Tag Archives: nepali sahitya

गजल : सिमाना

~महेश्वर पन्त~ सिमाना त भन्नु मात्रै एउटा धर्ती एउटै माटो! छातीभरि जन्म घर कर्म घर दिन्छ बाटो! सन्तानहरु थरिथरि हुन्छ माया सँधै एउटै, कोहि नजिक कोहि टाढा उहि धर्ती दुइटा पाटो!

Posted in गजल | Tagged | Leave a comment

कविता : छालहरुसँगको सँवाद

~राम प्रसाद प्रसाईं~ कोप्चे भीरको थाप्लोमा जिजीविषाको ढाकरमा तोक्मा लगाएर स्मृतिका बाइरोडका बाटामा सोच्दै गर्दा छालहरुले भन्दै गरेको सुनेः १. बोकेर रहरका पहाडहरु स्यालले सहर पस्दैमा मान्छेको बस्ती विस्थापित हुन्न साथी।

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो हो सुस्ता!!

~पोष्टराज चापागाइ~ लौन भारत, सत्य बोल् त, तेरो हो सुस्ता ? इतिहास पढी हेर् त , मेरो हो सुस्ता ! नेपालीको रासोबासो सबै लुटदै, तेरा डाका आई बस्ने डेरो हो सुस्ता ?

Posted in गजल | Tagged | Leave a comment

कविता : उज्यालोतिर

~राम प्रसाद प्रसाईं~ अलिकति चेत लिएर हिंड्नु छ नजलेका बत्तीहरु जलाउनु छ नहिंडिएका बाटाहरु हिंड्दा कसैले छाडा बनाउँछ, तर निरन्तरता छ—

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : झोलामा खोला

~डा रवीन्द्र समीर~ आंधीजस्तै बेगवान खोलालाई एउटा व्यापारीले झोलामा राखेर शहर पस्यो । खोलाले गाउँ देखेको थियो, हरिया पहाड देखेको थियो, नीलो आकास देखेको थियो, स्फटिक बालुवा देखेको थियो अनि प्रकृतिसंग मितेरी लगाएर बसेका मान्छेहरु देखेको थियो । मान्छे मात्र हैन, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : पालुवा संगै पलाए म फूल संगै फूलें

~मिलन गुरुंग~ हिउं फूलने हांगाभरी सप्तरंगी फूल फ़ूल्दा नांगो देखने हांगाभरी पलुवाको मुना लाग्दा पालुवा संगै पलाए म फूल संगै फूलें सबै कुरा बिर्सिएर भामरा झैं भूलें | हिउं जम्ने पेटिहरुमा म्याराथुनका धावाकहरू हिउं जम्ने चार्ल्स नदिमा डुंगाहरुका लस्करहरु यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : होसियार!!

~दिप्स शाह~ सोचमै कुसंस्कारको गुँडुल्को जेलिएपछी आँखाले गलत देख्दो रहेछ मुखले गलत बक्दोरहेछ नाकले गलत सुँघ्दोरहेछ यहाँसम्मकी कानले समेत गलत सुन्दोरहेछ र त म जसलाई झुकेर सम्मान गर्थेँ उसैले मेरो शिर भुँइमा टेकाउने कोशीस गर्दैरहेछ, उसोर,

Posted in कविता | Tagged | Leave a comment

कविता : पासविक अवतरण

~सरुभक्त~ देश र दागवत्तीः अकष्मात् हराएका वा बिर्सिएका सुन्दर विम्वहरुझैं अर्ध–इन्द्रियका मानवहरु वालुवाका पहाडहरु चढिरहेछन् वफर जोनः सुरक्षा सन्त्रासहरु सतत् कायरतापूर्ण हत्याका बहादुरीहरु आउ जिन्दगीको कोर्टमार्शलमा डमीहरुको जुलुस निकालौं

Posted in कविता | Tagged | Leave a comment

कथा : बिनानिम्तो, रातहरुले बल्झाउछन् पींडाहरु

~लारा राइ~ सधैं ब्यस्त हुन रुचाउने मष्तिष्क- जब बिथोलिन्छन्, मन बैचन हुन्छ । यस्तो बेला प्रायः गजल सुन्न रुचाउँथें । या पुराना गितहरु । समयसँगै मान्छेका रुचिहरुमा ब्यापक परिवर्तन आउँदो रहेछ । हिजोआज-बैचन मनसँगै रातको निस्तब्धतालाई भंग गर्न, मैले या … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जोईटिङ्रे अमेरिका

~गीता थापा ‘दोषी’~ लोग्नेको दश पाँचको नोकरीले जिविका नचल्ने देखेपछि स्वास्नीले अमेरिका जाने चाँजोपाँजो मिलाइ । लोग्नेले पनि कुनै नाइनाँस्ती गरेन । स्वास्नीको इच्छामा ल्याप्चे ठोक्यो । काम सुरु गरेको खबर आयो ऊ अमेरिका पुगेर । विस्तारै डलर घरमा भित्रियो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शिक्षा प्रणाली

~रामकुमार पण्डित क्षेत्री~ एसएलसी परीक्षाको नतिजा आएको एक महिना भएको थियो। एउटा कलेजमा एसएलसी पास गरेर आएका विद्यार्थीको भिड लाग्यो। त्यहाँ दुर्गमका सरकारी स्कुलदेखि सुगमका निजी स्कुलकासम्म गरि सबै खाले विद्यार्थीको उपस्थिति थियो। त्यही मौकामा राजधानीको निजी स्कुलमा पढ्ने राजुले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : देश बन्छ र सरकार

~घनश्याम शर्मा पौड्याल~ प्रधानमन्त्रीको मुर्ति ठडाएर , देश बन्छ र सरकार ? देशलाइ खाडलमा गढाएर , देश बन्छ र सरकार ? सुन्दैछु सुर्खेतमा गोली चल्यो रे अखण्ड माग्दा जन्तालाइ बलि चढाएर , देश बन्छ र सरकार ?

Posted in गजल | Tagged | Leave a comment

आधुनिक गीत : उनको मन छुन सकेन ………

~कृष्ण प्र. पाण्डे~ उनको मन छुन सकेन या मेरो मन छुन सकेन धेरै पछि भेट्दा पनि खुशीमा आँखा रुन सकेन उनले आफ्नै कुरा गरिन् , मैले मेरै कुरा गरें उनले थोरै द्वन्द थपिन् , मैले बाँकी पुरा गरें आखिरी त्यो … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : किन होला ?

~आवाज शर्मा~ ॰ बोल्न पा’को छैन अझै मनले खा’को किन होला ? जति बिर्सूँ भन्छु उस्कै याद आ’को किन होला ?? ॰ नजिक जाऊँ तर्किहाल्छे, बोल्न खोज्यो झर्किहाल्छे । नदेखे सास फेर्नै गाह्रो यस्तो भा’को किन होला ??

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : मान्छे र कला

~विष्णु प्रभात~ बाँचेको मान्छेले नै विचार गर्छ । कुरा साँचो हो र सजिलो पनि छ । आखिर मान्छे बाँचेका बेलामा न मान्छे हो । मरेपछि त ऊ लास बन्दछ । सासबिनाको लास भएपछि आस पनि गरिंदैन । त्यसैले मरेको मान्छे … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

देउडा गीत : डाणी काफल पागी

~दिपक साउँद~ मैना चणी मैदानै छ, डाणी काफल पागी/ काम लाग्ला की यो मेरो जिबन, सुदूर तेरा लागी// पहाड खप्तड का डाणा, फुल फुलेका छन/

Posted in देउडा गीत | Tagged | Leave a comment

कविता : सच्चा श्रद्धाञ्जलि

~धनप्रसाद सुवेदी ‘श्रमिक’~ जब शासक अन्धो भै क्रूरता लाद्न थाल्दछ कालो साँप सरी बन्दै दुनियाँ डस्न थाल्दछ अँध्यारो रातले ढाक्छ धर्ती निष्पट्ट बन्दछ त्यै बेला प्राणको राँको झोस्ने शहीद बन्दछ । जो मरेर पनि बाँच्छ दुनियाँ ऊ बचाउँछ त्यही सपूत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : प्रेमका तीन आयाम

~अश्विनी कोइराला~ गएका महिना भारतको कर्नाटक राज्यको यात्रामा थिएँ । तीन दिनको रेल यात्रा, एक दिनको बस यात्रा र केही दिन सहर घुम्ने क्रममा धेरै मान्छे भेटिए । जहाँ गइयो, मान्छेकै कथा सुनियो । लाग्यो, सिमानाले मान्छेका पीडामा तात्त्विक भिन्नता … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : आमा र ऐश्वर्य राय

~भूपिन~ ऐश्वर्य रायले विश्व सुन्दरीको मुकुट पहिरिँदा मेरी आमा बुढी भैसकेकी थिइन् तर मलाई लाग्थ्यो– मेरी आमा ऐश्वर्य राय भन्दा धेरै सुन्दरी छिन् । अहिले आमाको अनुहार चाउरिएर बनेकोछ धाँजा फाटेको खेतजस्तो । आमाको कपाल फुलेर भएकोछ सेताम्य काँसघारीजस्तो । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बालुवाको घर

~समाश्री राउत~ “म एक्लो छु” वाक्य या अवस्था संकेत या जनाउ जानकारी या गुनासो हरेक ओठमा लिपीएका छन् कैद छन् अगाडीको दर्पणमा जस्ले राम्रो “म” मात्र देखाउँछ मन टाँसिएको छ ऐनामा या ऐना मनमा टाँसिएको छ चमत्कारी ऐना !

Posted in कविता | Tagged | Leave a comment

गजल : न हाबाको न पानी को

~रमेश खकुरेल~ न मौसमको भरोसा भो न हाबाको न पानी को न आफ्नै चञ्चलेपनको न ता रङ्गीन बानीको ।। न खोलाको भरोसा भो न डुङ्गा वा किनाराको न ता तिम्रै हुँ है भन्दै सधैँ छल्ने जवानीको ।।

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा: ‘शब्दहरूको बीचमा’ छन् समय-समयका कविता

~रमण घिमिरे~ ३० को दशकदेखि नेपाली कवितामा आफ्नै शैलीका कारण पृथक परिचय बनाउँदै आएका सर्जक हुन् अमर गिरी । तर संंग्रहका रूपमा भने उनी एकैचोटि २०५५ मा घाम छेक्ने पहाड कवितासंग्रह लिएर देखापरे । त्यसपछि, तर पनि हामी जीवित छौँ … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : पावर फर नेपाल — अड हफ्टनको नेपाल साइनो

~भोला श्रेष्ठ~ नेपालमा ऊर्जा उत्पादनका लागि नर्वेली इन्जिनियरहरूको ‘मिसिनरी’ले सन् ’६० को दशकमा थालेको प्रयासबारेको व्याख्या हो, पावर फर नेपाल, अड हफ्टन एन्ड द हिस्ट्री अफ हाइड्रोपावर डेभलपमेन्ट । परदेशी भूमिमा आफूभन्दा कम भाग्यमानीहरूलाई सघाउने तीव्र इच्छा भएका र क्रिस्चियन … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

गजल : एउटा ढुङ्गा पुज्छन् मान्छे

~अनुकुल प्रकाश~ हजार हजार ढुङ्गा कुल्ची एउटा ढुङ्गा पुज्छन् मान्छे ईश्वर, अल्ला मनमै थाती मन्दिर-मस्जिद झुक्छन् मान्छे सबका मालिक एकै हुन् रे, नाम फरक लिएपनि भन्नलाई त भन्छन् तर भित्र-भित्रै फुट्छन मान्छे

Posted in गजल | Tagged | Leave a comment

कथा : भुँवरीमा भिखम

~युवराज नयाँघरे~ विमानस्थलको भीडमा छ भिखम ! उसले कहिल्यै घर छोडेन । छोड्ने परिस्थिति नि पर्दै – परेन । आज ऊ जाँदैछ बाहिर । बाहिर भनेको मकाउ । उसको सानैदेखिको रहर – आकाशमा उड्ने ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : ब्रुनाईको अस्पतालमा एक घाइते गोरखाली

~काङमाङ नरेश राई~ २७ मे सन २००५ रातभरि मुसालधारे पानी पर्‍यो । ढलहरु पानीले भरिएर रोडभरि पानी बगिरहेको छ । अँध्यारो छ, ब्रुनाईको अनुहार । गड्याङ्गगुडुङ्गको आवाजसँगै बिजुली चम्किरहेको छ । साँझ हुन लागेको छ । भोलि मेरो खुट्टाको दोस्रो … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : अन्योल छोरीसँग

~विवश पोखरेल~ अचम्म देखिरहेछु विद्वान्हरू मागिरहेछन् प्राज्ञसत्ता ! भेँडाच्याङ्ग्राझैँ डोर्याउँदै बानर र सुग्रीवहरूले- निर्लज्ज चराइरहेछन् विद्वतालाई । विचित्र संयोग- यस बेला मेरी सानी छोरी सोधिरहेकी छ मसँग बाबा ! मेरो नैतिक शिक्षा हरायो म कुन किताब पढूँ ?

Posted in कविता | Tagged | Leave a comment

गजल : दिन हो आज

~तिब्वत दर्लामी~ मेरो मनमा व्यथाहरू सरेको दिन हो आज पराईले तिम्रो सिउँदो भरेको दिन हो आज तिमी र मैलेसँगै सजाएका सपनाहरू सिसासरी चर्किएर झरेको दिन हो आज

Posted in गजल | Tagged | Leave a comment

कथा : नाति

~सरण राई~ मानिस आफुलाई अथवा आफ्नो शरीरका अङ्गहरूलाई हेरेर पनि रुँदोरहेछ । मानिस कति कमलो मन लिएर बॉचिरहेको हुन्छ । जीवनमा आएका कस्ता कस्ता विपत्तिहरूका ऑधीबेहेरी बेहोरीयो, कष्ट खेपियो । खुइय्य गरिएन । हार मानिएन । डटेर मुकाबिला गरियो, ‘रुने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : जीवनयात्रा साथीविना थाल्न सकिन्न

~भक्ति प्रसाद पौडेल~ जीवनयात्रा साथीविना थाल्न सकिन्न साथी फेरूँ पनि भनिहाल्न सकिन्न साथी आफ्नो सोचजस्तो कहाँ मिल्ला र ! छानीछानी रूपगुण चाल्न सकिन्न

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : कासाङ

~बिजय चालिसे~ “आज पसलको सामान नल्याइ नहुने, आजै पाहुना पनि धेरै आउँछन् । के पोे गर्ने होला !” आमा छिमेकी बजुलाई आफ्नो समस्या सुनाउँदै हुनुन्थ्यो । “त्यै त के गरी भ्याउँछ्यौ एक्लैले” विहानको घाम ताप्दै तर्कारी केलाउन सघाइरहनुभएकी बजुले भन्नुभयो … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : आस्थाको जून

~पुष्प अधिकारी ‘अञ्जलि’~ थुनेर मनभरि आस्थाको जूनहरू , घर आँगन र चोकहरूमा ऊज्यालो खोजिरहेछु .. मन्दिर मस्जिद ,चैत्य र बिहारहरूमा । साँझ बिहान ईश्वरको प्राथना गरिरहेछु , बर्षौँदेखिको अनिदो आँखा , अँध्यारोका बिरूध्द उज्यालोका बिम्ब खोज्दै एकतमास हेरिरहेकाछन ।

Posted in कविता | Tagged | Leave a comment