Tag Archives: nepali sahitya

कथा : बलरामको तरङ्ग

~होम सुवेदी~ ‘यस पटक कस्ता मान्छेलाई डेरा दिया होला यस मोराले !’ मनमनै बलरामले कुरा खेलाउने गर्थे । ‘यसो हेर्न हुने मान्छेलाई त डेरा दिनुपर्छ नि । कमसेकम घरको रेखदेख पनि हुन्थ्यो अनि..!’ उनले नचाहेको जस्तो मान्छे उनका छिमेकीमा बस्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : याद भरि आँउछौ

~नवराज भुजेल “राज”~ कसरी म बिर्सु तिम्लाई याद भरि आँउछौ बन्द गर्छु यि आखा हरु परेलीमा छाँउछौ एकान्तमा जून हेर्दै टोलाउछु आकासमा शितबनी खस्छौ अनि बिलिन् हुन्छौ बतासमा मेरो मन्को तरेलीमा मिठो गित गाउछौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : गाउँ छोडेको दिन

~फूलमान वल~ मैले गाउँ छोडेको दिन चराहरुले गीत गाउने छन यो तोरीबारी, यो अम्रिसोघारी, यो गोरेटो, यो चौतारो, सब–सब हुनेछन अंध्यारो र, भन्नेछन– ए परदेशी, जाने नै भए, लैजाऊ – तिमीले गोरेटोमा बनाएका पद्छापहरु लैजाऊ – तिमीले सुनाएका साँझभरीको सेलो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : पल्पसाको चिठ्ठी

~प्रवेश खतिवडा~ १। २०१०, जुन। एकाबिहानै फेसबुक खोल्नु मेरो दैनिकी नै भै सकेको थियो। रिकोमेन्डेड फ्रेन्डस को लिस्टमा यौटा अनौठो नाममा गएर आँखा टक्क अडियो। अना मिका, न्यु ट्याब खोली हालेँ हतार हतार, निलो बटन क्लिक गरेर एकछिन उसको एक्टिभिटी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कचिंगलै कचिंगल

~एन.बी. लामा~ हर काम कुरामा अहिले देखिन लागिरहेछ कचिंगलै कचिंगल बहुनायकवाद चलेको बेला विविध हुन लागेको पाइन्छ छलफल आफ्नो विशेषता दर्शाउने हो या अरुलाई झिट्ने दाउले हो ? देखिन्छ खनेको असन्तुष्टले पासो थाप्ने खाडल कचिंगलै कचिंगल

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँसुरी

~सुधीर ख्वबि~ एउटा मान्छेले उहिले देशलाई बाँसुरी ठान्थ्यो खूब बजाइरन्थ्यो | ऊ बाँसुरीलाई ऊखु जस्तै चुस्थ्यो कहिले लट्ठी बनाइ प्रयोग गर्थ्यो कहिले शान्तिको राग अलाप्थ्यो कहिले बिकासको धून सुनाउथ्यो बाँसुरी उस्को लागी प्रजातन्त्र थियो यो अस्तिको कुरा हो |

Posted in कविता | Tagged | Leave a comment

गीत : यसैपाला मेरो पनी छोरा जन्मियो

~राज थापा~ यसैपाला मेरो पनी छोरा जन्मियो कसरी खुसी मनाउ लौन छोरै जन्मियो धरानको कालो बनेल खुवाऊ की ? घरकै रातो भाले सुत्केरीलै भयो !

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : बिबाद मात्र चल्यो आज

~सरस्वती शर्मा ‘जिज्ञासु’~ शान्ति फुल्ने मेरो देशमा बिबाद मात्र चल्यो आज आस्था विश्वाश नेपालीको क्ष्यडभर्मै ढल्यो आज सुन्य सुन्य उराठ्लाग्दो गाउघर बस्ती देख्दा पौरखी यो शरीरको अंग- अंग गल्यो आज

Posted in गजल | Tagged | Leave a comment

कविता : घरको सम्झना

~बासु श्रेष्ठ~ दशैं बित्यो तिहार बित्यो विदेशमा दाई सुख छ कि दुख छ कि हेरि देउ आई आमा बावु साखा सन्तान देशमा नै छोडेँ सँधै जस्तो हिजो पनि ओछ्यानीमा रोएँ । आउँछु भनि पियारीलाई कति कसम् खानु दुई पैसा साथ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सञ्जीवनीहरु

~आयाम फुयाल~ एउटा लाम्चो क्यानभास… त्यसमा कोरिएको, मेरो मातृभूमिको रुन्चे आकृति, मेरो मातृभूमिको करुण रोदन, अनि, मेरो मातृभूमिको निसार चिच्चाहट! दृश्य एकमा म नियाल्दछु- आजभोलिका उराठलाग्दा दिनहरु, कहालीपुर्ण चर्किएका भाष्करका रश्मि, शून्य अस्तित्व बोकेका मेरा छाया र मरेतुल्य नरहरु! सुनकोसीको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : लिलिपुटहरु

~तीर्थराज अधिकारी~ लिलिपुटहरुलाई सर्वोच्चताको सपना देख्न कतै कुनै निषेध छैन तर विडम्बना !

Posted in कविता | Tagged | Leave a comment

कथा : आरक्षण

~लेनिन बञ्जाडे~ एनसेल साहित्य मेलामा छोरो लिएर गएँ ! फर्किँदा सिमसिम पानी पर्यो । छोरालाई मूल गेटको पेटीमा राखेर ट्याक्सी रोकें । ७-८ वटा ट्याक्सी ‘मिटरमा नजाने’ भनेर हुइँकिए । बिहान आकाश चंगा थियो, छाता लैजाने लेठो गरिएन । प्रज्ञा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : २०१२

~अमन महर्जन~ लगाई अदृस्य हत्कड़ी हातहरु, बाँधी छबी पट्टी आँखाहरु बिचल्ली मनस्थितिहरू, सुसुप्त मस्तिस्कहरू कहाँ बिदेशी झिलिमिली त कसैको अन्धकार रात कहाँ काकटेल पार्टी त कहाँ के खाने “भोलि” को समस्या यो हुने र नहुनेको दोसाँघ यो धनि र गरीबीको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : अभागी माझघरे

~नोवल निरौला~ छेत्रीगाउँ भएर होला दिनहुँ चर्चा हुन्थ्यो खसीको। धार्नीको ८ सय पुगिसकेकाले किनेर खान असम्भव नै थियो गाउँलेहरुलाई। कि त आँफैंले पाल्नु पर्‍यो हैन भने थुक निल्दै बस्नु सिवाय अरु उपाय नै थिएन। त्यही भएर बडेमानको घोर्ले खसी फिर्ता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अधैर्य

~हरि पौडेल ‘आत्रेय’~ पोखरीको किनारामा चार/पाँच वर्षे बालक बाबुसँगै बसेर माछालाई चारो छर्दै गरेको बालशुलभ क्रियाकलापको दृश्यले मेरो मनलाई तानिरहेको थियो । माछाले चारो टिप्दाको मनमोहक दृश्यप्रति ऊ बडो आनन्दित देखिन्थ्यो । पोखरीमा साना, ठूला, राता, सेता, जुङ्गे, झिङ्गे आदि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : लुंङ्मारी मिथक

~मनु लोहोरुङ~ काल्पनिक वायुयानबाट भू-मध्यसागरको तटमा अवतरण हुँदाको पल, पूर्वतिर फर्किंदा बादलमा खाडलमाथिको जमिन र्सलक्क आफ्नै…. भूमिको मानचित्र देख्छु । ढुंगे मनको पहाडहरु अब बिस्तारै खस्छन् विचारका ब्लास्टिंग पड्किनु र पड्काउनुको ऊँभो गतिले चोइटिएर..

Posted in कविता | Tagged | Leave a comment

कविता : रानीचरी

~राहुल पुन~ हिमालका चुलिहरूमा पहाडका टाकुरीहरूमा तराईका फाँटहरूमा गाउँका पाखाहरूमा शहरका गल्लीहरूमा खरका झुपडीहरूमा सुतेका वस्तीहरूमा झुकेका पखेरीहरूमा बिहानीको किरणसँगै उज्यालोको संकेत गर्दै चेतनाको संगीत भर्दै बोलिरहेछ रानी चरी गाइरहेछ दिलखोली

Posted in कविता | Tagged | Leave a comment

गजल : उपहार हो मान्छे

~उमा गौतम~ इस्वरको बर्दान अनी उपहार हो मान्छे जन्मी संसारमा यसै बिलिने भो मान्छे अस्मितालाई फिजाएर धर्तिसग जुद्दाजुद्दै शैतान भन्दा पनि तल खस्यो यो मान्छे

Posted in गजल | Tagged | Leave a comment

गजल : आफ्नो प्यारो जन्मभूमी

~कोमल प्रसाद भट्ट~ आफ्नो प्यारो आँगनीमा,नटेकेको धेरै भयो कस्ती भईन जन्मभूमि,नदेखेको धेरै भयो डाँडा काँडा पहरामा,घुम्थ्यौँ अति रमाउँदै देउरालीमा चोखो ढुङ्गो,नभेटेको धेरै भयो

Posted in गजल | Tagged | Leave a comment

कथा : नराम्री ऊ

~दुर्गा कार्की~ कलेज छिरेको पहिलो दिन ऊसँग १६ वर्षीय जोस, जाँगर र उत्साह थियो। तेस्रो दिन थोरै घमण्ड पनि थपियो, कारण उसको ब्याचमा भएका थोरै नाइन्टी पर्सेन्टमध्येकी एक अनि उसको कक्षाकी एक्ली रहिछ ऊ। ऊ कम बोल्न रुचाउने, छिट्टै कसैसँग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : यहाँ कहाँ आइपुगें म

~जे बी शेर्पा~ कहाँ म त्यों स-ह्रृदयी मुस्कानहरू र हाँसो हरु बिर्सेर ! कहाँ यहाँ पराय अनुहारहरू को भिडमा एक्लै ! जहाँ मुस्कान हरु बनावटी अनुहारमा सिमित हुन्छ ! कहाँ म भिर पाखाको माटो खेल्दै खाँदै को सम्झना बोकेर ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा भुइँचालो थाम्नु छ मुटुभित्र

~चन्द्र गुरुङ~ हिँडिरहेको एउटा मस्त घाम मध्याह्न दिन, चिप्लिझर्छ धरहराको निँधारबाट … घामसँगै लडिझर्छन् उज्यालाहरु दुर्धटनाग्रस्त बन्छन् आशाका किरणहरु । हेर्दाहेर्दै अन्धकारको साम्राज्य फैलिन्छ अस्त–व्यस्त दृश्यहरुको भीड लाग्छ

Posted in कविता | Tagged | Leave a comment

छोक : टुकी

~आभास~ म मेरो देहको रस सुकाएर बल्ने गर्छु मेरो जलनसँगै तिम्रो खुशी आँखाका नानी चम्काउने गरी तिमी सामु आउँछ र मोहित पार्छ तिमीलाई म मेरो देहको रस रित्याएर बल्ने गर्छु मेरो पीडासँगै

Posted in कविता | Tagged | Leave a comment

गजल : बिस्वास नगर्नु

~आजाद अजनवी~ हो जुनसुकै खोलाको बिस्वास नगर्नु र च्यातिएको झोलाको बिस्वास नगर्नु खुकुरीधार टल्कँदैमा त्यो हाँसेको हैन यी मान्छे, बम गोलाको बिस्वास नगर्नु सुन्दरतामाथि प्रेम होला प्रेमभित्र पिडा

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : आधा घण्टाको यात्रा

~गिरीप्रसाद बुढा मगर~ एक ठाउँमा एउटा रहर लाग्दो, कलकलाउँदो जिउ भएको नव युवा भेटियो। अपरिचित भएता पनि उसको शिष्ट बोलीवचन तथा व्यवहारको कारण उक्त नव युवालाई मैले निकै मन पराएँ। उसँग आधा घण्टा सँगै यात्रा गर्नु पर्ने भयो। परिचयको क्रममा … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : बक्बक् नगरे हुन्थ्यो

~विजय सुब्बा~ अति नै भयो अब त बक्बक् नगरे हुन्थ्यो सीमा यो नाघ्नैथ्यो भने चक्चक् नगरे हुन्थ्यो मान्छेको वेश्यावृत्तिले पर्खाल भत्काइसक्यो कोठामा पस्नुछ भने ढक्ढक् नगरे हुन्थ्यो रहेन सीमा देशको जिम्मा सरेर जाला

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरी मायालु

~निश्चल के.सी~ मेरी मायालु तिमी । कति राम्री रहिछौं । तिमीलाई देख्दा दंग परे म पनि । तिमी आउ या नआउ । ओछयाउँछु मेरो आँखा । तिमी आउने बाटोभरी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : यक्ष प्रश्न

~भरत बागलुङे~ हाम्रो घरमा रोग छ भोक र शोक छ तिम्रो घरमा पनि यस्तै भए तिमी के गथ्र्यौ ? हाम्री आमाको बुढो धोती फाटेर लाज असरल्ल पोखिएको छ बा को इज्जत लगौंटीले रोक्न सक्दैन हाम्रो कुरै नगर

Posted in कविता | Tagged | Leave a comment

कविता : साहित्यको फुटबल

~कवी शिरोमणी लेखनाथ पौड्याल~ भाषा छ विशाल चौर समा गर्दै ठुलो तर्खर भै केही फरवार्ड, रेफरि कुनै ब्याकिङ् र गोल्कीपर । खेल्दै छौं फुटबल बालक सबै साहित्यको बेसरी हावा छैन परन्तु भित्र उसमा गुड्दैन केही गरी ।। खेल्नै हो अब … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अदृश्य बगिरहनुको अभिलाषामा

~गीता त्रिपाठी~ ओइलिँदै झरिरहेछ घाम ओसिँदै बहकिरहेछ बतास ओर्लिँदै खसिरहेछ दिन र खसिरहेछ यहीँ कतै मैबाट मेरो जिन्दगी तिमी पलाउँदैछौ थपिँदो छ जीवन तिमीमा उठाएर मेरा हरक्षणहरु मागिरहेछौ मसँग मेरो अस्तित्वको अन्तिम अर्थ

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : त्यो पुरानो स्टोभ

~अनमोल मणि~ मकोठामा छिर्दा शेरबहादुर विश्वकर्मा खिया लागेको पुरानो स्टोभमा घोप्टो परेर दम दिँदै थियो । दमको बेगले स्टोभले बर्नेटबाट मट्टितेलको सिर्का माथि फ्याँक्यो । त्यसपछि ढिलो नगरी उसले पेच खोलेर हावा खुस्कायो, सलाई कोर्यो र स्टोभमा झोस्यो । अघि … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

व्यङ्ग्य कथा : पिकदानी

~रत्न प्रजापति~ हीराकाजी महर्जनको घरसँगै शिवप्रसाद शर्माले साढे चार तलाको घर ठड्यायो । घर बनाउँदा उसले नगरपालिकाले तोकेअनुसार चारै सिमानामा पाँच–पाँच फिट जग्गा खाली छोड्यो । अनि दायाँ, बायाँ र पछाडिपट्टि तीनतिर पाँच फिटको पर्खाल लगायो । पर्खालमाथि थप दुई … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment