Tag Archives: nepali sahitya

छोक : निचोरेर सुकाएको आकास

~अभि सुबेदी~ आकासबाट धर्धरी भक्कानो फोरेर रोएको कानमा खसेपछि वेगले भेट्न दौडेँ पृथ्वी मेरो मोटरसाइकलको चक्कामा पहिरन अल्झाएर

Posted in कविता | Tagged | Leave a comment

गीत : तिम्रै निम्ति

~रञ्जित ज्ञवाली~ तिम्रै निम्ति मखमली चोली लिई आउँला केही बर्ष पर्ख अझै डोली लिई आउँला हिरा मोती जुहारत सक्दिन म ल्याउन सिंदुरले रंगाउन होली लिई आउँला

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मुसाहरुको कथा

~हीरारत्न श्रीशा~ जाडोभरि गुजुल्टिएर बसेका सर्पहरु जमिन भित्रबाट मुख ठूलो बनाएर समतल, मधेश, भिरपाखा अनि कुना कन्दराबाट जमिन नै थर्कने गरी मुसाहरुको जमान तै तर्सने गरी निस्किरहेका छन अघाएका सर्पहरु ५ वर्ष खाएर ५ वर्षसम्म नखाई बाँच्न सक्ने

Posted in कविता | Tagged | Leave a comment

गजल : लेखिएँ फेरि

~कृष्ण प्र. पाण्डे~ शब्द शब्द अकाल तर लेखिएँ फेरि रुन्चे सस्तो भावना बिच चेपिएँ फेरि वाहियात भो त्याग तैंले कठिन मेलो आफूबाट आफू नै हरे ! हेपिएँ फेरि

Posted in गजल | Tagged | Leave a comment

गजल : आफू पग्ली

~रश्मिला कवाङ~ आफू पग्ली अरुलाई दीप छर्छे यी नर्स सेवा गर्न सच्चा भावले सर्छे यी नर्स दह्रिलो मन, आँटिलो पाइला चालेर सदा घामपानी नभनी निश्वार्थ सेवा गर्छे यी नर्स

Posted in गजल | Tagged | Leave a comment

गीत : गाउँ गाउँ लाग्यो

~महेश बर्तमान रानामगर~ मनको चाह कसलार्ई सुनाउ खुसिले आशु झरिसक्यो मनको कुरा कहन्छ क्यार गीत एउटा गाउँ गाउँ लाग्यो डाँडा पाखा हरियाली ढकमक्क गुराँस सुनखरी सोह« बर्षे कलिलो जोवान आँखैमा घुम्दछ घरिघरी सुन्दरी रुप छिट्टी परेकी आँखैमा मेरो झलझली बस्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : शव-आसन

~डा. मधु माधुर्य~ कतै दशगजा हरायो र कालापानी मिचियो : विरोधमा आक्रोशको समाचार छापियो ; कविले तातो “क्रान्तिकारी” कविता दन्कायो ; कलाकारले व्यंग्यमा र संगीतकारले गीतमा क्रन्दन ओकल्यो; समाचार र कविताको रापले ‘म’ आगो भैसकेको थिएँ ! दशगजा र कालापानी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्यको कुनै छायाँ हुँदैन

~मोमिला~ बाबा भन्नुहुन्थ्यो सत्यको कुनै छायाँ हुँदैन ……………. र म हरपल छायाँमुक्त सपना सोचिरहेँ कैयन् ऋतुहरू हाँगाबाट झर्दै रहे सिसिफस श्रापबाट मुक्त भएको सपना पनि देखेँ ब्युँझँदा श्रापको ठूलो ढुङ्गाले आफै किचिएको रहेछु …………….. र विमूढ सामुन्नेमा छायाँका अनन्त अर्थहरू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम

~किशोर पहाडी~ जब जब पानी पर्छ म तिमीलाई सम्झन्छु तिम्रो सुन्दर केश राशीबाट झर्दै गरेका थोपाहरू मोतीका र बग्दै गरेको नदी झैँ । जब जब रात पर्छ म तिमीलाई देख्दछु आउँदै विस्तारै अँधेरोबाट छाया विनाका तिम्रा ओठहरू केस्रा केस्रा फूलका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आँशु बिक्री हुने भए

~रजित ओझा~ जिउँदो लाश रोएको हेर तिमीलाई फिक्री हुने भए म बिल गेट्स हुन्थे,आँशु बिक्री हुने भए तिमी बसेको चोक धाएकै हो…. मायामा ज्वरो आएकै हो….. १०४ पुग्थ्यो होला …१०४ पुग्थ्यो होला मायामा डिग्री हुने भए जिउँदो लाश रोएको हेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी उस्तै, उस्तै म

~नवराज दाहाल~ लुकि-लुकि घरि-घरि तिमीलाई नियाल्दा, चाल नपाएको नाटक गर्दै मुस्कान तिमीले फाल्दा। बुझिकन नबुझे झै गर्ने तिमी उस्तै, पत्तै नदिई तिम्रो लागि मर्ने उस्तै म। आउने जाने जसमा पनि तिम्रै मुहार देख्छु, मिठो बोली सुन्दा पनि तिम्रै भनी झस्कन्छु। … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : घाममा पनि माया

~चाँदनी शाह~ घाममा पनि माया लागेको छ पानीमा पनि माया परेको छ फूलमा पनि माया फुलेको छ रुखमा पनि माया झुलेको छ हामीले सायद देख्न सकेनौँ कि देख्नुमै मायाको माने लुकेको छ आँखाले पनि माया हेरेको छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : पश्चिम कोही पूर्व घर

~गोपाल योन्जन~ पश्चिम कोही पूर्व घर आँगन तर एउटै हो छरिएर बसे के भो सन्तान त एउटै हो कर्णाली, महाकाली, कोशी कँही बागमती हिमालकै जलधारा एउटैको छ नाम कति

Posted in स्वदेश गान | Tagged , | Leave a comment

संस्मरण : सम्झना : मन, आमा र रोशीखोला

~गोपी मैनाली~ ‘सञ्चो भएपछि धितमर्ने गरी कुरा गरुला बाबु अहिले असजिलो भो’ । पेटको क्यान्सरबाट छटपटाएकी मेरी आमाले असीम पीडाका साथ यो वाक्य बोलेकी थिइन । बोलीका पछि कति धेरै माया थियो भन्ने कुरा बोल्नै नसक्दा वोलेका यी शव्दबाट थाहा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : म मर्दिन

~किशोर आचार्य~ नाईं म मर्दिन किनकि शोषण, दमन र अत्याचार चुलिंदै छ कुरीति र कुसंस्कार झन् बढ्यो शोषक र सामन्त सल्बलाउन थाले बैदेशिक हस्तक्षेपले सीमा नाघ्यो विकृति, विसंगति अति नै भो छाक टार्न गाह्रो हुनेहरु धेरै छन् गरिबमाथिको आक्रमण बढ्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : भीरबाट खसे

~श्याम तमोट~ भीरबाट खसे उठ्न होला सजिलो आँखाबाट खसे उठ्न साह्रै अप्ठेरो । हजुर साह्रै अप्ठेरो । भन्छन् बस्न पाउँदैमा थ्याच्च नबस्नू भन्छन् बोल्न पाउँदैमा प्याच्च नबोल्नू थ्याच्च बस्नु, प्याच्च बोल्नु होला सजिलो भाँती पु-याउनुु हुन्छ साह्रै अप्ठेरो ।

Posted in लोक गीत | Tagged | Leave a comment

गीत : खाडीको पीडा

~दान ब. थापा ~ शोषणको घेराभित्र काम गरेको गाउँघरको सम्झनाले रोइराखेको देखे मैले अरब खाडीमा यो बिरानो मरुभूमिको तातो घाममा शोषणको ……………………………….. कोही रहेछन् समुन्द्रमा डुंगा चलाउने कोही रहेछन् मरुभूमिमा भेंडा चराउने कोही रहेछन् बाटो खन्दै घर बनाउने हात खुट्टा … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

समीक्षा : ‘गोलघरको सन्देश’ को सन्देश

~सुकुम शर्मा~ साहित्यकार मोदनाथ प्रश्रितको लघुकाव्य “गोलघरको सन्देश” (२०४०) गद्यलयात्मक काव्यकृति हो। यसमा कवि स्वयंले गोलघरमा यातना भोग्दा आस्था, पार्टी, क्रान्तिको गति आदिलाई मनन गर्दै गोलघरभित्र गरेका प्रतिवद्धता काव्यात्मक रूपम प्रस्तुत भएको छ। यस कृतिलाई काव्य/लघुकाव्य भनिए पनि त्यसअनुसारको आयाम … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : पाप को गुनासो

~लक्ष्मी प्रसाद देवकोटा~ क. ‘पाप’ हो है नाम मेरो ! पुरुष बाबा, प्रकेति आमा ! देश नरनारीको घेरो ! मासु मन्दिर, बास खास ! मज्जा खोपी ! मन, चमन ! पन्छी, पशुको छुन्न जङ्गल ! मानवता सिमाना मेरो ! त्यसको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : के भनौं साथ छोड्नेलाई

~राजेश नेपाली~ अप्ठ्यारोमा डराएर के भनौं साथ छोड्नेलाई नपुग्दै गन्तव्यमा आफ्नो यात्रा मोड्नेलाई सम्बन्ध गासेपछि ऐस, आराम र धनसँग अब बाँकी के रह्यो र सबै नाता ताड्नेलाई

Posted in गजल | Tagged | Leave a comment

कविता : लुकेको यथार्थ

~मोहन गिरी~ थुप्रै थुप्रै लाज र शरम पचाए पछि पनि तिमी त के मान्छे नै भयौ त, हो ! मान्छे जस्ता भयौ त? आफै सोच्ने गर तिमीले दावी गर्ने मान्छे तिमी हौला, तर मान्छेले दावी गर्ने मान्छे के तिमी हौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विवशता

~योगेन्द्र काउचा~ एउटा फरक यात्रामा निस्किरहँदा वासनादार फूलका सुगन्धहरुले स्वागतका मुस्कान छरिरहे। सिमसिमे बर्षातका लहरहरुले निस्किरहने फोहोर धोइरहे। अप्ठ्यारा पहाडका गोरेटाहरुले गजबको ताली ठोकिरहे।

Posted in कविता | Tagged | Leave a comment

गजल : दास बन्नु हुँदैन

~कमला क्षेत्री~ नेपाली भई बाँच्नु पर्छ कसैको दास बन्नु हुँदैन नडगमगाई अघि बढौं, ज्यूँदो लास बन्नु हुँदैन नेपाली यो भूमिमा नेपालीनै रमाउने हो हाम्रो नेपाल बैरीजनको बास बन्नु हुँदैन ए नेपाली दाजुभाई कति फुट्छौ जुट अब

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : मृत्यु फरवार्ड

~युवराज नयांघरे~ शोकका खबरले भरिएको छ मेरो इमेल बक्स ! जीवनकै अङ्ग भएको छ-सूचना । आँखाले पाना पल्टाउने अखबारभन्दा हातले माउस चलाउने प्रविधिमा सूचनाको सेरोफेरो बलियो भएको छ हिजोआज । भव्य र खर्चिलो नभए पनि साधारण खालको ल्यापटपले आकुलव्याकुलमा साथ … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : भोका र बेकार यहाँ

~धर्मोगत शर्मा “तुफान”~ कराउन त कराउँछन् नै भोका र बेकार यहाँ हालेर तेल कानमा तर सुतेको छ सरकार यहाँ गरिरहेछन् लुछालुछा हेर मानिस खाने गिद्धहरु बस्ती–बस्ती गाउँ–गाउँमा यो कस्तो हाहाकार यहाँ यस फूलबारीमा हुर्कनै पाएनन् हेर फूलका विरूरुवाहरु

Posted in गजल | Tagged | Leave a comment

कविता : सर्वोच्च प्रेम

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ तिमी सर्वोच्च छालको शिखरमा छौ र यो छाल अटल ! मेरै मुटुको सागरमा उठेको छ । नडराउ, यहाँ हिंस्रक सामिप्य छैन र यो दुरताबाटै मैले तिमीलाई प्रेम गरेको छु । सम्झ, यहाँ शान्त,शालिन र शुभ्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मिथक उत्खनन सम्बोधिमा हराएका बुद्धहरु

~सरुभक्त~ समय-संक्रमण युगीन क्रन्तिका अविछिन्न भ्रान्तिहरु दुखेको बेला किराँतचुलितर सलामाण्डरहरु सिकार खेल्दै हिंडे जीवन अझेको छ दुम्सीकाँडैमा म प्रेमको मुठो बोकेर ‘यो जाति भागी हिंड्दैन’ भन्ने

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : साथीप्रति

~कमला विजेरत्ने~ अनु : केशव सिग्देल म पत्याउन सक्दिन त्यो कालो धुँवाको कुहिरीमण्डल जुन आकाशसम्म उचालियो त्यो तिमी नै थियो भनेर; तिम्रो तस्विर मेरो एल्बममा अझै मुस्कुराउँछ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : गुल्मीको एक नक्षेत्र

~मानबहादुर भण्डारी~ ओजस्वी क्रान्तिकारी सक्रिय तिम्रो जीवनलाई म गर्दछु अन्तरहृदयदेखि लाल सलाम ! कहिल्यै झुकाएनौं उच्च शीर, लत्रिएनौं अप्ठ्यारामा पनि लिएर तिम्रो गौरवगाथाबाट अनुभव अब म बढ्छु श्रीपेज बनाई सजाउँछु आफ्नो शीर अनि षडयन्त्रका विरूद्ध लडिरहन्छु निरन्तर, बनेर अविचल

Posted in कविता | Tagged | Leave a comment

कविता : जिउनु परे जिउँछु म त

~ठाकुर मान लामा~ जीउनु परे जीउछु म त मेरै गीत सित मर्नु परे मर्छु म त मेरै गीत सित यो गीत मेरो धडकन यो गीत मेरो जीवन सपनीमै गाउँ म त विपनीमै बाचुन्जेल कोरी रहु गीत म त विहान रात … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : भीरमा अडकिएको ढुंगा जस्तो देश

~बिष्णु सुवेदी ‘दोलखे’~ अनामिका, देश सम्झन्छु मन दुखेर आउँछ । समय वान्ता गर्न मन लाग्छ । परिवेशहरु सहज छैनन् । व्यक्तिगत अराजकताले दिनदिनै सबैलाई त्रसिद पार्दै लगेको छ । क्षणिक उपलब्धि र प्राप्तिको लागि मात्र दौडिरहेछन् । आफूलाई देशको अगुवा … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : मुक भएर प्रेममा बोल्न देऊ !

ज्योति जङगल~ चुम्बनका हजार जुलुश बोकेर हिँडिरहेको इन्टरनेटमा कदापि मेरो चुम्बन सामेल छैन प्रियतम् ! ढुकढुकी, हदय, कलेजो वा मुटु जून, समुद्र, पृथ्वी वा घाम कुनै कृति उत्कृष्ट छैनन्

Posted in कविता | Tagged | Leave a comment