Tag Archives: nepali sahitya

छन्द कविता : निर्माणमा लाग्छौँ एकताबद्ध भै अब

~गोविन्दराज विनोदी~ प्रत्येक पल लाग्दैछ धर्ती काँपिरहेसरि कम्पले घरको मेरो जग नापिरहेसरि जब बाह्र गते आयो महाभूकम्प देशमा लाखौं सुसिर्जना पार्यो ध्वस्त एकै निमेषमा भासिए नासिए कैयौं सम्पदा र धरोहर लग्यो खोसेर आफन्त मृत्यु आई भयङ्कर

Posted in छन्द कविता | Tagged | Leave a comment

मनोन्यास : माले

~रुजन न्यौपाने~ खै कसरि हो मालेको ढाडमा गहिरो घाऊ भएछ । घाउबाट दुर्गन्ध फैलिएको छ सँगसँगै पिपको धारा बगिरहेको रहेछ । मालेलाई सबैले कहिले मरे हुन्थ्यो जस्तो गर्दैछन् । एताबाट ऊता लखेटिनु पर्छ उताबाट एता । सबैको पिटाई , दपेटाई … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कवि लिम्वु ‘आँशु’का पाँच ताङ्का

~कवि लिम्वु ‘आँशु’~ मुटु मिचेर दोष दिउँ कस्लाई भाग्य आफनै खोटो भइदिए सि आवरा जिन्दगी भो । भन्दैन चेली राता रात बेचिन्छ मौन छ सबै हाट हजारी खेल किन्नेहरूको भीड ।

Posted in ताङ्का | Tagged , | Leave a comment

कथा : यो एउटा रङ

~किशोर नेपाल~ आँखा सबैभन्दा ठूलो सत्य हो । यो मात्रै एउटा यस्तो शक्तिशाली प्रविधि हो, जसलाई मानिसको शरीरमा अभिन्न रहेको क्यामरा भन्दा केही फरक पर्दैन । यो क्यामराको क्षमता कति मेगा पिक्सेलको हुन्छ ? अहिलेसम्म कुनै शरीर वैज्ञानिकले, कुनै चिकित्सकले, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बालकृष्ण गजुरेलको पाँच तियाली

~बालकृष्ण गजुरेल~ तियाली १ आफ्नैको भर हुन्न झुटले मुटु छुन्न त्यसैले कोहि रुन्न ।। तियाली २ बिश्वास गर घात गरेपनि

Posted in तियाली | Tagged , | Leave a comment

कविता : नदी र चट्टानहरु

~सुनील बाबु श्रेष्ठ~ एकतमासले बगेर भारीका भारी सपनाका नदीहरु भविष्य खोज्दै मिसिन्छन पुगेर निलो महासागरमा । यहिँ सपनाका नदीहरुको विचमा अग्लो कद बनाएर बसेका अग्ला चट्टानहरु नदीबाट सृजित शितल हावा स्पर्श गर्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : अचेल मेरो गाउँ

~चन्द्र सिं गुरुङ्ग~ दिनहुँ हेर्छु घाँटु, सोरंठी र लोक दोहरीको नृत्यमा डम्फू, मादल र सारंगीको मौन धारण र गीति अक्षरहरुको शान्त मलामी माथि सल्लाघारीको डाँडामा बसेर जीर्ण तन र वितृष्ण मन बोकी शव यात्राको दृश्यावलोकन गर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मखुण्डो र कविता

~नरेश शाक्य~ मखुण्डाहरू उत्रिसकेका छन् र सबै आफ्ना असली अनुहारहरूमा देखापर्न थालेका छन्,

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : हामी बिद्धान

~मधुश्री~ बिद्बान हामी दर्पण थियौँ बदल्न समाज छर्नुथ्यो ज्ञान हुन्नथ्यो दुःख संकट यो आज निद्रामा डुब्यौँ सपना दिवा देखेरै हरायौँ भुलेर आफ्नो बिद्धता सस्तो हावामा फरायौँ अन्याय-न्याय गलत-सही छुट्यौँन सकेनौँ पुज्यथ्यौँ हामी पुजाको अर्थ बुझ्नेनै भएनौँ

Posted in गीति कविता | Tagged | Leave a comment

बाल कथा : सुनमाया

~भोला दुलाल~ डोल्मा र सुनमाया असाध्यै मिल्ने साथी थिए। ऊनीहरु एक आपसमा यति मिल्थेकी गाउँमा सुनमाया र डोल्माको उदाहरण नै दिन्थे गाउले हरु। पढाई पनि सुनमायाको र डाेल्माको असाध्यै तेज थियो। सुनमायाको गाउँ र डाेल्माको गाउँ अलि फरक थियो। ऊनीहरुको … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

लोक गीत : नेपाली जीवन (संरक्षण गीत)

~श्यामसुन्दर श्रेष्ठ~ कालोमा कालो कोदाको बालो, टिप्नलाई गार्‍हो छ नेपाली जीवन पहाडको ठाउँमा बाँच्नलाई गार्‍हो छ, दाजै बाँच्नलाई गार्‍हो छ । १ यता नि पहिरो उता नि पहिरो ढुङ्घाको ओईरो छ कतै जाउँ भने जाने ठाउँ छैन यहीं बस्न गा¥हो … Continue reading

Posted in लोक गीत | Tagged | Leave a comment

व्यङ्ग्य कविता : गर तयारी अलमल्ल नपरी

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ लडाइँ जब छ ब्वाँसा, फ्याउरा, स्यालहरुको के अर्थ परेवाहरु यता वा उता लाग्नुको । मदारी अरु नै कोही छ, प्रभु अर्कै छ उनीहरुको, नचाउँदैछ कोही अरुले नै उनीहरुलाई;

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : मेरो बेहोशीलाई सन्ताप

~इश्वरवल्लभ~ मेरो बेहोशीलाई सन्ताप भनी बिर्सी दे मेरो सबै मायाहरुलाई पाप भनी लेखी दे मलाइ छोडी दे मलाई फेंकी दे मलाइ भाँची दे म त सधैं उजाड छु हरियाली मेरो होइन

Posted in नेपाली गीत | Tagged | Leave a comment

विष्णुबहादुर सिंहका दस हाइकु

~विष्णुबहादुर सिंह~ १. बाढी आएर खेत बगाएपछि खोलो सुकेछ । २. आउनेछु म मङ्गलग्रहमाथि हावा लिएर । ३. समुद्रभित्र गहिराइमा डुब्दा माछा तर्सेछ ।

Posted in हाइकु | Tagged | Leave a comment

संस्मरण : सम्झनामा एक आत्मीय अग्रज

~नगेन्द्र शर्मा~ म काठमाडौँ आएको मदन उपाध्याय दाइको निम्तोमा रहेछ । त्यो पचास वर्षभन्दाअघिको कुरा हो । मलाई लिन कलकत्तामा रित्तै हवाइजहाज लिएर आउने पाइलट रमेश, उहाँको भाइ त माध्यम मात्र रहेछन् । मलाई भन्डैझन्डै गलहत्याएर ल्याउनु परेको कारण चैँ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

व्यक्तित्त्व समीक्षा : नेपाली आधुनिक सङ्गीतका शिखर साधक भक्तराज

~रवि प्राञ्जल~ २०३९ सालको असार महिनाको एक बिहान, ललितपुरको चक्रपथ क्रस गरेपछि करिब  एक मिनेटको दूरीमा बाटोको बायाँतर्फ रहेको एउटा घरमा म पुग्छु । घरको तल्लो तलाको एउटा कोठाबाट निःसृत हार्मोनियमको मधुर आवाज मिश्रित सुरिलो स्वरसँगै म त्यस कोठाको निकट … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

लिमरिक : नाठो

~सोफिया शर्मा रेग्मी~ गाइरहेथे माइकमा केटाका जन्ती नाच्ने केटीहरुको पनि थिएन गन्ती । बेगाने शादी मैं अब्दुल्ला दिवाना

Posted in लिमरिक | Tagged , | Leave a comment

गोधूलि दिनेशको ऋषिकेश बिशेष पाँच हाइकु

~गोधूलि दिनेश~ चिसो बिहानी, विष्णुसहस्र नाम — वानप्रस्थमा ।१। छड्के घाम, झिलिमिली तारा झैँ — हरियो गङ्गा ।२।

Posted in हाइकु | Tagged | Leave a comment

कविता : बुज्रुक कृर्तिकारहरु

~कोमल प्रसाद श्रेष्ठ मल्ल~ लङ्गडो सोखमा बहिरा नेताहरु बुरुक बुरुक उफ्रदै एम्बुस बिछ्याउँन गोला, डाइनामाइट, बन्दुक पड्काउँछन् मेसिनगन भुट्छन, बम, बारुद विस्फोट हुन्छन व्यानेट घोप्छन, ग्रिनेट हान्छन,

Posted in कविता | Tagged | Leave a comment

कथा : सानीको सम्झनामा

~आनन्द पोखरेल~ साँच्चै कुनै दिन थियो, जब मलाई उसको स्वर एकछिन नसुन्दा पनि छटपटि हुने । तर जब उसले अन्तरघात गरि अनि बानि पार्नु पर्यो उसको अभावमा जीवन जीउनको लागि । उसको स्वर सुन्न नपाउँदा म मात्र कहाँ अतालिएको हुन्थेँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नैतिक कथा : प्रेम

~सङ्कलन : अज्ञात~ युवतीले भगवानसँग सोधिछन्, ‘हे ईश्वर ! प्रेम के हो र ?’ जवाफले सबैको आँखा खुल्छ । त्यसपछि भगवानले भनेछन्, ‘बगैँचामा जाऊ अनि त्यहाँबाट एउटा सुन्दर फूल टिपेर ल्याऊ । त्यसपछि उनी नजिकै रहेको बगैँचामा गइन् । त्यहाँ … Continue reading

Posted in नैतिक कथा | Tagged | Leave a comment

कविता : थुइक्क ! जाली लोग्ने मान्छेहरु !

~मिजास तेम्बे~ तेरो आमा भएर त, तैँले जीवन पाइस् । आमाको ममता र बात्साल्य कुल्चीएर हुर्कीस् । जवान भइस् /प्रियसी छानीस् /पत्नी अपनाइस् तेरो जीवनले गती पायो । अझ भन्छस्- यस्ता आइमाई /उस्ता आइमाई/नाथे आइमाईहरु, थुइक्क ! पापी लोग्ने मान्छेहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमको रंग-३

~दीपा राई~ अँधेरिएको समुन्द्रको अम्ली समातेर बिहानीलाई पर्खेको छु लाग्दै छ- आदिम समयले काटीँ खुट्टामा ठोकेर म किनारमा उभिएको छु उभिएको छ समय समुन्द्रको हावाले बोकी ल्याएको नुनिलो

Posted in कविता | Tagged | Leave a comment

गजल : मुस्कानको रातमा

~सदानन्द अभागी~ छ पल्लवित सुन्दरता मुस्कानको रातमा जून थिए ढकमक्क हामी दुबै मातमा रस लाग्दो शरीरको श्वेत वर्ण छाती अति सुन्दर माछापुच्छूे बन्दी बने हातमा

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : दर्शन

~डा. विदुर चालिसे~ ‘जन्म, मृत्यु, कर्ता, कर्म र क्रिया नियमित हुन् कि अाकस्मिकता’ भनेर तर्क गर्नु अचेल फेसनजस्तै भइसकेकाे थियाे पराजित मनहरूसँग । नियमित हुन भन्नेका तथ्य र अाकस्मिक हुन् भन्नेका तर्कका बीचमा खास भेद नै दर्शनकाे मूल मर्ममा ठाेकिएकाे … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : श्रद्धाञ्जली

~लक्ष्मी उप्रेती~ समयसँगै तिमीगयौ अनायासै हजाराँै मनहरू स्तब्ध पारेर स्मृति तलाउमा छचल्किंदै बग्ने मायावी नदी देवदिदी ! स्मृतिको धमिलो आँखामा पच्चीस वर्षअघिको पवित्र दिन सम्झँदैछु यसबेला एउटा प्रगाढ सम्बन्धको पवित्र बन्धन सम्झँदैछु यसबेला

Posted in कविता | Tagged | Leave a comment

कथा : क्याबिनको काम

~अमृता बुढाथोकी~ चुरोटको धुँवाले रगमगाएको क्याबिनबाट मन भरिएको बेला उनका आँखा क्षितिजतिर टोलाउँछन् । धुवाँ, कोलाहल र प्रदूषणले आकुलव्याकुल भएको त्यो क्षण उनलाई क्षितिजको उषा पनि मधुरो लाग्छ । मानौँ, क्यानभासमा आफ्नै अस्तित्वविहीन प्रतिबिम्ब ठिङ्ग उभिएर आफैलाई प्रतिप्रश्न गरेझैँ लाग्छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अविरल यात्रा

~प्रल्हाद बुढाथोकी~ एकै लक्ष्य हिड्ने यात्रीहरु बीच जब बाटोले बिभाजन ल्याउछ। एकले अर्काको बाटो अबरुद्ध गर्दै जब यात्री अघि बढ्न खोज्दछ। बाटोहरु दक्षिणपन्थी ,मद्यपंथी र उग्रपन्थी हुन पुग्दछ।

Posted in कविता | Tagged | Leave a comment

कविता : विंद्धत्सभा

~टंक वनेम~ सृष्टिको महायुद्ध ! आमाको गर्भाशायमा बाबुको विर्यदान पाखुरा सुर्काएर पल्टाउँदै सिसिफस ढुङ्गा थाकेर पल्टिन्छ उत्तानो हुटिट्याउँ झयामोलोङ्माको फेदमा जून घामको भाले जुधाई किरिङ मिरिङ………… किरिङ मिरिङ………… छयाक्र्‍याङ छयाङ…..

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मदिरा महीमा

~बिक्रमादित्य~ छन्द : शार्दूल विक्रीडित झर्दै आज छ अन्धकार मधुरो निम्तार यादैहरु हावा आइरहेछ ढल्मल गरी छर्केर बास्नाहरु तिम्रै साथ छ यो पला बिगतका त्यै याद निम्त्याउने तिम्रै हात छ प्रेमलाइ प्रियसीको याद बिर्साउने॥१॥ … देख्दा छौ तरलै तिमी बगिरने … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : बुझ्ने भई सके म

~राई रमेश गाउँले~ नवोले नी धेरै वात, बुझ्ने भई सके म कस्तो हुँदो रै छ घात, बुझ्ने भई सके म नदेखाउ अव मलाई, दीवा स्वप्न तिमी धेरै स्वार्थ पूर्ण तिम्रो साथ, वुझ्ने भई सके म

Posted in गजल | Tagged | Leave a comment

गजल : लक्ष्य हाम्रो पारि थियो

~आशांक उपाध्याय~ यात्रा शुरु गर्दा खेरि लक्ष्य हाम्रो पारि थियो हास्दै खेल्दै रमाउदै यात्रा हाम्रो जारी थियो प्रारम्भ मै यात्रालाई सामल तामल ठिक्क ठाक्क एक्लै बोक्नै नसकिने गुन्टा पनि भारी थियो

Posted in गजल | Tagged | Leave a comment