Tag Archives: nepali sahitya

कथा : सीताहरु – २३

~परशु प्रधान~ केही वर्षभयो- मैले सीताहरूको खोजी गरेको । यसका लागि म कहाँ पुगिन- होटेल, रेष्टुँरा, डान्सबार र स-साना भट्टीहरूसम्म । मौका मिलाएर कहिलेकाहीँ पोखराको फेवाताल वरपर पनि घुमेको छु । ठमेल, बानेश्वर र कलङ्की त नजिककै तर्ीथस्थल भए- मेरा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सीताहरू-१६

~परशु प्रधान~ आज पनि ऊ धेरै ढिला उठ्यो । उठनासाथ केहीबेर ओछ्यानमै बसेर खोक्यो, खोकिरह्यो । खोक्दै ट्वाइलेटमा गयो । त्यहाँबाट पनि खोकीको अस्पष्ट आवाज आइरहृयो । त्यही आवाजसँगै मिसिएर चुरोटको नमीठो गन्ध पनि मसम्म आइरहृयो । ट्वाइलेटमा उसले निक्कै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शंका

~बिना तामाङ ‘सुनगाभा’~ चौडा निधार, ठुला ठुला आँखा, कालो लामो केशकी धनी निशाको विवाह रमेशसँग भएको लगभग दुई बर्ष बितिसकेको थियो । अन्तर्मुखी स्वभावको २८ बर्षीय रमेश आफूभन्दा ५ बर्ष कान्छी, सुन्दर जीवनसाथी पाउँदा निकै हर्षित र दङ्ग थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित विश्व यौनकथा : नाङ्गो चित्र

~स्टीफेन लाङ्गस्ट्रीट (स्पेन)~ अनुवादकः परशु प्रधान ”जूलियो ! तिमीलाई थाहा छ, आजभोलि मात्तीस कुन कलाकृतिमा व्यस्त छन् -” कलाकारका साथीहरू नेट मांरिस र अपोलोइनायरले ऊसँग सोधे । ”अहँ ! मलाई थाहा छैन । बरु तिमीलाई थाहा होला ।” उसले जवाफ … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

विवाह

~उमेश धिताल~ गोरखा बजारसम्मको टिकट लिएर गाडीमा उक्लेको थिएँ । बर्खाको समय, गाउँमा काम भ्याईनभ्याई थियो, यता म भर्खरै परीक्षा सकेर फुर्सदमा थिएँ । ‘दाइ, टिकट हो ?’ पत्रिकाबाट आँखा नहटाएरै टिकट देखाइदिएँ । ‘झ्यालतिर बस्नु पाए हुने नि ।’ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तुहिएको सपना

~सुबिसुधा आचार्य~ “काम फत्ते भयो त पूर्ण ?” हातको सियोलार्ई टोपीमा सिउँरिदै जिज्ञासाको झटारो तेर्साउँछु म उसित । ठूलोे खकाने झोला काँधमा बोकेर सुसेल्दै ऊ खर्कबाट ओरालो लाग्छ । मेरो सोधाइ, प्रश्न भनौं वा जिज्ञासा उसले सुन्यो या सुनेन, कि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेसबुकको वास्तविक फेस

~राजेश नतांश~ कम्प्यूटरमा ‘एकन’को ‘लोन्ली, आई एम मिस्टर लोन्ली…’ गीत बजिरहेको छ । म गीतको शब्द–शब्दमा हराउन पुगिरहेको छु । गीतमा भनिएजस्स्तो घटना परिस्थिति मसँग मेल नभए पनि मलाई त्यो गीत एकदमै अद्भुत लागि रहेको छ । म आफूलाई एकदमै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मित्रता

~निरा शर्मा~ फेसबुक आजकल नशा भएको छ । कुनै पत्रिकमा एउटा कार्टून पनि देखेथे यहि फेस बुकको भित्तोमा – मर्नु अघिको अन्तिम इच्छा के छ भन्दा फेसबुक स्टाटस अपडेट गर्ने रे । आखिर संसारलाईनै गाजेको यो फेसबुकको जालोबाट म मात्रै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निर्लज्ज वस्त्रबाट चिहाएर हेरेपछि

~बी पी बजगाईं~ कोही पनि नाङ्गो देखिनु हुँदैन भन्छ वस्त्र| लाज ढाक्ने ठेका लिएको छ वस्त्रले| उ अरुको नाङ्गोपन जोगाउने धेरै सुर्ता गर्छ| सबैको लाज ढाक्ने भएकोले उसको प्रतिष्ठा समाजमा निकै छ| वस्त्र महान छ| यस्तै के के सोच्दै हुन्छु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

किराँती दन्त्यकथा : सुम्निमा र पारुहाङ्

~सङ्कलक: इमानसिंह चेम्जोङ~ हिमालयको सृजनापछि भगवानका अगाडि एउटा नयाँ समस्या उपस्थित भयो । हिमालय त्यति विस्तृत, उच्च औ सुन्दर भए तापनि त्यसको उपयोग गर्ने तथा अन्य कुनै जीवात्मासँग त्यसको सम्बन्ध स्थापित गर्ने त्यहाँ कुनै व्यक्ति थिएन । तसर्थ भगवानले त्यस … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कविता : हिंसाको मौनता

~पद्मावती सिंह~ चकमन्न छ रात चकमन्नताले भयको ओढनी ओढोको छ भय, संत्रास तथा दुश्चिन्तताले आक्रान्त निरमाया सम्झिरहेकी छिन् आफ्नो पतिलाई राखी हृदयमा

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : यसरी सकुशल घर आइपुग्यौं

~पद्मावती सिंह~ हो, कहिल्यै नबिर्सिने भो गोरखाको त्यो बृहत कवि गोष्ठी जुन भानुजयन्तीको उपलक्ष्यमा गोरखामा आयोजना भएको थियो । यस वर्षको शुरुमै द्रव्यशाह‌‍‍‍‍‌ क्याम्पसप्रमुख मोहननारायण श्रेष्ठले भानु जयन्तीमा काठमाडौंबाट कविहरूको सहभागिता जुटाउने अभिभारा मलाई सुम्पिनु भएको थियो । पोहरसाल पनिमैले … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : डाँडा, भञ्ज्यांग, चौतारा अनि आरूघाट

~पद्मावती सिंह~ कार्यवश गोरखा जिल्लाको आरूचनौटे पंचायतको मुख्य बजार आरूघाट जानु पर्यो । आवश्यक तयारी सकेपछि फागुन २१ गतेका दिन आरूघाटतर्फ प्रस्थान गर्ने कार्यक्रम अनुसार एक महिमा सहयोगीका साथ त्यसतर्फ प्रस्थान गरें । गोरखा बजारबाट करीब आधा घण्टाको उकालो चढी … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : आकाशदीप

~सरुभक्त~ जीवन अटोप्सी त्रासद समयका गाथाहरु प्रत्येक दिन प्रत्येक रात विग ब्याङ घोषणाहरुको देशमा बोक्सी घोषित आमाहरु छोराहरुबाट गु-मुत ख्वाइएका छन् ब्लेकहोलका आलोक बिचरी श्रीषाहरु हराए साता गुरुत्वाकर्षणका साना पृथ्वीहरुझैं हेर! एड्सग्रस्त सूर्यहरु सेता/काला ड्वार्फहरुमा परिवर्तित हुँदैछन् हाइपोथर्मिया: जीवनका गीतहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : पाठक

~म्याक्सिम गोर्की~ रात छिप्पिँदै थियो जतिखेर म त्यस घरवाट विदावारी भएँ जहाँ साथीहरुको एक गोष्ठीमा आफ्नो प्रकासित कथासंग्रहमा समेटिएको एउटा कथा वाचन गरेको थिएँ र साथीहरुले प्रशंसाको पुल वाँध्न कुनै कसर बाँकी छाडेका थिएनन्। म मग्न भावमा शनैः शनैः पाइला … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

अनूदित कथा : कोल्यूशा

~ म्याक्सिम गोर्की~ उनको छेउमै उभिएर मैले उनलाई नियालीरहेंको थिएँ तर उनी भने पूर्णतः मौन वसिरहिन्। आफूमाथिको यो वेवास्ता कुल्चँदै म उनको झनै नजिक पुगें तथापि मलाई एक झल्को हेर्नु सिवाए उनमा कुनै हलचल पैदा भएन। मेरो सान्निध्यताले उनमा जुन उत्सुकता … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

अनूदित कथा : छेपारो

~एन्टोन चेखब~ नयाँ ओभरकोटमा ठाँटिएको प्रहरी नीरिक्षक ओचुमेलोभ हातमा एउटा पोको बोकी बजारस्थित चोक पार गर्दै थियो। जफत गरिएको अमलाले भरिपूर्ण टोकरी बोकेको रातो कपालवाला एउटा सहयोगी प्रहरी उसको पछिपछि हिँड्दैथ्यो। चारैतिर सन्नटा अनि चोकमा मानवीय उपस्थिति शुन्य… भोका मानिसहरुलेझैं … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

कथा : कथा

~विश्वेश्वरप्रसाद कोइराला ~ धेरै पुरानो कथा हो। त्यस युगको कथा हो जब यो पृथ्वीका मानिस देवलोकका देवतासँग प्रतिद्वन्द्विता गर्थे। देवताहरु पनि दानवसँग युद्धमा पराजित हुने भयले पृथ्वीमा अवतरण गर्थे र कहिले दधीचिको हाड मागी औ कहिले दशरथसँग सहायताको प्रार्थना गरी विजयन्मुख … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : स्वामी १००८

~सिन्धु गौतम~ गेरु वस्त्रधारी १००८ स्वामीको प्रवचन सुन्न धेरै मानिसहरूको भीड लागेको छ । ठूलो खुला मैदान पनि खचाखच छ । कोही १००८ स्वामीको दर्शन गर्न, कोही प्रवचन सुन्न, कोही भीड हेर्न, कोही भीडभित्र भीड हेर्न अनि कोही स्वामी नभएकाहरू … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

इन्द्रसुर बेल्टारेका पाँच ताङ्का

~इन्द्रसुर बेल्टारे~ (१) साल्पा पोखरी मनमा सल्बलायो निर्मल पानी प्रकृति धरोहर स्वर्गको अनुभूति ।।।

Posted in ताङ्का | Tagged , | Leave a comment

ट्राफिक जाम !

~साधना प्रतीक्षा~ पात्र-एक गाडीभित्र एक हातले डण्डी समाउँदै अर्को हातले फाइल च्यापेर ऊ असिनापसिना भइरहेछ । पलपल आफ्नो नजर हातको घडीतर्फ फाल्दै हैरानीका साथ लामो सुस्केरा निकाल्छ ‘उफ् । यो गाडी कतिबेला गुड्ला ?’ उसको मनले प्रायः गर्ने मौन प्रश्न हो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

टुहुरो केटो र पशु बोली

~तेजप्रकाश श्रेष्ठ~ एउटा गाउँमा एक जना जिम्दारको घर थियो । त्यहाँ एक विधवा गरिब आइमाई काम गर्न बसेकी थिई । उसको एउटा सानो छोरा पनि त्यहीँ बस्थ्यो । आमा चाहिँ मालिकको घरमा गाईगोरूको मल सोर्ने, भाँडाकुँडा मोल्ने काम गर्थी । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर ९

~परशु प्रधान~ जीवनभरको पीडादायी र दुःखान्त भयो- मेरो पहिलो रात अर्थात् हनिमुन । म कुनै कवि वा लेखक होइन, न कुनै दार्शनिक । मेरा सारा सपनाहरू एकै रातमा खरानी भएका थिए, मेरा सारा इच्छा, आकाङ्क्षाहरू पानीपानी भएका थिए । कुनै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पराजित

~दिनमान गुर्मछान~ ऊ आफ्नै ओछ्यानमा छटपटिरहेको छ। छटपटिनु उसको पीडा हो। उसले बुझेको छ। यो छटपटाहट उसको अनुभवमा धेरै दिनदेखिको हो। ओछ्यानमा ऊ सुतिरहेको त थियो तर उसका आँखा आधा खुलेकै थिए। ऊ सिलिङ्मा झुन्डिरहेको पंखालाई ताकिरहेको थियो। पंखा स्थिर थियो, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजेको बाँसुरी

~बुद्धमणि ढकाल~  गजे दिनभर गाई-वस्तु चराउन जङ्गल जाने गर्थ्यो र बेलुका ती वस्तुको लामो ताँती अघि लगाएर घर   फर्कन्थ्यो । तल राते र सेती खोलाको दोभानमा गजेको बाँसुरी सुनेपछि डाँडामा गाई रुङ्ग्न बसेका गोठालाहरु कान र आँखा उतैतिर लान्थे । गजेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शताब्दी

~ध्रुवसत्य परियार~ ‘अहिले पो बजारिया ऐना पाइन्छ । उहिले त जमेको पानीमा बै“स  हेर्नुपथ्र्यो । मेरो बै“स ढल्यो । बल ढल्यो । आँट ढलेको छैन । अझै पनि बेला–बखत, म देउराली पुग्छु । लामो सुस्केरा हाल्छु । त्यहाँ पुगेर सुसेल्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धुनी

~ध्रुवसत्य परियार~ सामान्य पुरुषलाई लोभ्याउन उसको व्यक्तित्व काफी थियो। पातलो शरीर। छिनेको कम्मर। बाटुलो अनुहार। ठूला आँखा। मीठो बोली। मादक मुस्कान। अहो! सामान्य क्याफेभित्र हामी वारिपारि थियौँ। वेटरले मिल्क-कफी राखेर गएछ, थाहै पाइनँ। सायद म उसको सुन्दरतामै हराइरहेको थिएँ। ‘मैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जात बिर्सने रोग

~ध्रुवसत्य परियार~ तीन कक्षामा पढ्दा साथीले घरमा लग्यो, बास बस्ने गरी । म निदाएको थिइनँ । साथीकी आमा छिमेकीसँग कुरा गर्दै हुनुहुन्थ्यो- यो छोराले पनि पढेर ठूलो मान्छे बन्ने छाँट देखाएको छैन । अहिलेदेखि नै डुल्दै हिँड्छ, घरमा कामी-दमैलाई ल्याउँछ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नान्दी

~ध्रुवसत्य परियार~ उसले भयानक सपना देखेछ।र, एक रातका लागि मलाई किन्यो, २५ हजार रुपैयाँतिरेर। हेर्दा सामान्य लाग्थ्यो। आधा तोला सुन बराबर रकम एक रातमा खर्च ! किन गरोस्। कसरी गरोस्। यस्तै सामान्य लाग्थ्यो।खाटमा बसिरहेकी मलाई यसरी उठायो। जस्तो, विवाह मण्डपमा बेहुलाले बेहुली उठाएको होस्। ‘तिमी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ब्राह्मी

~ध्रुवसत्य परियार~ ब्राह्मीको हीराको औँठी चोरी भयो । शिव ब्राह्मण र गोमा ब्राह्मणीको एक मात्र सन्तान ब्राह्मी, बिछट्टै सुन्दरी थिइन् । उनको सुन्दरतासँग जून, तारा, सूर्यले हार मान्थे, लजाउँथे । एकपटक शिव ब्राह्मणले उदाउँदो सूर्यलाई अघ्र्य दिँदै थिए । पहाडको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सिद्धहस्त म

~फिरन्ते काइलो~ एकाबिहानै दाढी सफाचट् पारेपछि मैले आफ्नो अनुहार ऐनामा नियालेँ । कता कता वीपी कोइराला हुँ कि जस्तो लाग्यो । दोषी चश्मा लेख्न बसेका कोइराला जस्ता । आँखामा कालो बिँड भएको चश्मा र गोलो टाउकोमा भादगाउँले टोपी लगाएर हेरेँ … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : अप्ठेरो चोर

~लक्ष्मण देवकोटा~ रिन तिर्ने पीरलोमा बार्दलीमा बसेर चुरोट तानिरहेका अर्जेल माइला मध्यरातमा आफ्नो घरबाट बलेनीतिर हाम्फाल्दै गरेको आकृति देखेर चिच्याए ए चोर आयो । चोर ।

Posted in लघुकथा | Tagged | Leave a comment