Tag Archives: nepali sahitya

घायलश्रीका दुई मुक्तक

~घायल श्री~ मैले भनें – दिन दहाडै गोली चल्छ हाम्रो नेपालमा जीउदो शरिरमा आगो बल्छ हाम्रो नेपालमा । नहुदा कुनै नियम कानुन अपराध छेक्ने

Posted in मुक्तक | Tagged | Leave a comment

अनूदित कविता : स्वास्नीमान्छेको जीउ

~पाब्लो नेरुदा~ अनुवाद : मल्लिका शाक्य स्वास्नीमान्छेको शरीर – सेता हिमाल, गोरा तिघ्राहरु हातखुट्टा छाडी लम्पसार परेको धर्तीजस्तो देखिन्छ्यौ तिमी मेरो खस्रो ज्यापू शरीर खोस्रन्छ तिमीलाई, धर्तीको गर्भबाट छोरो फाल हाल्ने गरी । म सुरुङ्गजस्तै एक्लो थिएँ, चराहरु तितरवितर हुन्थे … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : प्रेमीहरु

~भूपिन ब्याकुल~ प्रेमीहरु सिर्फ सम्मोहीत पुतलीहरु हुन् जो प्रत्येक रात आफ्नै सपनाहरुको मलामी जान्छन् र प्रेमास्थाको उज्यालो बत्ती वरीपरी मृत्युको तयारी गरिरहन्छन् बारम्बार आगोको समुन्द्र माथी पौडीरहन्छन् दु:खाईका चरम आनन्दहरु लिन्छन् सपनासगै डढ्छन् र अन्तत :मृत्युवरण गर्छन !

Posted in कविता | Tagged | Leave a comment

कथा : काली गण्डकीको हुरी

~डोर बहादुर विष्ट~ आज ग्यामजो धेरै खुसी छ । मनमा निकै चन्चलता लिएर फर्याकफुरुक गरिरहेछ । स्वास्नीसँग दुई–चार पटक ठट्टा पनि गरिसक्यो । छोराछोरीलाई प्यारो गरी बोलाउँदै छ । उसको भनी जिम्मा लागेको सानो छोरो नुर्पालाई विशेष प्यारो गरी खेलाइरहेछ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गोविन्द ‘भाबुक’का केही गेडीहरु

~गोविन्द ‘भाबुक’~ 1)चिस्सो हावा,छाया मा,पिपलुको बोटले झिम्क्याउदै,परेली,लजालु त्यो,ओठले। हेरिनौ, मोहनि ले,अझै बेरिनौ। 2)छाती भरी,तस्बिर,सजाएर,राखेको

Posted in गेडी | Tagged | Leave a comment

कविता : म समय

~रमेश कंडेल~ मान्छे उत्तरार्द्द खोज्न निस्कदा हिमशिखर कालो मुख लाउदैछ हरियो ड़ाडा फुस्रो हुदैछ नदीहरु यात्रा छोट्याउदै छन् उत्तरी दक्षिणी गोलार्द रुदैछ्न तर मान्छे घपक्क अहमताले गाँज्दा एटम बमको चुरी फुरी लाउछ र निर्दोष आत्माहरु माथि गोलि बर्षाउँछ

Posted in कविता | Tagged | Leave a comment

गीत : बिछ्यौनामा पल्टिएर

~नवराज ढकाल “नबोदित”~ बिछ्यौनामा पल्टिएर ,तिम्रो पत्र हेर्दै छु म । निद छैन परेलिमा,ओल्टेकोल्टे फेर्दै छु म । सोचेजस्तो हुन्न रै’छ ,ज्युनु पर्‍यो एक्ला-एक्लै तिम्रो मेरो भाग्य लेख्ने,मसी रैछ बेग्ला-बेग्लै । खेल्दै तिम्रो तस्वीर संगै,अँगालोमा बेर्दै छु म

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : जमाना र मान्छे

~डा.सुधन पौडेल~ पहिलो दृश्य पशुपतिमाथि एउटा डाँडो छ र यसलाई कैलाश भन्छन् । फराकिलो चौर, उत्तरतिर फर्केपनि जाडो कमै हुने किसिमको, तर हावा चलिरहने गर्छ यो डाँडामा । मान्छेहरू आउँछन् किनभने पारि मृगस्थली, उता विश्वरूप, पल्लोपट्टि किराँतेश्वर र सूर्यघाटको माथि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : गर्भवती लडाकुको बकपत्र

~रेणु चन्द~ मैले बच्चा जन्माउने योजना जनयुद्धको अत्यन्त जटिल परिस्थितिमा बनाएको थिएँ । त्यसबेला साथीहरु भन्ने गर्थे, ‘हामीले अहिले नै बच्चा जन्माउने योजना त बनाएका थिएनौ, तर जन्मियो ।’ साथीहरुको यो अनुभवले म बच्चा जन्माउने कुरामा अत्यन्त सजग रहें । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : ग्रिनकार्ड नचाहिएको मान्छे

~गुणराज लुइँटेल~ टेलिफोनको घन्टी अविराम बजिरहेको छ। बधाईको थामिनसक्नु ओइरो लागेको छ। जोसुकैका फोन उठाइदिन्छन् यिनै। रेडियो टिभीकै अन्तर्वार्तामा आफ्नो टेलिफोन नम्बर सार्वजनिक गर्ने यिनलाई सर्वसाधारणले फोन गर्नु कुनै अनौठो भएन। खास कारणै परेर यसपटक सर्वसाधारणले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

आयुष सम्मोहनका केही हाइकुहरु

~आयुष चौधरी ‘सम्मोहन’~ १ आँखा रसाए तिमीलाई नै सम्झि मध्य रातमा २ छोडेर हिड्यौ भेटे जस्तो नी लाग्छ सपना भरि

Posted in हाइकु | Tagged | Leave a comment

गजल : सिउँदो तिम्रो जब ओभानो लाग्यो

~ज्ञानुवाकर पौडेल~ सिउँदो तिम्रो जब ओभानो लाग्यो घर आफ्नो पनि बिरानो लाग्यो नजुराए पनि मेल दैवले हाम्रो सम्बन्ध भने सारै न्यानो लाग्यो

Posted in गजल | Tagged | Leave a comment

कविता : उद्घोष

~सीमा आभास~ तपाईंले लेखेको किताब तपाईंको विद्वत्ता, दर्शन र अध्यात्म मै हुँ मै हुँ यो सभ्यताको धरोहर तपाईंको सभ्य शैली मन्त्र जस्ता तपाईंका पवित्र वाणी पनि मै हुँ । तपाईंको निन्द्रा र सपना ध्यान, जप, तप मै हुँ म नै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : इश्वर बल्लवका आमाहरुले आत्महत्या गर्छन्

~सरुभक्त~ सुकुटीभेडाः चिलाएका गर्दनहरु घिन्टीका माला उनेर हिड्छन् जीवन सम्वेदना – त्यो राक्षसहरुको वस्तीमा कहाँ हुन्छ ? वन्द असिलेशनः टुकुचामा डुवेका धरहराहरु तेत्सिमोकाई – स्वः ममीकरण वाँचेका छन् शान्त जलका अशान्त गैंडाहरु कर्मापाहरुको सिकार खेल्दैछन्

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : महाकल्याण

~विवश पोखरेल~ रातो कुर्सी, नीलो कुर्सी, पहेँलो कुर्सी, सेतो कुर्सी, कालो कुर्सी । भाइ कुर्सी, भतिजो कुर्सी, भाञ्जो कुर्सी, सालो कुर्सी, साली कुर्सी । नरम कुर्सी, कडा कुर्सी, सानो कुर्सी, ठूलो कुर्सी । अप्रत्याशित प्राप्त यही कुर्सीका प्रतापले कैयौं अदक्ष … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : मुटु मागेउ भने भन्दिन म दिन्न

~प्रेम निशानी मगर~ सुनचादी त तिम्रा लागी सक्दिन म किन्न तर मुटु मागेउ भने भन्दिन म दिन्न । धेरै होलान तिमीलाइ माया गर्छु भन्ने यदि तिम्लाई पाइन भने म त मर्छु भन्ने

Posted in नेपाली गीत | Tagged | Leave a comment

लेख : समुच्च विचारसँग म…..

~दिपा एवाई राई~ धेरै दिनपछि आज बल्ल फुर्सद मिलेको छ । स्टेफिनको website प्लटाउँदैगर्दा यो मन र मष्तिक नेपाली साहित्य वाङ्गमयमा घनारुपले मडारीन थाल्छ । नेपाली साहित्यका सबै आन्दोलन, चिन्तन र वादहरूले मलाई छप्प छोप्छ । त्यसैले पुर्वीय र पाश्चात्य … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कथा : सीता दिदीका हत्यारा !

~शिव प्रकाश~ हलो…! हलो…! हलो……!!, मामा ! म बोलेको नेपालबाट…॥ ! शेखरको मनमा चिसो पस्यो । अमृतको स्वर स्वाभाविक थिएन । हतास र अत्यासपूर्ण थियो । नेपालमा दैनिकरुपमा भइरहेको हत्या, हिंसा, आतंक, लुटपाट, अपहरण आदिको खवरले शेखर जस्ता परदेशमा बस्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : धोका दिए पछी

~सनिस थापा~ तिमी संगै जिन्दगीमा चोखो माया लाउनु थियो यो जिबनको लक्ष्य मेरो तिमीलाई पाउनु थियो झुटा रहेछन तिम्रा रहस्यमय वाचा अनि कसमहरु जीवन का गोरेटो तिमी संगै धाउनु थियो

Posted in गजल | Tagged | Leave a comment

कथा : आँफै ले किनेको दोसल्ला

~शेखर ढुंगेल~ आज रवी सम्मानित हुने भएका छन। टोल सुधार समितीले दोसल्ला र कदर पत्र दिएर। सत्ताधारी बिसिस्ट मन्त्री दोसल्ला ओडाउन आउने भएका छन। स्तरिय खाना र बिबिध पेय पदार्थको ब्यबस्था गरिएको छ। तोकिएको समय बित्दै गर्दा निमन्त्रित पाहुनाहरु आउने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ‘साँच्चै ऊ मेरो असल साथी थियो !’

~तेजविक्रम कार्की~ सधै जसो म हिड्ने बाटो आज मै सम्म हिडेर आइपुगेको छ र सोध्दै छ – कहाँ लैजान्छौ भनेर गोरेटै गोरेटो जिवनको पतझड जङ्गल हुँदै घिस्रिदै लछारिदै सपनाहरु हरायर आफ्नै सहरमा मै सम्म आइपुगेर सोध्दैछ मैले झुन्ड्याएर हिडे पछी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : कुराकानी सकीए के भो , एउटा बात बाँकी नै छ

~राजु दाहाल~ कुराकानी सकीए के भो , एउटा बात बाँकी नै छ । दिन बिते के को चिन्ता, सीङ्गो रात बाँकी नै छ ।। बोतल खाली भइसके, पीउने रहर अधुरो भो तिम्रो अधर हेर्दा लाग्छ, सग्लै मात बाँकी नै छ … Continue reading

Posted in गजल | Tagged | Leave a comment

नरेश रोकाहाका मुक्तकहरु

~नरेश रोकाहा~ साथ दिएँ चोट लाग्दा तब साथी भएँ छोडी दिएँ छुरा रोप्दा अनि पापी भएँ नयनमा भ्रम रैछ सागर सुक्यो प्रितको

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : के यो प्रेम नै हो त??

~बिक्रम ज्ञवाली~ साउन महिना न पर्यो । बाहिर झरि परिरहेको छ । तर अचानक आज मलाई त्यो झरी याद आयो , जुन आज भन्दा छ महिना पहिले परेको थियो । माघे झरिको । यस्तै गर आकाशबाट पानि परेको थियो तर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-कविता : बा’ म अहिले बिहे गर्दिन

~बादल सुरेश~ कहिले कसको कुरा ल्याउनुहुन्छ कहिले कसको कुरा ल्याउनुहुन्छ कहिले नर्सको कुरा ल्याउनुहुन्छ कहिले भर्खरकि भुरा ल्याउनुहुन्छ बा’ जहिल्यै कर गरिरहनुहुन्छ मलाई बिहे गर भनिरहनुहुन्छ मलाई भने उमेर पुगेजस्तो नि लाग्दैन आफ्नै खुट्टामा उभिएजस्तो नि लाग्दैन त्यसैले बा’ म … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : तिमिलाइ भेटेपछि

~प्रशान्त खरेल~ चुल्बुल चुल्बुल मन हुन्छ तिमिलाइ भेटेपछि पुरै जगत् प्यारो लाग्छ तिमिलाइ भेटेपछि रात पनि दिन हुन्छ दुःख उल्टै सुख बन्छ मन त्यसै झन्कृत हुन्छ तिमिलाइ भेटेपछि

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : आँशुको बल

~बादल सुरेश~ …..सायद पहिलो प्रेम थियो जिन्दगीको। ऊ त्यति हाँस्दैनथि,हाँस्दा राम्री नै लाग्थि। हरेक कुरामा जिद्धी गर्नुपर्ने अनि जितेरै छाड्नुपर्ने, मलाईजस्तै। उसलाई न त फूटबलको चाख थियो न त राजनितीको। तर पनि मैले ब्राजिल भन्दा ऊ अर्जेण्टिना भनेर उफ्रिन्थि अनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लोक कथा : पैसाको बोझ

~अज्ञात~ यो कथा कुनै एकादेशको हो जुन मैले धेरै पहिलेनै सुनेको थिए । तर यसले दिन खोजेको सन्देश भने हामीसबैको लागी अझैपनि ताजा नै छ । कुनै समय एकजना धेरै सफल ब्यापारी थिए । उनको ब्यापार समुन्द्रपारी थियो

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

गीत : गाउघरमा नै फर्क

~प्रेम निशानी मगर~ बोक्दै छौ कि चर्को घाममा साहुको भारी रुदै गाउघर सम्झेर बसी मुग्लान पारी साइलो दाई फर्क अब गाउघरमा नै फर्क गाईगोठालो जाउला सगै मुग्लान बाट फर्क बुढी आमा बाटो हेर्दै भन्छिन साइलो आउनु पर्ने

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित कविता : कवितासहर

~मेहराब रहमान~ अनुवाद : कुमुद अधिकारी निर्माण होस् कविता सहर, कविता अड्डा, कविता गोष्ठी र कविहरूको फूलशय्याको बास नाना वर्णका कविहरू आउँन्, आउँन् नाना जातका र उमेरका कविहरू।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

बाल कथा : पराइ ग्रहका साथी

~बिजय चालिसे~ “पक्कै बाबाआमा आउनुभयो होला !” क्रिङ्….क्रिङ…गर्दै मूल ढोकाबाहिर राखेको घण्टीको आवाज सुनेपछि ईशानले सोच्यो । बाबाआमा केहीबेर बजार गर्न भनी जानुभएको र दाजु–दिदी बनभोजमा गएकाले ऊ घरमा एक्लै थियो । शनिवार छुट्टी दिउँसो घरमैं चित्रबनाएर र साँझपख साथीहरूसँग … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : मेरो देशको सेवा गर्छु

~सर्वजित थापा मगर~ मेरो देशको सेवा गर्छु , मेरो माटोको माया गर्छु मेरो माटोको माया गर्छु , मेरो देश बनाउन लड्छु मेरो देश बनाउन लड्छु , मोरो देश बचाउन मर्छु । मेरो देश कसैको पेवा होइन

Posted in नेपाली गीत | Tagged | Leave a comment