदै थियो अघाउन्जेल सेतै भात खान पाउनु पर्छ भन्ने माग राख्दै ………। त्यति … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मरणच्याँसे मौन भयो

~गीता थापा (दोषी)~ पाँच बर्ष अघि काठमान्डौ पसेको अन्तरे आज आउला भोलि आउँला भन्दभन्दै घर फर्किएन।अन्तरीले भने उसको प्रतिक्षा गरी नै रही । यता अन्तरेले काम केही नपाएर पशुपति छेउमा हात पसारेर माग्न थाल्यो। दिनानुदिन मानसिक तनाबका कारण अन्तरेले आफ्नो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment