Tag Archives: nepali sahitya

फेसबुक च्याट–भट्टीकी साहिँली सँग

~चरिचुच्चे च~ “खाली दिमाग सैतानको घर” भनेको पनि ठीकै रहेछ । जब मान्छे काम धामबाट अलग्गिन्छ, तब उसलाई समय बिताउन बहुत गाह्रो पर्छ, अनि त मानिसको दिमागमा ज्ञानगुनको चासो प्रियसीको नासो, अतीतको डायरीबाट भावनाको सायरीबाट, कागजको पानामा बोरा च्यातिएझैँ गानामा … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : सपनामा एक्लो मान्छे

~घनश्याम शर्मा ~ एकाबिहानै उसले आँगनमा उभिएर छर्लङ्ग उघ्रिएको आकाशतिर हेर्दै लामो हाई काढी । कति स्निग्ध र सफा आकाश । सिङ्गो आकाशलाई चारैतिरबाट नियालेर हेरी उसले । पूर्व, पश्चिम, उत्तर दक्षिण चारै दिशा जता हेर्दा पनि उस्तै सफा र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक्लो यात्री

~सिता बराल~ आजकल यहा के भएको होला । विदेशी कामदारहरुलाई रेसिडेन्सी दिने काममा कमी आएको छ । फिंगर भइसकेका साथीहरुको हातमा कार्ड आईसकेको छैन । काममा बढी चेकीङ्ग भएको छ । आफ्नो रेगुलर काम बाहेक कन्ट्याक मिलाएकाहरु पनि पूर्ण रुपमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

म एक्लो छैन

~अधिकारी स्मित ~ सुनसान रातको सन्नाटालाई चिर्दै गल्लीतिर कुकुरको कोकोहोलो मच्चिरहेको छ । यदाकदा मोटर चलेको आवाजले कुकुरको हल्लालाई साथ दिइरहेकै छ । म √यालको पर्दा उघारेर निश्चल आकाशमा चाादीको भकुण्डो सरी चम्किरहेको चन्द्रमा हेर्दै त्यसमा कसैको आकृति बनाइरहेको छु । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कन्जुस

~विमल मित्र~ एकदिन म हावडादेखि विलासपुर गइरहेको थिएँ । म बसेको पहिलो श्रेणीको डिब्बामा एउटा मानिस चढ्यो । उसको धोती अलि फाटेको थियो अनि कमिज मैलो थियो । मैले उसलाई शंकाको दृष्टिले हेरें । त्यो मानिसले छेउमा आएर सोध्यो– “तपाइँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म अब एक्लो छैन

~इल्या भट्टराई~ देहव्यापार कतिको लागि विवसता  हुन सक्छ, तर तिनको लागि भने देहव्यापार विवसता होइन भन्ने मलार्ई पक्कै थाहा छ । त्यसैले त तिनी देह व्यापार गर्छिन् भन्ने तथ्य जब मैले थाहा पाएँ, त्यो सत्य मेरा लागि आठौं आश्चर्य भै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाटो म्याद

~युवराज नयाँघरे~ घर पुग्न बिहान र बेलुका दुई घन्टा नछुट्टाए हुन्न ! मैले अरु सबै समय काममा लाए नि यी दुई घन्टा पर्छन् विशेष । जागिर, भेटघाट र किनमेल एउटै कालखण्डमा गाभ्ने गर्छु म । तर घरबाट निस्कँदा र घर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लोग्नेमान्छे

~ गोपालचन्द्र भट्टराई~ “यसरी कोठामा बसिरहेको समयमा यसो कोठाको सरसफाइ गर्न सहयोग गरिदिए हुन्थ्यो, मैले मात्रै घरको सबै काम गर्न नभ्याउने भएँ ।” “अँ, अब केही काम नपाएर म झाडा-कुच्चो हातमा लिएर बढार्न थालौँ ? यी तन्ना, सिरक, सोफाको खोलहरू पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

तृष्णा

~गंगा सुवेदी~ ‘दाइ, डी.भी. पर्‍यो रे ?’ ‘हो ।’ अनन्तले सहजै जानकारी दिए । ‘अब कहिले जानुहुन्छ ?’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिम्रो खुसी मोमिला

~इन्दिरा प्रसाई~ गर्भाधानपूर्वको कथा हिजोआज केही लेख्न मन लाग्दैन । विषयवस्तुको प्रचुरताले हो अथवा दिनदिनै मर्दै गएको संवेदनाले हो, केही पत्तो लगाउन सकेकी छैन । मेरो लेखनी थाकेको हो कि – त्यसो पनि हुन सक्छ । यहां हुन नसक्ने, हुन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : एैचोपैचो

~ठाकुर मान लामा~ शकुन्तलादेवी एक दिन बजारमा किनमेल गर्न गएछिन । बजारको एक पसलमा सामान किन्ने बेलामा सामानको भाउमा पसले साहु र उनीबिच विवाद यसरी भएछ -“दिदी धेरै किचकिच नगर्नुस । लैजाने भए लैजानुस … “”अलि भाउ घटाइदेउन भाई । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कान्छी

~बद्रीनाथ भट्टराई ~ टुँडीखेलको ढोकामा पालो बसिरहेको नरबहादुरको मनमा औडाहा उठिरहेको थियो। माघ २ गतेको रातको एघार बजेको बेला पनि उसको ओठमुख सुकेको थियो। आफ्नी प्राण जस्ती कान्छीलाई अस्पतालमा त्यसै छोडेर पालो बस्न आउनु परेकोमा उसको मन क्षुब्ध थियो। उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पहिचान

~माया ठकुरी~ विकास छिटोछिटो अघि बढिरहेको थियो । ऊ असनचोक निस्कियो । त्यसपछि ऊ पश्चिमतिरको बाटो हुँदै उग्रतारा माई स्वर्ण मन्दिरको अघि पुग्यो र टक्क अडियो अनि उसले मन्दिरतिर फर्केर टाउको निहुन्यराएर हात जोड्यो । त्यसपछि ऊ फेरि अघि बढ्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : फूलको आँखामा

~दुर्गालाल श्रेष्ठ~ फूलको आँखामा फूलै संसार काँढाको आँखामा काँढै संसार झुल्किन्छ है छाँया बस्तु अनुसार

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : रित्ता गाग्राको रुक्खो स्वर

~दुर्गालाल श्रेष्ठ~ आज सखारै रित्तो गाग्रो देख्छु रुँदै भौँतारिरहेको ! हुन्छु म जति पर उति नै त्यो स्वर

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्म ध्वनि

~दुर्गालाल श्रेष्ठ~ धर्मको ध्वनि फैलियोस् बुद्ध-वाणी गुञ्जियोस् ! विश्व नै ढकमक्क पारी

Posted in कविता | Tagged | Leave a comment

कविता : सफल प्रहसन

~दुर्गालाल श्रेष्ठ~ स्वागतनिम्ति उभेकाहरूको फूल हातका वैलिसके । फूर्तिवाज आयोजकहरूको

Posted in कविता | Tagged | Leave a comment

कथा : खीर

~इन्द्रबहादुर राई~ त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिएनँ । घटना -घटना नै भनुँ) यस्तो भएको थियो : हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथा हुँदो धेरै ठाउँ र उपन्यासमा पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमा ! जानुहोस

~माया ठकुरी~ छयासी वर्ष पुग्न लाग्नुभएकी मेरी वृद्धा आमा कोठामा पस्नासाथ कोठै ह्वास्स गन्हाउँछ । मेरा चौध वर्षीय छोरो मनिष, बाह्र वर्षीय छोरी सुमी र मेरी पत्नी मानवीले नाक खुम्च्याउँदै एकअर्काको अनुहारमा हेर्दछन् । मलाई बडो असजिलो लागेर आउँछ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्यु उत्सव

~सुबिसुधा आचार्य~ शान्त – सुललीत अनि सौम्य बगिरहेकी वाग्मती नदी, जसको किनारामा मृत शरीर जलाएर खाक पारिन्छ÷अस्तित्व समाप्त पारिन्छ । अघिल्लो दिनको वर्षाद्को पिटाइले धमिलो भएकी वाग्मतीको पानीलाई पेटीमा बसेर खुट्टाले खेलाउदै थिई ऊ । पुरानो भएर मक्किने अवस्थामा पुगेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहि निर्णय

~माया ठकुरी~ शालिग्रामले पचहत्तर वर्षको उमरमा सोह्र वर्षीया सुमित्रालाई आफ्नो दोस्रो पत्नीको रुपमा भित्र्याए । “घरभित्र यतिका मानिसहरु तपाईको सेवा गर्नको लागि हुँदा हुँदै पनि यस्तो बृद्ध अवस्थामा आफ्नी नातिनीकी उमेरकी केटिलाई पत्नी बनाएर भित्राउनु भनेको एकदमै लज्जाजनक कार्य हो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : यो मन

~धुव थापा~ बिहानको शर्योदयमा खै किनहो म सधै सुर्यग्रह०ा लागेको देख्५ु चैत बैशाखको ३ामले पिल्सिएको नांगो ८ा८ाझै, यो मन, खै किन हो उजा९ र बन्जर बनेको ५ जता ततै सिमसारमा उम्रेका लेउ जस्तै कले६ी परेका अबोध ओ७हरु कुनै रौनकता बिहिन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सुखीहरुको शहरमा एकछिन

~पदम भण्डारी~ नर्भिक अस्पतालको ५०२ नंबरको बेडमा भर्ना भएको थिएँ म । दिउसोको एक बज्न थालेको थियो । अपरेशन थिएटरमा डाक्टरले बोलाएका छन् भनेर मलाई लैजान तीनजना महिलाहरु गुडाउन मिल्ने बिरामी राख़्ने खाट अर्थात ह्वीलबेड लिएर आए र मलाई लिएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लटरम्म फलेका रहरहरू

~सुबिसुधा आचार्य~ “एक्सक्यूजमी म्याडम ! अलि पर सरिदिनुस् है ” ऊ सुडकेस घिसार्दै मेरो सिटमा बस्न आयो । म चाहन्थेँ मेरो सिटमा बस्ने सहयात्री केटी नै होस् किन कि पाल्पादेखि काठमाडौंसम्मको लामो यात्रा, यात्राको क्रममा आँखा लाग्न सक्छ, निदाउँन सकिन्छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टोकियोमा सानु बुद्ध

~परशु प्रधान~ टोकियोमा फेरि हिउं पर्नै लाग्यो । गएको वर्षन्दा धेरै छिटो जाडो आयो । धेरै छिटो रुखका पाताहरू र्झन थाले । यौटा चिसो सिरेटोले मुटु कपाउन लाग्यो ⁄ त्यहां भन्दा यहां धेरै जाडो र चिसो हिउं । त्यहां भन्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर- ५

~परशु प्रधान~ “बुबा आमालाई तुलसीको मठमा निकालेका छौँ, उहाँको अन्तिम अवस्था छ ।” म पीडापूर्ण स्वरमा बालाई भन्छु । बुबा पलङमाथि बसेर कुनै मोटो अङ्ग्रेजी पुस्तक पढ्न लाग्नुभएको छ । मेरो आवाज सुनेर एकपटक टाउको उठाएर मतिर हेर्नुहुन्छ अनि फेरि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : ‘मधुपर्क’मा मेरियाको कथा

~परशु प्रधान~ “म आफूलाई खोज्न हिँड्न लागेकी ।” “आफूलाई खोज्नको अर्थ ?….” “मिस मेरियालाई खोज्न….बुझेनौं बुद्धको देशको मान्छे….” ऊ रिसाउँछे । यही सानो संवादबाट म ‘मधुपर्क’ लाई सम्झन चाहन्छु । ‘मेरियाको क्षितिज’ शीर्षकमा ‘मधुपर्क’ को प्रारम्भ-महिनाहरूमा यो कथा प्रकाशित छ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : घर-१८

~परशु प्रधान~ अचानक मध्यरातमा मेरो निद्रा खुल्यो । जोडिएको घरबाट निस्केको सधैँभन्दा चर्को, अभद्र र पीडापूर्ण आवाजले टोललाई थर्कायो । हामी छिमेकीका लागि यस्तो सुन्नुपर्ने बाध्यता नयाँ होइन । परन्तु आज भने नाटकको उत्कर्ष जस्तो लाग्यो । बूढाको पीडापूर्ण आवाजले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर-१७

~परशु प्रधान~ उसले भर्खरै कोठाबाट निस्केर फेरि हात जोड्यो ! म जे भन्दैछु, यहाँ र मेरो हितमा भन्दैछु । यहाँ र मेरो दुवैको जिन्दगी लामो छ । राम्ररी विचार गर्नुहोला । यौटा आँधीजस्तै ऊ आयो र यसरी नै गयो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर

~परशु प्रधान~ पूर्व जाने बसपार्कमा अचानक प्रमिलालाई देखेँ । केही मिनेट चिन्न सकिनँ – हो कि होइन भन्ने लाग्यो । जे जसो पर्ला भनेर म उनको नजिकै गएँ र सोधेँ – एक्सक्युज मी ? तपाईं प्रमिला जस्तो लाग्यो । उसले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बक्ररेखा

~परशु प्रधान~ कोठाको दलिनमा भुन्डेको लास मलाई आफ्नै झै लाग्छ। त्यसका निर्जीव आाखाहरु, स्पन्दनहीन मुटुमा साटिन्छन्। म त्यस्तै निर्जीव, शून्य र स्पन्दहीन हुन्छु। बाहिर जाडो बढ्दै छ। यस वर्ष जाडो छिटो आयो। बाहिरबाट आउने प्रत्येक आवाजले मलाई सर्तक गराउाछ। म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर- ७

~परशु प्रधान~ विन्द्या सुब्बाको निर्गमन उपन्यास पढेपछि मभित्र एउटा प्रश्न आइरह्यो, अक्षयलाई असाध्य माया गर्ने, परागलाई स्नेह गर्ने एक मेधावी, उच्चशिक्षित, सबल चरत्रि भएकी स्थानीय कलेजकी प्राध्यापक तथा त्यस घरकी तृष्णाले अचानक गृहत्याग किन गरिन् – गत वर्षसिलगढीमा भेट हुँदा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment