Tag Archives: nepali sahitya

मुक्तक : जति धेरै आफुलाई केलाउँछन्

~मनु ब्राजाकी~ जति धेरै आफुलाई केलाउँछन् त्यति धेरै तिमीलाई खेलाउँछन् मरेपछि स्वर्ग जाने ढल जस्तो- बागमतिमा आफूलाई सेलाउँछन् ।

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : अँध्यारै भो बानी यो देशमा

~घनश्याम खड्का~ अँध्यारै भो बानी यो देशमा विजुलीको खानी यो देशमा मान्छे कति मरे तिर्खैले तर धेरै पानी यो देशमा

Posted in गजल | Tagged | Leave a comment

गजल : कामको खोजीमा तिमी उडेर गयौ

~राकेश कार्की~ कामको खोजीमा तिमी उडेर गयौ पापी पेटको लागी माया चुँडेर गयौ गाउँ परिवार साथी सँगी सबै भुली कहाँ हो कहाँ धेरै टाढा गुडेर गयौ

Posted in गजल | Tagged | Leave a comment

अनूदित कथा : हामी मर्छौं तर जीवन बाँचिरहन्छ

~लिओ बुसकाग्लीआ~ अनु : गौतम “उदय” बसन्त लाग्यो ! पालुवा पलाउन थाल्यो ! यसै क्रममा एउटा ठुलो रुखको कुनै हाँगामा “फ्रेडी” नामको पातले पनि जन्म लियो | अन्य सयौँ पातहरु पनि त्यही रुखमा जन्मे | सबै सकुशल हुर्के, बढे ! … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : टर्निंग थर्टी

~दीपेन्द्र रोकाहा~ सँधै जस्तो आज पनि बिहान आठ बजे उठ्छु। घामले मेरो कोठा एकछत्र राज गरिसकेछ। खाना प्राय :स्कुल मै खान्छु। अब तयार भएर ९ बजे स्कुल पुग्नु छ। जागिरे जिन्दगी। हप्ताभर एकतमासको दिक्क लाग्ने दिन हुन्छ। ९ देखि ४ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : शालिक

~कृष्ण प्रर्साई~ एकदिन म एकाएक उसको छेउ गएँ । र क्रमशः उस्लाई माथिदेखि छामंे र सुम्सुम्याएँ- सबभन्दा माथि बादल झैं कालो कपाल, गोलो अनुहारभित्र समुद्र झंै नीला आँखा- चट्ट मिलेको घाँटीमा सुन्दर हार- अलि

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : उल्का

~भबानी अधिकारी नेपाल~ अझै भन्दैछन् समाजमा खप्न नसक्ने उल्का सुन्नुपरेको छ श्रीमान घरधन्दामा श्रीमति बाहिर के तहल्का सुन्नुपरेको छ कसरी बन्छ सभ्य समाज यो संकीर्ण सोचाइको जरो नउखले जानेबुझेका छौं भन्छन् सुधार छैन सोच हल्का सुन्नु परेको छ

Posted in मुक्तक | Tagged | Leave a comment

गीत : च्वास्स मुटु दुख्दो रैछ

~बिमल गिरी~ च्वास्स मुटु दुख्दो रैछ आफ्नै मान्छे टाढि दिँदा मन हलुँगो भैदिन्थ्यो कि एकान्तमा बसी रुँदा बैँस बगी टाढा पुग्यो जीन्दगीको हिउँद सँगै विरक्तिन्छु सुनसानमा उदासिन यो बतास सँगै जीवन भारि हुँदो रैछ आफ्नै मान्छे टाढी दिँदा

Posted in नेपाली गीत | Tagged | Leave a comment

लेख : सामान्य बहुरङ्गवाद र नेपाली उत्तरआधुनिकतावादको कुरा

~धर्मेन्द्र विक्रम नेम्बाङ्~ कान्तिपुर दैनिकले भर्खरै आधुनिकता, उत्तरआधुनिकता सम्बन्धको लामो बहस तन्काएर स्थगन गरेको छ जस्तो लागेको छ । डा. सञ्जिव उप्रेतीज्यूले यस सम्बन्धमा निकै मेहेनतका साथ अगाडि पसार्नु भयो, सिद्धान्तलाई समानीकरण गर्दै नेपाली घटना र जनजीवनमा पुर्‍याउनुभयो, उहाँले विशेषत … Continue reading

Posted in लेख | Tagged | Leave a comment

गजल : म पनि त मान्छे नै हुँ थोरै कतै बाँस देउ न

~बसन्त मोहन अधिकारी~ म पनि त मान्छे नै हुँ थोरै कतै बाँस देउ न । डीनरको भाग काँटी मलाई पनि गाँस देउ न । प्रकृतिको सुन्दर फूल सधैं किन च्याति दिन्छौ – यो फूललाई सुहाउने एउटा कुनै कपास देउन ।

Posted in गजल | Tagged | Leave a comment

गीत : एउटा तारा झर्यो, शोकाकुल पारी।

~हस्त गौतम “मृदुल”~ एउटा तारा झर्यो, शोकाकुल पारी। पाइदैन दर्शन कठै, गयो मायाँमारी। स्तब्ध पारीकन भौतिक चोला छोडयौ। कैले भेट नहुने गरी पाइलाहरु मोड्यौं। अनयासै दुखद खबर धर्ती भरी छायो। श्रद्धान्जली अर्पन गर्ने कस्तो बेला आयो।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : जब तिम्रो साथ हुन्छ

~पि.एस.लिम्बू ‘निश्चल’~ जब तिम्रो साथ हुन्छ, मलाई जिउने आश हुन्छ । तिमी कोमल, कति कोमल, छुदा पत्थर कपास हुन्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : कथाहरुको संवाद

~गिरिराज बाँस्कोटा~ न जितेर निस्कन सक्छु न हारेर थेचारिन सक्छु मझदारमा न प्रेम ,न वियोगनै छ न खुसी , न दुखनैछ हो ,यस्तै एउटा कथामा अलमलिएको छु अभिनय त्यति सजिलो छैन छाडेर भाग्न पनि मिल्दैन कस्तो कथा लेखिदियो नियतीले न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नेत्र जलले लेखिएका भित्री कुरा

~रुपेश राई~ कहाँबाट सुरू हुन्छ गाउँ अनि कहाँनेर टुङ्गिन्छ सहर? बाँदरबाट मान्छे हुनुको कुरा जस्तो। मलाई विश्वासै हुँदैन मेरै कुरा। घरमाथिको रमिते डाडामा गएर, भक्कु लोभारूँ जस्तो लाग्यो आफ्नै अनुहार। गतिछाडा स्वभावले।

Posted in कविता | Tagged | Leave a comment

कथा : शिरिषको फुल ,किनार र तिमी

~गिरिराज बाँस्कोटा~ शिरिषको फूल छरफस्ट सडकमा फिजिएको छ । कहिले काडि आएर किचेर जान्छ , कहिले पैतालाहरु विना संकोच रत्यौली खेल्छन् । निरिह लाग्छ र पनि प्रिय लाग्छ शिरिषको फूलका पत्ताहरु । जहाँ संवेदनका प्रिय यादहरु ढकमक बाचिरहेका छन् । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मौन स्वीकृति भविष्यलाई

~आचार्य प्रभा~ अनायस ढोका कसैले ढक्ढक्याएको कारणले ऊ निन्द्राबाट ब्युँझी । ढोकामा उसकै अफिसको मित्र अनायस उभिएको पाउँदा ऊ असमन्जसमा परी किनकी ऊ कहिल्यै पनि उक्त मित्रसँग आँखासम्म जुधाएर बोल्दैनथी त र आज अनायस आफ्नो घरको अगाडि उक्त मित्रलाई पाउँदा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पृथ्वी-दिवसमा

~मनप्रसाद सुब्बा~ झिसमिसेमा पृथ्वीको निधारबाटै आकास आङ तन्काउँदै उठ्छ । पृथ्वी भएकैले आकास उठ्छ यसरी तल्तिर धरती र समुद्र नहुँदो हो आकासको मन केमा अडिन्थ्यो कुन्नि ! घाम जन्मिनलाग्दाको टाइगरहिल अनि त्यो ट्याक्सी ड्राइवर जो एक झप्को निद्रापछि अँध्यारोमै उठेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : किम्बदन्ती यती हिमतालको

~सरण राई~ ब्यस्त सडकको एउटा कुनामा एकजना महिला काखमा नानी राखेर ओहोरदोहोर गर्ने मानिसहरूसँग भीख मागीरहेकी छे । कसैकसैले मात्र उसलाई ध्यान दिन्छन् । तर म भने उसको दीन दरिद्र अवस्थाले द्रवित भएर सोध्छु— “बैनी, नानी रोइरहेको छ । दुध … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मलाई जिउँदै जलाऊ ….।

~धनु लेकाली~ म दुलही भई भित्रदा कुमारीत्वको माया गरेन, कोखमा फूलाउँदा तिमीलाई लाज र सौन्दर्यको माया गरेन तिम्रो मुखमा मिठो पार्न जे पनि गर्न तम्से एक टुक्रा खाना पाउँदा तिम्रा मुख सम्म पु¥याए, सबथोक सम्झेर तिमीलाई जलाए मेरा जवानीहरु ढलाए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शुन्यतामा

~उषा गिरी~ आजकाल किन दोबाटोमा अतृप्त प्यास र गुम्सेको भावनाले मानबता बिछ्याइ रहेकाछौ, पूर्णबिरामलाई बिर्सिएर अन्तरिक्षको सपना मात्र सुन्यतामारु बर्तमानको सिढीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : संविधान र गणतन्त्र

~ईन्दु बश्याल ‘प्रकृति’~ आमाको आँशु, गरिवको बेहाल, शहीदको त्यो यात्रा के गर्ने छाड्ने त्यही वेला चल्थ्यो कुकुरको यहाँ जात्रा । ती सारा आज लेखिनु पर्छ सत्य कथा व्यथा अनी मात्रै हुन्छ सार्थक संविधानसभा । लौ, आज त मिर्मीरे विहानी भैसकेछ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : बिन्ति

~शंकर ‘शुन्य’~ लेख्दै छु है अन्तिम पत्र ,यो पत्र चै पढीदिनु म मर्ने बेला बिन्ति, मेरो आगन टेकिदिनु !! गए पछि सास मेरो, अरु सितैई रोईदिनु ओडी राको सल झिकि, मेरो मुख छोपिदिनु !!

Posted in गजल | Tagged | Leave a comment

कविता : केवल तिम्रो सामिप्यता पाउन

~राजेश नतांस~ हराउने गर्छु आफ्नै संसारमा नजिकिन चाहन्छु तिमीसँग यो दुष्प्रयास सफल होला कि नहोला ? केवल तिम्रो सामिप्यता पाउन हरेक विम्बहरुसँग तर्सिन, झस्किन थालेको छु ‘अनिदो रात’ सँगै निस्सार पौठेजोरी खेलिरहेको छु सगर पाउने आशमा यी पाइलाका वेगहरु लम्की … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म मृत्यु चाहन्छु

~इश्मा पोखरेल~ म मृत्यु चाहन्छु मृत्यु चाहन्छु म यो अशिक्षित र अज्ञानी पुरातन सोच र कुप्रथामा बाँधिएको मेरो सोच विरुद्धको समाज देखि वाक्क दिक्क भैसके म त्यसैले पनि म मृत्यु चाहन्छु मृत्यु चाहन्छु म ।

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : नौडाँडा र ‘पागलबस्ती’

~सरुभक्त~ मलाई कालो मोसो दल्ने योजना रहेछ ०६७ मङ्सिरको अन्तिम शनिबार । बिहानको समय । पोखराको महेन्द्रपुलस्थित दीपशिखा होटलको सभाकक्षमा मेरो उपन्यास ‘समय त्रासदी’माथि परिचर्चा कार्यक्रम आयोजना गरिएको थियो । साहित्यकार राजेन्द्र चाँपागाईं ‘आहत्’ को अध्यक्षतामा केही महिनाअगि मात्र ‘र्‍यान्डम … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : वसन्त महिमा

~सुनिल अनुकूल~ वसन्त आयो कोइली महिमा कसलाई थाहा छैन । बैशाख आयो खुशियाली महिना कसलाई चाहा छैन ।। हिमाल चुली कोइलीको बोली अरुण झैँ सुसाउँछ । मयुर जोडी पखेटा छोडी वायु भैं खुसाउँछ ।।

Posted in कविता | Tagged | Leave a comment

गजल : सपनी भै टुटे

~रजनी राई~ सपनी भै टुटे आज ती तिम्रा-मेरा साथहरु अध्यारो भै ढले आज ती पूर्णीमाका रातहरु हात मागेउसाथ मागेरआखिरीमा बचन तोड्यौ कति कठोर हुदा रैछन निष्ठुरी बातहरु

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : म र मुङ्लान

~राम कुमार राई~ जिन्दगीलाई राम्रो सँग गुजारा गर्ने विकल्प धेरै खोजे तर यसको हल भएन ? के गरौ ? कसो गरौ भन्ने तानाबुनामै, जीवनको घडीहरु बित्दै थियो ? अब त म पनि एक्लो थिइन, किन की मेरो जिवनमा कसैले डेरा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : यो शहरमा

~प्रतिमा के.सी.~ यस्तै यस्तै अनौठो हुन्छ यो शहरमा ढुंगा पनि पग्लिइ रुन्छ यो शहरमा गगनचुम्बी महलले एकै रातमा खाली खाली आकाश छुन्छ यो शहरमा

Posted in गजल | Tagged | Leave a comment

कविता : तिमी आफैं भन

~गोपाल झापाली~ तिम्रो छाती सगरमाथालाई जित्ने उचाई लिईरहेको बेला, मेरो छातीमा दशगजाका जंघेपिल्लर चिच्याईरहेका छन् । तिम्रो त्यो कलिलो ओठमा भोगको परागशेचन भईरहेको बेला, ‘मेरो माटो’ बोल्ने ओठहरुमा सलहको ताँती लागि रहेको छ अब तिमी आँफै भन, म तिम्रो मादक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : बुर्का

~योगेन्द्र उपाध्याय “पुष्प”~ फ्रान्समा भर्खरै यौटा नियम बनाइयो तर त्यो सोँचेअनुरुप सफल हुन सकेन, हुनसक्छ फ्रान्सले त्यो नियम आफ्नो क्रीष्टियानीटि मुस्लीज्म माथि लाद्न चाहेको हो या हुनसक्छ आफ्ना देशका आधा नारीलाई स्वतन्त्रताको श्वाँस लिन अनुरोध गरेको हो, या यो पनि … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : नव बर्ष

~आचार्य प्रभा~ फेरि आयो नव बर्ष उत्साह नै लिएर दुई हजार् एघारलाई अन्तिम् बिदा दिएर । जहाँ बसौं जे नै सोँचौं बद्लीरन्छ समय जसरी नि बाँच्नै पर्छ सुखी आसुँ पिएर ।

Posted in गजल | Tagged | Leave a comment