Tag Archives: nepali sahitya

गीत : मर्न परे मर्छु

~भानु सुनुवार~ तिम्रो शहर छाडि अन्तै, सर्न परे सर्छु, तिम्रो ओठमा खुशी भर्न मर्न परे मर्छु । भक्कानिदै दुख्छ मुटू, आँखा छोपी रुँदा, मनै शितल हुन्छ मेरो, तिमी खुशी हुँदा । जीतैजीतको खोजीगर्न, पात पातै चर्छु,

Posted in नेपाली गीत | Tagged | Leave a comment

गज़ल : धेरै चोटी रुंदा रुँदै हाँसे तिम्रा लागि

~स्वप्निल नीरव~ धेरै चोटी रुंदा रुँदै हाँसे तिम्रा लागि मृत्युको त्यो शैय्याबाट जागे तिम्रा लागि लासमाथि दुस्मनी प्रहार कति कति पलपल मरेर म बाँचे तिम्रा लागि

Posted in गजल | Tagged | Leave a comment

अनूदित कथा : सुकेका पातहरू

~शैल अग्रवाल ~ अनुवाद : कुमुद अधिकारी आज पनि ऊ सम्झनाको बटुको लिएर सुनयनाको अगाडि उभिएको थियो। झोली फैलाएर भीख मागिरहेको थियो। ती सब कुरा जुन उनी र आलोकका लागि असम्भव मात्र थिएनन् असहनीय पनि थिए। विचलित सुनयनाले

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : सपना,घडीफूल अनि चाँदनी

~बिबश बिप्र~ ब्युँझिएर, आफ्नै आँखाले वयस्क सपनाहरुको अतिक्रमण गर्दा दिमागभरि उम्रिएका घडीफुलको छटपटी लाग्छ- क्रोध पिइरहेछ l कच्चा नक्षेत्रको संयोजनमा पन्ध्रौ सताब्दीतिरकी एउटी सुत्केरी

Posted in कविता | Tagged , | Leave a comment

गजल : मेरो मन मेरो मुटु तिमिलाई उपहार भो

~गिरिराज बाँस्कोटा~ मेरो मन मेरो मुटु तिमिलाई उपहार भो जसो गर जे जे गर तिमिलाई अधिकार भो प्रयत्नमा फक्रिएर रहरमा फुल्न खोज्दै पुँजा पुन्य तिमिनै हौ तिम्रो छाति संसार भो

Posted in गजल | Tagged | Leave a comment

अनूदित लघुकथा : बज्रपात

~खलील जिब्रान~ अनुवादः कुमुद अधिकारी तुफानी दिन थियो। एकजना महिला गिरजाघरमा पादरी सम्मुख आएर भनिन् – “म इसाइ होइन, के मेरा लागि जीवनका नारकीय यातनाबाट मुक्ति पाउने कुनै उपाय होला ?”

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

कविता : चिलहरु यावत कथा पढ्दैनन

~बलदेव भट्ट “बिहानी”~ आँखाको नानी लाई मटेङ्रा बनाए हुन्छ बर्बादीमा हस्तिनापुर फेरी पनि उजेलोको अनुहार हेर्छ, नगरबधुका मन्मथी बस्तुकलामा खोपिएको रापको चित्त मेरै मटेङ्राले फुटालेको ढुकुरको छातीमा आदर योग्य बैंशको युग कोर्दैछ ।। परालको कुर्कुच्चा लिएर हल्काराहरु मजुर को प्युठानी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

सत्यकथा : वेदनाको क्यानभासमा पोतिएका रङ्गहरू

~शर्मिला खड्का दाहाल~ प्रिय पाठक, बिष्णु गौतमजी ‘समयको क्यानभासमा’ एउटा काल्पनिक कथा थियो । त्यसमा कथाकारप्रति हार्दिकता र आत्मीयता थियो । तर अहिले त्यसको विपर्ययको रूपमा तपाईँको यो कथा जीवन्त बनाउन गइरहेको छु । भन्नुको अर्थ त्यो काल्पनिक कथाको ठीक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : विश्वासघात

~सुरेश रानाभाट~ माझीहरूले माया गरे गुलाफ जामुनका फूल हुन् भनेर त्यही फूल जलकुम्भी भएर छालसरि ताललाई नै ढाकिदियो । घँसिनीहरूले जतन गरे दूधिलाका फूल हुन् भनेर त्यही फूल बनमारा भएर सारा जङ्गलभरि फैलियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रंगिन पल

~सुष्मा थापा ‘अनुप्राश’~ त्यो दिन रंगिन साँच्चै त्यो क्षण जहाँ तिमी अनि म प्लावित थियौ एक अर्कामा निर्भिकता र आशुतोश थियो,

Posted in कविता | Tagged | Leave a comment

कविता : नागरिकता

~अनिता लामा~ तिमीले नागरिकता लियौ बाबुको नाम, थर पायौ तिमी नागरिक हुनसक्यौं । तिमीले फेरि नागरिकता लियौ तर थर फेरिएर पायौ नागरिकको दर्ज्यानी बढेर कुनै बहादुरको बहादुर्नी कुनै डाक्टरको डाक्टर्नी कुनै पुलिसको पुलिस्नी वाजसको बन्यौ उसकै नामको लिङ्गी पायौ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : परिवर्तन

~बिनोद खड्का ~ उ असाध्यै मिहेनती थियो । उ कक्षामा सधै राम्रो अंक ल्याएर उत्तिर्ण हुन्थ्यो । त्यसैले विद्यालय, गुरुवर्ग, गाँउघर, आफन्त सबैले उ प्रति धेरै आशा साँचेका थिए । उसले जब प्रवेशिका परीक्षा विशिष्ट श्रेणीका साथ उत्तिर्ण गर्यो गाँउमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल: बैमान हुँदैन र ?

~सरोज अनुराग~ मान्छे मान्छे मात्र हुन्छ सैतान हुँदैन र ? इमान्दार लालसामा बैमान हुँदैन र ? ईश्वरलाई शूलमाथि झुण्ड्याइन्छ यहाँ जाली फटाहा पापीलाई सम्मान हुँदैन र ?

Posted in गजल | Tagged | Leave a comment

कथा : फूलको चोट

~शिव प्रकाश~ उल्टो भइरहेछ उसको जीवनमा सधै, सबै कुरा ! छातीमा ढुङ्गा बज्रदा उसले त्यति पीडाको अनुभूत गरेन जति एउटा कोमल फूलको चोटबाट गर्यो । उसलाई कथा थाह छैन तर “हरेक मान्छेको विगतलाई विउँझाएर वर्तमानमा ल्याउँदा कथा बन्दो रहेछ” उ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जिन्दगी, खजाना र हामी

~जोतारे धाइबा~ ‘गमका खजाना तेरा भी है मेरा भी ये नजराना तेरा भी है मेरा भी… ।’ – (जगजीत/लता) जब-जब गजलका तिनै सेरहरू अति जतनसाथ आवाजमा पाउजु चलाउँछन्, म शून्यमा बस्न पुग्छु । अर्थात् यसदेखि बाहेक कतै छँदै छैन अर्को … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : लोक धुन

~सुदीप पाख्रिन~ घुयेंत्रो हाने भोनाथे हुस्सू जित्न नसक्ने यो फुच्चे सूर्यलाई अडेस लाइरहेको छानोबाट झिकेर ब्रह्माण्डको ब्ल्याक होलतिर कतै। बेला न कुबेला काला बादलहरुमा तुर्लुङ्ग.. झुण्डिरहने

Posted in कविता | Tagged | Leave a comment

कविता : एक थुँगा वनफूल

~शशी लुमुम्बू~ करोडौँ बोट-वृक्षहरुको सेपमा कहिल्यै तंगि्रन नसकेको वनमाराले झन्डै-झन्डै खाइसिध्याएको म एक थुँगा वनफूल कसो-कसो बौरिएछु मूच्र्छाबाट !

Posted in कविता | Tagged | Leave a comment

कथा : मृत्युदण्ड

~हरी भुसाल ‘स्याटलाइट’~ हरेक रातपछि जसरि एउटा सुनौलो बिहानि आउनेमा कुनै शंका गर्न सकिन्न त्यसरि नै एउटा डढेलोपछि हरियो दुबो पलाउने आशा गर्नु मुर्खता थियन,लामो रक्तरंजित अनि उराठलाग्दो दशकलामो युद्दबाट क्षतबिक्षत बनेको देश र डढेलो लागेको एउटा पहाडि डाँडामा कुनै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : चोरीको रिपोर्ट

~हरिप्रसाद भण्डारी~ उसको प्रमुख पेशा चोरी थियो । चोरीको काम दिन, रात, साँझ, बिहान जतिखेर पनि हुन्थ्यो तर पनि उसले रातिको समयलाई नै अनुकुल ठान्थ्यो । अरु समयमा सम्भाव्यता अध्ययन गर्थ्यो । अनुकूल स्थान भेटेपछि राति गएर झ्याप पार्थ्यो । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : तिमी पुग्यौ धेरै टाढा

~गणेश खड्का~ तिमी पुग्यौ धेरै टाढा हिंड्नेलाई बाटो रै’छ छोडि गयौ सबै आफ्ना बस्नेलाई माटो रै’छ । ~~~~~~~~~~~~~~~~~~~~~~ तिम्रो भाग्य तिम्रो कर्म शिखरमा चढ्नु पर्ने सूनको दैलो खुलेपछी भित्र अघी बढ्नु पर्ने तिमीसँग नजिक हुनु जून छुनुको साटो रै’छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : यस पटक पनि समय संत्रस्त छ

~प्रशान्त खरेल~ सर्सराउँदो हावाको झोक्का एकैपटक सोहोरिएर कसिंगर बढार्न खोज्दैछ भित्र बसेर महलको ढोकामा छेस्किनि लगाउन खोज्दैछ समयको त्रासदीमा बाँचेको अजिङ्गर ए मानवहरू हो जुरूक्क उठ अब यस पटक पनि समय संत्रस्त छ समयको बन्धकि राख्नेहरू देखि साबधान ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘तिमी हराय पछी’

~तेजविक्रम कार्की~ सम्झनाका धेरै धेरै पलहरू जोडिएर एउटा नदी बगीदिन्छ हृदयमा एकै छिन छाडेर जिन्दगीको सबै हिसाबहरू म बेगले उर्लिदिन्छु बेहिसाब तिम्रो मनको डोबै डोब भन म के जवाफ दिउँ ? घुम्ती मोडहरुमा भेटीनेहरूलाई सोध्लान ? यो आधा जिवन लिएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : गधा र हामी

~भिम प्रसाद घिमिरे~ सिर्कना नलाएसम्म भारी नबोकाएसम्म गधा मैमत्ता लाग्छ थाहा छैन हो लागेको कि भएको स्वर सुन्यौ ? हो है ! उसका आवाज न सुर नत ताल प्रिय धोबी, श्रम लिन्छौ भने सिर्कना लाउ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : यो जिरिङ्ग रात

~पुष्प आचार्य~ चीसो टलक्क कालो सलल्ल अए, यो जिरिङ्ग रात ! छेवैबाट झस्काइदिन्छ फिसिक्क जम्काभेटमा मुस्काए झैं के ओठ तन्काओस् थरर्र हल्लिएको मुटु

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमी पनि त्यै पुरानो सुकुटीमा रमायौ

~प्रकाश सापकोटा~ तिमी पनि त्यै पुरानो सुकुटीमा रमायौ कि झण्डै-झण्डै रित्तिएको ढुकुटीमा रमायौ कि काँधै हाली उठाउने लाखौं जनता बिर्सिएर डोली बोक्ने दुइ डोलेको झ्याइँकुटीमा रमायौ कि

Posted in गजल | Tagged | Leave a comment

तेज बिबस राईका दुइ मुक्तक

~तेज बिबस राई~ (१) कागज सरी हुँदो रैछ मानिसको भाग्य। झुपडी झै चुँदो रैछ मानिसको भाग्य। आफ्नो भन्ने मान्छे हजुर पराइ भएपछि, कुना पसी रुँदो रैछ मानिसको भाग्य।

Posted in मुक्तक | Tagged | Leave a comment

बाल कथा : राजनले बम भेटयो

~बिजय चालिसे~ “आजको ताजा खबर….पढ्नोस् आजको ताजा खबर” राजन एकहातम अखबारको ठेली बेकेर अर्को हातले अखबार हल्लाउँदै करायो । कहिले ऊ अखबर पढ्नुहोस् भन्दै ग्राहक तान्न खोज्थ्यो, कहिले कुनै समाचारको घतलाग्दो शीर्षक पढेर सुनाउँथ्यो । राजन गरिब बाबुको छोरो थियो … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : योद्धाको अधुरा सपनाहरु

~सन्तोष थपलिया~ “विचार त समुद्र हो, यसमा कति खहरे मिसिन्छन, कति छिटाहरु उछिट्टिन्छ्न्, कति फोहरमैला थेग्रिन्छन अनि कतिलाई छालले पाखा लगाई दिन्छ ! कुनै पनि दासतालाई स्वीकार नगरी सफा पानी जस्तै पारदर्शी विचार र चिन्तन जनताबाट कहिले पनि टाढा हुँदैन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली भजन : चक्कर

~बिक्रम श्रेष्ठ “सागर”~ कुन चक्कर चलायौ प्रभु, कुन भुमरीमा नचायौ । जग ताथै ताथैमा प्रभु तिम्रो, ताथै ताथैमा नाची रमायौं ।। कोही दुःखी छन् यहाँ अपहेलित, कोही सुखी यहाँ छन् विभूषित । हिँड्छन् दुःखमा दुःखी भएर, कोही सुखमा सुखी भएर … Continue reading

Posted in नेपाली भजन | Tagged | Leave a comment

गीत : सोच्या थिइन

~नबराज ‘नबोदित’~ सोच्या थि’न यस्तो जीवन,ज्युँनु पर्ला कुनै बेला / तिम्रै कारण मैले आँशु ,प्यूँनु पर्ला कुनै बेला / स्वर्ग जस्तो संसार मेरो,जलाएर गयौ आज/ बिश्वासको पर्खाल सबै ,ढलाएर गयौ आज/ साँचो माया पाएँ भनी,भुलेको थें सारालाई/

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : कथा काठमांडौको

~बिक्रम ज्ञवाली~ “काठमाणडौ शहर । गिद्धै गिद्धको शहर” । यस्तै संवाद संग सकिन्छ लुट फिलिम । हुलको पछाडि पछाडि लागेर म पनि निस्किन्छु सिभिल मलको हल बाट बाहिर । मन मनै लाग्यो फिलिम दामी हो । राम्रै समय कटायो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अंश

~सीमा आभास~ अंश लैजानु, दुम्सीले माडेको फापरबारी बाँदर लागेको मकैबारी पछ्यौरीले छोपेको सोलीको कोदाको बीउ आँगनको कुखुराको खोर बुन्दाबुन्दै छोडेको डोको एकमुठी सुकेका चोया खेतमाथि बगेको बाढी घरपर्तिरको खहरे रित्ता किला-दाम्ला

Posted in कविता | Tagged | Leave a comment