Tag Archives: nepali sahitya

झुल

~तारिणीप्रसाद कोइराला~ मजस्तो गरिबलाई दुई पैसा खर्च गर्दा त कपालबाट पसिना चुहुन्छ भने एक रुपियाँ एक आना त कुरै के ! त्यसो त मसँग ६ रुपियाँ थियो, तर यस ६ लाई दस, दसलाई बीस र यसै गरी सयसम्मन् पुर्‍याई एउटा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धर्मबिम्ब

~भुवन ढुङ्गाना~ उसले केटाकेटीमा मन्दिरमा बज्ने घण्टको स्वर सुनेकी थिई । यद्यपि त्यस बखत त्यो घण्ट मन्दिरमा बजेको हुँदैनथ्यो । उसकी आमाले भान्साघरनजिकै थापेको एउटा सानो देउताथान थियो, मन्दिरको सानो रुप । घरधन्दामा लाग्नुभन्दा अगाडि आमाले गर्ने नित्यपूजा पनि पथ्र्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कुटिरो

~दिलीप शाह~ ‘छोरा ! मेरो अन्तिम समय आएजस्तो छ । वर्षौदेखि जप गर्दै आएको दुर्गा कवच पनि आज बिहान जति गर्दा पनि सम्झिनै सकिन । नाडी अति मन्द गतिमा चल्दैछन् । दृष्टि एकदमै धमिलो छ ।’ बूढाले ठस्ठस्ती कन्दै तर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : संवेदना

~श्रीओम श्रेष्ठ ‘रोदन ‘~ वेवारिस अवस्थामा फेला परेको मृत युवकको लास अस्पतालमा पुयाइयो । केही दिनसम्म पनि लासको सनाखत गर्न कोही पनि आएनन् । त्यसपछि प्रहरीले युवकको लासको हुलियासहित प्रचारप्रसार भयो । समाचार पढ्ने र सुन्नेहरुको अस्पतालमा भीड लाग्न थाल्यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : सङ्घर्षमय सफल जीवन

~मदनमणि दीक्षित~ घटना हो संवत २०३३ को फागुन । पूणिर्माको दिन । काठमाडौँस्थित भारतीय राजदूतावासले त्यो दिन काठमाडौँका उच्च राजनीतिक नेतृत्वको ठूलो अंशलाई दूतावासमा रमाइलो भेटघाटका निम्ति बोलाएको थियो । मलाई पनि निम्ता थियो । त्यो अपराहृनकालमा मैले डा. केशरजंघ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : एक्ला एक्ला लाशहरु

~सन्तोष खतिवडा~ म कक्षा ९ मा पढ्दै थिएँ करिब १५ वर्षकी हुँदो हुँ । ग्रामीण परिवेशमा हुर्किएकी म, मध्यम वर्गीय परिवारकी जेठी छोरी, साह्रै सरल थियो मेरो जीवन, बिहान आमालाई खाना बनाउन सघाउने, घर नजिकैको ईनारबाट पानी ल्याउने अनि दिउँसो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चोर

~श्याम साह~ मध्यरातमा वादल जोडले गर्जन थाल्यो । झिलिक्क उज्यालो हुने गरी विजुली पनि चम्के । लगत्तै आकाश नै खस्ने गरी पानी पनि पर्न थाल्यो । बखतबहादुरको त्यो फुसको घरले त्यत्रो पानी थेग्न सकेन । पानीका थोपाहरु ओछ्यानमा पनि चुहिन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शासन

~नयनराज पाण्डे~ हाम्रो घर ठूलो थियो । एकदमै ठूलो । दरबार जत्रो । दरबारजस्तो । सेतो । निख्खर सेतो । बलियाबलिया खम्बाहरू । बलियो छत । ठूल्ठूला पर्खालहरू । कसैले बाहिरबाट चियाउने कुनै सम्भावना नै नभएको । त्यति ठूलो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : लीला, मुँआ र आँपको बोट

~सीता पाण्डे~ सानै थिएँ, त्यस बेला सायद आठ-दश वर्षजतिकी ! हाम्रो घर सडकको छेउमा थियो । त्यसभन्दा केही तल बाटैमा आँपको ठूलो बोट थियो । आँपको सिजनमा आँप त खाइन्थ्यो नै त्यसबाहेक करिब-करिब दिनको सम्पूर्ण समय त्यो ठाउँ, गाउँका केटाकेटीका … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : मालती ! मलाई माफ नगर

~श्रीरामसिंह बस्नेत~ अचानक आज मालतीसँग जम्काभेट भयो- नेपालगन्ज अस्पतालमा । तीस वर्षअघि बर्दियाको कोठियाघाटमा उसलाई पहिलो पटक भेट्दा म जति उत्तेजित थिएँ, आज त्यसको ठीक विपरीत उसलाई भेट्दा म शिथिल भएको छु, मेरो सम्पूर्ण शरीर गलेको छ । तीन दशकअघि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मञ्जरीको मृत्यु !

~बिटु केसी बराल~ मञ्जरी कुनै नायिका होईन । न कुनै सुन्दरी युवति नै । केबल मेरो कथाकि यथार्थ पात्र मात्र नभएर समाजबाट ओझेलमा परेका , एकाएक हराएका ती हरेक अनुहार मञ्जरी हुन सक्छे । स्वदेशबाट कता हो कता, धेरै टाढा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनन्त यात्रा

~सन्तोष खतिवडा~ शरद् ऋतुको आगमनले छर्लङ्ग खुलेको आकाशमा दुई चारवटा चङ्गाहरु यत्रतत्र उडिरहेका थिए । स्कुले ठिटाहरुको स्कुल दशैँको लागि छुट्टी भइसकेको जानकारी दिदैँ थिए ति चङ्गाहरु । मेरो पनि कलेजको अन्तिम दिन, सम्झनाले मात्रै पनि म रोमाञ्चित थिएँ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्युको कथा

~श्याम साह~ ऊ असफल कथाकार थियो । उसले अहिले सम्म एउटा पनि सफल कथा लेखेन । लेख्न त सकथ्यो होला, तर उसले लेखेन । त्यसो त ऊ सफल पनि कहिँ थिएन । उसले एउटी केटीलाई तीन बर्ष सम्म एकहोरो प्रेम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म पनि स्कुल जान पाउने भएँ रे !

~सुस्मिता नेपाल~ म पनि स्कुल जान पाउने भएँ रे ! मेरो शरीरभन्दा मेरो भावना जुरूक्क उठ्यो र मलाई हेर्यो । मानौ भावना ऐना हो, म भावनाको ऐनामा आफ्नो अनुहार हेर्न लजाइरहेकी थिएँ त्यतिबेला । स्कुल जान मेरो लागि के सम्भवको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नाता-सम्बन्ध

~एल एन सुवेदी ”हस्ती”~ बसन्त ऋतुले अन्तिम बाटो तताउन लाग्यो । बर्खा लाग्ने संकेतहरु जताततै देखिन थालेका छन् । बनजंगल , रुख बिरुवाका मुना र पालुवाले पृथ्वी हरियो रेशम साडी लगाएर अन्माउन लागेकी दुलही जस्तै सिंगारिएको देखिन्छ । सर्पले फेरेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उनको चरित्र नराम्रो होइन !!!

~गौतम “उदय”~ धेरै बर्षको अन्तरालमा अफ्नो मातृभूमीमा पाइला टेकेको थिएँ मैले । शिशिर ऋतु थियो त्यस बेला । अहिले सम्म पनि त्यति बिघ्न एक एक झिना मसिना सबै कुराहरु याद गर्ने कोशिस गरिराखेको छैन । नयाँ कल्पना, नयाँ आशा, नयाँ … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

त्यो ‘नयाँ अनुहार’

~रेम बिक~ खै कुन्नि किन हो ? उसलाई हिजो त्यो ठाउँमा जान मन लागेकै थिएन । तर साथीभाइको आग्रहपछि उसले जान्न भन्न पनि सकेन । फेवातालको सिरानतिर रात कटाउने गरि जानै लाग्दा समस्या पर्‍यो पैसाको । गोजी छाम्यो, गोजीमा त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दाग

~सरु पोखरेल~ ” ओ हो छपक्कै सेतो आइसकेछ । कपाल पनि सबैतिर सेतो भैसकेछ । सर्न त सर्दैन ” उसलाई देख्ने वित्तिकै आँखीभौं खुम्चयाउँदै मिराले भनी । “सर्दैन सर्ने भए त यसका भाइ बहिनीलाई पनि सर्दो हो नी सँगै खाने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुङ्गेनको रङ्गीन आँगनमा

~मोहन मैनाली~ साउन २२ गते बिहान सबेरै उठेर हामी स्यो गाउँको दाहिने किनारको बाटो लाग्यौँ। एउटा घरमा एकजना मानिस सल्लोको फलेक बसिलाले ताछ्दै थिए। त्यसरी काठ ताछ्दा त्यसको धेरै भाग चोइटा बनेर खेर गएको थियो। उनले आज दिउँसो यस गाउँबाट … Continue reading

Posted in नियात्रा, पुस्तक अंश | Tagged | Leave a comment

लघुकथा : मुस्कान

~डा रवीन्द्र समीर~ बूढाबूढी, केटाकेटी तथा गृहणीमात्र रहेकाले राजुलाई गाउँमा बस्न लाज लाग्यो । बेरोजगार भए पनि खेतीपाती गरेर परिवार पालेकै थियो । – ‘कस्तो लाछी लाठे रहेछ ! यसो अरबतिर जानु, पैसा कमाउनु ! राजुलाई यो वाक्यले बारम्बर ठुँगिरह्यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निवन्ध : तपाईं कुन पार्टीको ?

~मनोज गजुरेल~ दश बाह्र बर्ष अगाडीसम्म, कुन नेता कुन पार्टीको हो- परैबाट चिनिन्थ्यो । राजाबादीहरु दौरा सुरुवालमा चिटिक्क देखिन्छे, कांग्रेसीहरु टाइसुटमा गमक्क सजिन्थे, कम्युनिष्टहरु सर्ट पाईन्टमा लिख्रिक्क भेटिन्थे । अर्थात्, लवाई खवाईका आधारमा कसले कुन सिद्धान्त बोकेको छ भन्ने कुरा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : म के गरूँ

~इल्या भट्टराई~ जीवनलाई कुनै परिभाषामा कैद गर्न सकिन्न शायद, त्यसैले त जीवन अस्तव्यस्त छ । सोचेजस्तो फ्रेममा जीवनलाई राख्न सके यो एकनासको बाटोमा सोझै हिँड्थ्यो होला । तर जीवन कथाकारले सोचेको प्लट होइन, त्यसैले त यो सरल पनि भएन । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भन्न बाँकि एउटा कुरा

~गौतम “उदय”~ बिकसित देशहरुमा काम पाउनु भन्दा पनि एकाध बाहेक जुन स्तरको काममा पनि दुख चाहिँ औधी हुने। थकाइ सान्त पार्न र ताजकीपन पाउन विविध प्रकारका साधन र ठाउं प्रसस्तै उपलब्ध भए पनि यी सबै व्यक्तिगत रुचीमा भर पर्ने रहेछन। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोस्रो अध्याय

~सन्तोष खतिवडा~ मेरो सिरानीसँगै राखेको सामसुङ्गको एस ३ मोवाइलमा छोटो भाइब्रेशन आयो । छोटो भाइब्रेशनको मतलब म्यासेज थियो । मलाई अड्कल गर्न गाह्रो भएन । लोडसेडिङ्गले आक्रान्त पारेको काठमाण्डौँमा बत्ति आउने र नआउने सेडयुल नै हेर्न छाडिसकेको थिएँ । काठमाण्डौँका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यहाँ किन आएको ?

~डा. बेञ्जु शर्मा~ पार्टी अफिसबाट म हान्निएर बस पार्कमा आइपुग्छु । सबै खुद्रा नोटहरू गन्दा बसको लागि टिकट किन्नसम्म पैसा पुगेकोमा खुशी हुन्छु । बाटोमा खानको लागि दुई दुई रुपैयाको दुइटा नोट बचेको हुन्छ । जम्मा चार रुपैयाँ, एक कप … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बिद्रोहीको सपना

~ओमप्रकाश निरौला~ “युद्धबाट र्फकदै गर्दा जङ्गली जनावरको शिकार गर्ने जुक्ति पलायो साथीहरूमा” । केही शिकार पनि गर्‍यौं हामीले । मृग, जरायोहरू मार्न सफल भयौं । अति नै भोग लाग्दा कस्तो हुन्छ भन्ने राम्रो अनुभुति भयो त्यतिबेला । शिकार गरेका मृग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक अंश : दसैँ आयो

~उमा सुवेदी~ नेपालमा दसैँको चहलपहल सुरु भइसक्यो होला । रेडियो र टेलिभिजनमा मालश्री धुन बज्न थाल्यो होला । लामो दूरीका बसहरु बुक भइसके होलान् । विभिन्न कम्पनीहरुले आफ्नो उत्पादनका विज्ञापनमा नयाँ नयाँ उपहार योजना ल्याएर उपभोक्ता तान्ने कसरत सुरु गरे … Continue reading

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : बाबाजीको सुपरमार्केट

~मनोज गजुरेल~ नयाँ ‘धन्दा’को बारेमा सोच्दै हुनुहन्छ ? सोच्दै हुनुहुन्छ भने सोच्न छोड्नोस्-र, ‘बाबागिरी’ थालिहाल्नोस् । नाम, दाम र सम्मानको सबैभन्दा सजिलो बाटो यही नै हो । ‘खडेबाबा’, ‘लडे बाबा’ ‘फलहारीबाबा’, ‘जलहारीबाबा’, ‘सर्वहारीबाबा’, ‘योगीबाबा’, ‘रोगीबाबा’, ‘भोगीबाबा’, ‘संभोगीबाबा’, ‘उदासीबाबा’, ‘बिन्दासीबाबा’, ‘सोमरसीबाबा’, … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पुस्तक अंश : जन्मघरबाट बिदा

~हरिवंश आचार्य~ दिदीभिनाजुहरु आफूले सकेको माया गर्थे । सानिमा र दाइहरु पनि माया गर्थे तर दिनले हामीलाई माया गरेन, भाग्यले माया गरेन । घर जीर्ण बन्दै गयो । दलिन मक्काए, फेर्ने पैसा थिएन । इँटमा सोडा लागेर फुसफुस आउने भइसकेको … Continue reading

Posted in पुस्तक अंश, संस्मरण | Tagged | Leave a comment

कथा : मेरो छोरो घूस खाँदैन

~मनु ब्रजाकी~ हिजो ऊ स्वास्नी र छोरो लिएर काठमाडौँबाट आएको थियो, आजै महाभारत सुरु भइहाल्यो । “गधा … गोबे्र कीरा… अफिसर रे ! यस्ता छुसी अफिसर ! सबै काँबाट काँ पुगिसके, लिन्ठिङलिन्ठिङ हल्लनदास अफिसर ! सत्यहरिश्चन्द्र बन्न खोजेको होला… पाजी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सीमा रेखा

~ गौतम “उदय’~ औधी राम्रो छ पाल्पाको श्रीनगरको डाँडो र यसको सेरो फेरो! हालसालैको एसियन यात्रा सर्भेले नेपालका यात्रागर्न लायक ठाउँ भित्र श्रीनगरको नाम पनि पारेको देखेर मेरो छाती तन्केर बेलुन फुले झैँ भएको छ किनकी म यहीं जन्मेको थिएँ । … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : चकलेट

~नयनराज पाण्डे~ पजेरोलाई सदरमुकाममै छाडेपछि स्वकीय सचिव र म लखरलखर हिंड्न थाल्यौं । गाउँको बाटो धूलो र माटो डुङडुङ् गनाउने गोबर र गुहु । गाउँ किन यस्तो फोहोर हुँदै गएको ? अहिले म आफ्नो गाउँ जाँदैछु । चुनाव जितेर गएपछि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment