Tag Archives: nepali sahitya

कथा : सौता

~रामप्रसाद दाहाल~ मोहनकृष्ण र रुक्मिणीको बिहे भएको पन्द्रह वर्ष नाघI सकेको थियो तैपनि उनीहरूका कुनै सन्तान थिएनन् । घरमा आमाबाबु भएका भए मोहनकृष्णलाई कचकच गरेर, रोएर, कराएर उसको अर्को बिहे गराई सक्ने थिए होलान् तर मोहनकृष्णले उनीहरूलाई बालखकालमै बिदाइ गरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बेकार छ

~विष्णु विभु घिमिरे~ आँखा राम्रो भएर मात्र के गर्नू! जब ती आँखाले कसैको पीडामा आँसु रसाउँदैन भने अोठ राम्रा भएर के गर्नू? जब ती अोठले अरुको खुशीमा शौन्दर्य मुस्कुराउँदैन भने सलक्क मिलेको नाक भएर मात्र के गर्नू? जब त्यो नाकले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गुनासो

~गोपालप्रसाद रिमाल~ म अहिल्यै त नमरुँ, नमरुँ ! मेरो यही एउटा इच्छा, यही एउट पुकार एउटै यो जिन्दगी गुनासो, रहीरही ठुँग्ने यो एउटै पीर- म नमरुँ, अहिल्यै नमरुँ ! मैले नहिर्काइ चित्तै नबुझ्ने गरी थाहा पाएँ- मेरा यी पाखुरामा कुन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रकृतिको असरलता

~शिरीष~ हिमालको चुचुरामा बसेका उनि प्रकृतिको त्यो दृश्य जब हेर्दछन यस सरलताको रहस्य बुझ्ने प्रयत्न उनी गर्दछन् । तपस्या उनको जीवनको यही उत्तरको खोजी हो तर्क बितर्क गर्दै उनि मग्न ध्यानमा पर्दछन् ।। प्रचन्ड रविको किरण जब पर्दछ एक कोमल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी टाढिदै छौ अरे

~नवराज दाहाल~ पर देखें तिमीलाई तिम्रै बाटो तर्फ झरें, समिप पुग्दा नपुग्दै सुन्छु तिमी टाढिदै छौ अरे। सहयात्री अर्कै हुँदा तिम्रो यो यात्रारुपी जीवनमा, तिमी, अनी मात्र तिमी रहिरहनेछौ मेरा यादहरुमा।…….

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : समाचार

~कृष्ण बजगाईं~ प्रमुख समाचार – केही दिनदेखि खानामा अरुची भएकोमा आजदेखि प्रधानमन्त्रीले राम्ररी खाना खानु भयो । – शिक्षा मन्त्रीबाट राजधानीमा भब्य समारोहका बीच एक फिल्मि पत्रिकाको बिमोचन गर्नु भयो । – धेरै दिनको मुसलधारे वर्षाबाट तराईमा भएको क्षतिको निरिक्षण … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : विसंगत

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ विसंगत सपनाहरुको संभोग म के संगत ! बोझिल पहाडको छाती चरक्क चिरेर निस्कन्छन् खोलाहरु खोलाहरु सँगै केही पिसाचहरु केही रहस्यहरु चुपचाप ! चुपचाप !! केही खुँखार मसानहरु नारायणहिटी/हनुमान ढोका हनुमान ढोका/नारायणहिटी

Posted in कविता | Tagged | Leave a comment

श्रृङ्गारिक गजल : यता तिर नहेर्नु घरीघरी

~निशा प्रतीक्षित~ यतातिर नहेर्नु घरिघरि, मैले भनिदिएकी छु गर्न पाउनेछैनौ मनपरी, मैले भनिदिएकी छु अलिकति ठाउँ खाली हुँदा छेउमै बस्न आइपुग्यौ केही गर्न दिन्न नजिक सरि, मैले भनिदिएकी छु

Posted in गजल | Tagged | Leave a comment

गजल : ति पर्दा उठायो

~विजय योजीत~ उठायो कसैले ति पर्दा उठायो यि आँखा रसाएर झर्दा उठायो ! सँधै टेकिराख्थ्यो दबाएर गोडा रमायो कि वैरी म मर्दा उठायो !

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : सिंहदरबारको साँढे

~महेश थापा~ सिंहदरबार छिर्नासाथ मान्छेहरू साँढा बन्छन् भन्ने थाहा हुँदाहुँदै पनि मुलुकको त्यो प्रशासनिक केन्द्रमा साक्षात् साँढे ढसमस्सिएको बातले गच्ची नै ख्वायो। “ए आयो, आयो!” मान्छेहरू फिलिलि दौडेको देखेर म पनि ठाडोपुच्छर लगाउँदै त्यही हूलमा मिसिएँ। “त्यसका साँढे यो भूकम्प … Continue reading

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

अनूदित कविता : टुयुगु गाँउ

~सेन वेइ~ अनु : केशव सिग्देल गाउँ उपत्यकामा छ। पहाडी कान्लो चिहानघाट हो वर्षेपिच्छे गाउँ साँघुरिँदै जान्छ र दिन्दिनै चिहानहरु बढ्छन् गाँउ तल गहिरो छाँयामा अवस्थित छ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : जिन्दगी पर्खिरहेकी लाहुरेनी

ज्योति जङगल~ केही दिन अँगालेर जवान वसन्तलाई त्यो लाहुरे आँधीजस्तै परदेसियो, मनभरि शरीरभरि प्रतिक्षा लिएर ऊ उभिइरही । आँसु बोकेका ओसिला रुमालहरु प्रत्येक झरीमा कुहिएर माटो भए,

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : फ्रयांकर्फटको ट्राम

~यज्ञश~ फ्रयांकर्फटको सपिङ एरनिामा मलाई छाडेर कुमार पन्तजी हिँडे। ‘के-के किन्ने हो किन्नूस्, सकिएपछि मलाई फोन गर्नूस्, म लिन आउँछु’ भनेर उनी मिटिङका लागि गए। मेरा अगाडि अब प|mयांकर्फटको ठूलो सपिङ एरयिा थियो, जसमा अनेकथरी लुगाफाटा, गहना र सौन्दर्य प्रसाधनका … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : भोकानांगा भाइ भाइ

~युद्धप्रसाद मिश्र~ रगत चुसेका छाती खोल्दै भोका नांगा लागे उठ्न आम दलितको पीडाबाट लाग्यो दिनदिन प्रतिभा फुट्न झुपडीले अब आँखा खोल्यो बोल्दै धावा अब जनमत गम्क्यो कदम कदमका आतुर गतिमा

Posted in कविता | Tagged | Leave a comment

कथा : सप्तरङ्गी बिहानीको उदय

~डा. गोबिन्दसिंह रावत~ विदेशको एक्लो जीवन निरस बन्दै गईरहेको थियो । क्याम्पसबाट कोठामा फर्केपछि साथी भनेको कम्प्युटरमा मात्र हुने गर्थ्यो । क्याम्सपमा साथी नभएका र नबनाएको पनि हैन । तर यो मन भने कता कता एक्लोपनको अनुभवमात्र गरी बस्थ्यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : टाउको माथिको जाँतो

~बिष्णु सुवेदी ‘दोलखे’~ घुमाइरहेछन टाउकोहरु माथि बडेमानको जातो र पिसिरहेछन हाम्रा सुन्दर सपनाहरु । हाम्रै छातिमा खेल्छन परेड हाम्रै काध चडेर उक्लिरहन्छन सताको कुर्शी र पुगेर घुमाउन थाल्छन यामानको तेही जातो ।

Posted in कविता | Tagged | Leave a comment

गजल : उफ्

~कृष्ण प्र. पाण्डे~ हेर्दैमा तिमीले मनभरिको त्यो खलबली उफ् चियो पो कसैले गर्दै त छैन त्यो जगजगी उफ् आखिर सुस्तरी जब तिमीले मलाई छोयौ रोकिए झैँ लाग्यो तब समय त्यो गडबडी उफ्

Posted in गजल | Tagged | Leave a comment

अनूदित कथा : देशद्रोहीकी आमा

~म्याक्सिम गोर्की~ अनु : ईश्वर राई आमाको विषयमा भनेर भन्न सकिदैन र धेरै काल सम्मको व्याख्याले ‘आमा’ को अर्थलाई बुझाई स्पष्ट पार्न सक्दैन । कैयौं हप्तादेखि शत्रुहरूका सेनाले आक्रमण गरी शहरको चारै दिशामा घेराउबन्दी लगाएका थिए । विकराल रात्रीमा आगाका … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : दुर्घटना र घटना

~इन्दिरा प्रसाई~ दुर्घटना घट्नै पर्ने थियो, सायद। घटयो पनि त्यसैले। तरुनी भएकी छोरी यस बेलासम्म घर आएकी छैन । छटपट भइरहेछ । पिरोलिइरहेको छ मन । आफै आफूसित रन्थनाउनुसिवाय अरू सोच केही छैन। दिनदिनै अखबारमा आउने कुसमाचारहरू सम्झेर एकपल्ट मन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : बिर्खे घर्तीपछिको म बिर्खे

~खगेन्द्र संग्रौला~ बिर्खे घर्ती ! म जन्मी हुर्केको मेरो गाउँको पुछारमा हुनहुनिदै कत्ति न टाढा पुगुँला भनेर अविराम बगिरहने तमोर नदीमा ऊबेलादेखि अहिलेसम्म कति कति पानी बगिसक्यो ! तैपनि बिर्खे घर्ती मेरो सम्झनाको दर्पणमा समयको यति लामो दूरीबाट पनि टड्कारै … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : बा

~नीरा शर्मा~ मैले धेरै पढेँ  आमाका वेदनाका कथाहरू तर कहिल्यै पढिना बाका अनुहारमा सलबलाएका दु:खका बक्र रेखाहरू धेरैपटक कविले आमाकै तारिफमा कविता कोरें आमाकै गीत–सङ्गीत भरें आमालाई धर्ती भन्नेहरूले बालाई कहिल्यै आकाश भनेनन् र त बा सधैँ ओझेल परे ।

Posted in कविता | Tagged | 2 Comments

व्यङ्ग्य निबन्ध : मेरी बुढीको भुँडी पूजा

~लेखनाथ गौतम~ कहिलेकाही आँखा लगाउछु आफु जन्मेको साल तिर । जन्मेको ठाउँको सम्झना गर्छु । त्यो जमाना अर्कै थियो । लाग्छ त्यो अचम्मको समय र ठाउँ थियो । त्यो अती रोमन्चक ठाउँ थियो । तर पनि आफुमा केही कमी भए … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : मैले त दोबाटो भेंटे

~ललिजन रावल~ कतातिर लाग्ने होला मैले त दोबाटो भेंटे काटिएका खुट्टा सँगै आफुलाई लाटो भेंटे बिहानसँगै निक्लेका हौं कता कता पुग्यो साँझ रातलाई च्यात्न पनि आफैमा नै फाटो देंखे

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : साहित्यकार मोहनराज शर्मा

~सुकुम शर्मा~ १. प्रवेश नेपाली भाषा साहित्यका क्षेत्रमा मोहनराज शर्मा सुपरिचित नाम हो । साहित्य सिर्जना, समालोचना, साहित्य, इतिहास, भाषा व्याकरणका क्षेत्रमा कलम चलाउने शर्माको सम्पादक व्यक्तित्व पनि विर्सन मिल्दैन । लामो समयसम्म प्राध्यापन पेसामा सङ्लग्न शर्मा भाषा साहित्यका गहन … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : सिंहदरबारबाट कोसौं टाढा

~देवकी अभिलाषी~ म टाढा छु सिंहदरबारबाट कोसौँ टाढा थाहा छैन मलाई यो देशमा नागरिक हुनुको मापदण्ड के हो ? कसको पक्षमा लेखियो संविधान ? यो पनि थाहा छैन म त टाढा छु अग्ला–अग्ला पहाडको गहिराइतिर

Posted in कविता | Tagged | Leave a comment

कथा : पुरुष

~दिनमान गुर्मछान~ ऊ कोठाभित्र छिर्‍यो । आज पनि ऊ थकित देखिन्थ्यो । अनुहार निचोरिएको झैं थियो । उसको उदास र मलीन अनुहारले म झन् निराश भएँ । केही सोध्नै सकिनँ । ऊ सरासर आएर खाटमा पल्टियो । पल्टिनासाथ निदायो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

स्वदेश गान : सय थरी बाजा एउटै ताल

~दुर्गालाल श्रेष्ठ~ सय थरी बाजा एउटै ताल सय थरी गोडा एउटै चाल मेची काली सिँगै ढिको साझा हाम्रो जान नेपाल सय थरी नै हो जाती र जात नाच्छौँ यसरी एकै साथ झुक्छ जसरी लसरी पसरी एउटै रूखका सयथरी पात

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कविता : जिन्दगी

~गौरी मल्ल~ जिन्दगी , तँ क्रुर छस स्वार्थी छस , तैँले कसैलाई केही दिईनस ! फगत लिन जानेको छस , लिँदैछस् …! असिम् विश्वाशले मानिसहरु तँलाइ हुर्काउँछन , अहोरात्र .. तेरै गुण गाउँछन ! … तेरो बिखालो बिभत्स अस्तित्वको पूजा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : पुलिस र कविता

~विमल निभा~ पुलिसले कविता पढ्यो र भन्यो राम्रो छ पुलिसले कवितालाई राम्रो भन्यो कवितामा लेखिएको थियो के लेखिएको थियो कवितामा पुलिसलाई थाहा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : संसारलाई हेर्न देऊ

~तुलसी पान्डे~ निर्दोष यी नयनले संसार, हेर्न देऊ, नारीलाई दमन गर्ने नीति फेर्न देऊ। कालो निमय कानुनलाई च्याति फाल्न देऊ, नारीलाई छेक बाँध गर्ने किल्ला ढाल्न देऊ। क्रान्तिकारी पदहरु अघि बढ्न देऊ, यो देशको मुहार फेर्ने नीति ल्याउन देउ,।

Posted in कविता | Tagged | Leave a comment

गजल : मनको प्यास बढ्यो हेर

~आचार्य प्रभा~ तिम्रो आगमनले मनको प्यास बढ्यो हेर तिम्रो तस्बिर मनभित्र शूल बनी गढ्यो हेर । अन्जान र खाली थियो मनको सँघार मेरो आकासको सुन्दर महल कस्तो गरी ठड्यो हेर ।

Posted in गजल | Tagged | Leave a comment

कविता : उज्यालो

~मदन राई ‘लामाखुले’~ मिर्मिरे उज्यालोलाई कुल्चनेहरू , अनन्त अनन्त सम्मका सुन्दर सम्भावनाहरूलाई, फोहरमा फाल्नेहरू , उत्साहित फूलका बगैँचाहरूमा बिहान बिहान पातमा टल्किने शीतका थोपाहरू, झुल्के घाममा टल्कँदा आफ्नै आँखामा नलुकाएर निर्मम् खस्न दियौ भुइँमा ।

Posted in कविता | Tagged | Leave a comment